लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Mangsir )

१. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ?
 सन् २०२३ फेब्रुअरी ९–२६, दक्षिण अफ्रिका ।
– आईसीसीले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको । ‘कमन वेल्थ गेम’का कारण देखाउँदै आईसीसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछाडि टी–२० विश्वकप आयोजना हुने जनाएको । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने तय भएको थियो ।
– सन् २०२२ मा कमन वेल्थ गेम बेलायतमा हुने भएको । यसपटकको कमन वेल्थ गेममा क्रिकेट पनि समावेश गरिएको । कमन वेल्थ गेममा सहभागी भएका खेलाडीले विश्वकपको तयारी गर्न समय अभाव हुने र प्रतियोगिताको तयारी गर्न नै मिति परिवर्तन गरिएको आईसीसीले जनाएको ।
– यदि कोरोना भाइरस महामारीका रूपमा नफैलिएको भए २०२२ मा आईसीसीले तीन प्रमुख प्रतियोगिता आयोजना गर्ने थियो ।
– यसअघि आईसीसीले २०२१ को जनवरीदेखि फेब्रुअरीसम्म न्युजिल्यान्डमा हुने महिला एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता स्थगित गरेको थियो । कोरोना भाइरसका कारण स्थगित भएको महिला एकदिवसीय विश्वकप २०२२ मै न्युजिल्यान्डमा हुने आईसीसीले जनाएको ।

२. युरोपियन माइक्रो फाइनान्स अवार्ड–२०२० बाट सम्मानित नेपालको वित्तीय संस्था कुन हो ?
 मुक्तिनाथ विकास बैङ्क ।
– लक्जेम्वर्गमा आयोजित कार्यक्रममासाना तथा लघु बैङ्किङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरिरहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनका कारण बैङ्क सम्मानित भएको जनाइएको ।
– उक्त अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका ।
– पुरस्कारबापत बैङ्कले एक लाख युरो प्राप्त गरेको ।

३. विश्व रग्वी सङ्घले नेपाल रग्वी सङ्घलाई एसोसिएट सदस्यको मान्यता कहिले प्रदान गरेको हो ?
 सन् २०२० नोभेम्बर १८ ।
(सन् २०१८ मा नेपाल रग्वीले एसिया रग्वी महासङ्घको पूरक सदस्यता प्राप्त गरेको थियो ।)

४. चीन र भारतबीचको विवादास्पद सीमाक्षेत्रमा घातक माइक्रो वेब हतियार प्रयोग गर्ने राष्ट्र कुन हो ?
 चीन (सन् २०२० नोभेम्बर) ।

५. २०७७ मङ्सिरमा मनाइएको नवौँ राष्ट्रिय कर दिवसको नारा के हो ?
 स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन / विकास, समृद्धि र सुशासन ।
– आर्थिक वर्ष २०७५/०७६ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनी सूर्य नेपाल बनेको । व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाता जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयबहादुर शाह बन्नुभएको । विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा १ मङ्सिरमा उत्कृष्ट करदाताको नाम सार्वजनिक गरी सम्मान गर्दै आएकोमा यस वर्ष भने १ मङ्सिरमा सार्वजनिक बिदा (भाइटीका) परेका कारण सो दिन उत्कृष्ट करदाताको नाम सार्वजनिक नगरी अन्य दिन गरिएको थियो ।
उत्कृष्ट करदाताहरू
– धेरै आयकर तिर्ने करदाता : सूर्य नेपाल
– धेरै आयकर तिर्ने करदाता (व्यक्तिगततर्फ) : विजयबहादुर शाह
– रेमिट्यान्सतर्फ : आईएमई लिमिटेड
– व्यापार व्यवसायतर्फ : अग्नि इन्कर्पोरेटेड
– निर्याततर्फ : डाबर नेपाल
– कृषि तथा पशुपक्षी उद्योगतर्फ :अन्नपूर्ण एग्रोभेट
– सहकारी तथा लघुवित्ततर्फ : छिमेक लघुवित्त
– बैङ्कतर्फ : नबिल बैङ्क लि.
– बीमातर्फ : नेपाल पुनर्बीमा कम्पनी
– शिक्षण सेवातर्फ : मणिपाल मेडिकल कलेज
– पर्यटन व्यवसायतर्फः तारा गाउँ रिजेन्सी
– मध्यमस्तरीय करदातामध्ये : कामना सेवा विकास बैङ्क
– मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ : घोराही सिमेन्ट
– आन्तरिक राजस्व कार्यालयहरूको कार्यक्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता / भीएफ सर्भिसेज

६. सन् २०२० मा संयुक्त अरब इमिरेट्समा सम्पन्न १३औँ आईपीएलको उपाधि जित्न सफल टिम कुन हो ?
 मुम्बई इन्डियन्स ।
– दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै मुम्बई इन्डियन्स १३औँ संस्करणको च्याम्पियन बनेको ।
– विशेषतः भारतमा हुने आईपीएल यसपटक कोरोना भाइरसका कारण संयुक्त अरब इमिरेट्समा भएको । कोरोना महामारीकै कारण गत मार्च र अप्रिलमा नै हुनुपर्ने आईपीएल लामो समयपछि अक्टोबर र नोभेम्बरमा सम्पन्न भएकोे ।

७. ७५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गर्ने निर्णय कहिले भएको हो ?
 विक्रम संवत् २०७५ मङ्सिर ३ ।

८. प्लास्टिक तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बन्द गर्ने उद्देश्यका साथ ‘हिमालदेखि तराईसम्म प्लास्टिकरहित समाज निर्माण अभियान’ रारा तालबाट कहिले सुरुवात भएको हो ?
 विसं २०७५ मङ्सिर २६ ।
९. नेपालमा वाटर एटीएमको सुरुवात कहिले र कहाँबाट भएको हो ?
 विसं २०७५ फागुन २१, ललितपुर ।

१०. तथ्याङ्कको सूचनामा एकद्वार प्रणाली लागू गर्ने उद्देश्यले केन्द्रीय तथ्याङ्क विभागद्वारा सुरु गरिएको वेबसाइट कुन हो ?
 लबतष्यलबमिबतब।नयख।लउ (२०७५ वैशाख १५ देखि) ।

११. काठमाडौँ महानगरपालिकामा स्मार्ट पार्किङ सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०७६ असार १ ।

१२. नेपालको पहिलो भू–उपग्रह नेपाल स्याट‐१ ले कहिलेबाट पृथ्वीको परिक्रमा गर्न थालेको हो ?
 विसं २०७६ असार २ (२०१९ जुन १७) ।

१३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने प्रावधान छ ?
 अर्थमन्त्री ।

१४. काभ्रेपलाञ्चोकपछि कुन जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिएको हो ?
 चितवन ।

१५. प्रदेश नं. २ मा हरित् प्रदेश अभियानको शुभारम्भ कहिले गरिएको हो ?
 विसं २०७६ भदौ ७ ।

१६. भीमसेन स्तम्भ अर्थात् धरहराको पुरानो नाम के हो ?
 मिनार ।

१७. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पीकेडाँडा अर्थात् लुकेको हीरा अवस्थित जिल्ला कुन हो ?
 सोलुखुम्बु ।

१८. सन् २०३० सम्म नेपालमा कुपोषणको दरलाई कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
 १४ प्रतिशत (सन् २०२५ सम्म : २४ प्रतिशत) ।

१९. अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा बहुमत प्राप्त गरेको डेमाक्रेटिक पार्टीले सभामुखमा कसलाई चयन गरेको छ ?
 नान्सी पेलोसी ।
(वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको । आगामी जनवरीमा सदस्यमा सभामुखका लागि मतदान हुने साथै हाउसमा डेमेक्रेट्सको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित रहेको ।)

२०. अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड्स २०२० मा पपुलरिटी अवार्ड जित्न सफल नेपाली कम्पनी कुन हो ?
 सिटी एक्सप्रेस मनी ट्रान्सफर ।
(कम्पनीले संसारभरका ३१ प्रतिस्पर्धीलाई पछाडि पार्दै अवार्ड हात पारेको ।)

२१. सगरमाथा हेर्ने बार्दली भनी चिनिने स्थान कुन हो ?
 पत्तालेडाँडा (सोलुखुम्बु र ओखलढुङ्गाको सीमा) ।

२२. स्वतन्त्र भारतका पहिलो गभर्नर को हुन् ?
 लर्ड माउन्टवेटन ।

२३. राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि आवश्यक उमेर कति निर्धारण गरिएको छ ?
 १६ वर्ष ।

२४. मानव मुटु प्रत्यारोपण गर्ने पहिलो चिकित्सक को हुन् ?
 डा. क्रिश्चियन बर्नार्ड (दक्षिण अफ्रिका) ।

२५. पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुन देशलाई चिनिन्छ ?
 न्युजिल्यान्ड ।

२६. वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने ‘म्याग्नेटिक फिल्ड’ नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
 शुक्र ।

२७. पहिलो अन्तरीक्ष केन्द्र कुन हो ?
 स्यालुट (रूसद्वारा स्थापित) ।

२८. मानवनिर्मित पहिलो उपग्रह कुन हो ?
 स्पुतानिक–१ ।

२९. नेपालको संविधान–२०७२ अनुसार राष्ट्रभाषा भन्नाले के बुझिन्छ ?
 नेपालमा बोलिने सबै मातृभाषाहरू ।

३०. नेपाल सरकारद्वारा ‘हेलो स्वास्थ्य’ कार्यक्रम कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०६९ कात्तिक २९ ।

१. नेपाल उद्योग वाणिज्य महासङ्घको २०७७ मङ्सिरमा सम्पन्न ५४ औँ साधारणसभाले अध्यक्षमा कसलाई चयन गरेको छ ?
 शेखर गोल्छा ।
– महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार शेखर गोल्छा अध्यक्ष हुनुभएको ।
– अध्यक्षबाहेकको निर्वाचन (२०७७ मङ्सिर १३) मा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचत हुनुभएको । त्यस्तै, उपाध्यक्ष (एसोसिएट्स) मा रामचन्द्र सङ्घई, उपाध्यक्ष (वस्तुगत) तर्फ अञ्जन श्रेष्ठ एवम् उपाध्यक्ष (जिल्ला÷नगर) तर्फ दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको ।


२. ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सरकारले सातै प्रदेशमा एकैपटक तीन सयभन्दा बढी आधारभूत अस्पतालको शिलान्यास कहिले गरेको हो ?
 विक्रम संंवत् २०७७ मङ्सिर १५ ।
– सबै स्थानीय तहमा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न आधारभूत अस्पताल निर्माण गरिन लागेको ।
– खासगरी, हालसम्म अस्पताल नभएका सबै स्थानीय तहमा पाँच, १० र १५ शøयाका आधारभूत अस्पताल बनाउने योजनाअनुरूप यो कार्यक्रम अघि बढाइएको ।

३. काठमाडौँ महानगरसँग हालै (२०७७ मङ्सिर) भगिनी सम्बन्ध कायम भएको नगरपालिका कुन हो ?
 रामग्राम नगरपालिका ।

४. विसं २०७५ भदौमा भएको नेपाल नगरपालिका सङ्घको निर्वाचनमा अध्यक्ष पदमा चयन को भए ?
 अशोककुमार व्यान्जू (श्रेष्ठ)

५. विमानमा जडित ‘ब्ल्याक बक्स’को रङ कस्तो हुन्छ ?
 सुन्तला रङ ।

६. सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको पहिलो भेला कहिले र कहाँ सम्पन्न भएको हो ?
 विसं २०७५ भदौ २१, पोखरा (गण्डकी प्रदेश), नौबुँदे साझा धारणा तय गरिएको ।

७. हरित् गृह ग्यासको विश्वव्यापी उत्सर्जनमध्ये नेपालबाट कति प्रतिशत हुने गर्छ ?
 करिब ०.०२७ प्रतिशत ।

८. वातावरण संरक्षणसम्बन्धमा विविध योजना समेट्दै ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ कार्यक्रमको घोषणा कहिले गरिएको हो ?
 विसं २०७५ जेठ २२ ।
– (यस अभियानमा वृक्षरोपण, फोहोरमैला व्यवस्थापन, नदीनाला सरसफाइ, प्रदूषण नियन्त्रणलगायतका कार्यक्रम समेटिएको ।)

९. जीटुजी अवधारणा केसँग सम्बन्धित छ ?
 वैदशिक रोजगार ।

१०. सन् २००९ अक्टोबर १६ मा माल्दिभ्समा पानीमुनि भएको मन्त्रिपरिषद्को बैठकको मुख्य अभिप्राय के थियो ?
 कार्बन ग्यास कटौतीमा योगदान ।

११. नेपालमा तीव्र गतिको वायरलेस इन्टरनेट सेवा ‘वाइम्याक्स’ को सुरुवात कहिलेदेखि भएको हो ?
 विसं २०६९ कात्तिक २७ ।

१२. सिंहदरबारलाई नेपाल सरकारको कार्यालयका रूपमा कहिलेदेखि प्रयोग गर्न थालिएको हो ?
 विसं २००७ ।
– (सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा विसं १९६० मा निर्माण गरेका । नवशास्त्रीय वास्तुकला (नियोक्लासिकल वास्तुकला) को नमुना मानिने सो दरबारमा स्टेट हल र ग्यालरी बैठक मुख्य आकर्षणका रूपमा रहेका । युरोपेली शैली–संरचनामा निर्मित यस भवनलाई त्यतिबेला एसियाकै सबैभन्दा ठूलो दरबार मानिन्थ्यो । राणा शासन अन्त्यपछि सो भवनलाई नेपाल सरकारको कार्यालयका रूपमा २००७ सालबाट प्रयोग गर्न थालिएको हो । २०३० मा आगलागी हुँदा यो भवनको केही भाग नष्ट भयो र केही पुनः निर्माण पनि गरियो ।)

१३. माछा मासुका अतिरिक्त दही, घ्यु, छाली (तर), पनिरजस्ता दुग्धजन्य पदार्थसमेत सेवन नगर्ने मानिसलाई के भनिन्छ ?
 भेगन ।

१४. तेक्वान्दो खेल खेल्दा लगाउने लुगालाई के भनिन्छ ?
 डोबोक ।

१५. सरकारद्वारा वैदेशिक रोजगारमा जाने कामदारको सहजताका लागि प्रत्येक प्रदेशबाटै श्रम स्वीकृति दिने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विसं २०७५ पुस १५ ।

१६. सेनामा कुकुरको सट्टा न्याउरी प्रयोग गर्ने देश कुन हो ?
 श्रीलङ्का ।

१७. राउटे समुदायलाई स्थायी परिचयपत्र प्रदान गर्न कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७५ असार ३०, गुराँस गाउँपालिका, दैलेख ।

१८. नेपालमा क्रिकेट खेलको सुरुवात गर्ने व्यक्ति भनी कसलाई चिनिन्छ ?
 मदनशमशेर जबरा ।

१९. विश्वमा हालसम्मकै लामो नाकाबन्दी कुन हो ?
 अमेरिकाद्वारा क्युबामाथि लगाइएको (सन् १९६१–२०१५) करिब साढे पाँच दशक लामो नाकाबन्दी ।

२०. आफ्नो घडीलाई सूर्योदय र सूर्यास्तसँगै अनुकूल गराउने पद्धतिलाई के भनिन्छ ?
 डीएलएसटी (डे लाइट सेभिङ टाइम) ।

२१. पृथ्वीको नाप नक्सा तयार गर्ने र त्यसलाई तथ्याङ्कगत तथा चित्रमय रूपमा प्रस्तुत गर्ने विधिलाई के भनिन्छ ?
 कार्टोग्राफी ।

२२. फिफा विश्वकपको सुरुवात (सन् १९३०) मा कति टिम सहभागी थिए ?
 १३ टिम ।
– पछि सन् १९८२ मा २४ टिम र सन् १९९८ मा ३२ टिम पु¥याइएको थियो ।
– सन् २०२६ को विश्वकपबाट ४८ टिम सहभागी बनाइने भएको । फिफाले सन् २०१७ जनवरी १० मा यससम्बन्धी निर्णय गरेको ।

२३. राष्ट्रसङ्घीय विकास नीति समितिको सन् २०१८ मार्च १२–१६ सम्म सम्पन्न बैठकले कति राष्ट्रलाई विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको थियो ?
– चार (भुटान, किरिवाटी, साओटोम एन्ड प्रिन्सेप र सोलोमन आइल्यान्ड) ।

२४. सबैभन्दा कम उमेरमा नोबल पुरस्कार पाउने व्यक्ति को हुन् ?
 मलाला युसुफ जाई, (सन् २०१४) ।

२५. ९०–९०–९० रणनीति केसँग सम्बन्धित छ ?
 एड्स रोग ।
– युएन एड्सलगायत विभिन्न संस्थाले एड्सविरुद्ध सो रणनीति सञ्चालन गरेका, जसअनुसार सन् २०२० सम्ममा एचआईभी सङ्क्रमितमध्ये ९० प्रतिशतले आफ्नो अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतलाई औषधि उपचारको पहुँच हुने र औषधि उपचारमा पहुँच हुनेमध्ये ९० प्रतिशतको शरीरमा सङ्क्रमण नियन्त्रण गर्ने लक्ष्य निर्धारण गरिएको ।
– सन् २०१७ सम्ममा विश्वभर तीन करोड ७० लाख नागरिकमा एचआईभी÷एड्सको सङ्क्रमण रहेको अनुमान ।
– ८० को दशकमा महामारीकै रूपमा रहेको यो रोग नियन्त्रणमा केही उपलब्धि हासिल भएको । सन् २०१० देखि २०१७ सम्मको अवधिमा विश्वमा नयाँ सङ्क्रमण १६ प्रतिशतले, बच्चामा हुने सङ्क्रमण ३५ प्रतिशत र एड्सका कारणले मृत्यु हुनेको सङ्ख्या ५१ प्रतिशतले घटेको ।
– संयुक्त राष्ट्रसङ्घीय दिगो विकास एजेन्डाले सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य राखेको ।

