१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?
३३ ।
– टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।
– यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि हुन लागेको ।
– विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालले सबैभन्दा पहिले सन् १९६४ मा टोकियो ओलम्पिकमै भाग लिएको थियो ।
– टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका (सुटिङ, जुडो, एथ्लेटिक्स र पौडी) पाँच खेलाडी सहभागी हुने ।
२. विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?
धान उत्पादनमा वृद्धि ः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि ।
३. नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?
विसं २०७८ असार २९ ।
– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री देउवालाई सोही दिन पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको ।
– नेपालको संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको ।
– सर्वोच्च अदालतको २०७८ असार २८ गतेको परमादेशअनुसार राष्ट्रपति भण्डारीले देउवालाई सो पदमा नियुक्त गर्नुभएको ।
४. प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?
विसं २०७८ साउन ३ ।
– प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको । साउन ३ मा प्रतिनिधिसभामा भएको मतदानमा पक्षमा १६५ मत, विपक्षमा ८३ र तटस्थ मत एक रहेको ।
– प्रतिनिधिसभामा मताधिकार प्राप्त सांसद सङ्ख्या २६६ रहेकोमा २४९ सांसदको उपस्थिति रहेको ।
५. नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?
विसं २०१६ असार १ गते ।
६. सरकारद्वारा गठित विद्यापति पुरस्कार कोषले मैथिली भाषा साहित्य क्षेत्रको विद्यापति पुरस्कार कसलाई प्रदान ग-यो ?
सप्तरीको मैथिली साहित्य परिषद् (पुरस्कार राशि ः रु. दुुई लाख)
– त्यसैगरी, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार वृशेषचन्द्र लाल, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट पत्रकार एवम् साहित्यकार सुजित झा, नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कारबाट अमरेन्द्र यादव र नेपाल विद्यापति मैथिली कला–संस्कृति पुरस्कारबाट अजितकुमार र सुनिताकुमारी साहलाई पुरस्कृत गरिएको ।
– यी चारवटै पुरस्कारको राशि जनही रु. एक लाख रहेको ।
७. नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?
विसं २०७८ साउन १ ।
– सङ्गठनको चेन अफ कमान्डलाई थप चुस्त दुरुस्त र छिटोछरितो बनाउन नयाँ साङ्गठनिक पुुनःसंरचना कार्यान्वयनमा ल्याइएको ।
– नयाँ संरचनाअनुसार पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड गरी चारवटा केन्द्रीय कमान्डको व्यवस्था लागू गरिएको । कोसी, गण्डकी र कर्णाली नदी प्रणालीमा आधारित तीन र काडमाडौँ उपत्यकाका लागि एक गरी जम्मा चारवटा कमान्ड लागू गरिएको ।
– यस संरचनालाई ‘तीन जोड एक केन्द्रीय कमान्ड’ नामकरण गरिएको ।
– नयाँ संरचना लाग भएसँगै यसअघि सातवटै प्रदेशका सातवटा र काडमाडौँ उपत्यकाको एउटा गरी आठवटा पृतना साउन १ गतेदेखि खारेज भएका ।
– राष्ट्रिय सुरक्षा नीति–२०७५ कार्यान्वयनको एकीकृत कार्ययोजना र नेपाली सेनाको दीर्घकालीन सोच २०८७ लाई आधार मानेर सङ्गठनको पुुनःसंरचना गरिएको ।
– नयाँ संरचनाअनुसार पूर्वमा धनकुटा हिले, मध्यमा पोखरा, पश्चिममा सुुर्खेत र उपत्यकामा एउटा सैनिक कमान्ड स्थापना गरिएको ।
– उपत्यका कमान्डको मुख्यालय नारायणहिटीपरिसरमा कायम गरिएको ।
– नयाँ कमान्डको स्थापनासँगै कमान्डको नेतृत्वमा बाहिनीहरू र बाहिनीमातहतमा गण तथा गुुल्म रहने ।
– सैनिक कमान्डको स्थापनापछि जङ्गी अड्डाका केही अधिकार कमान्ड हेडक्वार्टरमा प्रत्यायोजन हुने ।
– आर्मी मुख्यालयले रणनीतिक र राष्ट्रिय महŒवका सुरक्षाका विषयमा ध्यान केन्द्रित गर्ने, सैनिक कमान्ड मुख्यालयले अपरेसनल कार्य गर्ने र बाहिनीअन्तर्गतका गण र गुल्मले ‘ट्याक्टिकल’ काम गर्नेगरी नेपाली सेनाको काम अगाडि बढ्ने ।
८. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?
डा. फुहरर ।
९ नेपालका चारधाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?
वराहक्षेत्र, मुक्तिक्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र ।
१०. नेपालमा भारोपेली परिवारअन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
नेपाली ।
११. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?
विसं २०७७ फागुन ।
– नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
– नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो । विश्वमा भने नेपाल १२औँ मुलुक हो ।
– विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूूषणको हानि बेहोर्नुपरेको छ । त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोहीअनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको ।
१२. ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?
अमेरिका ।
– यो प्रविधि पहिलोपटक सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमतासाथ यो प्रविधि सन् १९९५ देखि प्रयोगमा आएको ।
– आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँका बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।
– यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिष्टम हो ।
१३. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
गौतम बुद्ध ।
१४. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा महान्यायाधिवक्तामा कसलाई नियुक्त गरियो ?
खम्मबहादुर खाती (विसं २०७८ असार ३१) ।
(नेपाल बार एसोसिएसनका पूर्वमहासचिव खाती स्थापित कानुन व्यवसायी हुनुहुन्छ ।)
१५. विश्व व्यापार सङ्गठन (डब्लूूटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।
– डब्लूूटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुनुहुन्छ ।
– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुभएको । उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
१६. विसं २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
पुरुषतर्फ ः मन्डेकाजी श्रेष्ठ र महिलातर्फ ः गौरिका सिंह
१७. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
म्यारिक लुकास रिज्नेभेल्ड ।
१८. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?
सन् २०१८ जनवरी २६ ।
– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।
१९. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?
विसं २०७७ फागुन २१ ।
२०. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?
बाग्लुङ (१३७ किमि) ।
२१. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?
विसं २०७७ माघ २ ।
२२. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०७७ पुुस ६ ।
– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।
२३. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
१३ ।
२४. हरित् जलवायु कोषको मुुख्यालय कहाँ रहेको छ ?
दक्षिण कोरिया ।
(विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।)
२५. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?
चिनियाँ प्रोफेसर वाङ हङवेई ।
– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङवेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।
– यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷ दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।
– त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।
– सभाले दुुई÷दुुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।
२६. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) ।
(यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)
२७. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?
विसं २०७७ साउन ३० ।
२८. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?
एक ।
२९. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
विसं २०७७ असोज ३ ।
३०. ‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?
महिला विकास ।
१. ३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?
हेन्ड जाजा (सिरियाकी टेबलटेनिस खेलाडी)
(ओलम्पिकमा पहिलो पटक सहभागी जाजाको उमेर १२ वर्ष मात्र रहेको । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् ।)
२. हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?
थोमस बाख
३. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
प्लुटो
४. प्रसिद्ध पुस्तक ‘एनिमल फार्म’का लेखक को हुन् ?
जर्ज अर्वेल
५. नेपालबाटै लोप भएको भनिएको सिरीगाई कहाँ फेला परेको छ ?
ताप्लेजुङमा
(करिब तीन वर्षअघि नै लोप भइसकेको भनिएको सिरीगाई ताप्लेजुङको साब्लाखु, सिनाम र आंँखोपमा फेला परेका छन् । त्यहाँ फेला परेका गाई, गोरु र बाच्छालाई अनुसन्धान एवं संरक्षणका लागि कृषि अनुसन्धान परिषद् (नार्क)मा लगिएको छ । यसअघि मुस्ताङबाट लिली जातको गाई र अछामबाट अछामी जातको गाई तथा गोरु नार्कले खुमलटार लगेको छ । लोपोन्मुख प्रजातिका गाईको संरक्षण तथा थप उत्पादनका लागि नार्कले सङ्कलन तथा पहिचानको अभियान चलाएको जनाइएको छ ।)
६. मानव विकास सूचकाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका तराई–मधेसका स्थानीय तहमा तराई–मधेस समृद्धि कार्यक्रम कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
आ.व. २०७५÷७६
– तराई–मधेस समृद्धि कार्यक्रमले भौतिक पूर्वाधार विकास गरी सार्वजनिक क्षेत्रमा पहुँच वृद्धिका साथै रोजगारी र आय आर्जनमा जोड दिएको ।
– सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालित यो कार्यक्रममा सङ्घीय सरकारको अधिकतम ९० प्रतिशत र स्थानीय सरकारको न्यूनतम १० प्रतिशत हुनुपर्ने प्रावधान रहेको ।
– कार्यक्रमअन्तर्गत सामूहिक आवास भवन, सामुदायिक पूर्वाधार, सडक, कृषि विकास, खानेपानी तथा सरसफाइ, सिँचाइ तथा नदी नियन्त्रण, ऊर्जा, विपत् न्यूनीकरण पूर्वाधार आयोजना सञ्चालन गरिएको ।
७. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ ?
देशान्तर
– देशान्तर रेखाहरू एक–एक डिग्री फरकमा पूर्वी गोलाद्र्धमा १८० र पश्चिमी गोलाद्र्धमा १८० गरी ३६० वटा हुन्छन् । हरेक १ डिग्री देशान्तरमा चार मिनेट समय फरक पर्छ ।
– कुनै स्थानको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको सहयोग लिइन्छ ।
८. नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?
वि.सं. १९७५
– वि.सं. १९७६ मा त्रि–चन्द्रमा आई. ए. तथा आई.एस्सी., वि.सं. १९८१ मा बी.ए. तथा वि.सं. २००४ मा बी.एस्सी.को पठनपाठन सुरु भएको हो ।
– वि.सं. २०३० मा नयाँ शिक्षा लागू गरिएपश्चात् यसलाई त्रि–चन्द्र कलेजबाट त्रि–चन्द्र क्याम्पस नामकरण गरिएको ।
९. आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्तिक शुक्ल एकादशीलाई के भनिन्छ ?
हरिवोधिनी एकादशी
१०. विभिन्न किसिमका जीवजन्तु, पशुपन्छी, कीटपतङ्गको वासस्थानका लागि सीम, घोल, पोखरी, नदी किनारमा सधैँ पानीले भिजिरहने ओसिलो भूमिलाई के भनिन्छ ?
सिमसार
११. “हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो” भन्ने विचारक को हुन् ?
थोमस अल्वा एडिसन, वैज्ञानिक
१२. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
उस्ताद गणेशलाल
१३. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
ढ्याङ्ग्रो
१४. कुनै वस्तुमा भएको पदार्थको परिमाणलाई के भनिन्छ ?
पिण्ड
(वस्तुको पिण्ड भौतिक तराजुले नापिन्छ । अन्तर्राष्ट्रिय नापतौल विभागमा राखिएको प्लाटिनम इरिडियम धातुबाट बनेको ढकको पिण्डलाई एक किलोग्राम मानिन्छ ।)
१५. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ?
उत्परिवर्तन
– एउटै जातिका सजीवहरूको बीचमा देखा पर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कंदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।
१६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
धमनी (ब्चतभचष्क)
(शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (खभष्लक) भनिन्छ ।)
१७. महान् दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?
ग्रिसको एथेन्स सहरमा
१८. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवं झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?
काष्ठकला
१९. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)
२०. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
धर्म कचहरी
२१. ‘ऊ मरी अरे’ नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ‘ऊ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?
बालकृष्ण सम
२२. झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?
द्रविड
२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
कृषि
२४. दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई औँला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?
चुट्की
२५. नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्युरीको जन्म कहाँ भएको थियो ?
पोल्यान्डको वार्सा
२६. मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?
तीन (अचल जोर्नी, अर्धचल जोर्नी र चल जोर्नी ।)
२७. दुग्ध विकास संस्थान (डीडीसी)को स्थापना कहिले भएको हो ?
वि.सं. २०२६ साउन १
– संस्थान ऐन, २०२१ अन्तर्गत यो संस्थानको स्थापना भएको ।
– ग्रामीण क्षेत्रका दुध उत्पादक कृषकलाई दूधको उचित मूल्यका साथै निश्चित बजारको व्यवस्था गर्ने एवं सहरी उपभोक्तालाई गुणस्तरयुक्त प्रशोधित दूध तथा दुग्ध पदार्थहरू सर्वसुलभ तरिकाले नियमित रूपमा आपूर्ति गर्ने उद्देश्यका साथ यस संस्थानको स्थापना भएको ।
२८. टेलिप्रम्टर भनेको के हो ?
सार्वजनिक सम्बोधनका क्रममा वक्तालाई आफ्नो लिखित मन्तव्यको प्रस्तुतिमा सहजता पु-याउने प्रविधि
– टेलिप्रम्टरमा पोडियमको नजिक आवश्यकताअनुसार एक वा दुईवटा पारदर्शी स्क्रिन राखिएको हुन्छ । आममानिसले यसलाई सहजै देख्न सक्दैनन् तर केही गहिरो गरी हेरेमा देख्न सकिने हुन्छ । यसमा वक्तालाई सहज हुने गरी वक्ताको नजिकै कतै बसेर वक्ताको गतिसँगै अक्षरहरू सार्दै गइन्छ । वक्ताले स्क्रिनमा सहजै ती अक्षरहरू पढ्न सक्छन् । यसबाट वक्ताले श्रोतातर्फ हेर्दै प्रभावकारी रूपमा आफ्नो लिखित मन्तव्य स्वतःस्फुर्त रूपमा व्यक्त गर्न सक्छन् ।
– नेपालमा पहिलो पटक वि.सं. २०७५ जेठ १६ मा यो प्रविधिको प्रयोग गरिएको ।
२९. जयतु संस्कृतम् आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?
वि. सं. २००४ असार १
(संस्कृत छात्रावास काठमाडौँका विद्यार्थीले सरकारसमक्ष विभिन्न माग राखी आन्दोलन प्रारम्भ गरेका थिए । तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले संस्कृत भाषालाई मृत भाषा भनेकोमा चर्किएको सो आन्दोलन खासगरी शैक्षिक र राजनीतिक उद्देश्यबाट प्रेरित थियो ।)
३०. नेपाली आधुनिक कलाका वरिष्ठ कलाकार उत्तम नेपाली (कर्माचार्य)को निधन कहिले भएको हो ?
वि.सं. २०७८ साउन ६ (८४ वर्षको उमेरमा)
– वि.सं. १९९४ मा काठमाडौँ किलागलमा जन्मनुभएका नेपालीको शिक्षादीक्षा भारतको लखनऊमा भएको । केही समय सूचना विभाग, हुलाक सेवा विभाग तथा रेडियो नेपालमा समेत जागिर खाएका नेपाली तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा २०५२ देखि २०५६ सम्म प्राज्ञ परिषद्का सदस्यका रूपमा सक्रिय रहनुभएको ।
– उहाँले आधुनिक अमूर्त चित्रकलाको विकासमा ठूलो योगदान दिनुभएको । कला साहित्यमा समेत दख्खल राख्ने नेपालीको मुख्य पेसा भने आधुनिक चित्रकला नै रहेको ।
– यसबाहेक नेपाली कुशल अभिनेता पनि हुनुहुन्थ्यो । उहाँले नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमामा खलनायकका रूपमा अभिनय गरी पहिलो नेपाली खलनायकको परिचय पनि बनाउनुभएको । नेपालीले यसबाहेक मनको बाँध, परिवर्तनजस्ता फिल्ममा पनि विभिन्न भूमिकामा अभिनय गर्नुभएको ।
– २०६१ सालमा उहाँको कृति ‘उत्तम नेपालीका कविताहरू’ प्रकाशित भएको ।
– उहाँका दुई छोरा, दुई छोरी र श्रीमती हुनुहुन्छ ।

१. सरकारले राष्ट्रिय योेजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?
डा. विश्व पौडेल (२०७८ साउन १२)
२. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?
वि.सं. २०७८ साउन १३
– नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको ।
– सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्द्त पुग्ने जनाइएको ।
– नेपाली सेनाको नागरिक सहयोग अभियानअन्तर्गत २०७६ साल भदौ महिनादेखि सङ्ग्रहालय बनाउन सुरु गरिएको ।
३. विश्व रेन्जर दिवस कहिले मनाइन्छ ?
जुलाई ३१
४. दक्षिण एसियाकै पहिलो सुरुङमार्ग चुरियामाई सुरुङमार्गको पुनर्निर्माणको शिलान्यास कहिले गरियो ?
वि.सं. २०७८ साउन १४
– सुरुङमार्ग निर्माण भएको १०४ वर्षपछि सम्पदाहरूको संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले जीर्णोद्धार सुरु गरिएको । मर्मत सम्भारको अभावमा जीर्ण ऐतिहासिक एवं पुराताìिवक महìवको सो सुरुङमार्ग वि.सं. १९७४ मा निर्माण
भएको थियो ।
– सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा निर्मित सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष
लागेको थियो ।
– मकवानपुर र बारा जिल्लाको सिमानामा अवस्थित चुरे पहाडलाई खोपेर सुरुङमार्ग निर्माण गरिएको छ ।
– वि.सं. २०२०–२१ सम्म यही सुरुङमार्ग भएर जिपलगायतका साना सवारी आवतजावत गर्थे ।
– साढे दुई मिटर चौडा र तीन मिटर उचाइको सो सुरुङमार्गको लम्बाइ ५०० मिटर छ ।
५. ‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
अस्ट्रेलिया
६. युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?
आल्पस पर्वत
७. ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
सन् १९८७, क्यानडाको मन्ट्रियल
८. काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँच गर्न कहिलेदेखि थालिएको हो ?
वि.सं. २०५१ वैशाख १
९. साइटिस (ऋक्ष्त्भ्क्)को पूरा रूप के हो ?
ऋयलखभलतष्यल यल क्ष्लतभचलबतष्यलब ितचबमभ ष्ल भ्लमबलनभचभम क्उभअष्भक या धयचमि ँबगलब बलम ँयिचब (कन्भेन्सन अन इन्टरनेसनल ट्रेड इन इन्डेन्जर्ड स्पेसिज अफ वल्र्ड फौना एन्ड फ्लोरा)
– दुलर्भ एवं सङ्कटग्रस्त वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्ने उद्देश्यले यो महासन्धि सन् १९७५ जुलाई १ देखि लागू भएको ।
– नेपालले सन् १९७५ मा नै यस सन्धिमा हस्ताक्षर गरेको ।
१०. नेपालमा केन्द्रीय बैङ्क तथा वाणिज्य बैङ्कहरूको सुधारका लागि सञ्चालन गरिएको कार्यक्रम कुन हो ?
वित्तीय क्षेत्र सुधार कार्यक्रम
११. नेपालमा सबैभन्दा धेरै कर्मचारी कार्यरत रहेको संस्थान कुन हो ?
नेपाल विद्युत् प्राधिकरण
१२. नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
विराटनगर जुट मिल (वि.सं. १९९३)
१३. नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वयविनिमय दर प्रणाली कहिलेदेखि लागू गरियो ?
वि.सं. २०३४
१४. नेपाली सेनाको कायममुकायम प्रधानसेनापति कसलाई चयन गरियो ?
प्रभुराम शर्मा
– (वि.सं. २०७८ साउन २६ गतेबाट लागू हुने गरी बलाधीकृत रथी शर्मालाई कायममुकायम प्रधानसेनापति चयन गरिएको ।)
१५. म्यानमारमा त्यहाँको सेनाले कहिलेसम्म सङ्कटकाल जारी रहने घोषणा गरेको छ ?
सन् २०२३ अगस्ट
– निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२१ अगस्ट १ मा सङ्कटकाल दुई वर्ष थपिएको घोषणा गरेको ।
– सन् २०२१ फेब्रुअरीमा सेनाका प्रमुख जनरल मिन आङ ह्लेयङले आपूmलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सैनिक शासन लागू गरेकै दिन सेना प्रमुख मिन आङले एक वर्षको सङ्कटकाल घोषणा गरेका थिए ।
१६. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?
मोहन कोइराला
१७. झर्रोवादी आन्दोलनको उद्देश्य के थियो ?
विदेशी तथा अन्य भाषाका आगन्तुक शब्दहरूलाई रोकी आफ्नैपनका चोखो नेपाली भाषा बनाउने
१८. मन्त्रिपरिषद्ले देशभरका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरेको हो ?
वि.सं. २०७५ मङ्सिर ३
१९. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
सन् २०१७–२०२१
२०. काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
वि.सं. १८२६ चैत १०
२१. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
जयस्थिति मल्ल
२२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?
दोलखा
– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सातवटा अद्भूत र आकर्षक कुण्ड रहेको ।
– सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमाजस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको ।
२३. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?
रणबहादुर शाह
– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिने ।
– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका ।
– चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका ।
२४. विश्व व्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?
सन् २०१२
– नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको । यसैगरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने ।
– डब्लूटीओमा अल्पविकसित सदस्य राष्ट्रहरूको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको ।
२५. दुई फरक गुण भएका जीवबीच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?
हाइब्रिडाइजेसन
२६. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?
वि.सं. २०७४ साउन १२
– (यूएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसद्को बैठक प्रत्यक्ष रूपमा हेर्न र सुन्न सकिने ।)
२७. पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
कालीगण्डकी र त्रिशूली
– चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात कि.मि. उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको विmंवदन्ती रहेको छ । यहाँ वशिष्ठको मूर्ति पनि छ । रामचन्द्र वनवास बस्दा असली सीताको रूपलाई यहीँ लुकाएर राखिएको थियो भन्ने विश्वास गरिन्छ ।
– यहाँ स्नान गर्नाले ठूलो यज्ञ गरेको, गाईदान गरेको, चारधाम तीर्थ गरेकोभन्दा धेरै पुण्य मिल्ने विश्वास रहेको छ ।
– माघे सङ्क्रान्ति, वैशाख सङ्क्रान्ति, ठूलो एकादशी, बालाचतुर्दशीलगायत पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ ।
२८. राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?
गोदावरी, ललितपुर
– वि.सं. २०१९ कात्तिक १२ मा शाही वनस्पति उद्यानका रूपमा स्थापित यो उद्यान २०६२/६३ को जनआन्दोलनपश्चात् राष्ट्रिय वनस्पति उद्यानका रूपमा नामाङ्कित भएको ।
– दशकौँ पुराना रुख र वनस्पतिको साझा भण्डारका रूपमा रहेको यो उद्यान वैज्ञानिकका लागि उपयुक्त अनुसन्धान केन्द्र रहेको ।
– यहाँ रहेको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा फूल फुल्ने र नफुल्ने गरी एक लाख ६५ हजारभन्दा बढी वनस्पतिका नमुना राखिएको ।
२९. एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?
फुङलिङ न.पा., ताप्लेजुङ
– (ताप्लेजुङ जिल्लाको एक मात्र नगरपालिका फुङलिङले आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयनमा ल्याउने गरी उक्त योजना अघि बढाएको ।)
३०. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
सन् १९६७ सेप्टेम्बर २७
१. नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?
वि.सं. २०७८ साउन १९ गते
– उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको ।
– उनको नेतृत्वमा नेपाली टोलीले एकदिवसीय मान्यता पाउनुका साथै टी–२० विश्वकपसम्म पुगेको ।
२. प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
प्रकाशको आवर्तन
– (फरक माध्यममा प्रकाशको गति फरक–फरक हुने भएकाले प्रकाशको आवर्तन हुन्छ ।)
३. सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कहिले सार्वजनिक ग-यो ?
वि.सं. २०७८ साउन २३ गते
– विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा प्रकाशित गरिएको ।
– सो नतिजाअनुसार कुल चार लाख ८४ हजार २७८ जनाले ११ कक्षा पढ्ने अवसर प्राप्त गरेको ।
– राष्ट्रिय परीक्षा बोर्डका अनुसार बोर्डमा पाँच लाख १७ हजार १२२ जना विद्यार्थीले आवेदन दिएकोमा ३२ हजार ८४४ जना विद्यार्थी प्रमाणीकरणमा छुटेका । ती विद्यार्थी परीक्षामा सहभागी नभएको या बीचमै पढाइ छाडेको हुनसक्ने आकलन बोर्डको रहेको ।
– गत वर्ष पनि कोरोना भाइरसका कारण विद्यालयले नै गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर परीक्षाफल निकालिएको थियो ।
४. प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
प्रदेश ३ (वि.सं. २०७६ असार २४)
५. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?
तमहिग
६. कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले
गरियो ?
वि.सं. २०७६ भदौ ३१ गते
– कोषले वि.सं. २०७६ साउन १ गतेयता स्थायी नियुक्ति हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्मेवारी पाएसँगै सञ्चालनको तयारीकै सन्दर्भमा सो कम्प्युटर प्रणाली बनाएको । यसका साथै आवश्यक अन्य संरचनागत, प्रक्रियागत एवं प्रणालीगत तयारी पनि पूरा भएको कोषले जनाएको ।
– कोषमा सञ्चय भएको रकमबाट कोषले सञ्चयकर्ताको आवश्यकता पूर्ति गर्नका लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जाजस्ता सापटी सुविधा प्रदान गर्ने गरेको ।
– त्यस्तै मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसूति स्याहार, किरिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चय कोषकर्ता स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिँदै आएको ।
– कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् कम्पनी माथिल्लो तामाकोसी, चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित विभिन्न जलविद्युत् आयोजनामा ऋण लगानी गरेको छ । त्यस्तै नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्नका लागि ऋण लगानी गरेको ।
– कोषले अधिकांश सेयर स्वामित्व सञ्चयकर्ताको रहने गरी वेतन–कर्णाली जलविद्युत् आयोजना निर्माण प्रक्रियाको सुरुवातसमेत गरेको ।
– कर्मचारी सञ्चय कोष ऐन, २०१९ अनुसार वि.सं. २०१९ भदौ ३१ मा यो संस्थाको स्थापना भएको ।
७. मदर टेरेसाको जन्म कहिले र कहाँ भएको हो ?
सन् १९१० अगस्ट २६, उत्तरी मेसेडोनिया (उनी अल्बानियन मूलकी हुन्)
– (निधन ः सन् १९९७ सेप्टेम्बर ५, भारतमा)
८. भूउपयोग ऐन, २०७६ अनुसार कृषि क्षेत्र भन्नाले के बुझिन्छ ?
कृषि बाली उत्पादन, पशुपन्छीपालन, फार्म हाउस, मत्स्यपालन, माहुरीपालन, रेशम खेतीलगायत कृषिजन्य उत्पादन, वागवानी वा वनवाटिका, जडीबुटी र कृषि वनका लागि प्रयोग भएको वा हुन सक्ने जग्गा ।
९. प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?
सुनसरी
– पूर्व–पश्चिम राजमार्गको झुम्का बजारबाट सात किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी लगायतका महìवपूर्ण पर्वमा मेला लाग्ने गर्छ ।
– त्रेता युगमा भगवान् राम यही स्थानमा आएर वनवास बसेको किंवदन्ती रहेको छ । त्यो बेला भगवान् रामले बालेको मानिएको आगो (धुनी) अहिलेसम्म पनि बलिरहेको छ । साथै, मन्दिर परिसरमा रथको पाङ्ग्रा, इनार, सीताले प्रयोग गरेको जाँतोलगायत महìवपूर्ण ऐतिहासिक वस्तुसमेत यहाँ देख्न सकिन्छ ।
१०. नेपालका आदिवासी जनजातिको भाषा संरक्षण गर्ने उद्देश्यका साथ विश्वव्यापी अभियानको थालनी कहिलेदेखि गरिएको हो ?
वि.सं. २०७६ असार १५ (थाइल्यान्डबाट)
११. अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
प्राकृतिक प्रकोपबाट पीडित जनतालाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थायी रूपमा सञ्चालित कार्यक्रम ।
१२. वृहस्पति र मङ्गल ग्रहको बीचमा फेला परेको धातुयुक्त छुद्र ग्रह कुन हो ?
साइकी
– (यो ग्रह इटालीको नेपल्सका खगोलशास्त्री एनिबल डी गेस्परिसले पत्ता लगाएका हुन् । यस छुद्र ग्रहमा प्रशस्त मात्रामा सुन रहेको अनुमान गरिएको ।)
१३. विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?
संयुक्त अरब इमिरेट्स (यूएई)
१४. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?
सन् २०१८ जनवरी २६
– साइबर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको ।
– यो संस्थाको मुख्यालय स्विजरल्यान्डको जेनेभामा रहेको ।
१५. विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?
चीन
– यो बञ्जी जम्प सन् २०२० को उत्तराद्र्धमा सञ्चालनमा आएको ।
– चीनको हुनान प्रान्तस्थित दुई पहाडका टाकुराबीचको काँचको पिँधयुक्त ४३० मिटर लामो पुलमा सो बञ्जी जम्प निर्माण गरिएको छ । झाङ्गजियाजिय ग्राउन्ड क्यान्योन ग्लास ब्रिजमा आउने आगन्तुकहरूले आङ नै सिरिङ्ग हुने गरी २६० मिटर उचाइबाट बञ्जी जम्पिङ गरेर मनोरञ्जन लिन सक्ने ।
१६. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
प्रकाश विच्छेदन
१७. भित्री ग्रह (क्ष्ललभच उबिलभतक) अर्थात् सूर्यको नजिकका ग्रह भनेर कुन–कुन ग्रहलाई चिनिन्छ ?
बुध, शुक्र, पृथ्वी, मङ्गल
– (वृहस्पति, शनि, अरुण र वरुणलाई बाहिरी ग्रह (इगतभच एबिलभतक) अर्थात् सूर्यबाट टाढा रहेका ग्रह भनेर चिनिन्छ ।)
१८. प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने उद्देश्यका साथ ‘हिमालदेखि तराईसम्म प्लास्टिकरहित समाज निर्माण अभियान’ रारा तालबाट कहिले सुरुवात भएको हो ?
वि.सं. २०७५ मङ्सिर २६
१९. सन् २०३० सम्म नेपालमा कुपोषणको दरलाई कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
१४ प्रतिशत (सन् २०२५ सम्म २४ प्रतिशत)
२०. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?
न्युजिल्यान्ड
२१. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
शुक्र
२२. बीबीसी नेपाली सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९६९ को जुन ७
– पहिले साप्ताहिक, त्यसपछि हप्तामा तीन दिन, पाँच दिन हुँदै हाल दैनिक रूपमा देशभरका दर्जनौँ एफएम फ्रिक्वेन्सीहरूमा देश–विदेशका समाचार, विचार एवं विश्लेषणका साथ प्रस्तुत हुने गर्दछ ।
– वस्तुपरक समाचारका साथसाथै तिनको पृष्ठभूमि र त्यसबारे गहन विश्लेषणहरू प्रस्तुत गर्दै आएको बीबीसी नेपाली सेवा नेपाल तथा विश्वभरिका नेपाली भाषी श्रोतामाझ लोकप्रिय रहिआएको छ ।
२३. ऋजचयलययिनथ भन्नाले कालक्रमसम्बन्धी अध्ययन गर्ने विज्ञानलाई बुझिन्छ भने ऋयकmययिनथ भन्नाले के बुझिन्छ ?
ब्राण्डको उत्पत्तिसम्बन्धी अध्ययन गर्ने विज्ञान
२४. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)
२५. २६. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्दछ ?
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय