१. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय ग्रिडमार्फत कति प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ?
८६.४४ प्रतिशत ।
– सौर्य, लघु जलविद्युत््लगायतबाट गरिएको विद्युतीकरणसमेत गर्दा अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले जनाएको ।
– सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत्् सेवा पु¥याउने र प्रतिव्यक्ति विद्युत्् खपत ७ सय युनिट पु¥याउने सरकारको लक्ष्य रहेको । हाल प्रतिव्यक्ति ऊर्जा खपत २ सय ६० युनिट रहेको ।
२. भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गर्नुभयो ?
सन् २०२० अगस्ट १५ ।
– धोनी नेतृत्व र सफलताको दृष्टिकाणले भारतको सर्वाधिक सफल कप्तानमा पर्नुहुन्छ । भारतीय राष्ट्रिय टोलीको नेतृत्व गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को तीन ठूला प्रतियोगिताको उपाधि जितेका छन् । उहाँले आफ्नै नेतृत्वमा भारतलाई आईसीसीको टेस्ट वरियताको शीर्षस्थानमा समेत पु¥याउनुभएको थियो ।
– धोनीलाई सीमित ओभरको क्रिकेटमा उत्कृष्ट ‘फिनिसर’ र तीक्ष्ण दिमाग भएका खेलाडीका रूपमा लिइन्छ ।
– राँचीका धोनीले सन् २००४ मा भारतीय टोलीमा पहिलोपटक पर्नुभएको थियो ।
– धोनीसँगै अर्का भारतीय खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा (१५ अगस्ट २०२०) गर्नुभएको ।
३. आख्यान एवम् गीत लेखनका विभिन्न १७ विधामा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली प्रतिभा को हुनुहुन्छ ?
डा. डीआर उपाध्याय ।
(डीआर म्युजिक एन्ड क्रिएसनद्वारा विक्रम संवत् २०७७ साउन २५ मा राजधानीमा आयोजित १७ वटा कीर्तिमान हस्तान्तरण एवम् एल्बम विमोजन कार्यक्रममा डा. उपाध्यायद्वारा प्राप्त कीर्तिमानबारे जानकारी गराइएको ।)
४. सन् २०२० अगस्ट १२ मा मनाइएको अन्तर्राष्ट्रिय युवा दिवसको नारा के हो ?
युथ इन्गेजमेन्ट फर ग्लोबल एक्सन ।
(राष्ट्रिय नारा ः विश्व अभियानका लागि युवा सहभागिता, रोजगार, प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता)
५. नेपालको कुन ठाउँमा सुनौला रङको कछुवा फेलापरेको छ ?
जनकपुर ।
(सन् २०१८ अप्रिल १४ का दिन जनकपुरमा यो कछुवा पहिलोपटक देखिएको थियो । विश्वव्यापी अध्ययन गर्न र पुष्टि गर्न भने दुई वर्ष लागेको । नेपालमा सुनौलो रङ भएको कछुवा पहिलोपटक अभिलेख भएको पुष्टि गर्दै हर्पेटो नोट्समा २०२० अगस्ट ६ मा अध्ययन प्रतिवेदनका रूपमा छापिएको ।)
६. चेपाङ सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको ?
राक्सिराङ, मकवानपुर ।
७. नेपालको अद्यावाधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?
विसं २०७७ साउन ३० ।
– नापी विभागद्वारा तयार पारिएको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालद्वारा स्वीकृत गरिएको ।
– अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन बाटो खुलेको ।
– विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।
८. कोरोना भाइरसविरुद्धको खोप तयार पारिएको घोषणा गर्ने पहिलो राष्ट्र कुन हो ?
रूस (सन् २०२० अगस्ट ११) ।
– रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वकै पहिलो कोरोना भाइरसविरुद्धको खोप रूसले बनाएको घोषणा (सन् २०२० अगस्ट ११ मा) गरेको ।
– सो खोपलाई ‘स्पुतनिक भी’ (रूसको पहिलो उपग्रह स्पुतनिकबाट) नामकरण गरिएको ।
– मस्कोस्थित गेमेलिया रिसर्च इन्स्टिच्युटले एडेनोभाइरसलाई आधार बनाई यो खोप विकास गरेको ।
९. अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बन्ने भारतीयमूलको महिला को हुन् ?
कमला हैरिस ।
१०. अस्टिम्की चाड कुन जातिमा प्रचलनमा रहेको छ ?
थरू ।
– महिला व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अस्टिम्की चाड मनाउने परम्परा थारू समुदायमा रहेको ।
– चाडको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा)का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको ।
– चाडको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी–खोलामा सेलाउने गरिन्छ । नदी–खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छं । सो परिकारलाई विवाहिता छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।
११. सन् २०२० अगस्टमा श्रीलङ्काको प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन्ुहुन्छ ?
महिन्दा राजापाक्षे ।
– उहाँले सन् २०२० अगस्ट ९ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको ।
– श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवम् राष्ट्रपति महिन्दा राजापाक्षे योसहित चौथोपटक प्रधानमन्त्री पदको शपथ लिएको ।
– राजापाक्षेको दल पोदुजाना पेरामुनाले सन् २०२० अगस्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसद्मा १४५ स्थानमा जित हासिल गरेको ।
– श्रीलङ्काको इतिहासमा भाइ गोटावाया राष्ट्रपति र दाइ महिन्दा राजापाक्ष एकैपटक मुलुकको दुई सर्वाेच्च राजनीतिक पदमा पुग्न सफल भएको ।
१२. विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
अस्टे«लिया ।
– अस्टे«लियाको किन्सल्यान्डस्थित चिडियाखानामा रहेको सो जिराफ विश्वकै सबैभन्दा अग्लो भएको गिनिज वल्र्ड रेकर्डले घोषणा (सन् २०२० अगस्ट) गरेको ।
– सो जिराफको उचाइ १८ फिट ८ इन्च रहेको ।
१३. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ?
एकराज शमशेर र ब्रह्मशमशेर ।
१४. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
विसं १९६१ माघ ।
१५. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली ।
१६. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?
एक ।
१७. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
सुवानन्द दास ।
१८. टिमको सबैभन्दा लोकप्रिय र सिपालु खेलाडीलाई के भनी चिनिन्छ ?
मार्की खेलाडी ।
१९. सरकारले सात प्रदेशका कति स्थानमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ ?
८ ।
– अव्यवस्थित सहरी विकासले सहरको सौन्दर्य गुम्नुको साथै बस्ती बसिसकेपछि पूर्वाधार निर्माण गर्न पनि खर्चिलो र झन्झटिलो हुने भन्दै सो कुरालाई व्यवस्थित गर्ने उद्देश्यसाथ एकीकृत बस्ती विकास गरिने भएको ।
– सहरी विकास तथा भवन निर्माण विभागका अनुसार एकीकृत बस्तीका लागि छानिएका स्थानमा पहिलो चरणमा सडक र ढल निर्माणका साथै केही स्थानमा हाटबजार पनि विकास गरिने भएको ।
– पहिलो चरणमा निर्माण गरिने हाटबजार, सडक र ढल निर्माण गर्नका लागि र २ अर्ब ६७ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको ।
– एकीकृत बस्ती विकासका लागि छनोट गरिएका आठ स्थानहरू ः
– प्रदेश १ – ओखलढुङ्गाको रामपुर
– प्रदेश २ – रौतहटको भवानीपुर
– बागमती प्रदेश – सिन्धुलीको कपिलाकोट
– गण्डकी प्रदेश – बागलुङको बलेवा
– प्रदेश ५ – रोल्पाको माडीचौर
– कर्णाली प्रदेश – मुगुको गमथा
– सुप प्रदेश ः बझाङको चौरजहारी र बाजुराको मार्तडी
– सरकारले दिनुपर्ने सार्वजनिक सेवाका आधारभूत पूर्वाधार एकै स्थानमा निर्माण गरी त्यस स्थानमा बस्ती विकास गर्ने प्रणाली नै एकीकृत बस्ती विकास हो ।
– सरकारले बनाएको योजनाअनुसार एकीकृत बस्तीमा सडक, ढल, खानेपानी, विद्युत््, हेल्थपोस्ट, अस्पताल, विद्यालय, सेवाकेन्द्र, बैङ्क तथा वित्तीय संस्था, उद्योग, कलाकारखानालगायतका १५ देखि २० किसिमका सामाजिक, आर्थिक, साँस्कृतिक पूर्वाधारहरू निर्माण गरिने ।
२०. सर्वोच्च अदालतले अनलाइन तारेख सेवा कहिलेदेखि सुरु गरेको हो ?
विसं २०७१ मङ्सिर १४ ।
– सर्वोच्च अदालतमा दर्ता गरी तारेखमा बसेका मुद्दाका पक्षहरूलाई सुविधा प्रदान गर्ने उद्देश्यले सर्वोच्चमा नआईकनै आपूmलाई पायक पर्ने नजिकको जिल्ला अदालत वा पुनरावेदन अदालतबाट अनलाइन तारेख लिन सक्ने व्यवस्था गरिएको ।
– तत्काल देशभरिका ३१ जिल्ला अदालत तथा नौ पुनरावेदन अदालतमा लागू गरिएको यो सेवापश्चात् तारेखपिच्छे राजधानी आउनुपर्ने र अनावश्यक खर्च हुने पीडाबाट सर्वसाधारणलाई राहत हुने ।
– यसका साथै मुद्दाको दर्ता नम्बर, दर्ता मिति, पेसी मिति, आदेश वा फैसलाको जानकारी मोबाइल एसएमएसबाटै उपलब्ध हुने व्यवस्था गरिएको ।
२१. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?
काभ्रेपलाञ्चोक ।
– सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।
– सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकहरूलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।
– सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६,३४६ रहेका ।
– कफी उत्पादनमा प्रदेश नं. ३ पहिलो स्थनमा रहेको ।
– तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।
२२. इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ?
विसं २०७६ असार २७ ।
२३. डीएएनआइडीए (डानिडा)को पूरा रूप के हो ?
डेनिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी ।
– प्रजातन्त्र, मानवअधिकार, सामाजिक विकास, पर्यावरण एवम् दिगो विकासका क्षेत्रमा विभिन्न राष्ट्रलाई सहयोग प्रदान गर्दै आएको यो संस्थाको स्थापना सन् १९६२ मा भएको ।
– यसको मुख्यालय डेनमार्कको कोपनहेगनमा रहेको ।
२४. नेपालको इतिहासमा हालसम्मकै लामो संसद् अधिवेशन कति दिन सञ्चालन भएको थियो ?
३८१ दिन (विसं २०७३ वैशाख २१–२०७४ जेठ ४ सम्म) ।
२५. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)ले विदेशमा रहेका नेपाली वैज्ञानिकको ज्ञान र सीपलाई स्वदेशमा सदुपयोग गर्ने उद्देश्यसाथ सञ्चालन गर्न थालेको कार्यक्रम कुन हो ?
ब्रेन पुलिङ ।
– विदेशमा रहेर विभिन्न विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकलाई नेपालमा आएर नयाँ खोज र अनुसन्धानका लागि प्रेरित गर्न ब्रेन पुलिङ कार्यक्रम सञ्चालन गर्न थालिएको ।
– सो कार्यक्रमअन्तर्गत जलवायु परिवर्तन, ऊर्जा, वातावरण, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, जनस्वास्थ तथा औषधिविज्ञान, जैविक विविधता, संरक्षण एवम् सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान हुने नास्टले जनाएको ।
– नास्टले यसअघि ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम सञ्चालन गरेको ।
२६. नेपालमा पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण कहिले गरियो ?
सन् १९९६ ।
– नेपालमा सन् २०१६ मा पाँचौँ राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण सम्पन्न भएको ।
– नेपालमा प्रत्येक पाँच वर्षमा स्वास्थ्य सर्वेक्षण गरिँदै आएको ।
२७. सरकारले २० वर्ष पुराना सवारीसाधनलाई कहिलेदेखि सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ?
विसं २०७४ चैत १ ।
– सरकारको निर्णयअनुसार चैत १ देखि २० वर्ष पुराना सवारीलाई कुनै पनि रुटमा चल्न इजाजत नदिइने यातायात व्यवस्था विभागले जनाएको ।
– गत वर्ष फागुनदेखि काठमाडौँ उपत्यकामा २० वर्ष पुराना सवारीसाधनको सार्वजनिक प्रयोगमा रोक लगाइएको थियो । यस निर्णयले केही पुराना सवारीसाधन हटे पनि धेरैजसो सवारीसाधन काठमाडौँ उपत्यकाबाहिर लगेर सञ्चालन भए भने केही सवारीसाधन विद्यालयलगायतले निजी सवारीसाधनका रूपमा प्रयोग गरेका थिए तर यसपटक भने सरकारले मुलुकभर नै २० वर्षभन्दा पुराना सवारीसाधनलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको ।
– पुराना सवारीसाधन हटाएर वायु प्रदूषण केही कम गर्न सकिने बताइएको ।
– चीन, भारत, बेलायत, फ्रान्स, नर्वेलगायतका मुलुकले सन् २०३० सम्म सबै सवारी साधनलाई विद्युतीय बनाउने घोषणा गरेका ।
२८. सरकारले ‘सुरक्षित मातृत्वसम्बन्धी विशेष अभियान सञ्चालन वर्ष’ का रूपमा कुन वर्षलाई घोषणा गरेको हो ?
विसं २०७५ (वैशाख पहिलो सातादेखि अभियान प्रारम्भ गरिएको ।)
२९. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि’ कहिलेदेखि लागू भएको हो ?
सन् २००३ नोभेम्बर ४ ।
– सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको सुरक्षा सम्बन्धमा क्यानडाको मन्ट्रियलमा पारित महासन्धि सन् २००३ नोभेम्बर ४ देखि कार्यान्वयनमा आएको ।
– हवाई यात्राका सिलसिलामा उत्पन्न हुने जोखिमबाट यात्रीलाई सुरक्षित बनाउन, हवाई यात्राको विश्वसनीयता बढाउन र अन्तर्राष्ट्रिय यात्राका क्रममा हुने क्षतिबापत सुनिश्चित क्षतिपूर्ति दिलाउन यस महासन्धिले सहयोग पुग्ने ।
– यो महासन्धि व्यक्ति, ब्यागेज तथा कार्गोको पारिश्रमिक लिई हवाईजहाजबाट गरिएका सबै अन्तर्राष्ट्रिय यात्रामा लागू हुने ।
– यस महासन्धिमा आइकाओका १९१ सदस्य राष्ट्रमध्ये १३१ राष्ट्र पक्षराष्ट्र रहेका ।
३०. विश्वको सबैभन्दा लामो रेल कहाँ रहेको छ ?
अस्ट्रेलिया ।
– अस्ट्रेलियास्थित फलाम तथा स्टिल उत्पादक कम्पनी बीएचपी बिलिसनद्वारा आफ्नो मालसामान ओसारपसारका लागि सञ्चालनमा ल्याइएको यो रेलमा ६८२ बोगी (डिब्बा) रहेका ।
– एक पटकमा ८२ हजार टन भार बोक्न सक्ने क्षमतायुक्त यो रेलको लम्बाइ ७.३५३ किलोमिटरबराबर रहेको ।
१. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?
वि.सं. २०७७ भदौ २ ।
– वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो ।
– वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमुङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या, शकुन्तलालगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् ।
– राष्ट्रकवि घिमिरेका ‘नेपाली हामी रहौँला कहाँ’, ‘गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राती के देखेँ सपनी, झमझम पानी पर्यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मिठो धुन’लगायत दर्जनौँ कालजयी गीत नेपालीको मनमनमा गुञ्जिएका छन् । उहाँका कृतिहरू राष्ट्रिय भावनाले ओतप्रोत छन् ।
– नेपाल प्रज्ञा प्रतिष्ठनका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा दुई वर्ष कुलपतिका रूपमा रहेर कार्य गर्नुभएको थियो ।
– उहाँका छ जना छोरी र दुई छोरा हुनुहुन्छ । पहिलो श्रीमती गौरीको २००४ सालमा निधनपछि महाकालीसँग दोस्रो विवाह गर्नुभएको थियो ।
२. वल्र्ड बुक अफ रेकर्ड, युके अवार्डबाट सम्मानित नेपाली बाल कराँते खेलाडी को हुन् ?
आर्यन रञ्जित ।
– (सानो उमेरमै खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै आर्यनलाई उक्त अवार्डबाट सम्मान गरिएको ।)
३. भाषा साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार (२०७७ मा) कसलाई प्रदान गरियो ?
प्रा.डा. दयाराम श्रेष्ठ ।
– त्यस्तै, ललितकलातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको ।
– सङ्गीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार सत्यनारायण चौधरीलाई प्रदान गरिएको । राष्ट्रिय प्रतिभा पुरस्कारको राशि जनही एक लाख र प्रादेशिक प्रतिभा पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको ।
४. २०७६ सालको महाकवि देवकोटा पुरस्कार कसलाई प्रदान गरियो ?
कवितातर्फः मोहन सिटौला, निबन्धतर्फः प्रा. केशव सुवेदी, नाटकतर्फः पद्मावती सिंह, बाल÷लोकसाहित्यतर्फः डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ ः भैरव रिसाल ।
५. २०७६ सालको गोपालप्रसाद रिमाल राष्ट्रिय प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ?
अभि सुवेदी (नाटकतर्फ) र घनश्याम उपाध्याय कँडेल (कवितातर्फ) ।
६. २०७६ सालको सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरियो ?
नवराज विक (समाजसुधार अभियानतर्फ, मरणोपरान्त), त्रिभुवनचन्द्र वाग्ले (मानवअधिकारतर्फ) र तिलक परियार (सीप, कला, शिक्षा, साहित्यलेखन तथा अनुसन्धानतर्फ) ।
७. रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुख्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
वि.सं. २०७६ मङ्सिर ४ ।
– साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सो बन्दरगाह निर्माणका लागि एक अर्ब ९८ करोड रुपियाँ लाग्ने अनुमान रहेको ।
– यो बन्दरगाह निर्माण सम्बन्धमा नेपाल र चीनवीच वि.सं. २०७६ वैशाख २९ मा समझदारीपत्रमा हस्ताक्षर भएको ।
८. एफटीटीएचको पूरा रूप के हो ?
फाइबर टु द होम ।
– नेपाल टेलिकमले दु्रतगतिको इन्टरनेट सेवा एफटीटीएचको आरम्भ वि.सं. २०७६ भदौ २३ गते रूपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा गरेको ।
– एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको ।
९. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
अमेरिका ।
१०. चीनका राष्ट्रपति सी चिनफिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभयो ?
सन् २०१३ ।
– नेपालले वि.सं. २०७४ वैशाख २५ मा ओबीओआरमा हस्ताक्षर गर्ने निर्णय गरेको । सो अनुरूप २०७४ वैशाख २९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।
– ओबीओआरसम्बन्धी साझेदारीपत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी एवं चीनका तर्फबाट राजदूत यु होङले हस्ताक्षर गर्नुभएको ।
११. पारदर्शिताको प्रवद्र्धन गरी प्रभावकारी सरकार बनाउने उद्देश्यका साथ ‘ओपन गभर्नमेन्ट पार्टनरसीप’ (ओजीपी) को स्थापना कहिले गरिएको हो ?
सन् २०११ सेप्टेम्बर २० ।
– ओजीपीको संस्थापक राष्ट्रहरूमा अमेरिका, मेक्सिको, ब्राजिल, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, बेलायत र नर्वे रहेका ।
– यस संस्थामा हाल १५ उपक्षेत्रीय सरकारी संयन्त्रसहित ७५ सदस्य राष्ट्र रहेका ।
१२. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
बुरुन्डी (सन् २०१७ अक्टोबर २७) ।
– (सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)
१३. कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडकमानव मुक्त घोषणा कहिले गरिएको हो ?
वि.सं. २०७६ माघ ४ ।
– (सो प्रदेशलाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सहयोगापेक्षी सडकमानव मुक्त प्रदेश घोषणा गरिएको ।)
१४. सुदूर पश्चिम प्रदेशद्वारा भिडियो कन्फ्रेन्स प्रविधिको उद्घाटन कहिले गरियो ?
वि.सं. २०७६ माघ २९ ।
– श्रव्यदृश्य सम्मेलन प्रविधिमार्फत प्रत्येक जिल्लाका समन्वय समिति एवं स्थानीय तहले छलफल गर्न सक्ने ।
– भिडियो कन्फेन्स प्रविधिले पहिलोपटक नौवटै जिल्लालाई जोडेको साथै यसले संसदीय खुलापन र कानुन निर्माणमा सहयोग पुग्ने जनाइएको ।
१५. प्रदेश ५ सरकारले प्रदेश गौरवका आयोजना निर्धारणसम्बन्धी मापदण्ड, २०७६ कहिले स्वीकृत गरेको हो ?
वि.सं. २०७६ फागुन २ ।
– (सो मापदण्डअनुसार प्रदेशको गौरवको आयोजना हुनका लागि कम्तीमा ५० करोड रुपियाँ लगानी हुनुपर्ने र तीनदेखि पाँच वर्षभित्रमा आयोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्ने । त्यस्तै सहरी क्षेत्रमा कम्तीमा ५० हजार, ग्रामीणक्षेत्रमा १० हजार र गरिबीको रेखामुनि वा सीमान्तकृत जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने भए १० हजार जनसङ्ख्याले लाभ लिन पाउने आयोजनालाई प्रदेश गौरवको आयोजनाका रूपमा लिइने व्यवस्था गरिएको ।)
१६. कुन स्थानीय तहमा एक वडा एक तालको अभियानलाई अघि बढाउन थालिएको छ ?
घोराही उपमहानगरपालिका (दाङ) ।
– (घोराही उपमहानगरपालिकाले सिँचाइ र पर्यावरणका लागि विशेष योजना बनाई कृत्रिम ताल निर्माण अभियान सञ्चालन गर्न थालेको ।)
१७. ग्रामी अवार्ड २०२० मा चार अवार्ड जित्दै नयाँ इतिहास रच्ने गायिका को हुनुहुन्छ ?
विली आइलिस ।
– सन् २०२० जनवरी २६ मा अमेरिकाको लस एन्जलसमा आयोजित ६२ औँ अवार्ड समारोहमा उहाँले उत्कृष्ट नवकलाकार, वर्षको उत्कृष्ट रेकर्ड, उत्कृष्ट एल्बम र पप भोकल एल्बमसहित चार ग्रामी अवार्ड जित्नुभएको । विली एकैपटक उपरोक्त चार अवार्ड हात पार्ने पहिलो युवती तथा समग्रमा दोस्रो कलाकार बन्नुभएको । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यी विधाका अवार्ड हात पार्नुभएको ।
– समारोहमा अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाको गीत ‘बिकमिङले अडियो बुक विधामा अवार्ड चुमेको । त्यस्तै लेडी गागाको आई विल नेभर लभ अगेनले बेस्ट सङ फर भिजुअल मिडियाको अवार्ड, ट्रेडिसनल पप भोकल एल्बमको अवार्ड लुक नाउले, कन्ट्री सोलो पर्फर्मेन्स राइडको अवार्ड विली नेसनको मी ब्याकहोमले र र्याप एल्बमको अवार्ड टाइलरले जितेका ।
१८. नेपाल तथा एसियाली अध्ययन केन्द्र कहाँ छ ?
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरमा ।
– यो संस्था भाषाविज्ञान, इतिहास, भूगोल, राजनीतिशास्त्र, समाज विज्ञान र धर्मसंस्कृति अध्ययन–अनुसन्धान गर्ने थलोका रूपमा स्थापना भएको ।
– वि.सं. २०२९ साउन १ मा स्थापित इन्स्टिच्युट अफ नेपाल स्टडीलाई वि.सं. २०३४ भदौमा तत्कालीन त्रि.वि. ऐन अनुसार नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा रूपान्तरण गरिएको ।
– सिनासले प्रकाशन गर्ने जर्नल विश्वका एक सय १२ मुलुकका विश्वविद्यालयसम्म पुग्ने गरेकोमा हाल ५८ विश्वविद्यालयमा मात्रै पुग्ने गरेको ।
– त्रि.वि.अन्तर्गत सिनाससहित आर्थिक विकास तथा प्रशासन केन्द्र (सेडा), व्यावहारिक विज्ञान तथा प्राविधिक अनुसन्धान केन्द्र (सेरिड) सञ्चालनमा रहेका ।
१९. सामान्यतया वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लगाइने करलाई के भनी चिनिन्छ ?
अन्तःशुल्क ।
– सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा विलासिताका वस्तुमा अन्तःशुल्क लगाउने गरिन्छ । अन्तःशुल्क कर खासगरी उत्पादकको तहमा र पैठारीमा लगाइन्छ । अन्तःशुल्क लाग्ने भनी तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा त्यस्ता वस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निष्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बेलामा लाग्ने कर नै अन्तः शुल्क हो ।
२०. नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?
वि. सं. २००२ असोज १ ।
– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि.सं. २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक रु. १००, रु. १० र रु. ५ दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।
२१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?
वि.सं. २०४७ चैत ४ ।
– नागरिक लगानी कोष ऐन, २०४७ अनुसार राष्ट्रको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहन गरी पूँजी वृद्धिका साथै लगानीका अवसर बढाउन तथा पुँजीबजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्य राखी कोषको स्थापना भएको ।
प्रमुख उद्देश्य
– स्वदेश तथा विदेशस्थित नेपाली नागरिकलाई कोषको कार्यक्रममा आबद्ध गर्ने ।
– सामाजिक सुरक्षणसम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने ।
– प्राथमिकता प्राप्त क्षेत्रहरू (जलविद्युत् क्षेत्र, पूर्वाधार विकास, उत्पादनशील क्षेत्र, पर्यटन तथा निर्यात प्रवद्र्धन, पुँजीबजारका उपकरणहरू) मा लगानी गर्ने ।
– कोषको रकम न्यून जोखिमका क्षेत्रमा लगानी गर्ने ।
– बजार निर्माता तथा शेयरको थोक खरिद विव्रmी गर्ने ।
– पुँजीबजार सेवाका उपकरण÷औजारहरू प्रभावकारी बनाउने ।
२२. माथिल्लो अरूण अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति छ ?
१०६१ मेगावाट ।
– जनताको जलविद्युत् कार्यक्रम अन्र्तगत आकर्षक परियोजनाको सूचीमा राखिएको सो आयोजना निर्माणका लागि सरकारले नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वको कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई सर्वेक्षण अनुमति प्रदान (२०७६ कात्तिक) गरेको ।
– मन्त्रिपरिषद्ले गतवर्ष असोजमा सो आयोजनामा सर्वसाधारणको पनि सेयर रहने गरी कम्पनी मोडलमा निर्माण गर्न सहमति दिएको ।
– सङ्खुवासभामा पर्ने यो आयोजना अरुण तेस्रोभन्दा माथि रहेको ।
– वि.सं. २०८३ पुुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको निर्माण लागत एक खर्ब २० अर्ब रुपियाँ रहेको ।
– ४९ प्रतिशत सर्वसाधारणको सेयर र विश्व बैङ्क, युरोपेली लगानी बैङ्कको सहुलियतपूर्ण ऋण तथा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका स्वदेशी वित्तीय संस्थाको लगानी रहने मोडलमा वित्तीय व्यवस्थापन हुने बताइएको ।
२३. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
वि.सं. २०७४ मङ्सिर १ ।
२४. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
सेन्सस गोश्वारा ।
– नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको ।
– नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म हेड काउन्ट(टाउको गन्ती) को रूपमा गणना गर्ने गरिएकोमा पाँचौँ (२००९÷११) बाट वैज्ञानिक गणना सुरु गरिएको ।
– नेपालमा सुरुआती चरणमा ‘सेन्सस’गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले लिँदै आएको ।
– वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको ।
२५. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?
पाँचवर्षे ।
– (पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)
२६. एसडीजी गोल इन्डेक्स–२०१९ मा नेपाल कतिऔँ स्थानमा छ ?
१०३औँ
– एसडीजीमा निर्धारण गरिएका लक्ष्यहरूको प्रगतिका आधारमा तयार गरिने यो रेङ्किङमा नेपाल ६३.९ अङ्कका साथ सो स्थानमा रहेको ।
– अध्ययनमा १२६ देश समेटिएको सो सूचीको पहिलो पाँच स्थानमा क्रमशः डेनमार्क, स्वीडेन, फिन्ल्यान्ड, फ्रान्स र अस्ट्रिया रहेका । अन्तिम स्थानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, डोमिनिकन रिपब्लिक, कङ्गो र नाइजेरिया रहेका ।
२७. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?
सन् १९२९ ।
– (सन् १९२९मा स्थापित यो पुरस्कार पहिलोपटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो । हालसम्म ‘बेनहुर’ र ‘टाइटानिक’ चलचित्रले सर्वाधिक ११÷११ विधामा ओस्कार आवर्ड जित्न सफल भएका छन् ।)
२८. सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी के बनाएको छ ?
शिक्षा तथा मानव स्रोत विकास केन्द्र ।
२९. जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
वि.संं २०७४ चैत २९ ।
– (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २८ मा सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो । मन्त्रालयले जिल्ला शिक्षा अधिकारीलाई नै उक्त कार्यालयको प्रमुख रहेर काम गर्ने व्यवस्था गरेको । देशभर २०१८ सालदेखि जिल्ला शिक्षा कार्यालय रहँदै आएका थिए ।)
३०. नेपालमा रामापिथेकसको् अवशेष कहाँ फेलापरेको हो ?
तिनाउ –बुटवल) ।
– अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटीका डा. जे. एच हट्चिसन सहित नेपालको त्रिभुवन विश्वविद्यालयका अन्वेषणकर्ताद्वारा सन् १९७९ देखि १९८२ सम्म गरिएको अन्वेषणअनुसार एक करोड दश लाख वर्ष पुरानो रामापिथेकसको बङ्गारा (दाँत) भेटिएको थियो । उक्त बङ्गाराको ‘डमी’ बनाएर सर्वसाधारणको प्रदर्शनका लागि त्रिभुवन विश्वविद्यालयकोे प्राकृतिक सङ्ग्रहालयमा राखिएको छ ।
– यो जीवाषशेषको पहिचानपश्चात् सन् २०१३ मा ‘नेपालका जीवावशेष’ भन्ने टिकटमाला जारी गरिएको । रामापिथेकसको प्रचारप्रसारका लागि तिनाउतट नजिकै रामापिथेकस पार्क निर्माण गरी प्रतीक स्थापना गरिएको छ । साथै पाल्पा जिल्ला र रूपन्देहीको सङ्गम मानिने सिद्धबाबा धामका दुवै समितिको पहलमा तल्लो सिद्धबाबा धाममा ‘रामापिथेकस वनस्पति उद्यान’ निर्माणको कार्य पनि
१. भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन कहिले भएको हो ?
सन् २०२० अगस्ट ३१
– भारत रत्न उपाधिबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका । मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनले अर्थमन्त्रीको कार्यभार सम्हालेका ।
– कोरोना सङ्क्रमणपछि उपचाररत ८४ वर्षीय मुखर्जी केही दिनदेखि कोमामा थिए ।
२. निजामती कर्मचारीहरूले एकैप्रकारको पोसाक लगाउनुपर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
विक्रम संवत् २०६८ साउन १ गते
३. नेपाल आइडल सिजन–३ को उपाधि विजेता बन्न सफल प्रतिभा को हुन् ?
सज्जा चौलागाईं
– सज्जाले उपाधिसहित ५० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेकी ।
– सो प्रतियोगितामा प्रवीण बेडवाल फस्र्ट रनरअप र किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका ।
४. नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण कहिले गरिएको हो ?
विसं २०७३ मङ्सिर २२
– मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा ३६ वर्षीय बलराम नागाको (भक्तपुर सूर्यविनायकका) शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको ।
– उनकी ४१ वर्षीया दिदी सानुमाया लागेजूले कलेजो प्रदान गरेकी ।
– डा. डेभिड कानको नेतृत्वमा १४ जनाको टोलीले कलेजो प्रत्यारोपण गरेको ।
५. इन्टरपोलको ‘मोटो’ (नारा) के छ ?
कनेक्टिङ पेलिस फर ए सेफर वल्र्ड (एक सुरक्षित विश्वका लागि प्रहरी सञ्जाल) ।
– यसको स्थापना सन् १९२३ सेप्टेम्बर ७ मा भएको ।
– इन्टरपोल (अन्तर्राष्ट्रिय प्रहरी) प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन हो । यसको मुख्यालय फ्रान्सको लियोनमा रहेको छ । इन्टरपोलको सम्मेलन दुई–दुई वर्षमा हुने प्रावधान छ ।
– नेपाल सन् १९६७ मा इन्टरपोलको सदस्य (१००औँ) बनेको ।
– हाल इन्टरपोलमा १९४ सदस्य राष्ट्र रहेका छन् । हाल यसको प्रमुखमा दक्षिण कोरियाका किम जोङ याङ (सन् २०१८–२०२०) रहेका ।
६. प्राणी तथा वनस्पतिको वंशगुण संरक्षण गर्ने उद्देश्यले जिन (आनुवांशिक) बैङ्कको स्थापना कहाँ गरिएको छ ?
ललितपुरको खुमलटार
– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत ‘नेसनल एग्रिकल्चर जेनेटिक रिसर्च सेन्टर’ नामबाट सो जिन बैङ्क स्थापना भएको ।
– विश्वको सबैभन्दा ठूलो जिन बैङ्क चीनको ग्वाङझोङ प्रान्तको सेन्जेन सहरमा रहेको ।
– नर्वेस्थित स्भाल्बर्ड ग्लोवल सिड बैङ्कलाई विश्वकै नमुना जिन बैङ्क मानिने ।
७. आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्ने चरा कुन हो ?
लाटोकोसेरो
– आँखा चलाउन नसक्ने यस चराले कहीँ, कतै नजर डुलाउनुपर्दा टाउको नै डुलाउनुपर्छ र यसले आफ्नो टाउको २७० डिग्रीसम्म घुमाउन सक्छ ।
– देवी लक्ष्मीको वाहनका रूपमा समेत चिनिने लाटोकोसेरो दिनमा निष्क्रिय रहने तथा रातको समयमा सक्रियता बढाएर आहाराको खोजी गर्छ ।
– संसारमा पाइने दुई सय २५ प्रजातिका लाटोकोसेरोमध्ये नेपालमा हालसम्म २१ प्रजातिका फेलापरेका छन् ।
– मुसा, सर्प, भ्यागुता, बिरालो, मलसाप्रो खाएर प्राकृतिक सन्तुलन कायम राख्न सहयोग पु¥याउने लाटोकोसेरोको अवैध रूपमा हुने चोरीसिकारले यसको संरक्षणमा चुनौती थपिएको छ ।
८. नेपालको कुन ठाउँमा ‘अटोभिलेज’ रहेको छ?
बुटवल
९. नेपालको कुन ठाउँमा गाई र भैँसी सुन्दरी प्रतियोगिता हुने गरेको छ ?
सुनसरी
१०. नेपालको बहुजातीय साँस्कृतिक ग्राम कहाँ रहेको छ ?
पथरी, मोरङ
११. महाहन्ट अप्रेसन केसँग सम्बन्धित छ ?
दुर्लभ वन्यजन्तु र वनस्पतिको संरक्षण
१२. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका अलग हुने घोषणा कहिले गरेका हुन् ?
सन् २०१८ मे ८
१३. अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरू एकीकरण गर्नेसम्बन्धमा व्यवस्था भएको महासन्धि ‘मन्ट्रियल महासन्धि–१९९९’ नेपालको संसद्बाट कहिले पारित गरिएको हो ?
विसं २०७५ भदौ ७
– उक्त महासन्धि पारित भएसँगै नेपाल यस महासन्धिको पक्षराष्ट्र बनेको
– महासन्धि पारित भएको जानकारीसहित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) मा दर्ता गराएको ६० दिनपछि यो महासन्धि कार्यान्वयनमा आउने ।
– यस महासन्धिको पक्षराष्ट्र भएसँगै अब नेपाली हवाई यात्रुले पनि अन्तर्राष्ट्रिय उडानक्रममा हुन सक्ने विभिन्न घटनामा विदेशी यात्रुसरह बीमा सुविधा पाउने भएका । अब अन्तर्राष्ट्रिय वायुसेवामार्फत यात्रा गर्दा यात्रुको ज्यानमा क्षति भए करिब पौने दुई करोड रुपियाँ क्षतिपूर्ति प्राप्त हुने ।
– यसअघि नेपाल ‘वार्सा महासन्धि–१९२९’ र सोको हेग प्रोटोकल १९५५ को मात्र पक्षराष्ट्र रहेको । सो अनुसार हवाई दुर्घटनामा ज्यान गुुमाउने नेपालीले केवल २० हजार अमेरिकी डलरमात्र पाउने गरेका ।
– सार्क मुलुकमध्ये भारत, पाकिस्तान र माल्दिभ्स पक्षराष्ट्रका रूपमा रहिसकेका ।
१४. ‘बुद्ध थिम पार्क’ कुन देशमा निर्माण गरिने भएको छ ?
श्रीलङ्का
१५. यारी भञ्ज्याङ हुम्ला जिल्लामा पर्दछ भने नाम्जा भञ्ज्याङ कहाँ पर्दछ ?
मुगु
१६. गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ छ ?
गुह्येश्वरी (काठमाडौँ)
१७. नेपालमा पहिलोपटक राष्ट्रिय महिला दिवस कहिले मनाइयो ?
विसं २०७६ जेठ १६
१८. प्रसिद्ध रानीमहल दरबार कहाँ रहेको छ ?
पाल्पा
– प्रेमको प्रतीकका रूपमा चिनिने रानीमहल दरबार पाल्पा जिल्लामा कालीगण्डकी नदीकिनारमा रहेको
– आफ्नी कान्छी रानी (श्रीमती) तेजकुमारी बिरामी परेर अन्तिम अवस्थामा पुगेपछि भारतको ताजमहलजस्तै महल बनाइदिन आग्रह गरेअनुसार राजा खड्गशमशेरले सो रानीमहल दरबारको निर्माण गरिदिएका
१९. नेपालमा कति प्रजातिका सर्प पाइन्छन् ?
८३
(सबैभन्दा पछि पत्ता लागेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फेलापरेको उडुवा लहरे सर्प (सुकेको लहरोजस्तै देखिने) हो ।)
२०. नेपाल चीनमैत्री पार्कको निर्माण कहाँ गरिने भएको छ ?
दमक, झापा
– पार्कलाई ‘दमक क्लिन इन्डष्ट्रियल पार्क’ नामकरण गरिएको ।
– २०७६ साउन १७ को लगानी बोर्डको बैठकबाट पार्क निर्माणका लागि ६४ अर्ब रुपियाँ लगानी स्वीकृत भएको ।
२१. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छे«तारालगायतका खगोलीय पिण्डहरू एवम् धुलकण र ग्यासीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
तारापुञ्ज
(सौर्यमण्डलमा रहेको तारापुञ्जलाई आकाशगङ्गा तारापुञ्ज भनिन्छ, जुन कमानी आकारको छ ।)
२२. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?
कीर्तिपुर
२३. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ छ ?
काठमाडौँ
(पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदीकिनारमा रहेको ।)
२४. खर्पुनाथ (शिव) मन्दिर हुम्ला जिल्लामा रहेको छ भने चन्दननाथ मन्दिर कहाँ छ ?
जुम्ला
२५. विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा (दुबई) हो भने सबैभन्दा ठूलो भवन कुन हो ?
न्यु सेन्चुरी ग्लोबल सेन्टर (चीन)
(चीनको सिचुआन प्रान्तमा निर्मित यो भवन पाँच सय मिटर लामो, चार सय मिटर चौडा र एक सय मिटर अग्लो रहेको । भवनभित्र कृत्रिम समुद्र किनारासमेत निर्माण गरिएको । यो भवन सन् २०१३ जुलाई १ देखि सार्वजनिक रूपमा सञ्चालनमा आएको ।)
२६. नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?
विसं १९३८
२७. हालसम्मकै सबैभन्दा धेरै सम्पत्ति भएको व्यक्तिका रूपमा नयाँ रेकर्ड बनाउने धनाढ्य को हुन् ?
जेफ बेजोस
– अमेजनका संस्थापक जेफ बेजोस विश्वकै पहिलो दुई सय अर्ब डलर सम्पत्तिको मालिक बनेका । गत वर्ष बेजोसले आफ्नी पत्नीसँग सबैभन्दा महँगो डिभोर्स (पार्पाचुके) सामना गरेका थिए । जसमा उनले आफ्नी पूर्वपत्नीलाई अमेजनमा रहेको २५ प्रतिशत सेयर दिन सहमति जनाएका थिए । अहिलेको समयमा उक्त सेयरको मूल्य ६३ अर्ब डलर छ । यद्यपि, उनी हाल पनि विश्वको सबैभन्दा धनी व्यक्तिको हैसियतमा पुगेका छन् ।)
२८. नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?
सन् १९५५ डिसेम्बर १४
(सन् १९५५ डिसेम्बर १४ मा नेपाललगायत १६ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घको सदस्यता दिलाउने सम्बन्धमा सुरक्षा परिषद्द्वारा पारित प्रस्तावलाई प्याकेज डिल भनी चिनिन्छ ।)
२९. सत्यमोहन जोशीको तस्बिरअंकित सिक्का कहिले सार्वजनिक गरियो ?
विसं २०७६ भदौ २४
(रु. १००, रु. १००० र रु. २५०० को सिक्का सार्वजनिक गरिएको ।)
३०. चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कहिलेदेखि लागू भएको हो ?
विसं २०७५ साउन १
– यो पद्वति लागू भएपश्चात् अनलाइन डाटामार्फत चलचित्रको आयको जानकारी सहज हुने ।
– एकप्रकारको केन्द्रीकृत इ–टिकेटिङ सिष्टमका रूपमा रहेको यो पद्धति जडानको जिम्मेवारी ‘ब्रेन डिजिट इन सोलुसन’ कम्पनीलाई दिइएको ।