१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ?
मूल प्रमाणपत्र उपलब्ध नगराउने ।
– कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’ प्राप्त गर्नेलाई मूल प्रमाणपत्र उपलब्ध नगराई ग्रेडसिटमात्र उपलब्ध गराउन सिफारिस गरिएको ।
– विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत हासिल नगरेकालाई सो व्यवस्था गर्नका लागि सिफारिस गरिएको ।
– हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा सहभागी भएका सबैले ‘कम्प्लिटेड’ भनेर मूल प्रमाणपत्र पाउने गरेका छन् । हालको अभ्यासमा परीक्षामा विषयगत रूपमा ३० देखि ४० प्रतिशतसम्म प्राप्त भएमा त्यसलाई ‘डी’ प्लस र २० देखि ३० प्रतिशतसम्म प्राप्त गरेमा त्यसलाई ‘डी’ ग्रेडमा मूल्याङ्कन गर्ने गरिएको ।
२. सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा जङ्क फुड (पत्रुखाना) खुवाउन नपाइने व्यवस्था कहिले गरेको हो ?
विक्रम संवत् २०७७ फागुन ३ ।
– शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ सार्वजनिक (२०७७ फागुन ३) गर्दै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा जङ्क फुड खुवाउन
निषेध गरिएको ।
– स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरिएको ।
– सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयलाई प्रदान गरेको । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने । सरकारले कर्णालीमा प्रति विद्यार्थीलाई दैनिक २० रुपियाँ र अन्य क्षेत्रमा १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको ।
३. चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना कहिले सार्वजनिक गरेको हो ?
सन् २०१९ जुलाई २४ ।
– प्रतिरक्षा योजना सन् २०१२ यता पहिलोपटक सार्वजनिक गरिएको ।
– विश्वमा सबैभन्दा बढी सैनिक रहेको चीन प्रतिरक्षामा सबैभन्दा बढी खर्च गर्ने मुलुकको सूचीमा विश्वमै दोस्रो स्थानमा पर्ने । यस सूचीमा अमेरिका पहिलो स्थानमा रहेको ।
४. वर्तमान संविधानको कुन धारामा उच्च अदालतसम्बन्धी व्यवस्था रहेको छ ?
धारा १३९ ।
– (प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ । उच्च अदालतले आफ्नो र आफ्नामातहतका अदालत वा न्यायिक निकायबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा पैmसलाको अवज्ञा गरेमा सङ्घीय कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।
– प्रत्येक उच्च अदालतमा मुख्य न्यायाधीशका अतिरिक्त सङ्घीय कानुनमा व्यवस्था भएबमोजिमको सङ्ख्यामा न्यायाधीशहरू रहनेछन् ।)
५. सबैका लागि न्याय सुनिश्चित गर्ने मूल लक्ष्यसहित न्यायपालिकाको चौथो रणनीतिक योजना कहिलेदेखि लागू भएको हो ?
विसं २०७६ साउन १ ।
– विसं २०६१ देखि सुरु भएको योजनाबद्ध न्यायालय सुधार अभियानअन्तर्गत चौथो पञ्चवर्षीय रणनीतिक योजना लागू भएको । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराद्वारा २०७६ असार ३१ मा सो योजना सार्वजनिक गरिएको । योजना २०८१ असार मसान्तसम्म कार्यान्वयनमा रहनेछ ।
६. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एड्विन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहालयमा प्रदर्शनीमा राखिएको छ ।
७. बङ्गलादेशको मुद्रालाई टाका भनिन्छ भने भुटानको मुद्रालाई के भनिन्छ ?
नेगुल्ट्रम ।
८. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर ।
९. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?
सन् १९२९ ।
– (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)
१०. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?
विसं १९३८ ।
११. विसं २०७५ मा मनाइएको प्रथम ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस’को नारा के हो ?
सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिको आधार ।
१२. राष्ट्रिय महिला आयोगद्वारा निःशुल्क हेल्पलाइन सेवा
‘खबर गरौँ ११४५’ कहिलेदेखि सञ्चालन गरिएको हो ?
विसं २०७४ मङ्सिर २५ ।
१३. राणाकालीन समयमा नेपालमा कतिजना प्रधानमन्त्री भएका थिए ?
१० जना ।
१४. नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
विसं २०७४ भदौ ५ ।
१५. आन्तरिक राजस्व विभागले केन्द्रीय विजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
विसं २०७४ मङ्सिर १ ।
१६. काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि द्रुत कार्यान्वयन टोली (क्वीक एक्सन टीम)को गठन कहिले गरिएको हो ?
विसं २०७४ मङ्सिर १ ।
१७. पाटनको सुन्दरीचोक सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको हो ?
विसं २०७४ कात्तिक १२ ।
१८. राष्ट्र बैङ्कको अनुमतिविना वित्तीय संस्थाले विदेशी निकायको पुरस्कार वा सम्मान ग्रहण गर्न नपाउने व्यवस्था कहिलेदेखि लागू भएको हो ?
विसं २०७४ पुस ११ ।
१९. विष्णुका दस अवतार के–के हुन् ?
मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र बल्की
२०. “सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?
गौतम बुद्ध ।
२१. प्रशासकीय पुनर्गठन योजना आयोग–२०१३ कसको अध्यक्षतामा गठित आयोग हो ?
टङ्कप्रसाद आचार्य ।
२२. एक वडा एक कालोपत्रे सडक आयोजना तय गर्ने स्थानीय तह कुन हो ?
फुङलिङ नगरपालिका, ताप्लेजुङ ।
२३. ‘हाइवे अफ स्पेसियल प्रोग्राम’ केसँग सम्बन्धित छ ?
एक गाउँ एक उत्पादन ।
२४. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?
दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण ।
२५. राष्ट्रिय योजना आयोगद्वारा दोस्रो बहुपक्षीय पोषण आयोजना (सन् २०१८–२०२२) कहिले सार्वजनिक
गरियो ?
विसं २०७४ मङ्सिर २८ ।
– (पहिलो बहुपक्षीय पोषण योजना ः सन् २०१३–२०१७)
– सो पोषण आयोजनाअनुसार सन् २०२२ सम्ममा कुपोषणलाई २४ प्रतिशतमा झार्ने, पाचँ वर्षमुनिको पुड्कोपन तीन प्रतिशतबाट २० प्रतिशतमा झार्ने, कम तौल भएका बालबालिकाको अनुपात २७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको ।
– सो योजना देशभर नै सञ्चालन हुने ।
२६. मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?
गुल्मी ।
– गुफा करिब एक सय ८५ मिटर लामो रहेको ।
– गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटर भित्र पुगेपछि पाँच सयजनासम्म अट्ने स्थान रहेको जसलाई सभाहल नामकरण गरिएको । त्यस्तै, गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृति रहेको । गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेँडु लखेट्दै जानेक्रममा फेलापरेको स्थानीयले बताएका ।
१. नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ को मङ्सिर महिनासम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या हिस्सा कति रहेको छ ?
८१ प्रतिशत ।
– तथ्याङ्कअनुसार फिक्स ब्रोडब्यान्डको पहुँच २१ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५९.६७ प्रतिशत रहेको । गत आवको सोही अवधिमा फिक्स ब्रोडब्यान्डको पहुँच १५.५३ प्रतिशत तथा मोबाइल ब्रोडब्यान्डको पहुँच ५६.४२ प्रतिशत रहेको थियो ।
– आव २०७७÷७८ सम्मको मङ्सिरसम्ममा पौने ४ करोड भ्वाइस टेलिफोन लाइन वितरण भएको ।
– नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार ७ लाख ३५ हजार ६ सय ९१ फिक्स टेलिफोन सेवा वितरण भएको । त्यस्तै, ३ करोड ८१ लाख १७ हजार ७ सय ३५ मोबाइल लाइन वितरण भएको ।
– तथ्याङ्कअनुसार ३ करोड ६४ लाख २७ हजार ५ सय ३९ जिएसएम लाइन वितरण भएको । सिडिएमए १६ लाख ९० हजार १ सय ९६ लाइन वितरण भएको ।
– नेपालमा फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ पुगेका । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २२ लाख ५७ हजार ७ सय ७२ र एनसेलका फोरजी प्रयोगकर्ता ४१ लाख ५३ हजार १ सय ९० पुगेका । त्यस्तै, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख ११ हजार ३ सय ५४ रहेका ।
२. धुलिखेल नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा कहिले गरिएको हो ?
विसं २०७७ फागुन ५
– (नगरको ३५औँ स्थापना दिवसको अवसरमा जिल्लाकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको ।)
३. नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गरियो ?
हितेन्द्रदेव शाक्य ।
– शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ माघ २६ को बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको ।
– शाक्यले २०७७ फागुन २ मा प्राधिकरणको १७औँ कार्यकारी निर्देशकका रूपमा पदबहाली गरेका ।
– शाक्यले चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत ५ सय युनिट पु¥याउने घोषणा गरेका । अहिले नेपालको प्रतिव्यक्ति विद्युत्् खपतदर २६७ युनिट रहेको ।
४. नगर विकास कोषले आयोजनाको कार्यान्वयन तथा व्यवस्थापनका हिसाबले उत्कृष्ट नगरपालिका कुनलाई घोषित (२०७७ फागुन) गरेको छ ?
सर्लाहीको लालबन्दी नगरपालिका ।
– (देशभरिका नगरपालिकाको विभिन्न योजना तथा विकास निर्माणमा लगानी गर्दै आएको नगर विकास कोषले सो
घोषणा गरेको ।)
५. विश्व व्यापार सङ्गठन (डब्लुटीओ) प्रमुखमा नियुक्त हुन सफल पहिलो महिला को हुनुहुन्छ ?
एन्गोजी ओकोन्जो–इबेला (पूर्वअर्थमन्त्री, नाइजेरिया) ।
– डब्लुटीओको इतिहासमै पहिलो महिला प्रमुख हुन सफल हुनुभएको ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी
पनि हुनुहुन्छ ।
– ओकोन्जोले २०२१ मार्च १ देखि कार्यभार सम्हाल्नुहुनेछ र उहाँको कार्यकाल सन् २०२५ अगस्ट ३१ सम्म हुनेछ ।
– सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुनुभएको ।
– एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन ।
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनमा निकै सङ्कटबाट गुज्रिनुपरेको डब्लुटीओलाई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकलाई राहत प्रदान गर्न डब्लुटीओको काँधमा ठूलो जिम्मेवारी रहेको ।
६. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) कसलाई प्रदान गरियो ?
टपेन्द्र कार्की (नागरिक दैनिक) र सुशील पन्त
(लोकान्तर डटकम) ।
– (एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गरिएको ।)
७. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) ले वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषणा ग¥यो ?
पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ ।
– २०७७ फागुन ८ मा आयोजित १५औँ एनएनआईपीए स्पोर्टस् अवार्डमा गौरिका महिलातर्फ र मन्डेकाजी पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भएका ।
– पुसमा सम्पन्न पल्सर स्पोर्टस् अवार्डमा पनि यी दुवै खेलाडी वर्षका उत्कृष्ट खेलाडी बनेका ।
– यसपटकबाट थप भएको राइजिङ प्लेयर अफ द इयर अवार्ड विधामा पुरुषतर्फ गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी सङ्गीता धामी चयन भएका ।
– त्यस्तै, प्रतिभावान खेलाडी अवार्ड पुरुषतर्फ फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले प्राप्त गरेका । नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित ‘गजराज आदर्श खेलाडी’ अवार्डबाट कराते प्रशिक्षक अकवर शाह सम्मानित भएका ।
– त्यस्तै, पारा एथ्लेटिक अवार्ड टेबलटेनिसका केशव थापाले जितेका । एनएनआईपीए पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्टका रोशनसिंह राउत सम्मानित भएका ।
८. विश्वका एक सय उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल नेपालका चार स्वास्थ्यकर्मी को–को हुन् ?
नर्स दुर्गा सापकोटा, सुष्मा योञ्जन एवम् मिडवाइफ प्रशंसा बुढा लामा र रुक्मणी त्रिपाठी ।
– (नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा विश्व स्वास्थ्य सङ्गठन, युएनएफपीए एवम् अन्तर्राष्ट्रिय मिडवाइफ सङ्घद्वारा संयुक्त रूपमा सो सूची
प्रकाशित गरिएको ।)
९. मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदेश २ प्रमुखमा कसलाई नियुक्त (विसं २०७७ फागुन ७ गरियो ?
डा. राजेश झा (अहिराज) ।
१०. बुकर इन्टरनेसनल अवार्ड २०२० कसलाई प्रदान गरियो ?
म्यारिक लुकास रिज्नेभेल्ड ।
११. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ?
पेरिस (फ्रान्स) ।
१२. विश्वको पहिलो बोल्ने रोबोट किरोवो हो भने नागरिकता प्राप्त गर्ने पहिलो रोबोट कुन हो ?
सोफिया ।
१३. विश्व खुसी सूचकाङ्क २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
९२औँ (अङ्क ५.१३७) ।
– सस्टेनेबल सोलुसन नेटवर्कद्वारा सार्वजनिक सो सूचीअनुसार विश्वको सबैभन्दा खुसी देशमा फिनल्यान्ड (७.०८
अङ्क) परेको ।
– त्यस्तै, सबैभन्दा कम खुसी देशमा अफगानिस्तान (२.५६७ अङ्क) रहन पुगेको ।
– सबैभन्दा खुसी पहिलो पाँच राष्ट्रहरूमा क्रमशः फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका ।
– सबैभन्दा कम खुसी पछिल्ला पाँच राष्ट्रहरूमा सेन्ट्रल अफ्रिकन रिपब्लिक (१४८औँ), रुवान्डा (१४९औँ), जिम्बावे (१५०औँ), दक्षिण सुडान (१५१औँ), अफगानिस्तान
(१५२औँ) रहेका ।
– सार्क राष्ट्रहरूमा पाकिस्तान ६६औँ, माल्दिभ्स ८७औँ, नेपाल ९२औँ, बङ्गलादेश १०७औँ, श्रीलङ्का १३०औँ, भारत १४४औँ र अफगानिस्तान १३५औँ स्थानमा रहेका । सो अध्ययनमा भुटान समावेश नभएको ।
१४. मिसोफोनिया भन्नाले के बुझिन्छ ?
विभिन्नप्रकारका ध्वनि सुनेर हुने असहजपन (आवाजका कारण हुने विशेष कठिनाइ) ।
१५. नेपालमा कमलरीप्रथा मुक्त घोषणा कहिले गरिएको हो ?
विसं २०७० साउन ३ ।
– (कमैया मुक्त घोषणा विसं २०५७ साउन २ र हलियाप्रथा मुक्त घोषणा २०६५ भदौ २१ मा गरिएको ।)
१६. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
प्रताप मल्ल ।
१७. नेपालमा जिरो हङ्गर च्यालेन्ज अभियान औपचारिक रूपमा कहिले सुरु भएको हो ?
विसंं २०७१ पुस ४ ।
१८. राष्ट्रिय बीमा संस्थानले व्यावसायिक कारोबारको थालनी कहिलेदेखि गरेको हो ?
विसं २०२४ फागुन ११ ।
– (पाँच दशकअघि स्थापित भई बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय बीमा संस्थान विसं २०७७ फागुन ११ देखि ५४औँ वर्षमा प्रवेश गरेको ।)
१९. सार्कद्वारा घोषित अन्तरक्षेत्रीय सम्पर्क दशकको अवधि कुन हो ?
सन् २०१०–२०२० ।
२०. शिक्षा क्षेत्रका दधिची भनेर कसलाई चिनिन्छ ?
शङ्करदेव पन्त ।
२१. साइलेन्ट स्पिङ नामक वातावरणसँग सम्बन्धित पुस्तकका लेखक को हुन् ?
राचेल कारसन ।
२२. नेपालका कुन सहिदलाई ‘सहिद माइला’ उपनामले चिनिन्छ ?
दशरथ चन्द ।
२३. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?
सन् २०१८ जनवरी २६ ।
– साइबर आक्रमणका घटनालाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको
स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा रहेको ।
२४. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?
विसं २०७६ फागुन ८ ।
२५. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?
काभ्रे ।
– जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।
– गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।
– बौद्ध धर्मावलम्बीले कार्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँलापर्व एवम् हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थी जुट्ने गर्छन् ।
२६. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?
१८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता
र पलेम्बाङ)
१. हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरियो ?
विक्रम संवत् २०७७ फागुन १३ ।
– १९९ किघा १७ कठ्ठा क्षेत्रफल रहेको औद्योगिक क्षेत्रको निर्माण लागत सात अर्क २ करोड ३४ लाख रुपियाँ रहेको ।
– ६२ वटा प्लट रहने सो औद्योगिक क्षेत्रमा औद्योगिक प्लट, आवासीय क्षेत्र, प्रशासनिक क्षेत्र, सेवा क्षेत्र, मुद्रण क्षेत्र, पेट्रोल पम्प तथा धर्मकाँटा पुल क्षेत्र, भन्सार, ठूला ट्रक पार्किङ क्षेत्र, सशस्त्र बेस क्याम्प, फोहोर पानी प्रशोधन केन्द्र, सडक सञ्जाल, वन तथा मनोरञ्जन क्षेत्रका लागि पूर्वाधार निर्माण गरिने भएको ।
– २०७२ चैत १ को मन्त्रिपरिषद् बैठकले मयुरधापमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको ।
२. सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला कहिले भएको हो ?
विसं २०७७ फागुन ११ ।
– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसमा विघटन गर्ने २०७७ पुस ५ गतेको सरकारको निर्णय बदर गर्ने फैसला गरेको । विघटनका पूर्वसर्त पालना नभएको तथा नेपालले अवलम्बन गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संविधानबमोजिम बाहेक असीमित अधिकार नरहेको भन्दै बदर गरेको ।
– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो फैसला गरेको । त्यस्तै, इजलासले १३ दिनभित्र अधिवेशन आह्वानको पनि परमादेश गरेको ।
– प्रधानमन्त्री नियुक्ति नै हुन नसक्ने अवस्था रहेमा वा विश्वासको मत प्राप्त गर्ने आधार नभएमा मात्र विघटन गर्न सक्ने परिकल्पना संविधानको धारा ७६ ले गरेको व्याख्या अदालतले गरेको ।
३. झापामा नेपाल–चीनमैत्री औद्योगिक पार्क शिलान्यास कहिले गरियो ?
विसं २०७७ फागुन १६ ।
४. महासिद्ध विश्व शान्ति केन्द्र कहाँ निर्माण गर्न
थालिएको छ ?
लुम्बिनी ।
५. युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार–२०७७ कसलाई प्रदान ग¥यो ?
खेल पत्रकार कमल खत्री (पुरस्कार राशी ः ५० हजार) ।
६. नेपालमा सरसफाइ सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?
विसं २०५६ ।
७. फेवातालको चार किल्ला निर्धारणपश्चात् यसको क्षेत्रफल कति कायम भएको छ ?
५.७२६ वकिमि (११,२५५ रोपनी ११ आना एक पैसा) ।
– गण्डकी प्रदेशले २०७७ फागुन १६ मा पत्रकार सम्मेलनमार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको । त्यस्तै, सीमारेखाको, परिधि १८ किमि निर्धारण गरिएको ।
– तालको चार किल्ला कायम हुन नसक्दा बढ्दो अतिक्रमण हटाउन समस्या भएपछि गण्डकी प्रदेश सरकारले गठन गरेको ‘चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समिति’को प्रतिवेदनका आधारमा चार किल्ला कायम गरिएको । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्द्वारा चार किल्ला निर्धारण गरिएको थियो ।
– समितिले तालवरपर रहेका जनप्रतिनिधि, स्थानीय तथा ज्येष्ठ नागरिकसँगको अन्तरक्रिया, फेवातालमा मिसिन आउने खोलाको अवस्थिति र आकार, फेवा बाँधको उचाइ र वर्षाको समयमा पानीले ओगट्ने क्षेत्रफल, फेवातालका हालसम्म भएका अध्ययन प्रतिवेदनको विश्लेषण र दूरसंवेदन तथा भू–भौतिक अध्ययनमार्फत क्षेत्रफल कायम गरेको गण्डकी प्रदेश सरकारले जनाएको । तालको पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खर्पाैंदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन क्षेत्र रहेको ।
विगतको अध्ययन
– विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोकिँदै आएको थियो ।
– यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल ६.५४ वकिमि (१२,८७४ रोपनी)
तोकिएको थियो ।
– २०३८ मा यूएनडीपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ५.८ वकिमि (११,४०० रोपनी) तोकेको थियो ।
– तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर रहेको जनाइएको ।
८. नेपालमा सबैभन्दा बढी पाटेबाघ पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?
चितवन राष्ट्रिय निकुञ्ज ।
९. श्रीलङ्काको परिवर्तित व्यवस्थापकीय राजधानी कुन हो ?
श्री जयवर्धनेपुरा (कोलम्बो कार्यपालिकीय र न्यायिक राजधानी रहेको ।)
१०. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?
माल्दिभ्स ।
– (नेपालले सन् २०१६ अक्टोबर २४ मा यो सम्झौता अनुमोदन गरेको ।)
११. डट्स प्लस उपचार कुन रोगसँग सम्वन्धित छ ?
क्षयरोग ।
१२. चाणक्य नामले पनि चिनिने कौटिल्यको वास्तविक नाम के हो ?
विष्णु गुप्त ।
१३. धार्मिक, पर्यटकीय एवम् जैविक विविधताका हिसाबले महŒवपूर्ण बर्जुताल कहाँ रहेको छ ?
सुनसरी ।
१४. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले
भएको हो ?
विसं २०७४ साउन १ ।
१५. अन्तर्राष्ट्रिय मातृभाषा दिवस कहिले मनाइन्छ ?
फेब्रुअरी २१ ।
– (सन् २००० देखि २१ फेब्रुअरीलाई विश्वभरि नै मातृभाषा दिवसका रूपमा मनाउन थालिएको ।)
१६. कुपोषण समस्या समाधान गर्न नेपालमा सञ्चालित दोस्रो बहुक्षेत्रीय पोषण योजनाको अवधि कुन हो ?
सन् २०१८–२०२२ ।
– (पहिलो बहुक्षेत्रीय पोषण योजना अवधि ः २०१३–२०१८) ।
१७. २०७७ फागुन १४ मा महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा प्रेमसागरी देवी निधि पुरस्कारबाट क–कसलाई सम्मान गरियो ?
होमनाथदाहाल (वरिष्ठ पत्रकार), डा. रामदयाल राकेश
(साहित्यकार), काशीदेवी झा र गिरिराजकुमारी प्रसाईं ।
– पुरस्कारको राशि ः जनही एक लाख रुपियाँ रहेको ।
– होमनाथ दाहाल गोरखापत्र संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, नेपाल पत्रकार महासङ्घको सभापति, सांसद तथा मन्त्रीसमेत भइसक्नुभएको ।
– यसैगरी, डा. राकेश नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाका वरिष्ठ साहित्यकार हुनुहुन्छ ।
– काशीदेवी झा पूर्वसांसद एवम् तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० सालमा फाँसी दिइएका दुर्गानन्द झाकी धर्मपत्नी हुनुहुन्छ ।
– यस्तै, ९० वर्षीया प्रसाईं काँग्रेस नेता स्वर्गीय भरतबाबु (सीके) प्रसार्इंकी धर्मपत्नी हुनुहुन्छ । उहाँ विभेदको अन्त्य, छुवाछूत प्रथा एवम् कुरीति हटाउन क्रियाशील रहँदै आउनुभएको ।
१८. आधा अङ्ग भाले र आधा पोथीको स्वरूप भएको अनौठो प्रकृतिको चरा कहाँ फेलापरेको छ ?
अमेरिका ।
– सन् २०२१ फेब्रुअरीमा चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चरा फेलापारेका ।
– एउटै शरीरमा भाले र पोथीको रङसहित अन्डाशय र डिम्वाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ ।
– हिलका अनुसार दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको भाले कार्डिनलको रङ चम्किलो रातो र पोथीको रङ फिक्का खैरो हुने ।
१९. उद्योगी व्यवसायीको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई)ले प्रत्येक वर्ष एक हजार नयाँ उद्योग स्थापना गरी डेढ लाख रोजगारी सिर्जना गर्ने उद्देश्यसाथ अघि बढाउन थालेको
अभियान कुन हो ?
‘मेक इन नेपाल–स्वदेशी’ अभियान ।
– (विसं २०७७ फागुन १२ गते उक्त अभियानबारे विस्तृत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक निर्यात करिब पाँच खर्ब पु¥याउने लक्ष्य लिइएको । हाल नेपालबाट वार्षिक करिब एक खर्बसम्मको निर्यात हुने गरेको ।)
२०. फुटबल खेलाडीलाई बल हेडिङ गर्दा कुन रोग लाग्ने खतरा हुन्छ ?
मस्तिष्कघात ।
२१. जटिलरोग पहिचान गर्न सक्ने पारमाणविक प्रयोगशाला
(मलिकुलर ल्याब) कुन अस्पतालमा सञ्चालनमा ल्याइएको छ ?
मीनभवनस्थित सिभिल अस्पताल ।
२२. बुटवलमा लुम्बिनी केबलकारको शिलान्यास कहिले गरिएको हो ?
विसं २०७७ फागुन १ ।
– (त्यस्तै, बुटवलमै दोस्रो केबलकार ‘सिद्धार्थ केबलकार’को शिलान्यास २०७७ फागुन ९ मा गरिएको)
२३. कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास कहिले गरिएको हो ?
विसं २०७७ फागुन १० ।
– सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्नेगरी ६ वटा क्षेत्र निर्माणकार्य अघि बढाएको ।
– सरकारले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा बजेटमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको ।
– कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता, रूपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर मकवानपुरको मयुरधाप तथा झापाको दमक औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७७ चैतमा निर्णय गरेको थियो ।
२४. अन्तर्राष्ट्रिय एकल महिला दिवस कहिले मनाइन्छ ?
जुन २३ ।
२५. सातवटै महादेशका सर्वोच्च शिखरको आरोहण गर्ने पहिलो नेपाली महिला आरोही को हुन् ?
सुस्मिता मास्के ।
२६. ब्रिक्स बैङ्कको प्रधान कार्यालय कहाँ रहेको छ ?
साङ्घाई (चीन) ।
२७. केन्द्रीय पञ्जीकरण (व्यक्तिगत घटना दर्तासम्बन्धी कार्य गर्ने निकाय) विभाग कुन मन्त्रालयअन्तर्गत पर्छ ?
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।
२८. वाकर कप÷राइडर कप कुन खेलसँग सम्बन्धित छन् ?
गल्फ ।
२९. सर्वप्रथम महिला विश्वकप फुटबल आयोजना कहिले गरिएको हो ?
सन् १९९१ ।
३०. मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गर्ने यन्त्र ब्रेथलाइजरले कति अङ्कभन्दा बढी देखाएमा ‘मापसे’ गरेको मानिन्छ ?
०.१३ ।
१. संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी)ले नेपाललाई कति अवधिको तयारी समय दिएर विकासशील मुलुकमा स्तोन्नतिका लागि सिफारिस गरेको छ ?
५ वर्ष (सन् २०२६) ।
– संयुक्त राष्ट्रसङ्घीय विकास नीति समिति (सीडीपी)ले नेपाललाई विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ । तर, त्यसका लागि समय भने केही पर सरेको छ । नेपालले पाँच वर्षको सहुलियतपूर्ण
समय पाएको छ ।
– सन् २०२१ फेब्रुअरी २२ देखि २६ सम्म चलेको सीडीपीको त्रैमासिक समीक्षाका क्रममा नेपालले कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि मापदण्ड पूरा गर्दै रहेको पाइएकाले तयारीका लागि पाँच वर्ष समय दिएर यो सिफारिस गरिएको स्पष्ट पारेको ।
– अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा मापदण्ड तोकी सोअनुसारका सूचक पूरा हुनुपर्ने सर्त राखेको भए पनि दुईवटा मापदण्ड मात्र पूरा भए स्तरोन्नति हुन सकिने प्रावधान छ । आर्थिक जोखिम तथा मानव सम्पत्ति सूचकमा तोकिएको न्यूनतम अङ्क (थ्रेसहोल्ड) कायम भएकाले नेपाल सन् २०१५ मै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य थियो तर नेपालकै अनुरोधमा यस्तो स्तरोन्नतिलाई स्थगन गरिएको थियो । स्तरोन्नतिको महŒवपूर्ण सूचक प्रतिव्यक्ति आम्दानीमा भने नेपाल अहिले पनि न्यूनतम सीमा (अङ्क) भेट्न सकेको छैन । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय १२३० अमेरिकी डलर
(वार्षिक) हुनुपर्नेमा पछिल्लो मानव विकास सूचकाङ्कअनुसार नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १०२७ अमेरिकी डलर मात्रै रहेकाले यसलाई वृद्धि गरी न्यूनतम बिन्दुमा पु¥याउनुपर्ने दायित्व तथा चुनौती नेपालका अगाडि रहेको छ ।
– राष्ट्रसङ्घको प्रचलन अनुसार नयाँ स्तरोन्नत मुलुकले थप ३ वर्ष तयारीका लागि समय पाउने प्रावधान छ । नेपालले २०२४ सम्ममा स्तरोन्नतिका निर्धारित तीनवटै मापदण्ड पूरा गर्नुपर्ने हो तर कोभिड–१९ का कारण उत्पन्न विश्वव्यापी असामान्य अवस्थामा नेपालले गरेको विशेष अनुरोधअनुसार दुई वर्ष बढाई सन् २०२६ सम्ममा यस्ता सूचक पूरा गर्न पाउने सुविधा पाएको छ ।
– त्यसैगरी, सन् २०३० मा नेपाललाई मध्यम आयको देश बनाउने पनि चुनौती रहेको छ ।
३. अमेरिकी सरकारद्वारा प्रदान गरिएको
अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने नेपाली किशोरी को हुन् ?
मुस्कान खातुन ।
– तेजाव आक्रमणमा परेकी खातुन तेजाव आक्रमण अन्त्यको अभियानमा लागेकी । सोही कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई सो सम्मान प्रदान गरिएको ।
– धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाव आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि पहल गर्दै आएकी ।
३. बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास कहिले भएको हो ?
विसं २०७७ फागुन २१ ।
४. फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा तीन वर्ष जेल सजायको फैसला कहिले सुनाइएको हो ?
सन् २०२१ मार्च १ ।
– (फ्रान्सको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने सार्कोजी दोस्रो राष्ट्रपति हुन् । यसअघि मार्सल फिलिपेलाई पनि अदालतले जेल पठाएको थियो ।)
५. सन् २०२१ मार्च ८ मा मनाइएको १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको नारा के हो ?
वुमेन इन लिडरसिप ः एचिभिङ एन इक्वायल फ्युचर इन अ कोभिड–१९ वल्र्ड ।
– (राष्ट्रिय नारा ः महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार ।)
६. नेपाल सरकारद्वारा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०७२ चैत २५ ।
– (स्वास्थोपचारमा हुने खर्चको भारलाई अग्रिम व्यवस्थापन गरी आमनागरिकको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यसाथ यो कार्यक्रम सञ्चालन गरिएको ।)
७. नेपालमा पहिलोपटक पूर्वाधार सम्मेलनको आयोजना कहिले गरियो ?
विसं २०७१ कात्तिक २५–२६ काठमाडौँ ।
८. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?
विसं २०७७ फागुन २२ ।
– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।
– सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा–सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।
– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।
९. राष्ट्रिय अरनिको सम्मान–२०७७ कसलाई प्रदान गरियो ?
कलाकार शङ्करनाथ रिमाल र सन्तकुमार शाक्य (पुरस्कार राशि ः १ लाख) ।
– नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले विभिन्न सात विधामा राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरेको, पुरस्कृत हुनेमा मिलन शेरचन (हस्तकला), सुरेश लवट (परम्परागत मूर्तिकला), भूषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जोशी (आधुनिक चित्रकला), कृष्णराम घेमेसू (परम्परागत चित्रकला), लक्ष्मण मन्डल (लोककला) र प्रमिला लामा (वास्तुकला तथा अन्य सृजनात्मक कला) रहेका । पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको ।
– त्यस्तै, कलाकार केशव खनाललाई ललितकला राष्ट्रिय पत्रिकारिता पुरस्कार–२०७७ एवम् लय मैनालीलाई ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७ प्रदान गरिएको ।
१०. युरो–३ केसँग सम्बन्धित छ ?
सवारी मापदण्ड ।
११. इनवार केसँग सम्बन्धित छ ?
बाँस र बेतबाँस ।
१२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
सन् १९६१ ।
– वैचारिक आस्था एवम् राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाको सहयोग गर्ने उद्देश्यसाथ यो संस्थाको स्थापना भएको ।
– विविध पक्ष (राजनीतिक, धार्मिक, साँस्कृतिक)का आस्थाका बन्दीको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्छ ।
– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको ।
– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।
१३. सीएनएन हिरो घोषित हुने पहिलो नेपाली को हुन् ?
अनुराधा कोइराला (दोस्रो नेपाली ः पुष्पा बस्नेत) ।
१४. नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिसम्बन्धी तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर कहिले भएको हो ?
विसं २०७७ फागुन २१ ।
– (प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा फागुन २१ मा गृहमन्त्री तथा सरकारी वार्ताटोलीका प्रमुख रामबहादुर थापा ‘बादल’ र नेकपाका प्रवक्ता तथा वार्ताटोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’द्वारा तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरिएको । सरकारी र विप्लव समूहको वार्ताटोलीबीच २० गते तीनबुँदे सहमति भएको थियो । सो सहमतिलाई फागुन २० गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गर्दै विप्लव समूहमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।)
१५. ब्लड मनी भनेको के हो ?
मृत्युदण्डको सजाय पाएको व्यक्तिको पक्षले पीडित पक्षलाई क्षतिपूर्ति दिई आरोपी पक्षलाई बचाउनेगरी दुवै पक्षको हित गर्न गरिने रकमको आदान–प्रदान ।
१६. संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार आयोगद्वारा नेपालसम्बन्धी प्राविधिक सहयोग र परामर्श सेवासम्बन्धमा पारित प्रस्तावलाई के भनी चिनिन्छ ?
आइटम १९ ।
१७. मर्स नामक श्वासप्रश्वाससम्बन्धी रोग सन् २०१५ मा कुन देशमा देखापरेको थियो ?
दक्षिण कोरिया ।
१८. पर्वतारोहणका लागि खुला गरिएको नेपालको पहिलो हिमाल कुन हो ?
अन्नपूर्ण ।
१९. केन्द्रीय तथ्याङ्क विभागले कुल गार्हस्थ उत्पादन (जीडीपी) गणनाको आधार वर्ष परिवर्तन गरी नयाँ आधार वर्ष कुन कायम गरेको छ ?
सन् २०१०÷११ ।
– हालको राष्ट्रिय लेखा तथ्याङ्कको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन गरी नयाँ आधार वर्ष कायम गरिएको ।
– नयाँ आधार वर्षपछि देशको अर्थतन्त्रको आकार बढेको छ । विभागका अनुसार सन् २०००÷०१ लाई आधार वर्षभन्दा अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्बको थियो । नयाँ आधार वर्ष सन् २०१०÷११ लाई आधार मान्दा अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्ब ७० करोड रुपियाँ पुगेको ।
– अर्थतन्त्रमा अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तअनुसार नै नयाँ आधार वर्ष परिवर्तन भएको विभागले जनाएको । नेपालले पनि अन्य देशले जस्तै १० वर्षमा आधार वर्ष परिवर्तन गरेको ।
– केही विकसित देशले भने तीनदेखि पाँच वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको पाइन्छ । नेपालको इतिहासमा यो पाँचौँ आधार वर्ष हो ।
– विभागले २०७७ फागुन २० गते आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले आधार दर र गत वर्षको परिमार्जित जीडीपी प्रस्तुत गरिएको बताएका ।