१. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
वि.सं. २०७८ साउन २९
– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
सहुलियत पाउने,
– मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन वाणिज्य बैङ्कमा गाभिने नीतिलाई निरुत्साहित गरेको,
– विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने,
– सहवित्तीयकरण कर्जाको सीमा एक अर्बबाट दुई अर्ब पु¥याइने,
– स्थानीय तहमा कम्तीमा एक शाखा र एक एटीएम
अपाङ्गमैत्री बनाउनुपर्ने,
– वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूको दोहोरो लगानी (क्रस होेल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र मर्जरमा जानुपर्ने,
– मौद्रिक नीतिमा केन्द्रीय बैङ्क विद्युतीय मुद्रा (सेन्ट्रल बैङ्क डिजिटल करेन्सी–सीवीडीसी)को सम्भाव्यता अध्ययन
गरिने उल्लेख ।
२. सन् २०२१ मा सम्पन्न ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन् ?
क्रमशः अमेरिका, चीन र जापान
– अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्य गरी ११३ पदक, चीन ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी ८८ पदक र जापान २७ स्वर्ण, १४ रजत र १७ कांस्य गरी ५८ पदक प्राप्त गर्न सफल भएका ।
– प्रतियोगितामा तेस्रोदेखि दसौँ स्थानसम्म रहन सफल भएका राष्ट्र क्रमशः बेलायत, रुस, अस्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्यान्ड र फ्रान्स रहेका ।
– यस खेलकुद प्रतियोगितामा ३३ खेल समावेश गरिएको ।
३. सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?
वि.सं. २०७८ असार १४
– उनलाई राष्ट्रिय विभूति घोषणा गरिएसँगै नेपालमा राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।
– देउथलको युद्धमा ७३ वर्षको उमेरमा थापाले वीरगति प्राप्त गरेका ।
४. राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
वि.सं. २०७८ वैशाख २
– (नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोषिलो आहारका लागि दिगो कृषि’ रहेको ।)
५. पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?
वि.सं. २०७७ फागुन १४
– (मोबाइलको प्रयोग गरी अनलाइन पे–सिस्टमबाट पशुपति क्षेत्र विकास कोषको खातामा भेटी चढाउन सकिने ।)
६. देशभर एकैपटक १६५ वटा सडकको शिलान्यास कहिले गरिएको हो ?
वि.सं. २०७७ चैत २१
७. नेपालमा कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ कहिले भएको हो ?
वि.सं. २०७७ माघ १४
८. नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?
वि.सं. २०७८ साउन १
९. ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
सन् २०१८ जनवरी २६
– साइबर अपराधीसम्बन्धी गतिविधिलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम)द्वारा यस संस्थाको
स्थापना गरिएको ।
– यसको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।
१०. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?
बाटुलेचौर, कास्की
११. फोब्र्स अन्डर थर्टी एसिया २०२१ मा पर्न सफल नेपाली प्रतिभा को हुन् ?
गौरिका सिंह (पौडी खेलाडी)
१२. नास्टद्वारा विज्ञान प्रविधिको विकास गर्ने उद्देश्यका साथ युवा वैज्ञानिक फोरम (वाईएसएफएन)को उद्घाटन कहिले
गरिएको हो ?
वि.सं. २०७७ असोज ९
१३. इजरायल र युएईबीच शान्ति सम्झौता कहिले भएको हो ?
सन् २०२० सेप्टेम्बर १५
१४. भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डि गामाले प्रयोग गरेको नक्साको निर्माण गर्ने व्यक्ति को हुन् ?
मुहम्मद अल–इद्रिसी
१५. अन्तर्राष्ट्रिय वन दिवस कहिले मनाइन्छ ?
मार्च २१
– (सन् २०२१ को नारा ः फरेस्ट रेस्टोरेसन ः ए पाथ टु रिकभरी एन्ड वेल विइङ)
१६. जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?
सन् २०२१ जुन ११–१३
१७. तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा)मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुन् ?
अशोक खड्का
१८. लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षी दल (सुडान पिपल्स लिबरेसन मुभमेन्ट–एसपीएलएम)बीच शान्ति सम्झौताको खाकामा कहिले हस्ताक्षर भएको हो ?
सन् २०२० जनवरी २४
– सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषय समावेश गरिएको ।
– विपक्षी दल एसपीएलएम दक्षिणी क्षेत्रले ब्लु नाइल क्षेत्रमा सशस्त्र विद्रोहको नेतृत्व गरेको । सो समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको ।
१९. एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?
फुङलिङ न.पा., ताप्लेजुङ
२०. एसियाको नोबल पुरस्कार भनी चिनिने रेमन म्यागासेसे पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
सन् १९५८
– हाससम्म यो पुरस्कार प्राप्त गर्ने नेपाली
– १. महेशचन्द्र रेग्मी सन् १९९७
– २. भारतदत्त कोइराला सन् २००२
– ३. डा. सन्दुक रुइत सन् २००६
– ४. महावीर पुन सन् २००७
– ५. शक्ति समूह सन् २०१३
२१. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
सन् १९६७ सेप्टेम्बर २७
– सन् १९२३ सेप्टेम्बरमा स्थापित यो संस्थाको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
– यस सङ्गठनको आधिकारिक भाषा चारवटा– अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरेविक रहेका ।
– यस सङ्गठनको नारा ऋयललभअतष्लन एयष्अिभ ँयच ताभ कबाभच धयचमि रहेको ।
– इन्टरपोलले आठ प्रकारका नोटिस जारी गर्ने ।
– यसको सदस्य सङ्ख्या १९४ रहेको ।
२२. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
नेपालगञ्ज, बाँके
– जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।
– सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा, २७ वडा) ।
२३. कोसी सम्झौता वि.सं. २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?
वि.सं. २०१६ मङ्सिर १९
२४. अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना सन् २०२१ मे १ बाट फिर्ता गर्ने घोषणा कहिले गरेका हुन् ?
सन् २०२१ अप्रिल १४
२५. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?
गुह्येश्वरी (काठमाडौँ)
२६. नापी विभागद्वारा धरातलीय स्वरुपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?
वि.सं. २०७८ वैशाख २१
२७. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि, १९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?
वि.सं. २०७५ भदौ ७
– उक्त महासन्धि पारित भएसँगै नेपाल यस महासन्धिको पक्ष राष्ट्र बनेको ।
– महासन्धि पारित भएको जानकारीसहित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)मा दर्ता गराएको ६० दिनपछि यो महासन्धि कार्यान्वयनमा आउने प्रावधान ।
– यस महासन्धिको पक्षराष्ट्र भएसँगै अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय उडानका क्रममा हुनसक्ने विभिन्न घटनामा विदेशी यात्रुसरह बीमा सुविधा पाउने भएका । अब अन्तर्राष्ट्रिय वायुसेवामार्फत यात्रा गर्दा यात्रुको ज्यानमा क्षति भए करिब पौने दुई करोड रुपियाँ क्षतिपूर्ति प्राप्त हुने ।
– यसअघि नेपाल ‘वार्सा महासन्धि १९२९’ र सोको हेग प्रोटोकल १९५५ को मात्र पक्षराष्ट्र रहेको । सोअनुसार हवाई दुर्घटनामा ज्यान गुुमाउने नेपालीले केवल २० हजार अमेरिकी डलर मात्र पाउने गरेका ।
२८. संयुक्त अरव इमिरेट्स (युएई)ले देश विकासका लागि योगदान गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने घोषणा कहिले गरेको हो ?
सन् २०२१ जनवरी ३०
२९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
८३
३०. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवं धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
तारापुञ्ज
– (सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)
१. न्याय प्रणाली र न्यायिक इतिहासबारे जानकारी दिने उद्देश्यका साथ निर्मित न्यायिक सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?
वि.सं. २०७८ भदौ १ गते
– सर्वोच्च अदालत परिसरमा निर्मित सो सङ्ग्रहालयमा न्याय क्षेत्रको चरणबद्ध इतिहास झल्किने दस्तावेज सङ्ग्रहित गरिएको ।
– भोजपत्रको नमुना, ताडपत्रको नमुना, वि.सं. १९४५ मा जारी भएको मुलुकी ऐन, वि.सं. १९९१ सम्मको संशोधन, २०२० को मुलुकी ऐन, वि.सं. २००८ को नेपाल गजेटलगायतका सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको ।
– उक्त सङ्ग्रहालयमा न्याय र कानुनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग पुग्ने विश्वास गरिएको ।
२. नेपालको पहिलो महिला मुख्यमन्त्री बन्न सफल राजनीतिकर्मी को हुनुहुन्छ ?
अष्टलक्ष्मी शाक्य
(नेकपा एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको ।)
३. सार्वजनिक यातायातलाई नियमन गर्ने उद्देश्यका साथ अनलाइन मनिटरिङ सिस्टम कहिलेदेखि लागू गरिएको हो ?
वि.सं. २०७७ मङ्सिर ४
४. १२ वटा अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराई विश्व कीर्तिमान कायम गर्ने नेपाली सर्जक को हुन् ?
डा. डीआर उपाध्याय
५. वि.सं. २०७७ फागुनमा नगरविकास कोषद्वारा सार्वजनिक प्रतिवेदनअनुसार आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट बन्न सफल नगरपालिका कुन हो ?
लालबन्दी नगरपालिका (सर्लाही)
६. गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनको आयोजना कहिले हुने भएको छ ?
वि.सं. २०७८ कात्तिक ६–८ (काठमाडौँ)
– नेपाल सरकारले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी, प्रविधि, सञ्जाल एवं पहुँचबाट नेपालको आर्थिक–सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई प्राथमिकता दिएको ।
– हरेक दुई वर्षको अन्तरालमा हुँदै आएको सम्मेलनको समन्वय परराष्ट्र मन्त्रालयले गर्दै आएको ।
– सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली आफ्नो मातृभूमिमा जम्मा हुने गर्छन्, जहाँ विश्वमा नेपालीको पहिचान उच्च बनाउन आवश्यक नयाँ कार्यदिशाको खोजी गरिने साथै सङ्घको सुधार र परिमार्जनसँगै नयाँ नेतृत्वको चयन हुने गर्छ ।
७. कोरोना सङ्क्रमण उपचारका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा हालै सिफारिस गरिएको नयाँ औषधि कुन हो ?
इन्टरलेउकिन–६ (आईएल–६)
– डब्लुएचओले सन् २०२१ जुलाई ६ मा यो औषधि सिफारिस गरेको ।
– प्रतिरक्षा बढाउन यो औषधि प्रभावकारी हुने विश्वास गरिएको ।
८. वल्र्ड हेल्थ अवार्ड २०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?
डा. पशुपति महत र डा. अरूणराज कुँवर
९. पुनर्निर्मित धरहराको उद्घाटन कहिले गरिएको हो ?
वि.सं. २०७८ वैशाख ११
– नवनिर्मित धरहरा जमिनको सतहबाट गजुरसम्म ८३.८५ मिटर अग्लो रहेको ।
– बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहरामा भित्र २२ तला रहेको ।
– ४२.२ रोपनी क्षेत्रफलमा निर्मित यस धरहराको २० औँ तलामा बार्दली एवं २२ औँ तलामा शिवलिङ्ग रहेको ।
– मुगल शैलीमा निर्मित यस धरहराको डिजाइन विष्णु पन्थीले गरेका ।
– धरहराको पुरानो नाम मिनार रहेको ।
– पुरानो धरहराको निर्माण भीमसेन थापाद्वारा भएको ।
– पुनः निर्मित धरहराको शिलान्यास वि.सं. २०७५ पुस १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा भएको । धरहरा निर्माणका लागि वि.सं. २०७२ फागुन ४ मा ‘मै बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा (तत्कालीन प्रम केपी शर्मा ओलीद्वारा) गरिएको ।
१०. नेपालका सरकारी सञ्चार माध्यमहरूको परिवर्तित नारा के हो ?
समद्धिका लागि सञ्चार
– यसअघिको नारा ‘विकासका लागि सञ्चार’ रहेको ।
– नेपालका सरकारी सञ्चार माध्यमका रूपमा नेपाल टेलिभिजन, रेडियो नेपाल, रासस र गोरखापत्र रहेका ।
११. देशमा सबैभन्दा पहिले स्थापित लिक्विड अक्सिजन प्लान्ट कहाँ रहेको छ ?
सिमरहवा (रूपन्देही)
– यसको उद्घाटन वि.सं. २०७८ जेठ ३० मा भएको ।
– यस प्लान्टमा दैनिक ६० मेट्रिकटन अक्सिजन उत्पादन हुने ।
१२. नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?
कल्पना शर्मा
१३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?
मार्च २४
(सन् २०२१ को नारा : सङ्केत समयको क्षयरोग अन्त्यको (त्जभ अयिअप ष्क त्ष्अपष्लिन)
१४. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
जेठ १६
– वि.सं. २०७८ जेठ १६ मा ‘महिलाको सुरक्षा र अधिकारः सङ्कटकालीन व्यवस्थापन हाम्रो सरोकार’ नाराका साथ तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइएको ।
– महिलाको हक अधिकार सम्बन्धमा प्रतिनिधि सभामा पेस भएको प्रस्ताव वि.सं. २०६३ जेठ १६ मा तत्कालीन प्रतिनिधि सभाबाट पारित भएको दिनलाई विशेष रूपमा स्मरण गर्दै प्रत्येक वर्ष जेठ १६ का दिन यो दिवस मनाउन सुरु गरिएको ।
– लैङ्गिक समानता, महिला अधिकार, सशक्तीकरण र हिंसा न्यूनीकरण, आमा वा बाबुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्ने विषय, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरामा ध्यान दिई कम्तीमा एकतिहाइ महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी, विभेदकारी कानुनको खारेजी एवं महिलाप्रति हुने हिंसाको अन्त्यसम्बन्धी विषय सो प्रस्तावमा समेटिएको ।
१५. आ.व. २०७८/७९ को बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता कति पु-याइएको छ ?
रु. चार हजार
– आ.व. २०७६/७७ को बजेटले सो भत्ता दुई हजार रुपियाँबाट तीन हजार रुपियाँ पु¥याएको थियो ।
– हाल ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक भत्ता दिने गरिन्छ ।
– आ.व. २०५१/५२ देखि ज्येष्ठ नागरिक भत्ता प्रदान गर्न थालिएको । सुरुआतमा ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक एक सय रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरिएको ।
१६. साहित्यकार डा. वानीरा गिरिको निधन कहिले भएको हो ?
वि.सं. २०७८ जेठ ९
– (डा. गिरिका कारागार (उपन्यास), शब्दातीत सान्तनु (उपन्यास), एउटा अर्को जङ्गबहादुर (कविता सङ्ग्रह) लगायतका चर्चित कृति प्रकाशित छन् ।)
१७. सर्वोच्च अदालतले पातलो प्लास्टिक (४० माक्रोनभन्दा कम) को झोलाको प्रयोग पूर्ण रूपले प्रतिबन्ध लगाउने घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई ६ बुँदे आदेश कहिले जारी गरेको हो ?
वि.सं. २०७८ साउन २८
१८. साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी कहिलेदेखि हटाएको हो ?
सन् २०२१ जनवरी ५
– (साउदी अरबद्वारा ३ वर्षअघि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।)
१९. २००७ सालअघि नेपालको कति राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम भएको थियो ?
चार (बेलायत, अमेरिका, भारत र फ्रान्स)
२०. विश्वकै अग्लो होटल कहाँ खुलेको छ ?
चीन (जे होटल)
– चीनको साङ्घाइमा निर्मित सो होटल सन् २०२१ जुन १९ देखि सञ्चालनमा आएको ।
– होटलको उचाइ ६३२ मिटर रहेको ।
२१. विश्वमा सबैभन्दा धेरै शरणार्थी हुन बाध्य भएको देश कुन हो ?
सिरिया
२२. विश्व कछुवा दिवस कहिले मनाइन्छ ?
मे २३
२३. नेपालको इतिहासमा पहिलो दलित सचिव बन्न सफल व्यक्ति को हुनुहुन्छ ?
डा. मानबहादुर वि.क.
२४. दश हजार किशोरी र महिलालाई डिजिटल साक्षरता एवं वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्य अनुरूप ‘स्मार्ट छोरी’ नामक अभियान कहिले सुरु गरिएको हो ?
वि.सं. २०७५ फागुन ११
२५. कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?
वि.संं २०७७ माघ ७
२६. जनकपुर–जयनगर रेल–वेमा रेल सेवा पुनः सञ्चालन कहिलेदेखि भएको हो ?
वि.सं. २०७७ असोज ३ (२ वटा रेलबाट सेवा सञ्चालन भएको ।)
२७. चिया श्रमिकको सम्मानमा प्रतिमाको निर्माण कहाँ गरिएको छ ?
इलाम (अनावरणः वि.सं. २०७७ मङ्सिर २५)
२८. संयुक्तराष्ट्र सङ्घले कुन वर्षलाई उपचारात्मक वर्ष बनाउन आह्वान गरेको छ ?
सन् २०२१
२९. दार्चुला जिल्लाको कालापानी सीमाक्षेत्र (व्यास गाउँपालिका–१, छाङरु) मा सशस्त्र प्रहरी बल, नेपालको सीमा सुरक्षा चौकी (बिओपी) को स्थापना कहिले गरिएको हो ?
वि.सं. २०७७ वैशाख ३१
३०. लिच्छविकालमा राजस्व सङ्कलन, जग्गा खरिद–बिक्री तथा भूमिसम्बन्धी मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ?
कुथेर अधिकरण
१. नेपाली सेनाको प्रधानसेनापतिमा हालै कसलाई नियुक्त गरियो ?
बलाधिकृत रथी प्रभुराम शर्मा (२०७८ भदौ २४ देखि कार्यकाल सुरु)
– नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका बलाधिकृत रथी शर्मालाई सो पदमा नियुक्त (२०७८ भदौ ११ गते) गरिएको ।
– नेपाली सेनामा ३७ वर्ष बिताउनुभएका शर्मा ब्राह्मण जातिबाट सो पदमा पुग्ने पहिलो सेनापति हुनुहुन्छ ।
– उहाँले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गर्नुभएको ।
२. जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन कहिले भएको हो ?
वि.सं. २०७८ भदौ १०
३. माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?
वि.सं. २०७८ भदौ ९
– (नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपाल पक्षद्वारा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको ।)
४. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्ने सम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
१५ बुँदे
– विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।
– संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओहरूको सङ्घ, अस्ट्रेलियन एड, कोरियन विकास संस्था (कोइका), फिनल्यान्ड दूतावास, जर्मन सहयोग नियोग, नेदरल्यान्ड विकास सङ्गठन, अमेरिकी दूतावास, यूके एड तथा जाइकाले आधारभूत मार्गदर्शन जारी गरेका ।
– कार्य सञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलो पटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र त्यसपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।
५. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?
वि.सं. २०७७ फागुन २२
– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।
– सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।
– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन नभएको ।
६. राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
– तीनवटा । (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता र मकवानपुरको मयूरधाप)
– आयोगको २०७७ चैत ९ को बैठकद्वारा ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।
– यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका ।
– आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७७ अनुसार ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको ।
– ५० करोड रुपियाँभन्दा बढी लागत अनुमान भएका तथा निर्माण सम्पन्न गर्न दुई वर्षभन्दा बढी समय लाग्ने आयोजनालाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने मापदण्डमा उल्लेख रहेको ।
७. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर
८. नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना)को स्थापना कहिले भएको हो ?
सन् २००९ जनवरी २९
– २०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय यूएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको बोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।
– यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बनेको ।
– सार्कका सबै सदस्य राष्ट्रसहित कुल १६५ मुलुक सो नियोगको सदस्य बनेका ।
९. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
वि.सं. २०७४ भदौ ५
१०. पाटनको सुन्दरी चोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
वि.सं. २०७४ कात्तिक १२
११. दधिची भन्नाले दानी एवं त्यागी बुझिन्छ भने भगीरथ भन्नाले के बुझिन्छ ?
परिश्रमी
१२. अर्बुद रोगको उपचारमा प्रयोग हुने विधि केमोथेरापी÷रेडियम थेरापी हो भने कुष्ठ रोगको उपचारमा प्रयोग हुने विधि कुन हो ?
मल्टी ड्रग थेरापी
१३. बारुदी सुरुङमुक्त घोषित हुने पहिलो एसियाली राष्ट्र कुन हो ?
नेपाल
बालमजदुरी उन्मूलन
१५. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले भएको हो ?
वि.सं. १९३८
१६. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
वि.सं. २०६८ साउन २०
१७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
वि.सं. २०७६ माघ २६
– (राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाहरूले मात्र बजेटमा प्रवेश पाउने ।)
१७. एसिया प्रशान्त आर्थिक सहयोगको स्थापना कहिले भएको हो ?
सन् १९८९
– स्थापनाकालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।
१८. सरकारले सवारीचालक अनुमति–पत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
वि.सं. २०७२ मङ्सिर १४
१९. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?
शिन शाओमेग
– शाओमेगले २४ घण्टासम्म समाचार पढ्न सक्ने साथै प्रोफेसनल न्युज एङ्करले जस्तै समाचार वाचन गर्ने ।
– शाओमेगलाई सन् २०१९ फेब्रुअरी २० मा सार्वजनिक गरिएको ।
१. नेसनल जिओग्राफिक एक्सप्लोर अवार्ड–२०२१ प्राप्त गर्ने नेपाली को हुन् ?
उत्तमबाबु श्रेष्ठ
– वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता श्रेष्ठले ४३ हजार डलर (करिब ५५ लाख रुपियाँ)को सो अवार्ड प्राप्त गरेका ।
– अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीले विशेषगरी नेपालको संरक्षण क्षेत्रको अनुसन्धानका लागि अनुसन्धान वृत्ति प्रदान गरेको । कोरोनाले नेपालको पर्यापर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्र र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको छ ।
२. राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?
४.०१ प्रतिशत
– प्रतिवेदनअनुसार कृषि क्षेत्रको वृद्धिदर २.६४ प्रतिशत, उद्योग क्षेत्रको ५.०५ प्रतिशत तथा सेवा क्षेत्रको ४.४३ प्रतिशत रहेको ।
– कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २५.८३ प्रतिशत, १३.११ प्रतिशत र ६१.०६ प्रतिशत रहेको ।
– आ.व. २०७७/७८ मा रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएर ९६१ अर्ब पाँच करोड रुपियाँ पुगेको ।
३. टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?
पलेशा गोवर्धन
(गृष्मकालीन ओलम्पिक समाप्त भएको १५ दिनपछि ओलम्पिक आयोजक सहरले नै पाराओलम्पिक गर्नुपर्ने परिपाटी रहेको ।)
४. संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?
सन् २०२१ अक्टोबर ३०
– अफगानिस्तानमा बाँकी रहेका केही सेना अक्टोबर ३० सम्म सबै फिर्ता गएको बताइएको । केही दिन अघिदेखि नै अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरिसकेको ।
– अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन सुरु गरेको थियो । अमेरिकी ट्विन टावरमा हमला गराएको भनी अलकायदा सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि अमेरिकाले सो मिसन सुरु गरेको ।
५. विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ?
काठमाडौँमा (वि.सं. २०७८ भदौ २१–२५)
(नेपालले ११ वर्षपछि पुनः आयोजक राष्ट्रका रूपमा बैठक गर्ने अवसर प्राप्त गरेको ।)
६. पहिलोपल्ट विश्व साइकल दिवस कहिले मनाइयो ?
सन् २०१८ जुन ३
(संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१८ अप्रिल १२ मा यो दिवस मनाउने निर्णय गरिएको ।)
७. नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बससेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के नामले चिनिन्छ ?
बीबीआईएन इनिसिएटिभ
(भुटानको थिम्पुमा सन् २०१५ जुन १५ मा सम्झौता भएको थियो ।
८. रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक कुन आवधिक योजनामा ल्याइएको हो ?
१५औँ
– सरकारले २०७६ फागुन १९ मा १५औँ आवधिक योजना (२०७६/७७–२०८०/८१) पारित गरेको ।
– पन्ध्रौँ पञ्चवर्षीय योजना अवधिमा गरिबीको दरलाई ११ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको ।
– यस आवधिक योजनाका लागि आर्थिक क्षेत्रका ३९, सामाजिक क्षेत्रका ३४, पूर्वाधार क्षेत्रका ४०, लोकतन्त्र र सुशासनका १०, अन्तरसम्बन्धित दुई, रूपान्तरणकारी १८ र राष्ट्रिय गौरवका २२ आयोजनालाई अनुमोदन गरिएको ।
– यस योजनामा रूपान्तरणकारी (गेमचेञ्जर) योजनाको अवधारणा पहिलोपटक अङ्गीकार गरिएको ।
– यस योजनामा सुख र समृद्धिका छुट्टाछुट्टै सूचकसमेत निर्धारण गरिएको; जसमा सुखका छ र समृद्धिका चार सूचक तय गरिएको ।
– पञ्चवर्षीय योजनाले २५ वर्षे दीर्घकालीन सोचसहितका लक्ष्यसमेत निर्धारण गरेको ।
९. लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?
विषयपति
१०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
समृद्ध मुलुकका लागि स्वस्थ नागरिक
(मन्त्रालयले वि.सं. २१०० सम्मको दीर्घकालीन आधारपत्र तयार गरेको ।)
११. नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?
धारा १८ (४)
१२. लिच्छवि काल र मल्ल कालमा शिक्षाको माध्यम भाषा कुन थियो ?
संस्कृत
१३. नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?
पाल्पा, लमजुङ र तनहुँ
१४. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?
राजेन्द्रविक्रम शाह
१५. जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
जयस्थिति मल्ल
१६. नेपालको प्रमुख खाद्यान्न बाली धान हो भने दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो ?
मकै
१७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?
जिम्बाबे र जाम्बिया
१८. धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?
थारू
१९. सम्पूर्ण सरकारी कार्यालयमा निशान छापको प्रचलन कहिलेदेखि लागू भएको हो ?
वि.सं. २०१९ पुस १
(हाल प्रचलनमा रहेको नयाँ निशान छाप वि.सं. २०६३ पुस १५ देखि कार्यान्वयनमा ल्याइएको ।)
२०. बेवी नोबल भनी चिनिने जोन विट्स क्लार्क अवार्ड २०२१ बाट सम्मानित हुने व्यक्ति को हुन् ?
इर्सेया एन्ड्र्युज
२१. आई–फेमिलिया भन्नाले के बुझिन्छ ?
पारिवारिक डीएनएको माध्यमबाट हराइरहेको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा २०२१ जुनदेखि सञ्चालनमा ल्याइएको डाटावेस ।
२२. जेनेटिक इन्जिनियरिङलाई के पनि भनिन्छ ?
डीएनए टेक्नोलोजी
२३. नेपालको पूर्वी तराईमा बोलिने झाँगडभाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
द्रविड
२४. नेपालमा काष्ठकलाको उच्चतम विकास कुन कालमा भएको मानिन्छ ?
मल्ल कालमा
२५. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
वि.सं. २००२ असोज १
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक १००, १० र पाँच दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएका ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।
२६. गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९५५ अगस्ट २७
(विश्वमा भएका विविध कीर्तिमानहरू उल्लेख गरी प्रत्येक वर्ष प्रकाशित हुने गिनिज बुक अफ वल्र्ड रेकडर््सको पहिलो प्रकाशन सन् १९५५ अगस्ट २७ मा बेलायतको लन्डनमा भएको ।)
२७. कुन सङ्गठनलाई युद्धको बच्चा भनी चिनिन्छ ?
लिग अफ नेसन्स
२८. एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?
ऐवी विग्डरसन –हङ्गेरी)
– प्रखर क्षमता भएका गणितज्ञलाई प्रदान गरिने सो पुरस्कारको राशि झन्डै छ लाख युरो रहेको ।
– यो पुरस्कार नर्वे सरकारद्वारा प्रदान गरिएको ।
– सन् २००१ मा स्थापित यो पुरस्कार सन् २००३ देखि प्रदान गर्न थालिएको ।
– पहिलोपल्ट यो पुरस्कार फ्रान्सका जिन पियरे सिरेलाई प्रदान गरिएको ।
२९. चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?
सन् २०२१ जुलाई ८
– छ सदस्यीय यस सङ्गठनमा चीन एवं दक्षिण एसियाका पाँच राष्ट्र (नेपाल, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का) रहेका ।
– गरिबी निवारणमा मिलेर कार्य गर्ने उद्देश्यका साथ यस सङ्गठनको स्थापना भएको ।
– पाँच दक्षिण एसियाली मुलुकमा शाखा कार्यालय रहने ।
३०. अन्तर्राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ ?
जुलाई महिनाको पहिलो शनिबार
(सन् २०२१ को नारा : रिविल्ड बेटर टुगेदर)
१. अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिएको बजेट (प्रतिस्थापन बजेट)को राशि कति रहेको छ ?
रु. १६ खर्ब ३२ अर्ब ८३ करोड
– अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटभन्दा यो बजेट करिब १५ अर्ब रुपियाँले कमी रहेको ।
– २०७८ जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत बजेटको राशि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँ रहेको ।
आय–व्यय विवरण
– चालू खर्च :छ खर्ब ७७ अर्ब ९९ करोड (४१.५२ प्रतिशत)
– पुँजीगत खर्च : तीन खर्ब ७८ अर्ब १० करोड (२३.१६ प्रतिशत)
– वित्तीय व्यवस्थापन : एक खर्ब ८९ अर्ब ४४ करोड (११.६ प्रतिशत)
– वित्तीय हस्तान्तरण : तीन खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत)
स्रोत व्यवस्थापन
– राजस्व :१० खर्ब ५० अर्ब ८२ करोड
– वैदेशिक अनुदान : ५९ अर्ब ९२ करोड
– वैदेशिक ऋण : दुई खर्ब ८३ अर्ब नौ करोड
– आन्तरिक ऋण :दुई खर्ब ३९ अर्ब
– वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालू खर्चमा समानीकरण अनुदानसहित रु. ३ खर्ब २५ अर्ब ७५ करोड (८४.११ प्रतिशत) र पुँजीगततर्फ रु. ६१ अर्ब ५५ करोड (१५.८९ प्रतिशत) रहेको ।
बजेटका उद्देश्य
– विद्यमान बहुआयामिक गरिबी न्यूनीकरण गर्ने ।
– अर्थतन्त्रको पुनरुत्थान गरी उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने ।
– संविधानले परिकल्पना गरेअनुरूप समावेशी र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने ।
बजेटका विशेषता
– बजेटमार्फत सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको ।
– मूल्यवृद्धि ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखिएको ।
– मिर्गाैला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराइने ।
– राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्ने परिवारका लागि जीवनवृत्तिबापत मासिक तीन हजार प्रदान गरिने ।
– कोभिड महामारीमा रोजगारी गुमाएका पाँच लाख परिवारलाई १० हजार रुपियाँका दरले (राहतस्वरूप प्रतिपरिवार एक पटक) सहयोग प्रदान गर्ने । यो सहयोग २०७८ असोज महिनाभित्र वितरण गरिसक्ने सरकारी लक्ष्य ।
– प्रत्येक स्थानीय तहमा पाँच सय जनालाई बिनाधितो ऋण प्रदान गर्ने कार्यक्रम ।
– प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा सुरुवात गरिने ।
– तीन सयभन्दा बढीलाई रोजगारी दिने उद्योगलाई राहत प्रदान गरिने ।
– कृषि बीमाको प्रिमियमको अनुदान वृद्धि गरी ८० प्रतिशत कायम गरिएको ।
– निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने, खारेज गर्ने वा अन्य विधिबाट व्यवस्थापन गर्ने नीति लिइने ।
– २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजनाले व्यापारिक कारोबार सुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको छ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने ।
– २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने ।
– प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने ।
– काठमाडौँ उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने ।
– धार्मिक सङ्ग्रहालय स्थापना गरिने ।
२. अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
सेप्टेम्बर ८
– (सन् २०२१ को नारा : मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता
३. राष्ट्रिय जनगणना–२०७८ का लागि संशोधित कार्यतालिकाअनुरूप तय गरिएको मिति कुन हो ?
वि.सं. २०७८ कात्तिक २६–मङ्सिर ९
– (वि.सं. २०७८ भदौ २१ को मन्त्रिपरिषद् बैठकले सो मिति तय गरेको ।)
४. सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
वि.सं. २०७८ भदौ २१ गते
५. अठारौँ निजामती सेवा दिवस, २०७८ को नारा के रहेको छ ?
व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन
– वि.सं. २०१३ भदौ २२ गते नेपालमा पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ गतेका दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिएको ।
– यो दिवस वि.सं. २०६१ देखि मनाउन थालिएको ।
६. गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा कहिले गरेको हो ?
सन् २०२१ सेप्टेम्बर ५
७. ग्रिन डिल अफ द इयर २०२१ को उपाधि प्राप्त गर्ने नेपाली बैङ्क कुन हो ?
एनएमबी बैङ्क
– (सिङ्गापुरको एसियन बैङ्किङ एन्ड फाइनान्स पत्रिकाले पुरस्कृत गर्ने कर्पोरेट एन्ड इन्भेस्टमेन्ट बैङ्किङ अवार्ड श्रेणीअन्तर्गत एनएमबी बैङ्कले सो उपाधि प्राप्त गरेको ।)
८. भारतको कलिङ लिटररी फेस्टिबलले २०२०÷२१ का लागि प्रदान गरेको केएलएफ बुक अवार्डस् प्राप्त गर्ने नेपाली को हुन् ?
वसन्त चौधरी (उद्योगपति तथा साहित्यकार)
९. निजामती सेवा दिवस २०७८ को अवसरमा उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुने निजामती कर्मचारी कोको हुन् ?
१. विमल पौडेल (सहरजिस्ट्रार, सर्वोच्च अदालत)
२. डा. किरण रुपाखेती (सहसचिव, राष्ट्रिय योजना आयोग)
३. राजेन्द्रकुमार के.सी. (सहसचिव, अ.दु.अ.आ.)
४. विष्णुदत्त गौतम (सहसचिव, सङ्घीय मामिला तथा सा.प्र. मन्त्रालय)
५. डा. भीमसिं तिङ्करी (निर्देशक, स्वास्थ्य सेवा विभाग)
६. हरिशङ्कर ज्ञवाली (उपन्यायाधिवक्ता, महान्यायाधिवक्ताको कार्यालय)
७. नेत्रप्रसाद पौडेल (निर्देशक, महालेखा परीक्षकको कार्यालय)
८. सुमना अर्याल वाग्ले (निर्देशक, भूमि व्यवस्थापन तथा अभिलेख विभाग)
९. छविलाल सुवेदी (प्रमुख प्रशासकीय अधिकृत, बेनी नगरपालिका, म्याग्दी)
१०. कमला ढकाल काफ्ले (नायब सुब्बा, महिला तथा बालबालिका विभाग)
– त्यस्तै सो अवसरमा निजामती सेवा पुरस्कारबाट सम्मानित हुने ३० जना निजामती कर्मचारीमा – लक्ष्मीकुमारी बस्नेत (सहसचिव), ज्ञानराज सुवेदी (सहसचिव), कोशलचन्द्र सुवेदी (सहसचिव), विष्णुप्रसाद शर्मा (सहसचिव), दिलीपकुमार गौतम (उपसचिव), भोलाप्रसाद चापागार्इं (उपसचिव), शान्ता नेपाल मरासिनी (उपसचिव), डा. भोजराज शर्मा (काफ्ले) (उपसचिव), गुरुप्रसाद वाग्ले (उपन्यायाधिवक्ता), विपुलकुमार लाल दास (सिनियर डिभिजनल इन्जिनियर), सूर्यप्रसाद सापकोटा (उपसचिव), केदारप्रसाद नेपाल (सिनियर डिभिजनल इन्जिनियर), विज्ञान बन्जारा (नापी अधिकृत), प्रमिला वाग्ले (कृषि विकास अधिकृत), कुलशेखर अर्याल (शाखा अधिकृत), शिला ज्ञवाली (सहायक वन अधिकृत), सुजितकुमार सिंह (कर अधिकृत), महेशविक्रम लागेजु (शाखा अधिकृत), भक्तिप्रसाद भट्टराई (लेखा अधिकृत), भेषराज पन्थ (प्रमुख प्रशासकीय अधिकृत), विन्ध्या कार्की (लेखा अधिकृत), जलेश्वर राम (शाखा अधिकृत), जिज्ञासा राई याङ्खुरुङ (इन्जिनियर), भरतप्रसाद तिमल्सिना (टा.ना.सु.), उत्तम खनाल (वरिष्ठ मुद्रण सहायक), खडानन्द पौडेल (कम्प्युटर अपरेटर), के.आई.सिं. गलान (नायब सुब्बा), रामनरेश साह (नायब सुब्बा), अमरसिंह लामा (कार्यालय सहयोगी), पूर्णप्रसाद अगस्ती (कार्यालय सहयोगी)
१०. अन्तर्राष्ट्रिय प्रकृति संरक्षरण कोष (आईयूसीएन)को रेड डाटा बुक लिस्टमा संवेदनशील सूचीमा समावेश (सन् २०२१ जनवरी) नेपालका दुई चरा प्रजाति कुन कुन हुन् ?
राग महाचिल र कुरारी फ्यालफ्याले
११. नेपालमा चराको स्वर्ग भनी कुन ठाउँलाई चिनिन्छ ?
कोसी टप्पु वन्यजन्तु आरक्ष
१२. विश्वको सबैभन्दा लामो टे«किङ रुट ‘द ग्रेट हिमालयन टे«ल’ कुन देशमा रहेको छ ?
नेपाल
१३. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
१४ प्रतिशत
– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहेको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कमतौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर–किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।
१४. गुराँसे पोखरी कहाँ रहेको छ ?
ताप्लेजुङको मेरिङदेन गाउँपालिका
१५. वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न सरकारले ‘कल सेन्टर’को सञ्चालन कहिलेदेखि गरेको हो ?
वि.सं. २०७५ चैत १८
१६. नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
वि.सं. २०७५ मङ्सिर १४ (सन् २०१८ नोभेम्बर ३०)
१७. नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
वि.सं. २०७५ मङ्सिर २९
१८. काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
पाटन
१९. सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
वि.सं. २०७५ भदौ २५
२०. प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
मनसुन कमजोर भई न्यून वर्षा हुने
२१. नेपाल सरकारले विदेशी मुलुकसँग लगानीका लागि ‘द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)’को सट्टा कुन ढाँचा लागू गर्न थालेको छ ?
द्विपक्षीय लगानी सम्झौता (बीआईए)
२२. नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?
कपिलवस्तु
२३. नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?
चिलिमे हाइड्रोपावर
– (आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय रुपन्देही, विभागमा राहदानी विभाग र वाणिज्य बैङ्कमा नबिल बैङ्क रहेको ।)
२४. जी–२० को स्थापना कहिले भएको हो ?
सन् १९९९ सेप्टेम्बर २६