२६. नेपालको अन्तरसरकारी वित्त परिषद्को पहिलो बैठक कहिले बसेको थियो ?
 विसं २०७५ वैशाख २४ ।

२७. जनताको नाम सरकारले जुराउने परिपाटी भएको राष्ट्र कुन हो ?
 हँगेरी ।
– (हँगेरीमा सरकारले नै निश्चित नामहरू तोकेर राख्ने र यी नामहरूभन्दा बाहिर गएर कसैले पनि आफ्नो बच्चाको नाम राख्न नसकिने चलन रहेको ।)

२८. आइकाओको सुरक्षा सूचीबाट नेपाल कहिले हट्न सफल भएको हो ?
 विसं २०७४ साउन ६ (सन् २०१७ जुलाई २१) ।
– (नेपाल सन् २०१३ देखि सो सूचीमा परेको थियो ।)

२९. नेपाल गुणस्तर तथा नापतौल विभागले ‘ट्याङ्कर क्यालिब्रेसन टावर’ को निर्माण कहाँ गरेको छ ?
 हेटौँडा ।
– गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्करमा रहेका ट्याङ्कीको क्षमता तथा गुणस्तरीयता जाँच गरी प्रमाणीकरण गर्न नेपालमा नै पहिलो ट्याङ्कर क्यालिब्रेसन टावर निर्माण गरी २०७६ असार २० देखि सञ्चालनमा ल्याएको ।
– दैनिक १५ वटा ट्याङ्कर जाँच क्षमता भएको ट्याङ्कर क्यालिब्रेसन टावर एक करोड ५० लाख रुपियाँ लागतमा स्थापना गरिएको ।
– यसले चुहावट नियन्त्रण एवम् उपभोक्ता हितमा सहयोग पुग्ने विश्वास गरिएको ।

३०. नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?
 छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय ।
– सन् १९६९ जुलाई २० मा पहिलोपटक चन्द्रमामा पुगेका अमेरिकी अन्तरीक्ष यात्रीहरूले ल्याएका चन्द्र चट्टानमध्ये केही टुक्रा नेपालमा पनि ल्याइएको र ती टुक्रा राष्ट्रिय सङ्ग्रहालयमा सङ्ग्रह गरिएको ।
– तीन अमेरिकी अन्तरीक्ष यात्री निल आर्मस्ट्रङ, एडबिन अल्ड्रिन र माइकल कोलिन्स सन् १९६९ जुलाई १६ मा एपोलो ११ नामक यानमार्फत चन्द्रमाका लागि प्रस्थान गरेका र जुलाई २० मा चन्द्र धरातलमा पुगेका ।
– यानबाट पहिलोपटक चन्द्रमाको सतहमा पाइला राख्ने आर्मस्ट्रङ तथा दोस्रोमा अल्ड्रिन थिए ।
– एपोलो ११ ले ल्याएका चट्टानका चारवटा टुक्रा विसं २०२७ मा अमेरिकी सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
– सोपश्चात् नासाको एपोलो १७ मार्फत ल्याइएको एक टुक्रा चट्टान पनि राष्ट्रिय सङ्ग्रहलायमा प्रदर्शनीमा
राखिएको छ ।

१. सरकारले नेपालको परराष्ट्र नीति–२०७७ पहिलोपटक एकीकृत दस्तावेजका रूपमा कहिले सार्वजनिक गरेको हो ?
 वि. सं. २०७७ मङ्सिर २१
– यो नीति गत कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकद्वारा पारित गरिएको थियो ।
– एकीकृत परराष्ट्र नीतिका अनुसार छिमेकीलगायत सबै मित्रराष्ट्रसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने छ । द्विपक्षीय सम्बन्धका विषयमा विस्तृतमा भनिएको छ– स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम गर्ने, सहयोग र सहकार्यमार्फत नेपालको समग्र राष्ट्रिय हितको प्रवद्र्धन गर्ने, ऐतिहासिक सन्धि, सम्झौता, तथ्य र प्रमाणका आधारमा कूटनीतिक र शान्तिपूर्ण माध्यमबाट सीमा समस्या समाधान गर्ने, सीमाको सुरक्षा र व्यवस्थापन गर्ने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल हुन दिइने छैन ।
– त्यसैगरी साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन, भूपरिवेष्ठित राष्ट्रका रूपमा मुलुकले पाउने पारवहन सुविधाको निर्बाध, सरल एवं सहज उपयोग सुनिश्चित गर्नेजस्ता विषयलाई परराष्ट्र नीतिमा महŒवका साथ समावेश गरिएको छ ।
– ‘सबैसँग मित्रता ः कसैसँग छैन शत्रुता’ भन्दै ठूला साना सबै मुलुक बराबर हौँ भन्ने कुरामा जोड दिइएको ।
– ‘आर्थिक कूटनीतिलाई महŒवपूर्ण आयाम’का रूपमा आत्मसाथ गरिएको ।
– नेपालले सानो र कमजोर मुलुक साथै पछाडि परेको मुलुकको मानसिकता त्याग्दै अघि बढ्नुपर्ने ।
– साना राष्ट्रको हित माथिको चुनौती कायमै रहेकाले असंलग्न नीति सान्दर्भिक रहेको र त्यसमा नेपालको प्रतिबद्धता यथावत् रहेको जनाइएको ।
– साथै सो नीतिमा द्विपक्षीय सम्बन्ध, बहुपक्षीय सहयोग, विधिमा आधारित विश्व व्यवस्था, क्षेत्रीय सहयोग, आर्थिक कूटनीति, प्राकृतिक तथा कानुनी व्यक्तिको हक संरक्षण, सार्वजनिक कूटनीति र ‘ट्र्याक टु’ कूटनीतिको उपयोगजस्ता विषय समावेश गरिएको ।
– शान्ति र अहिंसा, मुलुकको भूराजनीति, बहुजाति, बहुभाषी मुलुक नेपालको सामाजिक सहिष्णुताजस्ता विषयलाई ध्यान दिँदै तर्जुमा गरिएको परराष्ट्र नीति–२०७७ को एकीकृत दस्तावेजमा नीति, कार्यनीति र रणनीतिसमेत तय गरिएको ।

२. मिस नेपाल–२०२० को उपाधि विजयी युवती को हुन् ?
 नम्रता श्रेष्ठ
– २०७७ मङ्सिर २० मा सम्पन्न ग्रान्ड फिनालेमा उहाँले २६औँ संस्करणको मिस नेपालको उपाधि हात पार्नुभएको ।
– उहाँ मिस कन्फिडेन्स र मिस इन्टेलेक्चुअलको उपाधि पनि हात पार्न सफल । उहाँ मिस वल्र्ड २०२० का लागि छनोट हुनुभएको ।
– मिस नेपाल अर्थ –२०२० को उपाधी विजयी सुप्रिया श्रेष्ठ ।
– त्यस्तै मिस नेपाल इन्टरनेसनल २०२० को उपाधि महोत्तरीकी सन्ध्या शर्माले जित्नुभएको ।
– मिस सुप्रानेसनल २०२० को उपाधि काठमाडौँकै सिमल कनौजियाले जित्न सफल ।

३. हालै बेलायती सञ्चारमाध्यम बीबीसीद्वारा सार्वजनिक सय प्रेरणादायी महिलाको सूचीमा पर्न सफल नपाली चेली को हुन् ?

 सपना रोका मगर
(बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध सपना विगत तीन वर्षदेखि बेवारिस शव व्यवस्थापनमा सक्रिय रहँदै आएकी ।)

४. दि बैङ्कर अफ दि इयर २०२० बाट सम्मानित नेपालको बैङ्किङ संस्था कुन हो ?
 एनएमबी बैङ्क
– उक्त सम्मान बैङ्कले विगत चार वर्षमा तेस्रोपटक प्राप्त गरेकोे ।
– लन्डनबाट प्रकाशित ‘दि बैङ्कर’ नामक पत्रिकाले सो अवार्ड प्रदान गरेको ।

५. संयुक्त राष्ट्र सङ्घीय कन्भेन्सन अन नार्कोटिक ड्रग्सको चौथो सम्मेलनले लागूऔषधको सूचीबाट हटाएको ऊर्जामयी बिरुवा कुन हो ?
 गाँजा
– यो निर्णयसँगै गाँजामाथि लागेको ५९ वर्ष लामो लागूऔषध नामको प्रतिबन्ध फुकुवा भएको ।
– विश्व स्वास्थ्य सङ्गठनको पहलमा भएको गाँजामा पाइने विविध रासायनिक पदार्थ सम्बन्धमा पुनरवलोकन हुनुपर्ने माग राखिएपश्चात् सम्मेलनमा सन् २०२० डिसेम्बर २ मा मतदान भएको थियो । मतदानमा आबद्ध ५३ सदस्य राष्ट्रमध्ये २७ सदस्यले लागूऔषधको सूचीबाट गाँजालाई हटाउने पक्षमा मतदान गरेका थिए । यस क्रममा नेपालले पनि गाँजालाई लागूऔषधको सूचीबाट हटाउनुपर्ने पक्षमा मतदान गरेको थियो ।
– जडीबुटीजन्य बिरुवा गाँजाको औषधीय गुणको उपयोग गरेर यसको उपभोग गर्ने बाटो पनि सङ्घको यस निर्णयले खुला गरेको ।

६. पोखरा–लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका बनाउने निर्णय (नेपाल सरकार, मन्त्रिपरिषद्बाट) कहिले भएको हो ?
 वि. सं. २०७५ साउन २३

७. २०७६ सालको हरितारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो ?
 गीतकार सहदेव ढुङ्गाना
(त्यस्तै २०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको ।)

८. ‘एक नेपाली एक फलफूल बिरुवा’ अभियानको सुरुवात कहिले गरिएको हो ?
 वि. सं. २०७५ जेठ २१
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपी अभियानको सुरुवात गरिएको ।
– सन् २०१८ जुन ५ का दिन विश्व वातावरण दिवसको अवसर पारी सो अभियान सुरुवात गरिएको ।

९. सरकारद्वारा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय कहिले भएको हो ?
 वि. सं. २०७५ जेठ ६
– यो मार्ग झापाको शान्तिनगरदेखि डडेल्धुराको रूपालसम्म रहेको ।
– यस राजमार्गको लम्बाइ करिब १२ सय किलोमिटर रहेको ।

०. नेपालकै अग्लो पुल कहाँ रहेको छ ?
 मनाङ (ताम्राङ पुल)
– मनाङस्थित नासोङ गाउँपालिका–२ (नाचे) र सोही गाउँपालिकाको वडा नं. ५ (थाचे) गाउँ जोड्ने सो पुल ड्रोना खोलाको पानीको सतहबाट ४१२ मिटर उचाइमा, १३५ मिटर लामो रहेको ।
– यो विश्वकै पाँचौँ अग्लो पुल हो ।
– विश्वकै सबैभन्दा अग्लो पुल चीनमा निर्मित डुङ्गे पुल (५६५ मि.) हो ।

११. सार्क राष्ट्रमा नेपाल क्षेत्रफलका आधारमा चौथो स्थानमा रहेको छ भने जनसङ्ख्याको आधारमा कति औँ स्थानमा रहेको छ ?
 पाँचौँ

१२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने व्यवस्था छ ?
 प्रधानमन्त्री
(अध्यक्षसहित चार सदस्यीय अन्तरप्रदेश परिषद्का अन्य सदस्यमा नेपाल सरकारका गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।)

१३. पहिलो अन्तरप्रदेश परिषद् बैठक कहिले सम्पन्न भएको हो ?
 वि. सं. २०७५ मङ्सिर २३–२४
(अन्तरप्रदेश सम्बन्धी व्यवस्था संविधानको भाग २० को धारा २३४ मा गरिएको ।)

१४. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?
 राज्यशक्ति

१५. वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले प्रदूषण शुल्क शीर्षकमा कर लगाउन कहिलेदेखि थालेको हो ?
 आ.व. २०६५÷६६

१६. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ?
 डिसेम्बर ५

१७. उफ्रिन नसक्ने एक मात्र स्तनधारी जीव कुन हो ?
 हात्ती
– यो दौडँदा पनि कम्तीमा एउटा खुट्टाले भुइँमा टेकिरहेको हुन्छ ।
– हात्ती सबैभन्दा लामो समय (२२ महिना) गर्भधारण गर्ने स्तनधारी जनावर हो ।
– अफ्रिकी हात्तीको बच्चा जन्मँदै ठूलो हुन्छ । भर्खरै जन्मिएको छावा एक सय २० किलोग्रामसम्मको हुन्छ ।
– छावा जन्मेको २० मिनेटभित्र उभिन सक्छ, एक घण्टाभित्र हिँड्न सक्छ र दुई दिनपछि समूहमा हिँड्न सक्छ ।
– हात्तीको मस्तिष्कमा हुने ‘टेम्पोरल लोब’ मानिसको भन्दा ठूलो र बाक्लो हुन्छ । यही कारणले हात्तीले लामो समयपछि बसाइँसराइ गर्दा पनि आफू हिँडेको बाटो, पानीको स्रोत कहिल्यै बिर्सिंदैन ।
– हात्तीको सुँडमा करिब आठ लिटरसम्म पानी अटाउँछ ।
– हात्ती विशाल जीव भए पनि करिब २५ माइल प्रतिघण्टाका दरले कुद्न सक्छ ।
– अफ्रिकी हात्तीको कान एसियाली हात्तीको भन्दा ठूलो हुन्छ ।
– हात्तीले मौरीलाई घृणा गर्छ र मौरीसँग डराउँछ पनि । त्यसैले विभिन्न ठाउँका किसानले आफ्नो बालीनाली हात्तीबाट बचाउनका लागि मौरीपालन गर्छन् ।
– मानिसले जस्तै हात्तीले पनि आफूले माया गरेको हात्तीको मृत्युमा शोक मनाउने गर्छ । कैयौँ वर्ष भइसक्दा पनि शोक परेको ठाउँमा गएर मौनधारणा गर्ने र रुने गर्छ ।

१८. प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
 यस (क)

१९. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
 लम्बाइ, चौडाइ र उचाइ

२०. प्रिन्स अफ एक्सपरिमेन्ट भनी कसलाई भनिन्छ ?
 माइकल फाराडे

२१. हेटौँडा बुद्ध चोकदेखि ललितपुर सातदोबाटोसम्म जोड्ने कान्ति लोकपथको लम्बाइ कति छ ?
 ९० किमी
– यो लोकपथको निर्माण सुरुवात सन् २०१३ बाट भएको ।
– यस मार्गको मकवानपुरतर्फ ५१ किलोमिटर तथा ललितपुरतर्फ ३९ किलोमिटर हिस्सा रहेको ।

२२. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?
 परिभ्रमण
(पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्दछ ।)

२३. सौर्य ऊर्जा, वायु ऊर्जा, जलस्रोत ऊर्जा एवं ज्वारभाटा कुन प्रकृतिको ऊर्जाका स्रोत हुन् ?
 नवीकरणीय (रिनोएबल)

२४. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारका ऊर्जाका स्रोत हुन् ?
 अनवीकरणीय

२५. चीनले निर्माण गरेको विश्वकै पहिलो आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) महिला समाचारवाचकलाई के नामकरण गरिएको छ ?

 शिन शाओमेग
– शाओमेगले २४ घण्टासम्म समाचार पढ्नसक्ने साथै प्रोफेसनल न्युज एङ्करले जस्तै समाचार वाचन गर्ने ।
– शाओमेगलाई सन् २०१९ फेब्रुअरी २० मा सार्वजनिक गरिएको ।

२६. सङ्घीय संंसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को पहिलो बैठक कहिले बसेको हो ?
 वि. सं. २०७४ फागुन २०
– यस बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूद्वारा शपथ ग्रहण गरिएको ।
– प्रतिनिधि सभातर्फ ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा शपथ गराइएको र राष्ट्रिय सभातर्फ तारादेवी भट्ट (ज्येष्ठ सदस्यको हैसियतले)द्वारा शपथ गराइएको ।
– ज्येष्ठ सदस्य महन्थ ठाकुरद्वारा २०७४ फागुन २० मा राष्ट्रपतिबाट शपथ लिइएको ।

२७. सङ्घीय संरचनाअनुरूपको निर्वाचनपश्चात् गठित प्रतिनिधि सभाको पहिलो बैठक कहिले सञ्चालन भएको हो ?
 वि. सं. २०७४ फागुन २१
– प्रथम बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको ।
– ज्येष्ठ सदस्यको हैसियतले महन्थ ठाकुरद्वारा सभा सञ्चालनसम्बन्धी कार्य अघि बढाइएको ।

२८. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ रहेको छ ?
 जेनेभा (स्विजरल्यान्ड)

२९. मनसुनी वायु कति प्रकारका हुन्छन् ?
 दुई (ग्रिष्मकालीन मनसुन र शीतकालीन मनसुन)

३०. आनुवंशिक स्रोतमाथि पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी अभिसन्धि ‘नायोगा अभिसन्धि’मा कहिले हस्ताक्षर भएको हो ?
 सन् २०१० अक्टोबर २९
– जापानको नायोगाामा भएको यो सन्धि सन् २०१४ अक्टोबर १२ देखि कार्यान्वयनमा आएको ।
– जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको यो महासन्धि नेपालको राष्ट्रिय सभा र प्रतिनिधि सभाले अनुमोदन गरेको साथै यस अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी पत्र वि. सं. २०७५ पुस १४ (सन् २०१८ डिसेम्बर २८)मा संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेससमक्ष पेस गरिएको ।
– औपचारिक रूपमा पत्र पेस गरेको ९० दिनपश्चात् नेपाल उक्त महासन्धिको पक्ष राष्ट्र बन्न पुगेको ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt