लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhado 2079 )

१. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा (लुकेको हीरा भनेर पनि चिनिने) कुन जिल्लामा रहेको छ ?

 सोलुखुम्बु

२. नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा पुनः निर्वाचित कहिले भएको हो ?

 सन् २०२० अक्टोबर १३

– नेपाल सन् २०२१–२०२३ सम्म सो पदमा रही कार्य गर्ने।

– नेपाल यसअघि सन् २०१८– २०२० सम्मको कार्यकालका लागि पनि निर्वाचित भई भूमिका निर्वाह गरिसकेको।

– प्रधान कार्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको।

– यस परिषद्मा निम्नानुसार ४७ सदस्य रहने :

एसिया प्रशान्त क्षेत्रबाट : १३

अफ्रिकाबाट : १३

पूर्वी युरोपबाट : ६

ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट : ८

पश्चिम युरोप र अन्यबाट : ७

३. संयुक्त राष्ट्रसङ्घीय महासभाले कुन वर्षलाई अन्तर्राष्ट्रिय कोदो वर्षका रूपमा घोषणा गरेको हो ?

 सन् २०२३

४. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

 सन् २०१६–२०२५

५. संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

 रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म)

६. राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ?

 सन् २०२२ अप्रिल ७

७.  हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ?

 १११

– वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्बिया हो।

– यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १२ मा भएको। 

– वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो।

८. चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई कहिले हस्तान्तरण गरेको हो ?

 वि.सं. २०७८ चैत १२

९. अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ?

 वाङ यापिङ

१०. नेपाली स्याटेलाइट ‘नेपाली स्याट–१’ अन्तरिक्षमा कति दिन रहेर खस्यो ?

 ८४१ दिन

११. कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ?

 सन् २०२२ मार्च ३०

– एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम ‘अल रिहला’ रहेको।

– ‘अल रिहला’को अर्थ ‘दी जर्नी’ रहेको।

१२. सरकारले स्थानीय तहलाई कति वर्गमा वर्गीकरण गरेको छ ?

 चार

‘क’ वर्ग (अति दुर्गम) ः १६२

‘ख’ वर्ग (दुर्गम) ः २१८ 

‘ग’ वर्ग (मध्यम) ः २७५

‘घ’ वर्ग (सुगम) ः ९८

जम्मा ः ७५३

१३. नेपालमा पहिलो पटक DNA  परीक्षण कुन वनस्पतिको गरिएको थियो ?

 चिराइतो

१४. दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कुन देशमा राख्ने निर्णय भएको हो ?

 नेपाल

१६. नेपाल सरकारद्वारा दिगो पर्वतीय वर्षका रूपमा मनाउन घोषित वर्ष कुन हो ?

 सन् २०२२

१७. सन् २०२३ जनवरी १ देखि युरोपेली मुद्रा प्रचलनमा सबै मापदण्ड एवं प्रक्रिया पूरा गरेको राष्ट्र कुन हो ?

 क्रोएसिया (२०औँ राष्ट्र)

१८. इम्यानुएल म्याक्रो पुनः फ्रान्सको राष्ट्रपतिमा कहिले निर्वाचित भएका हुन् ?

 सन् २०२२ अप्रिल २४

– उनले ५८.५५ प्रतिशत मत प्राप्त गरी सो पदमा 

निर्वाचित भएका।

– उनका मुख्य प्रतिद्वन्द्वी म्यारिन ली पेनले ४१.४५ प्रतिशत मत प्राप्त गरेका। 

२०. परराष्ट्र मन्त्रालयद्वारा पहिलो पटक परराष्ट्र सेवा दिवस कहिले मनाइयो ?

 वि.सं. २०७८ जेठ १०

– परराष्ट्रलाई सेवालाई कानुनी रूप दिई व्यवस्थित गर्ने उद्देश्यका साथ ‘नेपाल वैदेशिक सेवा’ (गठन र श्रेणी विभाजन) नियमहरू २०७८ राजपत्रमा प्रकाशित भएको दिन २०७८ जेठ १० गतेको स्मरणमा यो दिवस 

मनाउन थालिएको ।

२१. संयुक्त सङ्घीय शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने राष्ट्रहरूमा नेपाल कुन स्थानमा रहेको छ ?

 दोस्रो

– २०७८ साउनमा प्रकाशित तथ्याङ्कअनुसार शान्ति मिसनमा नेपालबाट पाँच हजार ५७१ सुरक्षाकर्मी 

संलग्न रहेका। 

– सो मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने राष्ट्र 

बङ्गलादेश (६५५४) रहेको।

– सो तथ्याङ्कअनुसार शान्ति मिसनमा सुरक्षाकर्मी पठाउने राष्ट्र १२१ रहेका।

२२.  मदन पुरस्कार २०७८ का लागि छनोट भएका आठ कृति कुन कुन हुन् ?

 अग्नि (नवराज लम्साल), गृष्मको नीलो बतास (दामोदर पुडासैनी, ‘किशोर’), महाभारा (वसन्त बस्नेत), यादको सन्दुक (दीपा मेवाहाङ राई), लिच्छवि लिपि (नयनाथ पौडेल), व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश (नीलमणि ढुङ्गाना), सती इतिहास र मीमांसा (सुजित मैनाली) र हिति प्रणाली (पद्मसुन्दर जोशी)

मदन पुरस्कार स्थापनाको घोषणा ः वि.सं. २०१२ 

असोज १०

पहिलो पटक प्रदान गरिएको ः वि.सं. २०१३

पहिलो पटक मदन पुरस्कार प्राप्त गर्न सफल कृति तथा स्रष्टाहरू ः

२३. पहिलो पटक लङ्ग्या हेनिपा भाइरस कहाँ पत्ता लागेको हो ?

 चीन 

– पहिलो पटक चीनको उत्तर–पूर्वी प्रान्त सान्डोङ र हेनानमा पत्ता लागेको तर सन् २०२२ अगस्टमा मात्रै वैज्ञानिकले औपचारिक रूपमा पहिचानको पुष्टि गरेका। 

– यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने वैज्ञानिकको प्रारम्भिक अध्ययनले देखाएको।

– हाल देखिएको लङ्ग्या भाइरस दक्षिण चीनमा देखिइरहेको मोज्याङ भाइरससँगसमेत सम्बन्धित रहेको।

– लक्षण ः ज्वरो, थकान, खोकी, भोक नलाग्ने तथा 

मांशपेसी दुख्ने।

– प्रत्येक वर्ष उच्च सङ्क्रामक मानिएको भाइरस उत्परिवर्तन भई सङ्क्रमण पैmलिनुका कारण तीव्र जलवायु परिवर्तन रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका।

२४. काठमाडौँमा पुनः नो हर्न अभियान कहिलेदेखि सुरु गरिएको हो ?

 वि.सं. २०७९ साउन २३

– महानगरका प्रमुख बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक मीरा चौधरीद्वारा एकअर्काको सवारीसाधनमा नो हर्न लेखिएको स्टिकर टाँसेर अभियान सुरु गरिएको ।

– सवारी दुर्घटना हुने अवस्थामा वा सडकको एक भागबाट अर्को भाग नदेखिने मोडमा चालकले छोटो हर्न बजाउन सक्ने तर अन्य सामान्य अवस्थामा कसैले हर्न बजाए एक पटकमा पाँच सय रुपियाँसम्म जरिवाना हुने 

व्यवस्था गरिएको। 

– एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शववाहन, दमकलका लागि भने यो नियम लागू हुँदैन।

– २०७४ साल वैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो। अभियान सुरुवातमा प्रभावकारी देखिए पनि बिस्तारै सवारी चालकले नो हर्न अभियानको बेवस्ता गर्न थालेपछि यसलाई पुनः थालिएको हो ।

२५. जैविक विविधता शब्द प्रयोग गर्ने पहिलो वैज्ञानिक को हुन् ?

 एडवार्ड ओसुव्युर्न विल्सन (ई.ओ. विल्सन)

– यिनको जन्म सन् १९२९ जुन १० मा अमेरिकामा भएको।

– यिनलाई जैविक विविधताका पिता, एन्ट म्यान, आधुनिक युगका पिता उपनामले पनि चिनिने।

– उनले सन् १९७९ मा ‘ह्युमन नेचर’ र १९९१ मा ‘द एन्ट्स’ कृतिका लागि पुलित्जर पुरस्कार प्राप्त गरेका।

– यिनको निधन सन् २०२१ डिसेम्बर २६ मा भएको।

२६.  फेवाताल र यसको वरिपरिको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७८ माघ २४

– यसको प्राकृतिक संरचना एवं सुन्दरतालाई संरक्षण गर्ने उद्देश्यले संरक्षित जलाधार क्षेत्र घोषणा गरिएको ।

– पानीको स्वच्छता एवं दिगोपनालाई ध्यान दिई सो निर्णय गरिएको ।

२७. बिट क्वाइनलाई वैधता दिने पहिलो राष्ट्र कुन हो ?

 एलसल्भाडोर

२८. सरकारले कति स्थानीय तहलाई पिछडिएको क्षेत्रमा सूचीकृत (२०७४ मा) गरेको छ ?

 ५७

पिछडिएको क्षेत्रमा सूचीकृत प्रदेशगत स्थानीय तह

प्रदेश १ ः २

मधेश प्रदेश ः ४ 

बागमती प्रदेश ः २

गण्डकी प्रदेश ः १

लुम्बिनी प्रदेश ः २

कर्णाली प्रदेश ः २९

सुदूरपश्चिम ः १७

जम्मा ः ५७

– सो सूचीअनुसार पिछडिएको क्षेत्रमा सबैभन्दा धेरै कर्णाली प्रदेश र सबैभन्दा कम गण्डकी प्रदेशका स्थानीय तह रहेका।

२९. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?

 तिलोत्तमा न.पा. (रुपन्देही)

३०. आईएसओ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो नगरपालिका कुन हो ?

 तिलोत्तमा न.पा. (रुपन्देही)

– यस नगरपालिकाले वि.सं. २०७८ चैत ९ मा आईएसओ ९००१–२०१५ गुणस्तर चिह्न प्राप्त गरेको।

१. विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मङ्किपक्सको भेरियन्टहरूको नामकरण के गरेको छ ?

 कङ्गो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ‘ए’ र क्लेड टु ‘बी’ 

– ठाउँका आधारमा यसको भेरियन्ट फरकफरक भएको र नाम पनि त्यहीअनुसार राखिएको। 

– मङ्किपक्स नामकरण यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मा गरिएको थियो। अहिले त्यसको परिवर्तित स्वरूप पैmलिँदै गएको। 

– पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको 

मङ्किपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको। 

– डब्लूएचओले सन् २०२२ जुलाई २३ मा मङ्किपक्सलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल घोषणा गरेको। 

२. सन् २०२२ मा सम्पन्न साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र कुन हो ?

 भारत

– (फाइनल खेलमा बङ्गलादेशलाई ५–२ गोल अन्तरले पराजित गर्दै भारतले सो उपाधि चुमेको।)

३. आर्थिक सर्वेक्षण २०७८÷७९ अनुसार नेपालमा फूल  फुल्ने वनस्पतिको सङ्ख्या कति रहेको छ ?

 ५३०९ (फूल  नफुल्ने : ६०८३)

४. मन्त्रिपरिषद्ले सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?

 वि.सं. २०७९ असार ३१

५. काठमाडौँमा साझा यातायातका विद्युतीय बस कहिलेदेखि चल्न थालेका हुन् ?

 वि.सं. २०७९ असार २३

६. ६.८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशिखरको दोहो-याएर आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल पर्वतारोही को हुन् ?

 सानु शेर्पा

– (उनले सन् २००६ देखि २०२२ जुलाईसम्मको अवधिमा सो रेकर्ड राख्न सफल भएका। यो रेकर्ड राख्ने उनी विश्वकै एक मात्र आरोही रहेका।)

७. वि.सं. २०७८ फागुनसम्म कति स्थानीय तह राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ?

 ७३२

–  (सो अवधिसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका स्थानीय तहको सङ्ख्या २१ रहेको।)

८. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

 वि.सं. १९४६ साउन १२ 

९. कोप्रे छहरा भनी चिनिने कोप्रे झरना कहाँ रहेको छ ?

 म्याग्दी

१०. नेपाल प्रज्ञा प्रतिष्ठानले दुई लाख रुपियाँ राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार (२०७९ का लागि) कसलाई प्रदान ग-यो ?

 नरबहादुर दाहाल, दार्जिलिङ

– यसैगरी प्रा. डा. गोविन्दराज भट्टराई (झापा)लाई दुई लाख रुपियाँ राशिकै नेपाल प्रज्ञा अनुवाद पुरस्कार प्रदान गरिएको । 

– प्रज्ञा प्रतिष्ठानद्वारा प्रत्येक चार वर्षमा प्रदान गर्ने चार लाख रुपियाँ राशिको पृथ्वी प्रज्ञा पुरस्कार दुई वर्षअघि वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको । 

– प्रत्येक वर्षमा प्रदान गरिने तीन हजार अमेरिकी डलर राशिको नेपाल प्रज्ञालङ्कार दुई वर्षअघि चीनका प्राध्यापक वाङ हङवेईलाई प्रदान गरिसकिएको । 

– रु. एक लाख राशिका अन्य प्रज्ञा पुरस्कार (२०७९ का लागि)

– नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार ः रामचन्द्र भट्टराई (रुपन्देही)

– पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्य प्रज्ञा पुरस्कार ः खेन्पो डवाङ वोसेर लामा शेर्पा (दोलखा)

– मधेश तराईमा बोलिने मातृभाषा साहित्यका लागि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार ः शर्मिलाकुमारी चौधरी (कञ्चनपुर)

– नेपाल प्रज्ञा संस्कृति पुरस्कार ः प्रा. डा. प्रेमकुमार खत्री (भोजपुर)

– नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार ः प्रा. विद्यानाथ उपाध्याय (काठमाडौँ)

– नेपाल प्रज्ञा सामाजिकशास्त्र पुरस्कार ः डा. नयनाथ पौडेल (काठमाडौँ)

११. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

 तीन भागमा 

१२. नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

 वि.सं. १९४६ साउन १२ 

१३. महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?

 प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट

१४. कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?

 वंशाणुगत परिवृत्ति

१५. आर्थिक वर्ष २०७७/७८ मा बढी नाफा आर्जन गर्न सफल सार्वजनिक संस्थान कुन कुन हुन् ?

 नेपाल दूरसञ्चार कम्पनी लि., नेपाल विद्युत् प्राधिकरण, कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल बैङ्क लि.

१६. राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को नतिजा कहिले सार्वजनिक भएको हो ?

 वि.सं. २०७९ असार २४

– सञ्चालनमा रहेका जम्मा उद्योग ः ६०,१८५

– औद्योगिक उत्पादन क्षेत्रमा ः ५६,६११

– खानी तथा उत्खनन क्षेत्रमा ः ३५६

– विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ः ९९४

– पानीको आपूर्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापका क्षेत्रमा ः २२२४

उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या

– उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको जम्मा सङ्ख्या ः ४,९१,२२७

– खानी तथा उत्खनन क्षेत्रमा ः ६,४८५

– औद्योगिक उत्पादन क्षेत्रमा ः ४,४४,९६४

– विद्युत्, ग्यास तथा वातानुकूलित क्षेत्रमा ः २१,५९३

– पानीको आपूर्ति, ढल निकास, फोहोरमैला व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा ः १८,१८५

– (उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रूपले कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक कामदार र तलबी 

कामदार पर्ने ।)

रोजगार व्यक्तिको सङ्ख्या 

– चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानमा रहेका तलबी कामदारको सङ्ख्या ः ३,८१,६८७

– खानी तथा उत्खनन क्षेत्रमा ः ५,७१९

– औद्योगिक उत्पादनशील क्षेत्रमा ः ३,४६,१४३

– विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ः १७,२३८

– पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा ः १२,५८७

उद्योगको उत्पादन क्षमता

– पूर्ण क्षमतामा चल्ने उद्योग ः ३९.९ प्रतिशत

– १८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५ देखि ९९ प्रतिशत क्षमता उपयोग गरेका ।

– २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५ देखि ४९ प्रतिशत र बाँकीले २५ प्रतिशतभन्दा कम उपयोग गरेको सर्वेक्षणले देखाएको । 

कुन उद्योग प्रतिष्ठान कति दिन सञ्चालन 

– करिब ७६ प्रतिशत उद्योग प्रतिष्ठान २७० दिनभन्दा 

बढी सञ्चालन,

– १९ प्रतिशत उद्योग प्रतिष्ठान १८०–२६९ दिन,

– ४ प्रतिशत उद्योग प्रतिष्ठान ९०–१७९ र बाँकी १ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन।

औद्योगिक प्रतिष्ठानको लागत मूल्य, उत्पादन मूल्य र 

मूल्य अभिवृद्धि

– औद्योगिक प्रतिष्ठानले आठ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतका रूपमा खर्च गरेका। 

– सो लागतबाट १२ खर्ब, एक अर्ब १७ करोड मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन भएको। 

– औद्योगिक प्रतिष्ठानले मुलुकको अर्थतन्त्रमा करिब तीन खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको।

साना उत्पादनशील उद्योग प्रतिष्ठानमा ऋणको अवस्था 

– साना उत्पादनशील औद्योगिक प्रतिष्ठान (१० जनाभन्दा कम व्यक्ति संलग्न भएका)मध्ये ३४ प्रतिशतले मात्र वित्तीय संस्थासँग ऋण लिएका र १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेको सर्वेक्षणले देखाएको । 

– ५ प्रतिशत उद्योग ऋण लिने प्रक्रियामा रहेको देखिएको। 

– ६० प्रतिशत उद्योग प्रतिष्ठानले ऋण नलिएको देखिएको। 

ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठान कति थपिए ?

– १० वा सोभन्दा बढी व्यक्ति संलग्न उत्पादनशील औद्योगिक प्रतिष्ठानको सङ्ख्या २०६९ देखि २०७६ सम्ममा ९४१ थपिएका। 

– विगतमा उत्पादनशील उद्योगलाई मात्र समेटी गणना तथा सर्वेक्षण गर्दै आएकोमा अन्तर्राष्ट्रिय मान्यताबमोजिम अन्य तीन क्षेत्रलाई समेत समेटी हालको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ सम्पन्न गरिएको । 

– विगतका गणना तथा सर्वेक्षणको तुलनामा फराकिलो दायरा, साना/ठूला सबै उद्योग समावेश हुने र प्रदेश स्तरसम्मको नतिजा प्राप्त हुने भएकाले यस 

सर्वेक्षणलाई नेपालको पहिलो एकीकृत औद्योगिक सर्वेक्षण भनिएको।

– केन्द्रीय तथ्याङ्क विभागले यसअघि साना र ठूला औद्योगिक गणना फरकफरक अन्तरालमा गर्ने गरेको। 

– विभागले पहिलो राष्ट्रिय औद्योगिक गणना वि.सं. २०२२ मा सम्पन्न गरेको र २०६९ सालमा १०औँ औद्योगिक गणना सञ्चालन गरेको। त्यस्तै पहिलो साना औद्योगिक सर्वेक्षण वि.सं. २०२९ मा सञ्चालन गरी २०६६ सालमा पाँचौँ साना औद्योगिक सर्वेक्षण सम्पन्न गरिएको । 

– राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ मा पूर्ण गणना र नमुना छनोट विधि दुवै तरिका अवलम्बन गरिएको। यसअघि केन्द्रीय तथ्याङ्क विभागले ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको पूर्ण गणना विधि तथा साना उत्पादनशील औद्योगिक प्रतिष्ठानको छनोट विधिबाट औद्योगिक सर्वेक्षण सम्पन्न गर्दै आएको । 

– राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को सन्दर्भ अवधि २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्म अर्थात् आ.व. २०७५/७६ रहेको। 

१७. नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ को) कसलाई प्रदान गरियो ?

 मोहन निरौला

१८. मिस्टर नेपाल प्रतियोगिता, २०२२ को उपाधि कसले जिते ?

 नुतन श्रेष्ठ, मोरङ

१९. श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ?

 रनिल विक्रमासिङ्घे

२०. श्रीलङ्काको प्रधानमन्त्रीमा चयन हुने राजनीतिज्ञ को हुन् ?

 दिनेश गुणवर्दने

२१. वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?

 २५६६ औँ

२२. सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल दोस्रो नेपाली अभिनेत्री को हुन् ?

 दिया पुन (२०७९ जेठ १३)

२३. रेडियो नेपालले कहिलेदेखि बालसमाचार सुरु गरको हो ?

 वि.सं. २०६४ वैशाख १

२४. कम्प्युटरमा प्रयोग हुने Intelको पूरा रूप के हो ?

 Integrated electronics

२५. नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?

 तीन भागमा 

१. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ? 

 सन् २०२१ जुलाई ८

– छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका। 

– गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको। 

– पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने। 

२. २०७९ सालको युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो ? 

 मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान)

– यो पुरस्कार राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको। 

– राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मृतिमा वि.सं. २०४२ मा स्थापित यस पुरस्कारको राशि रु. ४२,०००।– रहेको। 

३. रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक कुन आवधिक योजनामा ल्याइएको हो ? 

 १५औँ

– सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) पारित गरेको। 

– पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको।

– यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।

– यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलो पटक अङ्गीकार गरिएको।

– यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको।

– पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको।

४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?

 समृद्ध मुलुकका लागि स्वस्थ नागरिक

– (मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको।)

५. लिच्छविकाल र मल्लकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?

 संस्कृत

६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

 राजेन्द्रविक्रम शाह

७. सम्पूर्ण सरकारी कार्यालयमा निशाना छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?

 वि.सं. २०१९ पुस १ 

– (हाल प्रचलनमा रहेको नयाँ निशाना छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको।)

८. जेनेटिक इन्जिनियरिङ (Genetic Engineering)  लाई अर्को के पनि भनिन्छ ?

 DNA technology

९. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?

 मल्ल कालमा

१०. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

 वि. सं. २००२ असोज १

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थए। 

– पहिलो पटक रु. एक सय, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो।

– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए।

११. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९५५ अगस्ट २७

– (विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्त २७ मा बेलायतको लन्डनमा भएको ।)

१२. कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ? 

 लिग अफ नेसन्स

१३. नेपाली सिक्काको इतिहासमा पहिलोपल्ट अङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?

 वि.सं. २०६३ साउन (१ रुपियाँको सिक्का)

१४. नेपाल पृथ्वीको कुन गोलाद्र्धमा अवस्थित छ ?

 उत्तरी गोलाद्र्ध

१५. ‘प्रोक्सिमा बी’ के हो ?

 पछिल्लो समयमा वैज्ञानिकद्वारा पत्ता लगाइएको पृथ्वीसँग मिल्दोजुल्दो एवं जीवन अनुकूल रहेको ठानिएको एक ग्रह 

– (प्रोक्सिमा सेन्टाउरी नामक ताराको परिक्रमा गरिरहेको सो ग्रह धेरै हदसम्म पृथ्वीसँग मिल्दोजुल्दो छ। यो ग्रह पृथ्वीबाट लगभग ४.२ प्रकाश वर्ष अर्थात् करिब ४१ खर्ब किलोमिटर टाढा छ ।)

१६. अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली कहिलेदेखि सुरु गरिएको हो ?

 वि.सं. २०७७ माघ १३

– भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका तीन दर्जनभन्दा बढी निकाय आबद्ध हुनेछन्। यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आपूmसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनुपर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ । भन्सार प्रक्रियालाई सरलीकरण गर्न आसिकुँडा लागू भए पनि यी सबै निकायमा छुट्टाछुट्टै जानुपर्ने अवस्था कायमै छ । कागज बोकेर यी सबै निकायमा पुग्नुपर्ने बाध्यतालाई हटाएर डिजिटल प्रणालीबाट सबै काम सम्पन्न गर्ने गरी नेपाल राष्ट्रिय एकद्वार प्रणाली लागू गर्न लागिएको हो । 

१७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले भएको हो ?

 वि.सं. २०७६ माघ २६

१८. शारदा पत्रिका सर्वप्रथम कहिले र कसको सम्पादकत्वमा प्रकाशित भएको थियो ? 

 वि.सं. १९९१ फागुन, रिद्धिबहादुर मल्ल

१९. नेपालमा चिया खेतीको सुरुवात कहिले र कहाँबाट भएको हो ? 

 वि.सं. १९२०, इलाम

२०. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

 मोहन कोइराला

२१. हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल समुद्र सतहबाट कति उचाइमा अवस्थित छ ? 

 ५००२ मिटर 

– मनाङको चामे गाउँपालिकाअन्तर्गत सिङ्गरखर्कमा अवस्थित यस तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ छ सय मिटर रहेको।

– केही महिनाअघि पत्ता लागेको यो तालको उचाइ तिलिचोकोभन्दा बढी पाइएपछि अब यो ताल विश्वकै सर्वाधिक उचाइमा रहेको ताल बन्न पुगेको। अहिले सर्वाधिक उचाइमा रहेको तिलिचो ताल समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा अवस्थित रहेको ।

– यो ताल तिलिचोभन्दा उचाइमा रहेकोबारे सरकारको आधिकारिक निकायबाट पुष्टि हुन भने बाँकी रहेको।

– विश्वभरका पर्यटकको रोजाइमा पर्दै आएको तिलिचो तालको अलावा मनाङमा गङ्गापूर्ण ताल, डोना ताल, ठुलागी ताललगायतका ताल रहेका।

२२. हरित सहर भनी हेटौँडालाई चिनिन्छ भने गुलावी सहर भनी कुनलाई चिनिन्छ ?

 वालिङ

– (त्यसैगरी सेल्फी सहर भनी धनकुटा, फ्री वाईफाई नगर भनी मटिहानी तथा बालमैत्री स्थानीय शासन नगर भनी देवचुली र सुनवललाई चिनिने।)

२३. नेपालमा पहिलो पटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?

 वीर अस्पताल (२०७३ साउन १३) 

– विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको।

– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो।

२४. सार्वजनिक खरिदसम्बन्धी कामकारबाही कहिलेदेखि विद्युतीय माध्यमबाट गर्न थालिएको हो ?

 वि.सं. २०७२ साउन १ 

– सार्वजनिक खरिदसम्बन्धी कार्यविधिलाई अझ बढी पारदर्शी, विश्वसनीय र निष्पक्ष बनाउन विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) अवलम्बन गर्न थालिएको। 

– विद्युतीय खरिद प्रणाली लागू भइसकेपछि मुलुकभरका सबै सार्वजनिक कार्यालयमा खरिद प्रक्रिया एउटै पोर्टलबाट सञ्चालन हुने साथै यस पोर्टलको सञ्चालनसँगै (सार्वजनिक कार्यालयमा) ठेक्कापट्टामा हुने गरेको अनियमितता, ढिलोपन एवं अन्य धाँधली नियन्त्रण हुने विश्वास गरिएको । 

– वि.सं. २०७० भदौ ३ गते विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) पोर्टलको शुभारम्भ भएको थियो भने सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौँ वार्षिकोत्सवका अवसरमा सिङ्गल पोर्टलमा आधारित यस प्रणालीको पोर्टल डिस्प्ले मोडेलको उद्घाटन गरिएको थियो । 

२५. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

 रणबहादुर शाह

– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने।

– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महत्वका कार्यालयको सुरक्षाका लागि खटाएका। 

– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका।

२६. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

 सन् १९९८ 

– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन्।

– हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका।

२७. दुई मुलुकबीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

 दसगजा क्षेत्र

– दुई देशबीच कसैको पनि अधिकार क्षेत्रभित्र 

नपर्ने मानिएको चौडाइमा दसगज बराबर हुँदै लम्बिएको सीमा क्षेत्र,

–  यस क्षेत्रमा दुवै देशको कानुन र प्रशासन लागू नहुने प्रावधान,

–  सीमारेखालाई सुरक्षित राख्न दसगजा क्षेत्रको प्रबन्ध गरिएको हो। दसगजा भूमिमा कसैले बसोबास गर्न नहुने, आवाद भोगचलन गर्न नहुने अर्थात् मानवरहित एवं आवादविहीन हुनुपर्ने अन्तर्राष्ट्रिय नियम छ । यही कारणले गर्दा दसगजा क्षेत्रलाई मानवविहीन जमिन भनिएको ।

२८. एसिया प्रशान्त क्षेत्रका १५ राष्ट्रद्वारा ‘आरसीईपी’ नामक व्यापारिक सम्झौता कहिले गरिएको हो ?

 सन् २०२० नोभेम्बर १५

– सम्झौता गर्नेमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डसमेत रहेका।

– युरोप, अमेरिका र मेक्सिकोबीच पनि यस्तै प्रकृतिको व्यापारिक सम्झौता गरिएको।

आरसीईपीको धारणा चीनले ल्याएको।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt