१. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
विक्रम संवत् २०७७ साउन २ ।
– कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।
– आव २०७७÷७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायतका व्यवसायको सञ्चालन एवम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशीलता विकासको अवसर दिन बैङ्क तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने मौद्रिक नीतिमा उल्लेख ।
– २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिटलगायतका अल्पकालीन प्रकृतिका चालु पुँजी कर्जालाई बैङ्क तथा वित्तीय संस्थाले ऋणीको अवस्था विश्लेषण गरी २०७७ पुस मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने ।
– नयाँ लघुवित्त वित्तीय संस्थाको इजाजत दिने कार्य स्थगन गरिएको ।
– प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेशबाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय बिक्री, बन्द वा स्थानान्तरण गरी आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्नुपर्ने समयसीमा २०७७ असार मसान्तबाट बढाई २०७८ असार मसान्त कायम गरिएको ।
– लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिने ।
– बैङ्क तथा वित्तीय संस्थाको पुँजीको आधार दरिलो बनाई जोखिम वहन क्षमता सुदृढ तुल्याउन वाणिज्य बैङ्क आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई थप प्रोत्साहित गरिने ।
– कृषि उत्पादनमा आत्मनिर्भर बनाउन वाणिज्य बैङ्कले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।
– २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने ।
– वाणिज्य बैङ्कले २०८१ असार मसान्तसम्म लघु, सान एवम् मझौला उद्यमका क्षेत्रमा १ करोडभन्दा कम रकमका कर्जा आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुनेगरी प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको ।
– भुक्तानी सेवाप्रदायकका रूपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तीमा ३ लाख ग्राहक नपु¥याएमा र मासिक औसत कारोबार सङ्ख्या कम्तीमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने ।
– मुद्रास्फीति औसत ७ प्रतिशतभित्र सीमित हुनेगरी मौद्रिक व्यवस्थापन गरिने भएको ।
२. चौँरी प्रजनन तथा स्रोत केन्द्रको स्थापना कहाँ गरिएको छ ?
भीमेश्वर नपा–१, दोलखा ।
– वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड रुपियाँको लागतमा चौँरी प्रजनन तथा स्रोत केन्द्र स्थापना गरिएको ।
– उन्नत जातका चौँरीका बाच्छाबाच्छी उत्पादन गर्ने तथा भविष्यमा याकको वीर्य सङ्कलन गरी कृत्रिम गर्भाधानसमेत गर्ने उद्देश्यसाथ स्रोत केन्द्र स्थापना गरिएको ।
३. “हामी आफ्नो लोभ र मूर्खताका कारण स्वयम्लाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ” भन्ने भनाइ कसको हो ?
स्टेफन हकिङ ।
४. २०७७ सालको डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
राष्ट्रिय आविष्कार केन्द्र ।
– (त्यस्तै, नमुना सामुदायिक पुस्तकालय स्थापनामार्फत गरेको योगदानको कदर गर्दै रिड नेपालका संस्थापक डा. एन्टोनिया न्युबरलाई डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको ।)
५. नेपालमा हाल लागू राष्ट्रिय खनिज नीति कुन हो ?
राष्ट्रिय खनिज नीति–२०७४ ।
६. स्वीस व्यावसायिक विद्यालय इन्स्टिच्युट फर म्यानेजमेन्ट डेभलपमेन्ट (आईएमडी) ले सन् २०२० जुलाईमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी प्रतिस्पर्धात्मक वरियतामा प्रथम पाँच स्थानमा रहन सफल राष्ट्र कुन–कुन हुन् ?
क्रमशः सिङ्गापुर, डेनमार्क, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र हङकङ ।
– सर्वेक्षणअनुसार सिङ्गापुरको अर्थतन्त्र लगातार दास्रो वर्ष पनि सबैभन्दा प्रतिस्पर्धात्मक बनेको ।
– दुई देशबीचको व्यापार युद्धका कारण अमेरिका र चीनको प्रतिस्पर्धात्मक क्षमतामा कमी आएको । यस वर्ष अमेरिका सात स्थान तल झरेर १०औँ स्थानमा र चीन ६ स्थान तल ओर्लिंदै २०औँ स्थानमा पुगेको । सन् २०१८ यता दुवै देश व्यापार युद्धमा मुछिएका ।
– बेलायत सूचीमा ४ स्थान माथि उक्लिँदै १९औँ स्थानमा पुगेको । त्यस्तै, जापान ४ स्थान तल झरेर ३४औँ स्थानमा आउँदा भारत ४३औँ स्थानमा यथावत् रहेको ।
७. २०७७ असार ५ को लगानी बोर्ड बैठकले स्वीकृत गरेको पाँच जलविद्युत् परियोजना कुन–कुन हुन् ?
माथिल्लो मस्र्याङ्दी–२ (३२७ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मेवा), इसुवाखोला (९७.२ मेवा), म्याग्दीखोला (५७.३ मेवा) र आँखुखोला जलविद्युत् आयोजना (४२.९ मेवा) ।
– बोर्ड बैठकले पाँचवटा जलविद्युत् र दुईवटा सिमेन्टसम्बन्धी परियोजनाको लगानी स्वीकृत गरेको ।
– स्वीकृत परियोजना र लगानी
माथिल्लो मस्याङ्दी–२ ७८ अर्ब ६५ करोड
कालीगण्डकी गर्ज २८ अर्ब ६ करोड
इसुवाखोला १३ अर्ब ५७ करोड
म्याग्दीखोला १० अर्ब ३१ करोड
आँखुखोला ६ अर्ब ३० करोड
दाङ सिमेन्ट इन्डस्ट्रिज ३२ अर्ब ५० करोड
सम्राट सिमेन्ट इन्डस्ट्रिज १५ अर्ब ५ करोड
– बोर्डले स्वीकृत गरेका पाँचवटा जलविद्युत् आयोजनाको उत्पादन क्षमता ६८८.४ मेगावाट रहेको ।
८. बेरुजु फछ्र्यौटमा सर्वोत्कृष्ट भई पुरस्कृत हुने स्थानीय तह कुन हो ?
थाहा नपा (मकवानपुर) ।
(आव २०७५÷७६ को लेखा परीक्षणबाट २.५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको ।)
९. नेपालकै पहिलो फलाम उद्योग “धौवादी फलाम खानी लिमिटेड” को स्थापना कहिले भएको हो ?
विसं २०७६ पुस १६ गते ।
– गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा सो कम्पनी स्थापना गरिएको ।
– मन्त्रिपरिषद्बाट २०७६ भदौ ८ मा निर्णय भएअनुरूप धौवादी फलामखानी स्थापना गरिएको ।
– खानी तथा भूगर्भ विभागद्वारा आव २०६६÷६७ मा उक्त फलामखानी पत्ता लगाइएको ।
१०. नेपालमा भौगर्भिक अध्ययन एवम् खानी अन्वेषणका लागि सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले गरियो ?
विसं १९८६ ।
– नहर तथा जियोलोजी अड्डा विसं १९९९ मा खानी अड्डामा रूपान्तरण भएको ।
– खानी अड्डालाई विसं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको ।
– सो विभागलाई विसं २०३३ मा खानी तथा भूगर्भ विभाग नामकरण गरिएको ।
११. संसद्मा राष्ट्रिय मान्यता प्राप्त दल कति रहेका छन् ?
३ (नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी) ।
(निर्वाचन आयोगबाट २०७७ असार २४ गते राजनीतिक दलसम्बन्धी ऐन २०७६ को दफा १० को उपदफा (४) बमोजिम राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टी एक आपसमा एकीकरण भई जनता समाजवादी पार्टी नेपाल दल दर्ता भएको ।)
१२. राष्ट्रिय बाघ गणना–२०१८ अनुसार नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?
२३५ ।
– विसं २०७५ असोज ७ मा सो गणनाको नतिजा सार्वजनिक गरिएको । बाघ गणना सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म सञ्चालन गरिएको ।
– सो गणनाअनुसार विभिन्न निकुञ्जमा रहेका बाघको सङ्ख्या ः
– चितवन रा.नि.–९३
– बर्दिया रा.नि. –८७
– बाँके रा.नि. – २१
– पर्सा रा.नि. – १८
– शुक्लाफाँटा रा.नि.– १८
१३. ५२ कुटी ७२ कुण्ड भनेर जनकपुर क्षेत्रलाई चिनिन्छ भने ५२ पोखरी ५३ ताल भनी कुनलाई चिनिन्छ ?
रुकुम ।
१४. हाल विश्वमा अतिकम विकसित राष्ट्रहरूको सङ्ख्या कति रहेको छ ?
४७ ।
१५. नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो ?
सन् १९९४ ।
१६. नेपालमा राष्ट्रिय महिला आयोगको गठन कहिले भएको हो ?
विसं २०५८ फागुन २३ ।
१७. वेदव्यासको जन्मस्थल एवम् तपोभूमि दमौली (तनहुँ) हो भने पाणिनि ऋषिको जन्मस्थल कहाँ हो ?
पणेना (अर्घाखाँची) ।
१८. नेपालमा पहिलोपटक जेनेटिक ल्याब अर्थात् वंशाणुगत प्रयोगशाला कुन अस्पतालमा सञ्चालनमा ल्याइएको हो ?
वीर अस्पताल (२०७३ साउन १३) ।
– विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको लगानीमा सो ल्याब सञ्चालनमा ल्याइएको ।
– जेनेटिक ल्याब सूक्ष्म तवरले क्रोेमोजोमको अध्ययन गर्ने प्रयोगशाला हो ।
१९. विश्वको पहिलो महिला राष्ट्रपति को हुन् ?
इसाबेल पेरोन, अर्जेन्टिना ।
२०. नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलो राष्ट्रिय गजल महोत्सव कहिले आयोजना गरियो ?
विसं २०७६ माघ १५–१६ ।
(पहिलोपटक आयोजित राष्ट्रियस्तरको गजल महोत्सवले पाँचबुँदे घोषणापत्र जारी गरेको ।)
२१. रामसार सूचीमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो ?
कोसी टप्पु (सन् १९८७) ।
– अन्तर्राष्ट्रिय महŒव बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न रामसार सहरमा भएको महासन्धिलाई रामसार महासन्धिको नाम दिइएको ।
– महासन्धि सन् १९७१ मा भएको ।
– कोसी टप्पुलाई रामसारमा सूचीकृत गर्ने सफलतासँगै नेपाल सो महासन्धिको पक्षराष्ट्र बनेको ।
– सन् २०१६ मा पोखरा उपत्यकाका विभिन्न ताल क्लस्टरलाई रामसार सूचीमा सूचीकृत गरिएसँगै नेपालका १० सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृृत भएका ।
२२. नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपालीपोर्ट’ को शुभारम्भ कहिले गरिएको हो ?
विसं २०७६ माघ १३ ।
(त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स ‘नेपालीपोर्ट’ सूचना तथा सुरक्षा प्रणालीबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने विश्वास गरिएको ।)
२३. नेपालमा पहिलोपटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने वाणिज्य बैङ्क कुन हो ?
नबिल बैङ्क ।
(बैङ्कले २०७४ भदौ २३ मा यो सेवाको सुरुवात गरेको ।)
२४. सेता रक्तकोष आवश्यकभन्दा बढी भएमा कुन रोग लाग्दछ ?
ल्युकेमिया ।
२५. ‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?
लैनसिंह बाङ्देल ।
२६. विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?
सन् २०१७–२०२१ ।
२७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर ।
२८. ‘जैविक विविधता शैक्षिक उद्यान’को स्थापना कहाँ गरिएको छ ?
ललितपुर (विसं २०७३ असोज ३) ।
२९. कछुवा संरक्षण केन्द्र कहाँ रहेको छ ?
झापाको सुखानी सिमसार क्षेत्र ।
३०. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम कहाँ स्थापना हुने भएको छ ?
पाँचखाल ।
(पाँचखाल नगरपालिका वडा नं. ७ मा प्रथम हरित महिला उद्यमी औद्योगिक ग्राम स्थापना गरिने भएको ।)
१. विश्व बैङ्कद्वारा २०७७ साउन ८ मा जारी ‘नेपाल डेभलपमेन्ट अपडेट’ अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा नेपालको आर्थिक वृद्धिदर कति रहेको उल्लेख छ ?
१.८ प्रतिशत ।
– तीन वर्षमा निरन्तर ६.५ प्रतिशत माथिको वृद्धिदर रहेकोमा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी गरिएको बन्दाबन्दीका कारण गत आवमा वृद्धिदर प्रभावित भएको विश्व बैङ्कले जनाएको ।
– बैङ्कले चालु आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने प्रक्षेपण गरेको ।
२. चीनले मङ्गल ग्रहको अध्ययनका लागि तियानवेन–१ अन्तरीक्ष यान कहिले प्रक्षेपण गरेको हो ?
सन् २०२० जुलाई २३ ।
– सो यानलाई हेनान प्रान्तस्थित अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट लङमार्च ५ मार्फत प्रक्षेपण गरिएको ।
– पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि सन् २०२१ फेब्रुअरीमा पृथ्वीमा फर्कने जनाइएको ।
– यस मिसनमा एउटा मार्स अर्विटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको ।
– यी उपकरणको मद्दतबाट मङ्गल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकले बताएका ।
३. आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागू गरेको छ ?
काठमाडौँ उपत्यका ।
– पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आव २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको ।
– हाललाई विपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदामात्र यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको ।
– बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागू गरिने ।
४. ३२औँ ओलम्पिक खेल कहिले र कहाँ आयोजना गरिने भएको छ ?
सन् २०२१ जुलाई २३–अगस्ट ८, जापान ।
५. भन्सार विभागद्वारा २०७७ साउन ११ मा सार्वजनिक आव २०७६÷७७ को व्यापार तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा कति रहेको छ ?
रु. ११ खर्ब ६४ करोड ।
– विभागका अनुसार आव २०७५÷७६ मा १३ खर्ब २१ अर्ब रुपियाँ रहेको नेपालको व्यापार घाटा कोरोनाका कारण आयात निर्यात प्रभावित हुन पुग्दा आव २०७६÷७७ मा ११ खर्ब ६४ करोड कायम भएको ।
– समग्र आयात १५.६३ प्रतिशतले घटेर समीक्षा अवधिमा ११ खर्ब ९६ अर्ब रुपियाँ पुगेको । अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपियाँको वस्तु आयात गरेको थियो ।
– नेपालले आव २०७६÷७७ मा ९६ अर्ब १५ करोड रुपियाँको वस्तु निर्यात गरेको, जुन अघिल्लो आबको तुलनामा ०.९८ प्रतिशतले कम रहेको ।
– नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको । नेपालले मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधित गरेर भारतमा बिक्री गर्दै आएको ।
– विभागको तथ्याङ्कअनुसार नेपालको समग्र अन्तर्राष्ट्रिय व्यापारमा १४.६९ प्रतिशतको ह्रास आएको ।
प्रमुख पाँच व्यापार साझेदार
– भारत, चीन, इन्डोनेसिया, अमेरिका, युएई
प्रमुख पाँच आयातित वस्तु
– डिजेल, अप्रशोधित फलाम तथा स्टिल, पेट्रोल, एलपी ग्यास, चामल
प्रमुख पाँच निर्यातित वस्तु
– पाम तेल, भटमासको तेल, गलैँचा, ऊनी कपडा, जुट
६. सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) कहिलेदेखि अन्त्य गरिएको हो ?
विक्रम संवत् २०७७ साउन ७ (विसं २०७६ चैत ११ देखि जारी) ।
– २०७६ चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लोपटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो ।
– सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् राखिएको ।
– चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँँगै सर्वसाधारणलाई राहत महसुस भएको ।
– विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाका कारण हरेक क्षेत्र असहज बन्न पुगेको ।
– सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गरिएको ।
७. उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको गठन कहिले गरिएको हो ?
विसं २०७६ फागुन १७ ।
८. संयुक्त राष्ट्रसङ्घको आह्वानमा विभिन्न मुलुकमा शान्ति सेना पठाउने राष्ट्रहरूमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
चौथो (विसं २०७६ फागुन २३ देखि, यसभन्दा अघि नेपाल पाँचौँ स्थानमा रहेको ।)
९. कोरोना भाइरसबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले स्वीट्जरल्यान्डको जेनेभामा स्वास्थ्य विशेषज्ञ वैज्ञानिकहरूको सम्मेलन कहिले गरेको हो ?
सन् २०२० फेब्रुअरी १२ ।
(सम्मेलनले कोरोना भाइरस महामारीको औपचारिक नाम कोभिड–१९ तय गरेको ।)
१०. कोभिड–१९ महामारीविरुद्ध लड्नका लागि सार्क आपतकालीन कोषको घोषणा कहिले गरिएको हो ?
सन् २०२० मार्च १५ ।
११. लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गर्न नेपाल प्रहरीद्वारा प्रयोगमा ल्याइएको उपकरण ‘एमएआरडी’को पूरा रूप के हो ?
मल्टी फङ्सनल अरेस्ट एन्ड रेस्क्यु डिभाइस ।
१२. चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण नेपालमा पहिलोपटक कहिले देखिएको हो ?
विसं २०७६ माघ १० ।
१३. ‘विपत्तिले मानव बनाउँछ भने सम्पत्तिले दानव’ भन्ने विद्वान् को हुन् ?
भिक्टर ह्युगो ।
१४. नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड एक–आपसमा मर्ज भई ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’को स्थापना कहिले भएको हो ?
विसं २०७६ साउन २८ ।
१५. नेपालमा पहिलोपटक ऐतिहासिक संविधानसभाको निर्वाचन कहिले भएको हो ?
विसं २०६४ चैत २८ ।
१६. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?
आव २०७६÷७७ ।
१७. बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
नेपाल (सन् २०२० मार्च) ।
१८. सन् २०२० फेब्रुअरी २ मा मनाइएको विश्व सिमसार दिवसको नारा के हो ?
सिमसार र जैविक विविधता ।
१९. आप्रवासी कामदारको मानवअधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँमा कहिले गरियो ?
विसं २०७६ कात्तिक २६–२८ ।
२०. नेपाल राष्ट्र बैङ्कले व्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ?
विसं २०७४ कात्तिक २९ ।
२१. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
गोपालप्रसाद रिमाल ।
२२. नारायणहिटी दरबार सङ्ग्रहालयमा श्रीपेचको अवलोकन सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
विसं २०७५ कात्तिक ४ ।
(विसं २०७५ असोज २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेसँगै नयाँ व्यवस्थाअन्तर्गत कात्तिक ४ गतेबाट श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुला गरिएको ।)
२३. सत्यनिरूपण तथा मेलमिलाप आयोगको स्थापना कहिले गरिएको हो ?
विसं २०७१ माघ २६ ।
(बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको स्थापना पनि २०७१ माघ २६ मा नै भएको ।)
२४. सार्वजनिक खरिद नियमावली–२०६४ को नवौँ संशोधन कहिले भएको हो ?
विसं २०७६ पुस १४ ।
२५. नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?
विसं २०२२ ।
– नेपालमा प्रथम औद्योगिक गणना विसं २०२२ मा गरिएको ।
– औद्योगिक गणना प्रत्येक पाँच–पाँच वर्षमा गरिने ।
– २०७६ फागुन १५ देखि ११औँ औद्योगिक गणना सुरु भएको ।
२६. नेपालमा कहिलेसम्म दादुरा–रुबेला रोग उन्मूलन गर्ने सरकारी योजना रहेको छ ?
सन् २०२३ भित्र ।
२७. पेट्रोलियम अर्थात् खनिज तेलको मूल्यका सम्बन्धमा रूस र साउदी अरबबीच चलेको युद्धलाई के भनी चिनिन्छ ?
प्राइस वार ।
२८. वैदेशिक व्यापारमा भन्सार विभागद्वारा लागू गरिएको निकासी पैठारीका लागि पहिचान हुने नम्बरलाई के भनिन्छ ?
एक्जिम कोड ।
२९. स्वीट्जरल्यान्डको डाभोसस्थित वल्र्ड इकोनोमिक फोरमद्वारा प्रदान गरिएको योङ ग्लोबल लिडर्स अवार्ड–२०२० बाट सम्मानित नेपाली युवा को हुनुहुन्छ ?
प्रदीप परियार ।
३०. राष्ट्रपतिको कार्यकाल लम्ब्याउन सकिने प्रावधानसहित रूसको संसद्ले संविधान संशोधन प्रस्तावलाई कहिले स्वीकृति प्रदान गरेको हो ?
सन् २०२० मार्च ११ ।
– संशोधित प्रावधानअनुसार राष्ट्रपति भ्लादमिर पुटिनको कार्यकाल अरू १२ वर्ष थपिन सक्ने भएको ।
– राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुँदै छ । नयाँ प्रस्तावअनुरूप सन् २०२४ पश्चात् अरू १२ वर्ष राष्ट्रपति हुन पाउने
बाटो खुलेको ।
– दुईपटक चारवर्षे कार्यकाल राष्ट्रपति भएपछि सन् २००८ मा प्रधानमन्त्री बनेको र राष्ट्रपतिमा उहाँकै विश्वासपात्र दिमित्री मेद्भेदेव छनोट भएका । तत्कालीन राष्ट्रपति मेद्भेदेवको कार्यकालमा राष्ट्रपतिको कार्यकाल ६ वर्ष बनाइएको । सन् २०१२ मा पुटिन पुनः राष्ट्रपति चयन भएका र सन् २०१८ मा उनी फेरि ६ वर्षका लागि राष्ट्रपति बनेका ।
– रूसको तल्लो सदन डुमाले गरेको संशोधन प्रस्तावले सरकारको कार्यकारी शक्ति अरू मजबुत गर्ने तथा राष्ट्रपतिको अधिकार क्षेत्र थप व्यापक बन्ने भएको ।
१. बाग्मती प्रदेश सरकारद्वारा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा कसलाई नियुक्त गरियो ?
प्रा.डा. विश्वराज जोशी
– वाग्मती प्रदेशको २०७७ साउन १४ को मन्त्रिपरिषद् बैठकले जोशीलाई चार वर्षका लागि प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको ।
– २०७६ जेठमा प्रदेशसभाले प्रतिष्ठान सञ्चालनसम्बन्धी विधेयक पारित गरेसँगै प्रतिष्ठान स्थापनाको बाटो खुलेको थियो ।
२. स्टेफेन टाटाव कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?
फुटबल
(सन् १९९० मा भएको फिफा विश्वकपमा क्यामरुनलाई क्वार्टर फाइनलसम्म पु¥याएका टोलीका पूर्वकप्तान टाटावको ५७ वर्षको उमेरमा सन् २०२० अगस्टमा निधन भएको । सो विश्वकपमा टाटावको कप्तानीमा क्यामरुनले शानदार खेल प्रस्तुत गरेको । अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएर सो विश्वकपमा क्यामरुनले सनसनी मच्चाएको थियो ।)
३. आर्थिक वर्ष २०७६÷०७७ सम्म प्रत्येक नेपालीको भागमा सरकारी ऋण कति पुगेको छ ?
रु. ४२ हजार छ सय
– नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको । सरकारको २०७७ असार मसान्तसम्ममा आन्तरिक ऋण छ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण छ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको ।
– तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड ३८ हजार पुगेको छ । कुल ऋणलाई जनसङ्ख्यासँग तुलना गर्दा प्रत्येक नेपालीको भागमा ४२ हजार छ सय रुपैयाँ सरकारी ऋण पुगेको छ । यसखालको ऋणमा सरकारद्वारा हरेक वर्ष बजेटमै व्यवस्था गरेर ऋणको साँवा–व्याज भुक्तानी गर्ने गरिन्छ ।
प्रत्येक नेपालीको भागमा सरकारी ऋण
पछिल्लो पाँच आवमा जीडीपी आकार तथा कुल ऋण
४. राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार कक्षा ११ मा लिइने परीक्षालाई के नामकरण गरिएको छ ?
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई)
– कार्यविधिअनुसार विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख ।
– अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।
५. इन्डोनेसियाको हालको राजधानी परिवर्तन गरी कहाँ सार्ने निर्णय भएको छ ?
बोर्नियो
(सन् २०१९ अगस्ट १८ मा राजधानी सार्ने प्रस्ताव गरिएको र सन् २०१९ अगस्ट २७ मा प्रस्तावउपर निर्णय भएको ।)
६. मन्त्रिपरिषद्को २०७७ साउन १९ को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ?
सुशील भट्ट
७. हाल नेपालमा पिछडिएको क्षेत्रमा सूचीकृत स्थानीय तह कति रहेका छन् ?
५७
८. ललितपुर महानगरपालिकामा साइकल लेनको शुभारम्भ कहिले गरिएको हो ?
विक्रम संवत् २०७६ मङ्सिर १५
९. अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
सन् २०१८ जुन १९
१०. कान्तिपुर टेलिभिजनबाट प्रसारित रियालिटी शो कमेडी च्याम्पियनको पहिलो संस्करणको उपाधि जित्ने प्रतिभा को हुन् ?
धादिङका हिमेश पन्त
११. नेपालमा निर्वाचन दिवस कहिले मनाइन्छ ?
फागुन ७
– विसं २०७६ फागुन ७ गते चौथो निर्वाचन दिवस मनाइएको ।
– विसं २०१५ मा पहिलो बहुदलीय संसदीय निर्वाचन सुरु भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको ।
१२. संयुक्त राष्ट्रसङ्घद्वारा शरणार्थी र आप्रवासीसम्बन्धी पहिलो सम्मेलन कहिले आयोजना गरियो ?
सन् २०१६ सेप्टेम्बर
१३. राष्ट्रिय योजना आयोग र युनिसेफद्वारा संयुक्त रूपमा गरिएको अध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अर्थात् १४ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्याको हिस्सा कति रहेको छ ?
६२.६८ प्रतिशत
१५. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सबै मन्त्रीहरूसँग पहिलोपटक कार्यसम्पादन सम्झौता कहिले गरिएको हो ?
विसं २०७६ साउन १५
– सम्झौताको आधार वार्षिक बजेट र सरकारको नीति तथा कार्यक्रम रहेको ।
– करारअनुसार काम भए नभएको अनुगमन प्रधानमन्त्री कार्यलयले गर्ने ।
१६. इन्डो–प्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?
अमेरिका
(विश्व अर्थराजनीतिमा चीनको उदय भएसँगै एसियाली अर्थ राजनीतिमा अमेरिकी प्रभुत्व कायम गर्ने उद्देश्यसाथ अमेरिकाद्वारा अवलम्बन गरिएको वैदेशिक नीति ।)
१७. समलिङ्गी यौन सम्बन्ध राख्नेलाई ढुङ्गाले हिर्काएर मार्न सकिने कडा व्यवस्थासहितको नयाँ इस्लामिक (सरिया) कानुन लागू गर्ने राष्ट्र कुन हो ?
ब्रुनाई, सन् २०१९ अप्रिल ३
१८. चर्चित अनलाइन गेम ‘पब्जी’ का डिजाइनर को हुन् ?
ब्रेन्डन ग्रिन
– यो खेल सन् २०१७ मार्चदेखि सुरु भएको । पीयुबीजी (पब्जी) को पूरा रूप ‘प्लेयर अननोन्स् ब्याटल ग्राउन्ड’ हो ।
१९. संयुक्त राष्ट्रसङ्घीय वातारणसम्बन्धी ‘पृथ्वी’ पुरस्कार प्राप्त गर्ने नेपाली प्रतिभा को हुन् ?
सोनिका मानन्धर
(सन् २०१९ सेप्टेम्बर २६ मा न्युयोर्कमा आयोजित ‘पृथ्वी समारोह’को अवसरमा प्रदान गरिएको ।)
२०. प्रथम एसियाली सभ्यता संवाद सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?
सन् २०१९ मे, बेइजिङ (चीन)
२१. कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?
राजधनेश
– संरक्षित पक्षीको सूचीमा रहेको यो चराको सङ्ख्या नेपालभर १५० जति रहेको अनुमान ।
– गुँड निर्माण तथा ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला, बूढा रूखको टोड्कामा गुँड बनाउँछ ।
– अण्डा पारेपछि पोथीलाई भाले राजधनेशले बच्चा नहुर्कुञ्जेलसम्म टोड्कोभित्र रहेको गुँडमा नै थुनेर राख्छ । ओथारो अवधिभर पोथीलाई र बच्चा निस्केपछि बच्चालाई समेत भालेले नियमित रूपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।
२२. ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्यको सिद्धान्तमा आधारित हुनेछ’ भनी संविधानको कुन धारामा उल्लेख छ ?
धारा २३२
२३. प्रस्तावित चराङ विमानस्थल कहाँ पर्दछ ?
मुस्ताङ
२४. विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा निकटमा अवस्थित राष्ट्रिय निकुञ्ज कुन हो ?
शिवपुरी राष्ट्रिय निकुञ्ज
२५. ‘एक नर्स, एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
बाग्मती प्रदेश
२६. विश्व टे«ड युनियनको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन–२०१९ कहाँ सम्पन्न भएको हो ?
नेपाल (सन् २०१९ सेप्टेम्वर २४–२५)
– विश्व ट्रेड युनियन महासङ्घ, समन्वय समिति नेपालद्वारा आयोजित सो सम्मेलनमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मलेसिया, दक्षिण कोरिया, भियतनाम, लाओस, कम्बोडिया, इन्डोनेसिया, इरान, काजिकिस्तानलगायत १४ वटा मुलुकका २८ वटा ट्रेड युनियनका तीन दर्जनभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको । हरेक वर्ष आयोजना हुने यो सम्मेलन नेपालमा यसअघि सन् २००७ मा आयोजना गरिएको थियो ।
– ‘श्रमिकहरूको आधारभूत आवश्यकता र सामाजिक सुरक्षा सुनिश्चित गर, उत्पादन रोजगारको क्षेत्रमा लगानी गर’ भन्ने मूल नारासहित आयोजित सो सम्मेलनले नौबुँदे घोषणापत्र जारी गरेको ।
– सम्मेलनले अक्टोबर ३ लाई एसियाव्यापी ‘एक्सन डे’का रूपमा मनाउने र विश्वव्यापी रूपमा नै श्रमिक परिचालन अभियान सञ्चालन गर्ने तथा नोभेम्बर ७ का दिन श्रमिकलाई शिक्षा, स्वास्थ्य, आवासलगायत सामाजिक सुरक्षाको प्रत्याभूति गर भन्ने अभियान विश्वव्यापी रूपमा नै सञ्चालन गर्ने निर्णय गरेको ।
२७. सार्क साँस्कृतिक सम्पदा वर्ष २०१६÷१७ का लागि साँस्कृतिक राजधानीका लागि छनोट गरिएको सहर कुन हो ?
महास्थानगढ (बङ्गलादेश)
२८. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?
सतार
(विषखेला पर्व चौर वा खेलमैदानवरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आफूतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आफूतिर तानेर विष झार्न सक्छ त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ ।
– सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेषगरी झापा जिल्लामा प्रचलनमा रहेको छ ।)
२९. साउदी अरकले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?
सन् २०१९ सेप्टेम्बर २७
(तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अबदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोका रूपमा विकास गर्न लागिएको बताइएको छ । घुम्नका लागि विदेशी नागरिकलाई खुला गरिए पनि केही सर्त भने कडा बनाइएको छ । विशेषगरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरूले जनाएका छन् । विश्व पर्यटन दिवसकै दिन आएको साउदी अरबको यो घोषणाले विश्वको पर्यटन क्षेत्रको दायरा थप फराकिलो भएको महसुस गरिएको छ ।)
३०. नेपालमा ‘ऊर्जा तथा जलस्रोत दशक’ भनी कुन अवधिलाई घोषणा गरिएको छ ?
विसं २०७५–२०८५
१. लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको गोदामघरमा शक्तिशाली विस्फोट कहिले भयो ?
सन् २०२० अगस्ट ४ ।
– शक्तिशाली विस्फोटमा परी १३५ भन्दा बढीको ज्यान जानुका साथै चार हजारभन्दा बढी घाइते भएका ।
– सो गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो ।
२. सबैभन्दा बढी उमेर (९९ वर्ष) मा विमान उडाएर गिनिज वल्र्ड रेकर्ड कायम गर्ने महिला को हुनुहुन्छ ?
रोबिना आस्टी (अमेरिका) ।
– उहाँले विमान उडाएर र आकाशमै उडान निर्देशन दिएर दुईवटा गिनिज वल्र्ड रेकर्ड कायम गर्नुभएको ।
– यसअघि ९८ वर्षको उमेरमा विमान उडाएको कीर्तिमान थियो ।
३. फ्राइडे फर फ्युचर कार्यक्रमको अभियन्ता को हो ?
ग्रेटा थनवर्ग (स्वीडेन) ।
४. आर्थिक सर्वेक्षण २०७६÷७७ अनुसार नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको सङ्ख्या कति रहको छ ?
४३ ।
– आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेड गाभिई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्थापना भएको ।
– कृषि सामग्री कम्पनी लिमिटेडमा राष्ट्रिय बीउविजन कम्पनी लिमिटेड गाभिएको ।
– दी टिम्बर कर्पोरेसन अफ नेपाल र वन पैदावर विकास समिति गाभिई नेपाल वन निगम लिमिटेड स्थापना भएको ।
– त्यस्तै, धौवादी फलाम कम्पनी लिमिटेड र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड आव २०७६÷०७७ मा स्थापना भएका ।
– आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार २६ संस्थान नाफामा र १३ संस्थान नोक्सानीमा रहेका छन् भने बाँकी संस्थानको कारोबार शून्य रहेको ।
५. आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार हाल नेपालमा हुलाक बचत बैङ्कका कार्यालयहरू कति रहेका छन् ?
६५ ।
६. आर्थिक सर्वेक्षण २०७६÷०७७ अनुसार नेपालमा नवीकरणीय ऊर्जा स्रोतबाट प्राप्त विद्युत् पहँुच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?
१० प्रतिशत ।
७. विश्वमा समलिङ्गी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने पहिलो राष्ट्र नेदरल्यान्ड हो भने पहिलो एसियाली राष्ट्र कुन हो ?
ताइवान ।
८. संयुक्त राष्ट्रसङ्घद्वारा प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस कहिले मनाउने गरिन्छ ?
जुन २३ ।
९. अन्तर्राष्ट्रिय अणु शक्ति आयोगको प्रधान कार्यालय कहाँ छ ?
भियना (अस्ट्रिया) ।
१०. ग्लोबल–५०० पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हो ?
डा. कृष्णकुमार पाण्डे ।
११. विसं २०७५ भदौ १ बाट लागू भएको देवानीसंहितामा कति भाग रहेका छन् ?
६ भाग ।
१२. मदन पुरस्कार २०७६ का लागि मदन पुरस्कार गुठीद्वारा छनोट गरिएका पुस्तक के–के हुन् ?
जोकरको बन्दुक (विमल निभा), धर्सैधर्साको चक्रव्यूह (तीर्थ श्रेष्ठ), परित्यक्ता (भुवन ढुङ्गाना), महारसनिघण्टु (खण्ड १–३) (योगी धर्ममहारस), महारानी (चन्द्रप्रकाश बानियाँ), मोहपथ (ललित विष्ट) र यात्रामा (शारदा शर्मा) ।
१३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने प्रथम सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स, (नेपालद्वारा सन् २०१६ अक्टोबर २४ मा अनुमोदन) ।
१४. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरियो ?
विसं २०७६ असार १८, ठमेल (काठमाडौँ)
१५. हाल नेपालमा सङ्घ, प्रदेश र स्थानीय तह गरी कतिवटा सरकार रहेका छन् ?
७६१ (सङ्घ–१, प्रदेश–७ र स्थानीय तह–७५३)
१६. विसं २०७३ असोज १० मा नेपालको पहिलो योग जिल्ला भनी कसलाई घोषणा गरियो ?
भक्तपुर ।
(यहाँ ५० देखि ६० प्रतिशत जनता कुनै न कुनै रूपमा योगमा आबद्ध भएको आँकलन गरिएको ।)
१७. नेपाल सरकारद्वारा आयात–निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल
कुन हो ?
नेपाल टे«ड ।
१८. सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकको रक्षार्थ सञ्चालित स्वयम्सेवी सङ्गठनलाई के भनी चिनिन्छ ?
ह्वाइट हेल्मेट्स ।
१९. नेपालले पर्यटन दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?
सन् २०२०÷२०३० ।
२०. फोब्र्स म्यागजिनद्वारा सार्वजनिक सर्वाधिक मूल्यवान स्पोटर््स टिमको सूचीमा पहिलो स्थानमा पर्न सफल खेलकुद क्लब कुन हो ?
अमेरिकाको रग्वी क्लब ‘डलास काउब्वाएज’ ।
२१. भिक्टोरिया ताल अफ्रिकामा पर्छ भने भिक्टोरिया नदी कहाँ पर्छ ?
अस्टे«लिया ।
२२. राष्ट्रिय सतर्कता केन्द्र कुन मन्त्रालयअन्तर्गत पर्छ ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।
(प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल ट्रस्टको कार्यालय, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग रहेका ।)
२३. ‘डीएफआईडी’ को पूरा रूप के हो ?
डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट ।
– बेलायती अन्तर्राष्ट्रिय सहयोगदाता संस्थाका रूपमा रहेको यसलाई पहिले युके एड भनिन्थ्यो ।
– बेलायतबाट प्रदान गरिने सहयोग फरेन एन्ड कमन वेल्थ अफिसबाट हुँदै आएकोमा सन् १९९७ देखि डीएफआईडी गठन गरी सोसम्बन्धी कार्य यसमार्फत गर्न थालिएको ।
– नेपालमा डीएफआईडीको कार्यालयको स्थापना सन् १९९९ अप्रिलमा भएको ।
२४. नेपालमा विज्ञान दिवस कहिलेदेखि मनाउन थालिएको हो ?
विसं २०७० (असोज १) ।
– विसं २०६९ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले असोज १ गतेका दिनलाई विज्ञान दिवसका रूपमा मनाउने निर्णय गरेको ।
– विसं २०७६ असोज १ मा सातौँ विज्ञान दिवस मनाइएको ।
– सातौँ विज्ञान दिवसको नारा ‘विज्ञान प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रूपान्तरण’ रहेको ।
२५. विश्व वन्यजन्तु कोषको स्थापना कहिले भएको हो ?
सन् १९६१ अप्रिल २९ ।
– कोषको आदर्श वाक्य फर अ लिभिङ प्लानेट रहेको ।
– वन्य जीवजन्तुको संरक्षण कार्यमा सक्रिय यस संस्थाको मुख्यालय स्वीट्जरल्यान्डको ग्यान्डमा रहेको ।
– यसको प्रतीक चिह्नमा दुर्लभ प्राणी रेडपान्डा रहेको ।
२६. नेपालमा ‘एल्लो लिभिङ गोल्ड’ भनेर चिनिने बहुमुल्य जडीबुटी कुन हो ?
यार्सागुम्बा ।
२७. विश्वको सबैभन्दा अग्लो मूर्ति कुन हो ?
स्ट्याचु अफ युनिटी ।
– भारतका लौहपुरुष एवम् स्वतन्त्र भारतका प्रथम उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलको सो मूर्तिको उचाइ १८२ मिटर (५९७ फिट) रहेको ।
– गुजरात राज्यमा रहेको सो मूर्तिको निर्माणकार्य सन् २०१३ मा सुरु गरी सन् २०१८ मा सम्पन्न भएको ।
– मूर्तिका डिजाइनर जोसेफ मेना रहनुभएको ।
२८. विश्व मौसम सङ्गठनका अनुसार सामान्यतया कति अवधिको औसत मौसमी अवस्थालाई जलवायु भनिन्छ ?
३० वर्ष ।
२९. नेपालका सरिसृप विशेषज्ञ भनी करणबहादुर शाहलाई चिनिन्छ भने गैँडा विशेषज्ञ भनी कसलाई चिनिन्छ ?
कमलजङ्ग कुँवर ।
३०. नेपालमा ऐतिहासिक जनमतसङ्ग्रह कहिले भएको थियो ?
विसं २०३७ वैशाख २० ।
– विसं २०३६ जेठ १० गते तत्कालीन राजा वीरेन्द्रबाट ‘बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत’ भन्ने विषयमा राष्ट्रिय जनमतसङ्ग्रह गरिने घोषणा भएको थियो ।
– विसं २०३७ वैशाख २० मा भएको जनमतसङ्ग्रहमा पञ्चायतको पक्षमा ५४.७९ प्रतिशत र बहुदलको पक्षमा ४५.२१ प्रतिशत मत प्राप्त भएको थियो ।