लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Shrawan 2079 )

१. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ?

 घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान)

– २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको ।

– पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको । सरकारले आ.व. २०६८-६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु-याउने स्रष्टालाई प्रदान गरिँदै आएको । 

२. १२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम कुन हो ?

 लुम्बिनी प्रदेश (१६ स्वर्ण, ११ रजत र ११ कांस्य)

– दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक एवं तेस्रो भएको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत र आठ कांस्य पदक प्राप्त गरेको ।

– गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारेका । गण्डकीले थप ११–११ रजत र कांस्य पदक पनि हात पारेको । कर्णालीले १० रजत र १५ कांस्य पदक जितेको ।

– प्रतियोगितामा भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जितेका । 

– मार्सल आर्ट्समा बागमतीकै दबदबा रहेको । कराँते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बनेको ।

३. विश्वकै बढी उचाइमा गल्फकोर्स कहाँ निर्माण गरिएको छ ?

 ल्होमन्थाङ (मुस्ताङ)

– उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५ लोवाथाङमा चार हजार ६५० मिटरको उचाइमा गल्फकोर्स निर्माण गरिएको ।

– गण्डकी प्रदेश सरकारको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्मित सो गल्फकोर्स नौ होलयुक्त रहेको । यसलाई ‘मुस्ताङ गल्फ कोर्स’ नामकरण गरिएको ।

– अहिले नौ होलको गल्फकोर्स निर्माण सम्पन्न भएको र पछि त्यहाँ १८ होलको गल्फकोर्स निर्माण गर्न सकिने सम्भावनासमेत देखिएको । 

– भारतको सिक्किममा तीन हजार ९०० मिटरको उचाइमा रहेको गल्फकोर्स गिनिज बुकमा दर्ज भएको र मुस्ताङ गल्फकोर्स चार हजार ६५० मिटरको उचाइमा रहेकाले यस गल्फकोर्सले विश्व कीर्तिमान कायम राख्दै गिनिज बुकमा रेकर्ड राख्ने दाबी गरिएको ।

. नेपालकै पहिलो कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर कुन हो ?

 बुटवल उपमहानगरपालिका 

– वि.सं. २०७९ असार २७ मा बुटवल उपमहानगरपालिकालाई १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको ।

५. काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पहिलो पटक स्वदेशी वस्तुको निर्यात सुरु कहिलेदेखि भएको हो ? 

 वि.सं. २०७९ असार २८

– सञ्चालनमा आएको झन्डै तीन महिनापछि यस बन्दरगाहबाट नेपालमा उत्पादन भएका सामान विदेश निर्यात सुरु भएको । 

– वि.सं. २०७८ चैत २२ देखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा आएको थियो ।

– चोभारबाट भन्साार पास गरेर सिधै सामान डेनमार्क गएको ।

– सञ्चालनमा आएको बन्दरगाहमा अहिलेसम्म सात करोड ३९ लाख रुपियाँ बराबरको १६ कन्टेनर सामान बाहिरी मुलुकबाट आयात भएको ।

– चोभार बन्दरगाहबाट सबै भन्सार चेकजाँच भएर जाने हुँदा बीचमा नरोकिई सम्बन्धित ठाउँमा सामान निर्यात हुने । त्यस्तै छिमेकी भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने ।

– बन्दरगाहभित्र भन्सार जाँच पास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदाम घर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेको ।

– विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण भएको ।

६. सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो ?

 ३३-११ केभीको स्यार्कु सबस्टेसन, (मनाङ)

– लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चिप्लेबँेसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार ७०० मिटर उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको ।

– गतवर्ष (२०७८)को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो ।

७. गण्डकी रत्न अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?

 महावीर पुन (२०७९ असार)

– पुनले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेका कदमको सम्मान गर्दै गण्डकी रत्न प्रदान गरिएको । 

– यो अवार्डबाट सम्मानित हुने पहिलो व्यक्ति पुन हुनुभएको ।

– राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक पुन वायो–मेडिकल, कृषि, शिक्षा, विज्ञानलगायतका क्षेत्रबाट राष्ट्र सेवा गर्दै आउनुभएको ।

– उहाँ रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

८. राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले भएको हो ?

 वि.सं. २०७६ कात्तिक १

– केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा यो संस्था स्थापना भएको । 

– केन्द्रको निर्माण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा गरिएको ।

– केन्द्रको निर्माण लागत करिब आठ करोड रुपियाँ रहेको ।

९. गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जिल्ला कुन हो ?

 बागलुङ

– प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उपाधि बागलुङले जितेको । समग्रमा १० स्वर्ण, १३ रजत र चार कांस्यसहित रनिङ शिल्ड 

हात पारेको ।

– नवलपुरले नौ स्वर्ण, छ रजतका साथ दोस्रो स्थान र 

स्याङ्जा छ स्वर्ण, दुई रजत र दुई कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका ।

– प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५७४ खेलाडीको सहभागिता रहेको ।

– यसअघि जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा विजेता बन्न सफल खेलाडी प्रदेशस्तरमा सहभागिता जनाएका । प्रदेशस्तरको प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने प्रावधान रहेको ।

१०. हालै (२०७९ असार) गुणस्तर प्रमाणीकरण आईएसओ ९००१ः२०१५ प्राप्त गर्न सफल नेपाली संस्था कुन हो ?

 भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल (काभ्रे)

– क्वालिटी अस्ट्रिया नामक संस्थामार्फत केन्द्रलाई गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेबापत आईएसओ 

प्रदान गरिएको ।

– केन्द्रले प्रदान गर्दै आएको तालिम अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय रहेको प्रमाणस्वरूप आईएसओ प्राप्त गरेको बताइएको ।

– केन्द्रले हरेक वर्ष सर्वेक्षण तथा नक्साङ्कन (जियोमेट्रिक्स)को क्षेत्रमा शैक्षिक तथा गैरशैक्षिक तालिम तथा शिक्षा प्रदान गर्दै आएको ।

– केन्द्रले काठमाडौँ विश्वविद्यालयसँग मिलेर शैक्षिक कार्यक्रमअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा जियोमेट्रिक्स इन्जिनियरिङका कक्षा सञ्चालन गर्दै आएको ।

– यसैगरी केन्द्रले सरकारी निकायमा कार्यरत नापी र मालपोतमा काम गर्ने कर्मचारी तथा अन्य नापनक्साको काम गर्ने कर्मचारीका लागि लामो र छोटो अवधिका विभिन्न तालिम सञ्चालन गर्ने ।

– केन्द्रले दस जोड दुईमा विज्ञान विषय अध्ययन गरेका विद्यार्थीलाई एकवर्षे जुनियर नापी तालिम तथा यस वर्ष जिल्ला न्यायाधीशका लागि जग्गा प्रशासनसम्बन्धी अनुशिक्षणसमेत गरेको ।

– केन्द्रको मानव संशाधन विकास, प्रशिक्षार्थी छनोटको मापदण्ड, तालिमपछिको प्रभाव मूल्याङ्कन, कार्यालयको कागजात, पुस्तकालयको व्यवस्थापन, गुनासो व्यवस्थापन तथा सम्बोधन, प्रशिक्षकको दक्षतालगायतका विषयलाई सूचक मानेर क्वालिटी अस्ट्रिया नामक संस्थाले उक्त आईएसओ प्रमाणीकरण गरेको । 

११. हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो ?

 अफगानिस्तान

१२. काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०७४ वैशाख १५ 

१३. युरोमनी अवार्ड फर एक्सलेन्स वेस्ट बैङ्क नेपाल २०२२ बाट सम्मानित हुने नेपालको वित्तीय संस्था कुन हो ?

 ग्लोबल आईएम बैङ्क लि.

– सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो ।

– युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका ।

१४. हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ ? 

 शैलुङ (दोलखा)

१५. व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

 रोबोट परी 

– निर्माणकर्ता ः इन्जिनियर (पाइला टेक्नोलोजी)

– प्रयोग गर्ने संस्था ः एसबीआई बैङ्क

– प्रयोगमा ल्याउन थालिएको ः वि.सं. २०७४ असारदेखि ।

१६. साउथ एसियन फेडरेसन (साफ) गेमलाई कहिलेदेखि साउथ एसियन गेम्समा रूपान्तरण गरिएको हो ?

 सन् २००६ (१०औँ दक्षिण एसियाली खेलकुद)

१७. कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?

 औद्योगिक क्रान्ति

८. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०६९ माघ

१९. महालेखा परीक्षकको कार्यालयले २०७९ असार ३० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार छवटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु कुन महानगरको रहेको छ ?

 विराटनगर महानगरपालिका

– विराटनगरमा कुल लेखापरीक्षण गरिएको रकमको तुलनामा १६.५७ प्रतिशत बेरुजु देखिएको ।

– सो प्रतिवेदनअनुसार सबैभन्दा कम बेरुजु (०.५६ प्रतिशत) भरतपुर महानगरको रहेको ।

– त्यस्तै लेखापरीक्षण भएको रकमको तुलनामा वीरगञ्जको ९.८ प्रतिशत, ललितपुरको ८.६ प्रतिशत, काठमाडौँको ५.४ प्रतिशत र पोखराको ५.३५ प्रतिशत देखिएको ।

२०. शाही सेनालाई कहिलेदेखि नेपाली सेना भन्न थालिएको हो ?

 वि.सं. २०६३ जेठ ४

२१. वि.सं. २०७९ असार ३१ को प्रतिनिधि सभाले उपसभामुखमा कसलाई निर्वाचित गरेको हो ?

 पुष्पा भुषाल (कांग्रेस नेत्री)

– तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ साल माघमा राजीनामा दिएपश्चात् उपसभामुख पद रिक्त रहेको थियो ।

– प्रतिनिधि सभामा असार ३१ मा भएको निर्वाचनमा भुसालको प्रस्तावको पक्षमा १४८ मत परेको, त्यस्तै विपक्षमा ९३ मत परेको र एक मत तटस्थ रहेको ।

२२. २०७९ असार २७ मा साक्षर घोषित हुने जिल्ला कुन हो ?

 सोलुखुम्बु

– साक्षर घोषित हुने ५८औँ जिल्ला सोलुखुम्बु रहेको ।

– सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार सोलुखुम्बु साक्षर जिल्ला घोषणा भएसँगै प्रदेश १ नै साक्षर बनेको ।

२३. पहिलो पटक चन्द्रमामा कपासको बिरुवा उमार्ने राष्ट्र कुन हो ?

 चीन 

– चीनले चन्द्रमामा पहिलोपटक कपासको बिरुवा उमार्न सफल भएको ।

– सो बिरुवा केही दिनमै मरेको जनाइएको । 

– चीनले चाङ ई–४ यानमार्फत कपास र आलुको बीउ चन्द्रमामा पठाएको थियो ।

१. डब्लूएचओको विज्ञ समूहमा मनोनीत हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?

 डा. राजन पाण्डे

– भेरी अञ्चलका वरिष्ठ फिजिसियन डा. पाण्डे विश्व स्वास्थ सङ्गठन (डब्लूएचओ)को क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको।

– नेपालमै पहिलो पटक सिकलसेल एनिमिया रोगलाई थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा पहिचान गर्ने विज्ञका रूपमा डा. पाण्डे परिचित हुनुहुन्छ। डब्लूएचओ पीईएन–प्लस नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनीत हुनुभएको ।

– विशेषगरी थारू समुदायमा बढी देखिएको सिकलसेल एनिमियाको खोज, अनुसन्धान र उपचारमा विशेष कार्य गरेकोमा एनसीडीआई पोभर्टी कमिसन नेपालको सिफारिसमा उहाँलाई प्यानलमा मनोनीत गरिएको ।

२. १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ?

 सन् २०२३ सेप्टेम्बर २३–अक्टोबर ८ (हाङचोउ, चीन)

– ओलम्पिक कमिटी अफ एसिया (ओसीए)ले यस वर्ष हुने भनेको मिति संशोधन गर्दै सन् २०२२ जुलाई १९ मा नयाँ मिति सार्वजनिक गरेको।

– ओसीएले चीनको ओलम्पिक कमिटी र अन्य सरोकारवालासँग करिब दुई महिनासम्मको निरन्तर छलफलपछि नयाँ मिति तय गरेको।

– यसअघि एसियाली खेलकुद सन् २०२२ सेप्टेम्बर १० देखि २५ तारिखसम्म हुने तय भएको थियो।

– एसियाली खेलकुद प्रतियोगितामा ४८० भन्दा बढी स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

३. हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार नेपाली पासपोर्ट कतिऔँ स्थानमा रहेको छ ?

 १०६औँ 

– पहुँचका आधारमा ११२ -याङ्कमा विभाजन गरिएको सो रिपोर्टमा नेपालको पासपोर्ट १०६औँ -याङ्कमा रहेको। यसअनुसार -याङ्किङका आधारमा नेपाल छैटाँै कमजोर पासपोर्ट भएको मुलुकमा परेको ।

– नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका।

– सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको। यसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने।

प्रतिवेदनअनुसार सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा परेका राष्ट्रहरू

पहिलो – जापान

दोस्रो – सिङ्गापुर र दक्षिण कोरिया

तेस्रो – जर्मनी र स्पेन

चौथो – फिनल्यान्ड, इटाली र लक्जेम्बर्ग

पाँचौँ – अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्विडेन

छैटौँ – फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत

सातौँ – बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड र अमेरिका 

आठौँ – अस्टे«लिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस र माल्टा

नवौँ – हङ्गेरी

दसौँ – लिथुआनिया, पोल्यान्ड र स्लोभाकिया

– प्रतिवेदनअनुसार जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन् भने नेपालीले ३८ मुलुकको मात्र भ्रमण गर्न पाउने।

– नेपालसँगै प्यालेस्टाइनको राहदानी पनि १०६ नम्बरमा रहँदै कमजोर साबित भएको अध्ययनले देखाएको।

– कमजोर मानिएका आठ देशमध्ये नेपाल उत्तर कोरियाभन्दा एक स्थान तल रहेको। यसअघि नेपालको राहदानी उत्तर कोरियाभन्दा बलियो देखिएको।

४. ‘फादर अफ लाइब्रेरी साइन्स’ भनी कसलाई चिनिन्छ ?

 एस.आर. रङ्गनाथन

५. सरकारद्वारा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कार्यान्वयन कुन आर्थिक वर्षदेखि सुरु गरिएको हो ?

 आ.व. २०६६/६७ (हाल : राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)

६. उद्योग दिवस २०७८ को नारा के रहेको छ ?

 स्वदेशी उद्यम र उत्पादन : दिगो औद्योगिक पुनरुत्थान 

७. नेपालमा राष्ट्रिय ऊर्जा दिवस कहिले मनाउने गरिन्छ ?

 जेठ ९

८. नेपालबाट पहिलो पटक भारतीय बजारमा नेपाली छड निर्यात कहिले भएको हो ?

 वि.सं. २०७९ साउन ४ 

– रुपन्देहीको सेमरहवामा रहेको श्री स्टिल्स उद्योगले टीएमटी छड भारत निर्यात सुरु गरेको।

– श्री स्टिल्सले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगञ्जको कुनसेरवामा निर्यात गरेको।

९. भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुने महिला नेत्री को हुन् ?

 द्रौपदी मुर्मू

– सन् २०२२ जुलाई २१ मा कांग्रेससहितको विपक्षी दलका उम्मेदवार तृणमुल कङ्ग्रेसका नेता यसवन्त सिन्हालाई पछि पार्दै उनी राष्ट्रपति निर्वाचित भएकी।

– उनी भारतीय जनता पार्टीले नेतृत्व गरेको राष्ट्रिय जनमात्रिका गठबन्धन (एनडीए)को तर्फबाट उम्मेदवार बनेकी।

– मुर्मूले तीन हजार २१९ मत प्राप्त गरेकी । उनका प्रतिस्पर्धी सिन्हाले एक हजार ५८ मत प्राप्त गरेका।

– पूर्वराष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिएपश्चात् मुर्मूले जुलाई २५ बाट कार्यभार सम्हालेकी।

१०. सन् २०२२ जुलाईमा माल्दिभ्समा आयोजित एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक जित्न सफल नेपाली खेलाडी को हुन् ?

 उमेश राई (८० केजी तौल समूहमा)

११. पाण्डाको औसत उमेर कति हुन्छ ?

 २० वर्ष

– प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० 

वर्षको हुने।

– मानव रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको। 

– मानव रेखदेख र स्याहारसुसारमा रहेको एनएन नामक पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु (सन् २०२२ जुलाईमा) भएको हाल सबैभन्दा दीर्घजीवी पाण्डाका रूपमा एनएन रहेको थियो। यसअघि बढी उमेरसम्म जीवित रहन सकेको पाण्डा जियाजिया थियो। मानव स्याहारसुसारमा रहेको सो पाण्डा ३८ वर्षसम्म जीवित रहेको थियो। 

– बेलायतले हङकङलाई चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर चीनको सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई प्रदान गरेको थियो।

– संसारमा सबैभन्दा लामो समय जीवित रहेको जिया जिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा ल्याइएको एनएन चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको थियो।

१२. आर्थिक वर्ष २०७८/७९ तेस्रो त्रैमासिक (२०७८ चैत्र) सम्म नेपालको सार्वजनिक ऋण कति पुगेको छ ?

 रु. १८ खर्ब ५५ अर्ब ६१ करोड 

– (बाह्य ऋण : नौ खर्ब ७६ अर्ब ४५ करोड र आन्तरिक ऋण : आठ खर्ब ७९ अर्ब १५ करोड)

१३. एक वर्ष (आ.व. २०७८÷७९) को अवधिमा नेपालमा कति रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ?

 रु. तीन खर्ब १० अर्ब 

– पछिल्लो ३ वर्षको अवधिमा भएको पेट्रोलियम 

पदार्थको आयात

           स्रोत : नेपाल आयल निगम

१४. नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)द्वारा विज्ञान तथा प्रविधिको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरमको उद्घाटन कहिले गरिएको हो ?

 वि.सं. २०७७ असोज ३

१५. नेपाल राष्ट्र बैङ्कले आ.व. २०७९÷८० का लागि मौद्रिक नीति कहिले सार्वजनिक गरेको हो ?

 वि.सं. २०७९ साउन ६

– अर्थतन्त्रले बाह्य क्षेत्रको दबाब खेपिरहेका बेला राष्ट्र 

बैङ्कले उपलब्ध वित्तीय साधनलाई विवेकपूर्ण परिचालन गर्ने गरी चालू आ.व.का लागि मौद्रिक नीति सार्वजनिक गरेको।

– विगतमा छरिएको वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा केन्द्रीकृत गर्ने गरी मौद्रिक नीति ल्याइएको।

– उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक बनाउने नीति लिइएको। बैङ्क तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपन्छी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनशील उद्योगका लागि दुई करोडसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिएको ।

– मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपातलाई २०७९ भदौ १ गतेदेखि लागू हुने गरी १ प्रतिशत बिन्दुले वृद्धि गरी ४ प्रतिशत 

पु-याउनुपर्ने बनाएको।

– विप्रेषणलाई औपचारिक माध्यमबाट ल्याइने।

– मूल्यमा चाप पर्न नदिई बजेटका लक्ष्यमा सघाउने।

– आयातको निरुत्साहन क्रमशः पुनरवलोकन गरिने। 

– विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्ष मनाइने। 

– मर्जरमा दिइने सुविधा पुस मसान्तसम्मका लागि 

थप गरिएको ।

– निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १८ प्रतिशतबाट घटाई १२ प्रतिशत कायम गरिएको।

– निक्षेप सङ्कलन दर ४ प्रतिशतबाट वढाई ५.५ 

प्रतिशत बनाइएको ।

– बैङ्क दर ८.५ प्रतिशत (यसअघि ४ प्रतिशत) बनाइएको।

– नीतिगत दर ७.० प्रतिशत (यसअघि ५.५ प्रतिशत) बनाइएको।

– वैधानिक तरलता अनुपात वाणिज्य बैङ्कको १२ प्रतिशत र विकास बैङ्क तथा वित्त कम्पनीको १० प्रतिशत बनाइएको। यसअघि यो अनुपात वाणिज्य बैङ्कको १० प्रतिशत, विकास बैङ्कको ८ प्रतिशत र वित्त कम्पनीको ७ प्रतिशत रहेको ।

– जग्गा धितो कर्जा उपत्यकाभित्र मूल्याङ्कनको ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कायम गरिएको।

१६. प्रतिनिधि सभाबाट नागरिकता विधेयक कहिले पारित गरिएको हो ?

 वि.सं. २०७९ साउन ६

१७. कुपोषण समस्या समाधान गर्ने उद्देश्यले नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?

 सन् २०१८–२०२२ (पहिलो ः सन् २०१३–२०१८)

१८. भारत र चीन दुवै देशलाई छुने गाउँपालिका कुन कुन हुन् ?

 व्यास र फक्ताङलुङ गाउँपालिका 

१९. चौरासे र साटाखानी औद्योगिक क्षेत्र कुन जिल्लामा निर्माण हुने नयाँ औद्योगिक क्षेत्र हुन् ?

 सुर्खेत

२०. हाल सार्कका क्षेत्रीय सङ्गठनहरूको सङ्ख्या कति रहेको छ ?

 पाँच

२१. नेपालमा महानगरपालिका नभएका प्रदेश कति छन् ?

 तीन

२२. नेपालमा किसान क्रेडिट कार्ड र किसान एप्सको सुरुवात कहिले भएको हो ?

 वि.सं. २०७७ माघ ७

१. सन् २०२२ जुन ८ मा नेपाल संयुक्त राष्ट्रसङ्घको कुन पदमा निर्वाचित भएको हो ?

 उपाध्यक्ष (एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल सो पदमा निर्वाचित भएको ।)

– ७७औँ महासभाका लागि उपाध्यक्षमा निर्वाचित अन्य राष्ट्र (१६ राष्ट्र)

– एसिया–प्रशान्त क्षेत्रबाट ः नेपाल, मलेसिया, ताजकिस्तान र तुर्कमेनिस्तान

– अफ्रिकाबाट ः केन्या, बुरुन्डी, बेनिन, नाइजर, जिम्बाब्वे, मौरिटानिया ।

– पूर्वी युरोपबाट ः स्टोनिया

– ल्याटिन अमेरिकाबाट ः चिली, एल साल्भाडोर र जमैका

– पश्चिमी युरोप र अन्यबाट ः इजरायल र अस्ट्रेलिया 

– ७७औँ महासभाका लागि अध्यक्षमा निर्वाचित हुने ः सावा कोरोसी (हङ्गेरी)

२. सन् २०७९ साउनमा आइक्यान अवार्डबाट सम्मानित संस्था कुन हो ?

 बुटवल पावर कम्पनी

– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आ.व. २०७७÷७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित गरेको ।

– कम्पनीले हाल १२ मे.वा. तथा ९.४ मे.वा. क्षमताका दुईवटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको र अन्य जलविद्युत् आयोजनामा लगानी गरेको ।

– सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित भएको ।

– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको ।

३. सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?

 भुवन केसी (अभिनेता, निर्माता तथा निर्देशक)

– (वि.सं. २०७९ साउन ९ को मन्त्रिपरिषद् बैठकले भुवन केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको ।)

४. स्थानीय तह निर्वाचन (२०७९)मा कुल मतदाता कति रहेका थिए ? 

 १,७७,३३,७२३ (पुरुष मतदाता ः ८९,९२,०१०, महिला मतदाता ः ८७,४१,५३०, अन्य ः १८३)

– निर्वाचन मिति ः २०७९ वैशाख ३० (एकै चरणमा)

– जम्मा मतदान केन्द्र ः २१९५५

– मतदान स्थल ः १०,७५६

– कुल खसेको मत ः ७०.९६ प्रतिशत

– बदर मत ः २.४ प्रतिशत

– सबैभन्दा कान्छा जनप्रतिनिधि ः वशिष्टकुमार, २१ वर्ष (कालिकामाई गा.पा.को अध्यक्षमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी)

– सबैभन्दा बढी उमेरका जनप्रतिनिधि ः रामपदारथ शाह ८० वर्ष (सर्लाहीको ब्रह्मपुरी गा.पा.को अध्यक्ष पदमा ने.का. को तर्फबाट) 

– मताधिकारका लागि उमेर हद ः १८ वर्ष 

– धेरै मतदाता भएका जिल्लाहरू ः मोरङ, झापा, काठमाडौँ

– कम मतदाता भएका जिल्लाहरू ः मनाङ, मुस्ताङ, डोल्पा

– धैरै मतदाता भएका स्थानीय तह ः काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका

– कम मतदाता भएका स्थानीय तह ः नार्पाभूमि गा.पा. (मनाङ), चामे गा.पा. (मनाङ), छार्का ताङसोङ 

गा.पा. (डोल्पा)

स्थानीय तह निर्वाचन ः २०७९ मा विभिन्न दलको अवस्था

५. राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको एस.ई.ई परीक्षा, २०७८ मा ४.० जीपीए (ग्रेड प्वाइन्ट एभरेज) ल्याउने परीक्षार्थीको सङ्ख्या कति रहेको छ ?

 ४२

विभिन्न जीपीए ल्याउने परीक्षार्थी

जीपीए ३.६ देखि ४.० ल्याउने ः ९,६३३ (१.९४%)

जीपीए ३.२ देखि ३.६ ल्याउने ः ४१,६२७ (८.४०%)

जीपीए २.८ देखि ३.२ ल्याउने ः ६९,९०० (१४.१०%)

जीपीए २.४ देखि २.८ ल्याउने ः ९०,७५८ (१८.३१%)

जीपीए २.० देखि २.४ ल्याउने ः १,१२,७३३ (२२.७४%)

जीपीए १.६ देखि २.० ल्याउने ः १,००,५९४ (२०.२९%)

जीपीए १.२ देखि १.६ ल्याउने ः ४४,५८६ (८.९९४%)

जीपीए ०.८ देखि १.२ ल्याउने ः ३२८० (०.६६२%)

अनुपस्थित ः २२,६४० (४.५७%)

पछिल्लो पाँच वर्षमा ४.० जीपीए ल्याउने परीक्षार्थी 

२०७४ ः ७४

२०७५ ः १०६

२०७६ ः ९०१९

२०७७ ः ८,४४४

२०७८ ः ४२

– २०७४, २०७५ र २०७८ को एसईई राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको ।

– कोभिड–१९ महामारीका बेला २०७६ र २०७७ को एसईईमा विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी पठाएको नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले 

प्रमाणीकरण गरेको ।

६. इन्टरनेटको जन्मदाता भनी कसलाई चिनिन्छ ?

 ल्यारी रोबर्ट

७. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?

 २०६२÷६३ सालको जनआन्दोलन 

८. हाइड्रोफोन केका लागि प्रयोग गरिन्छ ?

 पानीभित्रको आवाजको मापन

९. इन्टरनेटको सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

१०. सूचना समाज निर्माणसम्बन्धी पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?

 सन् २००३

११. नेपालमा गाउँपालिका मात्र भएका जिल्ला कतिवटा छन् ?

 पाँच

१२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलब सुविधासहित कति दिन प्रसूति बिदा दिने निर्देशन गरेको हो ?

 ९८ दिन (वि.सं. २०७९ जेठ ३१ गते)

१३. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्छन् ?

 जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोग्यास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन÷उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता 

अध्ययन गर्ने उद्योग ।

१४. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

 पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।

१५. नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ? 

 जयपृथ्वीबहादुर सिंह

१६. तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ? 

 सिरिजङ्गा

१७. पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ? 

 मनिगल

१८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ? 

 श्री ५ राजेन्द्र

१९. पूर्वको गोसाइँकुण्ड भनेर चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?

 तिम्बुपोखरी 

– पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्बा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिक दृष्टिले महìवपूर्ण गन्तव्यका रूपमा चिनिएको ।

– समुद्री सतहबाट ४४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी नेपालको नक्सा आकारमा फैलिएको । 

– तिम्बुपोखरी आसपासमा हाडीपोखरी, रामलक्ष्मण, लक्ष्मी पोखरी, मयुरपोखरी, दुधपोखरी लगायतका 

पोखरी रहेका । 

– कञ्चनजङ्घासहित अन्य हिमशृङ्खला दृश्यावलोकनका साथै यात्राका क्रममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिनेलगायतका आकर्षण यस क्षेत्रमा रहेको । 

२०. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्टका रूपमा मनायो ?

 सन् २०२१

२१. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

 छिमेकी चरा

– सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको । 

– सो एपमार्फत चराको सङ्ख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको । 

– यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग 

माग्न सकिने । 

– विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको । 

२२. हालसम्म रेकर्ड भएको सबैभन्दा लामो चट्याङ कुन हो ?

 सन् २०२० मा अमेरिकामा परेको चट्याङ

– सोसम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा 

सार्वजनिक भएको ।

– सन् २०२० अप्रिल २९ मा परेको सो चट्याङ ७६८ कि.मि. (४७७.२ माइल) लामो रहेको ।

– तीन अमेरिकी राज्य टेक्सास, मिसिसिपी र लुइजिनियाको आकाशमा सो बिजुली चम्किई विद्युतीय लहर आकाशबाट जमिनमा खसेको ।

– यसअघि सन् २०१८ मा ब्राजिलमा परेको चट्याङलाई सबैभन्दा लामो (७०९ कि.मि. अर्थात् ४४०.६ माइल) चट्याङ मानिएको थियो ।

– हालसम्मको रेकर्डमा समयावधिका हिसाबले सबैभन्दा लामो चट्याङ कुन हो ?

– उरुग्वे र अर्जेन्टिनामा परेको चट्याङ

– यससम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा 

सार्वजनिक भएको । 

– सन् २०२० जुन १८ मा परेको सो चट्याङ १७.१०२ सेकेन्डसम्म देखिएको ।

– यसअघि सन् २०१९ मा अर्जेन्टिनामा देखिएको 

१६.७३ सेकेन्ड समयावधिको मेघा फ्ल्यासलाई 

मानिएको थियो ।

१. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन (२०७९)का लागि तोकिएको मिति कुन हो ? 

 वि.सं. २०७९ मङ्सिर ४

– मन्त्रिपरिषद्को २०७९ साउन १९ को बैठकले दुवै तहको विधायिकी निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको। 

– आमनिर्वाचनबाट २७५ प्रतिनिधि सभा (१६५ प्रत्यक्ष र ११० समानुपातिक) सदस्य निर्वाचित हुनेछन्। त्यसैगरी प्रदेश सभातर्फ सातवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ५३० सदस्य निर्वाचित हुनेछन् ।

– निर्वाचनको मिति घोषणासँगै आयोगले साउन १९ गतेसम्म नामावली सूचीकृत गराएका नागरिकलाई मात्रै मतदाता नामावलीमा सूचीकृत गर्नेछ। निर्वाचन मिति घोषणापश्चात् साउन २० देखि नामावली सङ्कलन स्थगित भएको छ ।

– निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका अतिरिक्त पाँच जिल्लामा अनलाइन नामावली दर्ता पहिलो पटक सुरु गरेको।

२. गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आ.व. २०७८÷७९ का लागि भएको कार्यसम्पादन सम्झौताको मूल्याङ्कन प्रतिवेदनअनुसार कुन जिल्ला प्रशासन कार्यालय सर्वोत्कृष्ट बनेको छ ?

 गुल्मी 

– गुल्मी जिल्ला प्रशासन कार्यालय ९७.७५ प्रतिशत अङ्कका साथ पहिलो स्थान हासिल गर्न सफल भएको।

– कार्यासम्पादन सम्झौताका छवटा विषयगत क्षेत्र शान्तिसुरक्षा र अपराध मूल्याङ्कन, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन रहेका ।

– कार्यसम्पादन मूल्याङ्कनमा प्रथम पाँच स्थानमा रहन 

सफल जिल्ला। 

गुल्मी – ९७.७५ प्रतिशत

अर्घाखाँची – ९७ प्रतिशत

नवलपरासी पूर्व – ९६.७५ प्रतिशत

रुकुम पश्चिम – ९६ प्रतिशत

डडेलधुरा र हुम्ला – ९५ प्रतिशत

३. उदयपुर, सप्तरीलगायत जिल्लाका एक हजारभन्दा बढी घर डुबानमा पर्ने गरी कोसी नदीमा बाढी कहिले आएको हो ?

 वि.सं. २०७९ साउन (झन्डै साढे तीन दशकपश्चात् बाढीका कारण कोसी नदीले धार परिवर्तन गरिबहँदा थुप्रै बस्ती डुबानमा परेका।)

४. सरकारले ४० माइक्रोभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगलाई कहिलेदेखि देशभरि नै कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ?

 वि.सं. २०७९ भदौ ७ (यससम्बन्धमा यसअघि पनि विभिन्न प्रयास हुँदै आएका।)

५. सन् २०२२ जुलाई ८–३१ सम्म सञ्चालित कोपा अमेरिका फेमेनिना च्याम्पियनको उपाधि जित्न सफल राष्ट्र कुन हो ?

 ब्राजिल

– सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा घरेलु टोली कोलम्बियालाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिलको महिला फुटबल टिम आठौँ पटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको । योसमेत ब्राजिलले लगातार चौथो पटक कोपा अमेरिका फेमेनिनाको उपाधि उचालेको ।

– प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको।

६. होलसेल बैङ्किङ अवार्ड तथा नेपाल डोमेस्टिक इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मानित हुने बैङ्क कुन हो ?

 एसबीआई बैङ्क

– सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्सले होलसेल बैङ्किङ अवार्डअन्तर्गत सो अवार्ड प्रदान गरेको।

– एबीएफ होलसेल बैङ्किङ अवार्ड उत्कृष्ट एवं भरपर्दो 

बैङ्किङ सेवा तथा सुविधा प्रदान गर्ने बैङ्कलाई प्रदान गरिने सो संस्थाले जनाएको।

७. हालै खोटाङको मात्तिमविर्ता केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प कहिले गयो ?

 वि.सं. २०७९ साउन १५

– खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प जाँदा केही घरमा क्षति पुगेको।

– खोटाङसँगै आसपासका जिल्ला भोजपुर, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत काडमाडौँ उपत्यकासम्म भूकम्पको धक्का महसुस भएको थियो।

– भूकम्पका कारण कुनै मानवीय क्षति एवं पशु चौपायाको क्षति नभएको।

८. वि.सं. २०७९ मा महानगर प्रमुखहरूको सम्मेलन कहाँ सम्पन्न भयो ?

 पोखरा

– सम्मेलन वि.सं. २०७९ साउन १४–१५ सम्म सञ्चालन भई सम्पन्न भएको।

– सम्मेलनले सात बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको। 

– २०८० सालको सम्मेलन भरतपुर महानगरपालिकाले आयोजना गर्ने सहमति भएको।

– सम्मेलनले महानगरहरूबीच पारस्परिक सम्पर्क–सञ्जाल प्रवद्र्धन गरी आपसी सहयोग र सहकार्यका लागि ‘महानगर मञ्च नेपाल’ गठन गरेको । 

– मञ्चद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजनासँगै यसका प्रतिबद्धता कार्यान्वयनमा सहजीकरण गर्न आयोजक महानगरपालिकाले सम्मेलनको अध्यक्षता ग्रहण गरी सचिवालयसमेतको आवश्यक प्रबन्ध गर्ने सहमति भएको ।

९. सरकारले २०७९ साउनमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति कायम भएको जनाएको छ ?

 ४.१ प्रतिशत

– आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र भएको जनाइएको।

– यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो।

– सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ।

१०. नेपाली स्याटेलाइट नेपाली स्याट–१ अन्तरिक्षमा कति दिन रहेर खस्यो ? 

 ८४१ दिन

११. सन् २०२६ को विश्वकप फुटबल प्रतियोगितामा फिफाले एसियाबाट कति टोलीको कोटा निर्धारण गरेको छ ?

 आठ

१२. अनौपचारिक सेवा केन्द्रद्वारा २८औँ प्रकाश मानव अधिकार पुरस्कार (२०७९ साउनमा) कसलाई प्रदान गरियो ?

 दलिया मुक्ति अभियन्ता राजुराम भुल (पुरस्कार राशि ः रु. ५० हजार)

– राजुराम भुल वि.सं. २०६४ मा सम्पन्न हलियाको प्रथम सम्मेलनबाट गठित राष्ट्रिय हलिया मुक्त महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

– उहाँको अगुवाइमा देशव्यापी रूपमा सञ्चालन गरिएको आन्दोलनको प्रभावस्वरूप २०६५ भदौ २१ गते सरकारले हलियाका माग सम्बोधन गर्दै हलिया प्रथा अन्त्यको घोषणा गरेको थियो ।

१३. यूएनओले अन्तर्राष्ट्रिय पोषण दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ? 

 सन् २०१६–२०२५

१४. भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कुन हुने भएको छ ?

 हङ्गेरीको ‘विज एयर’ 

– सन् २०२२ अक्टोबर ३० देखि अवुधावी–भैरहवा (सातामा तीन दिन) उडान गर्न विज एयरले अनुमति मागेको।

– युरोपेली देश हङ्गेरीको ‘अल्ट्रा लो कस्ट’ एयरलायन्स विज एयरले मध्यपूर्व एसियाको दुवईलाई हव (आधार) बनाएर उडान गर्दै आएको।

– २०७९ जेठ २ देखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा एयरवेजले दैनिक तीनवटा उडान गर्दै आइरहेको छ।

– यात्रुको चाप राम्रो भएपछि जजिराले सन् २०२२ सेप्टेम्बर १५ देखि दैनिक एक उडान गर्ने भएको।

१५. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले उत्कृष्ट इन्जा खोजी पत्रकारिता पुरस्कार कसलाई प्रदान ग-यो ?

 पत्रकार गजेन्द्र बुढाथोकी (सन् २०२२ जुलाईमा) 

– अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई करिब सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमिका निर्वाह गरेकाले उनलाई सो पुरस्कार प्रदान गरिएको जनाइएको ।

– त्यस्तै बौद्धिक पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई प्रदान गरिएको।

१६. नेपालसँग दौत्य सम्बन्ध कायम भएको १७७औँ राष्ट्र कुन हो ?

 ट्रिनिडाड एन्ड टोवागो (सन् २०२२ जुन १६)

१७. गण्डकी प्रदेशको संसद्बाट नेपालको चुच्चे नक्सा कहिले पारित गरियो ?

 वि.सं. २०७९ साउन १४

– (प्रदेश सभा नियमवलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिह्न (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरिएको ।)

१८. युरो महिला फुटबल च्याम्पियनसिपको उपाधि कसले जित्यो ?

 इङ्ग्ल्यान्ड

– इङ्ग्ल्यान्डले सन् २०२२ जुलाई ३१ मा भएको फाइनल खेलमा जर्मनीलाई २–१ ले हराएर सो उपाधि जितेको ।

– इङ्ग्ल्यान्डको महिला फुटबल टिमले प्रमुख प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

१९. संयुक्त राष्ट्रसङ्घमा हालसम्म सबैभन्दा बढी भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ? 

 रुस (१२० पटक, सन् २०२२ फेब्रुअरीसम्म), दोस्रो ः अमेरिका 

२०. राष्ट्रसङ्घीय महासभाले रुसलाई मानव अधिकार परिषद्बाट कहिले हटाएको हो ? 

 सन् २०२२ अप्रिल ७ 

२१. हाल नेपाल सरकारबाट वैदेशिक रोजगारीका लागि खुला गरिएका राष्ट्र कति रहेका छन् ? 

 १११

– वैदेशिक रोजगारीका लागि खुला गरिएको १११औँ राष्ट्र सर्विया हो। 

– यससम्बन्धी निर्णय वि.सं. २०७९ वैशाख १२ अर्थात् सन् २०२२ अप्रिल १ मा भएको। 

– वैदेशिक रोजगारीका लागि खुला गरिएको ११०औँ राष्ट्र उज्वेकिस्तान हो। 

२२. अन्तरिक्षमा हिँड्ने पहिलो चिनियाँ महिला को हुन् ? 

 वाङ यापिङ

२३. मुलुकभर हाल कति कारागार छन् ?

 ७४ 

– वि.सं. २०७९ असारसम्मको तथ्याङ्कअनुसार देशभरका ७४ कारागारमा २६ हजार २४० कैदी बन्दी रहेका।

– कैदी बन्दीमध्ये सवैभन्दा धेरै (२७ प्रतिशत, ७११८) बलात्कार मुद्दाका रहेका।

– त्यस्तै कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योग मुद्दाका ५,४४६, लागूऔषध मुद्दाका ४८४४, चोरी मुद्दाका २५६९, सवारी ज्यान÷अङ्गभङ्ग मुद्दाका ९४५, मानव बेचबिखन मुद्दाका ७३२ एवं अन्य मुद्दाका ४५८६ कैदी बन्दी रहेका । 

– अपराध न्यूनीकरणका लागि दण्ड दिने सिद्धान्तअनुरूप कारागारको व्यवस्था भएको। यस अवधारणाअनुरूप संसारकै पहिलो कारागार सन् १६२५ मा बेलायतमा बनेको ।

– नेपालमा पहिलो पटक वि.सं. १९७१ मा कारागार (हालको केन्द्रीय कारागार) स्थापना गरिएको।

– विश्वमै अपराध नियन्त्रणका लागि मूलतः दण्डात्मक र सुधारात्मक दुई दृष्टिकोण कार्यान्वयनमा रहेका। अभियुक्तलाई बन्दी बनाउने, जरिवाना भराउनेदेखि मृत्युदण्ड दिनेसम्मका कार्य अपराध नियन्त्रणको दण्डात्मक विधि हुन् तर यो विधि नै अपराध नियन्त्रणको अन्तिम विकल्प होइन । सुधारात्मक विधि उत्तम भए पनि धेरै मुुलुकमा यो विधि लागू भएको पाइँदैन ।

२४. कतार विश्वकप फुटबलको अफिसियल बल कहिले सार्वजनिक गरिएको हो ? 

 सन् २०२२ मार्च ३०

– (एडिडास कम्पनीद्वारा निर्माण गरिएको यस बलको नाम अल रिहला रहेको। जसको अर्थ दी जर्नी अर्थात् यात्रा रहेको।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt