१. सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?
वि.सं. २०७९ असार १
– २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।
– सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ १ देखि कार्यान्वयनमा आएको थियो ।
२. नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व को हुन् ?
पूजा सिंह
– २०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा बढुवा गरेको ।
– यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने महिला डीआईजीसम्म मात्र पुगेका । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका ।
– २०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा बढुवा भएकी ।
३. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?
जुन ७
– सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार
– सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको ।
– खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति – २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको ।
– विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा समेत यो दिवस मनाइएको ।)
४. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार को को हुन् ?
रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ठ जलतरङ्गवाधक मोहनप्रसाद जोशी, वरिष्ठ नृत्य निर्देशक विणा राजभण्डारी जोशी, वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली, वरिष्ठ लोकसर्जक अमर विरही गुरुङ
– (पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।)
५. विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?
जुन ५
– नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको । सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा) वार्षिकोत्सवसमेत मनाइएको ।
– वातावरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको ।
– सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको ।
६. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?
२२ (घाटामा रहेका संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)
७. अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?
मे २९
– (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द वल्र्ड, प्राइड अफ नेपाल)
८. अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
३.६ प्रतिशत
९. पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो ?
वि.सं. २०७९ जेठ १५
– तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित २२ जनाको ज्यान गएको ।
– १५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको सो विमान भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो ।
१०. सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन् ?
राजकुमारी आस्मा वित्त थानी अल–थानी
– उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी । उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी ।
११. फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्न सफल नेपाली सर्ट फिल्म कुन हो ?
लोरी
– अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको ।
१२. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
जेठ १६
– (वि.सं. २०७९ को नारा : महिलाको सम्मान : सभ्य समाजको निर्माण ।)
१३. वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?
२५६६औँ
१४. बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन कहिले गरियो ?
वि.सं. २०७९ जेठ २
– चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको ।
– पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते शिलान्यास भएको थियो ।
– छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका रहेका ।
१५. नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?
नर्स विमला श्रेष्ठ
– उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी ।
– यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको ।
१६. देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो ?
वि.सं. २०७९ जेठ ५
१७. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
सर्लाही (११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह)
– सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७)
– सबैभन्दा कम स्थानीय तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)
– दुई/दुईवटा उपमहानगरपालिका भएको जिल्लाको
सङ्ख्या : तीन (सुनसरी : धरान र इटहरी, बारा :जितपुर र कलैया तथा दाङ :तुलसीपुर र घोराही)
१८. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
नेपालगञ्ज, बाँके
१९. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?
पाँच (बढीमा २१ वडा)
– (नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)
२०. नेपालमा हाल कति प्रजातिका चरा भेटिएको अभिलेख छ ?
८९०
– हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै नेपालमा चराका प्रजातिको सङ्ख्या ८९० पुगेको ।
– ‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन, भारत अनि भियतनाममा पाइने गरेको ।
– सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा, भ्यागुतालाई आफ्नो आहारा बनाउने गरको ।
२१. अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
माणिकरत्न स्थापित
२२. मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?
पुरुषोत्तम बस्नेत
– उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको ।
– त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित हुनुभएको ।
– उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।
– त्यसैगरी मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट युवा पुस्ताका सर्जक मोमिला जोशी सम्मानित हुनुभएको । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ ।
– सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको ।
२३. सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
फ्रान्स
२४. रगत नीलो हुने समस्या के को कमीका कारणले हुन्छ ?
पाइरिडोक्सिन
२५. नासाको ‘दाविन्ची प्लस’ र ‘वेरिटास’ मिसन केसँग सम्बन्धित छ ?
शुक्र ग्रह मिसन
२६. काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो ?
घोस्ट अफ स्पेसटाइम (मोरक्को)
– बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको ।
– राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज खरेलको कुइनेटोले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको ।
– कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको अवार्ड जितेका ।
– महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भूपेन्द्र अधिकारीले सम्पादकको अवार्ड जितेका ।
२७. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?
जुन २३
१. सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?
वि.सं. २०७९ असार १
– २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।
– सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ १ देखि कार्यान्वयनमा आएको थियो ।
२. नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व को हुन् ?
पूजा सिंह
– २०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा बढुवा गरेको ।
– यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने महिला डीआईजीसम्म मात्र पुगेका । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका ।
– २०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा बढुवा भएकी ।
३. विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ ?
जुन ७
– सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार
– सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको ।
– खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति – २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको ।
– विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा समेत यो दिवस मनाइएको ।)
४. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार को को हुन् ?
रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, वरिष्ठ जलतरङ्गवाधक मोहनप्रसाद जोशी, वरिष्ठ नृत्य निर्देशक विणा राजभण्डारी जोशी, वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली, वरिष्ठ लोकसर्जक अमर विरही गुरुङ
– (पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।)
५. विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ ?
जुन ५
– नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइएको । सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा) वार्षिकोत्सवसमेत मनाइएको ।
– वातावरणसम्बन्धी स्टकहोम सम्मेलन, १९७२ ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर गरेको ।
– सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको ।
६. आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन् ?
२२ (घाटामा रहेका संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)
७. अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?
मे २९
– (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द वल्र्ड, प्राइड अफ नेपाल)
८. अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
३.६ प्रतिशत
९. पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो ?
वि.सं. २०७९ जेठ १५
– तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित २२ जनाको ज्यान गएको ।
– १५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको सो विमान भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो ।
१०. सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन् ?
राजकुमारी आस्मा वित्त थानी अल–थानी
– उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी । उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी ।
११. फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्न सफल नेपाली सर्ट फिल्म कुन हो ?
लोरी
– अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म फेस्टिभलमा पहिलो पटक सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको ।
१२. राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ?
जेठ १६
– (वि.सं. २०७९ को नारा : महिलाको सम्मान : सभ्य समाजको निर्माण ।)
१३. वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो ?
२५६६औँ
१४. बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको उद्घाटन कहिले गरियो ?
वि.सं. २०७९ जेठ २
– चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको ।
– पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते शिलान्यास भएको थियो ।
– छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर ढोका र ५२ वटा साधारण ढोका रहेका ।
१५. नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन् ?
नर्स विमला श्रेष्ठ
– उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी ।
– यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको ।
१६. देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो ?
वि.सं. २०७९ जेठ ५
१७. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
सर्लाही (११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह)
– सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७)
– सबैभन्दा कम स्थानीय तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)
– दुई/दुईवटा उपमहानगरपालिका भएको जिल्लाको
सङ्ख्या : तीन (सुनसरी : धरान र इटहरी, बारा :जितपुर र कलैया तथा दाङ :तुलसीपुर र घोराही)
१८. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
नेपालगञ्ज, बाँके
१९. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?
पाँच (बढीमा २१ वडा)
– (नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)
२०. नेपालमा हाल कति प्रजातिका चरा भेटिएको अभिलेख छ ?
८९०
– हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै नेपालमा चराका प्रजातिको सङ्ख्या ८९० पुगेको ।
– ‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन, भारत अनि भियतनाममा पाइने गरेको ।
– सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा, भ्यागुतालाई आफ्नो आहारा बनाउने गरको ।
२१. अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
माणिकरत्न स्थापित
२२. मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ ?
पुरुषोत्तम बस्नेत
– उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको ।
– त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित हुनुभएको ।
– उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।
– त्यसैगरी मधुपर्क प्रतिभा सम्मान, २०७९ बाट युवा पुस्ताका सर्जक मोमिला जोशी सम्मानित हुनुभएको । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ ।
– सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको ।
२३. सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
फ्रान्स
२४. रगत नीलो हुने समस्या के को कमीका कारणले हुन्छ ?
पाइरिडोक्सिन
२५. नासाको ‘दाविन्ची प्लस’ र ‘वेरिटास’ मिसन केसँग सम्बन्धित छ ?
शुक्र ग्रह मिसन
२६. काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो ?
घोस्ट अफ स्पेसटाइम (मोरक्को)
– बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको ।
– राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज खरेलको कुइनेटोले उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको ।
– कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको अवार्ड जितेका ।
– महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भूपेन्द्र अधिकारीले सम्पादकको अवार्ड जितेका ।
२७. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?
जुन २३
१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?
सुरेन्द्र भट्टराई
– मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको ।
– ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालका तर्फबाट भट्टराई सम्मानित हुनुभएको ।
२. सञ्चारकर्मी रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन् ?
वि.सं. २०७९ असार ७
– सङ्घ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका ।
– केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा बढी युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा सहभागी हुने बताइएको ।
३. अन्तर्राष्ट्रिय सङ्गीत दिवस कहिले मनाइन्छ ?
जुन २१
– सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।
– नेपालमा वि.सं. २०५५ देखि यो दिवस मनाउन थालिएको ।
४. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?
युजेनिक्स
५. नेपालका प्रमुख पर्यटकीय गन्तव्य एवं सोसँग सम्बन्धित विविध गतिविधि समेटिएको एपलाई के भनी चिनिन्छ ?
वेलकम नेपाल
६. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
सुमन सत्याल
७. गोल्डन रुल भन्नाले के बुझिन्छ ?
कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू ।
८. ‘लिच्छवि लिपि’ नामक कृतिका लेखक को हुन् ?
डा. नयनाथ पौडेल
९. हाल (मे २०२२) नेपालका लागि भारतीय राजदूत को नियुक्त भएका छन् ?
नवीन श्रीवास्तव
– भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया डिभिजनका प्रमुख श्रीवास्तव सन् २०१५ देखि १०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका ।
– उनी अमेरिका, चीन र हङकङमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरेका ।
१०. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?
पौडीकी ओलम्पियन गौरिका सिंह र व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल
– अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेकी ।
– त्यस्तै सन् २०२२ को पुरुषतर्फ उत्कृष्ट भएका व्याडमिन्टनका दाहालले एनओसी अवार्ड प्राप्त गरेका ।
११. मन्ट्रियल महासन्धि कहिले जारी भएको हो ?
सन् १९९९ मे ८
– (यो सन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको ।)
१२. लमजुङ जिल्लास्थित डादीखोलामा निर्माण गरिएको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
३० मे.वा.
– न्यादी जलविद्युत् आयोजनाले २०७९ वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको ।
– सो आयोजनाले वैशाख २७ देखि उत्पादित विद्युत् शुल्क पाउने गरी २०७९ असार ७ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको ।
– आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको ।
१३. काठमाडौँको मौसम सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ कहिले सार्वजनिक गरियो ?
वि.सं. २०७४ चैत १५
१४. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
वि.सं. २०७५ भदौ १८
– प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद ८ को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।
– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।
१५. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?
वि.सं. २०७४ जेठ १७
१६. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
रौतहट (१६ वटा)
१७. भृकुटी कागज कारखाना कहिलेदेखि बन्द भएको हो ?
वि.सं. २०६७
– वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो ।
– यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।
१८. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?
सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ (आयोजक : कतार)
– यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र :
– एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक कतार, साउदी अरब, जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया,
– युरोप : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।
– उत्तर तथा मध्य–अमेरिका : क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका ।
– दक्षिण अमेरिका :ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर । यस पटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा छनोट हुन नसकेका ।
– अफ्रिका :घाना, सेनेगल, ट्युनिसिया, मोरक्को र क्यामरुन ।
१९. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?
अफ्रिका
२०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?
वाणिज्यमन्त्री वा राज्यमन्त्री
२१. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?
प्लुटो
२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
धर्म कचहरी
२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?
कृषि
२४. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
१४ प्रतिशत
– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।
– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।
– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।
– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।
– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।
– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।
२५. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?
कार्ल–विलहेल्म शिले (सन् १७७४)
– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)
२६. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?
काठमाडौँ
– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)
२७. सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान घोषणा कहिले गरेको हो ?
वि.सं. २०७५ असार २२
२८. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?
चीन
२९. भारतीय प्रिमियर लिग (आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो ?
गुजरात टाइटन्स
– राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात पार्न सफल भएको ।
– उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले २० करोड भा.रु. पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको । तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स
बैङ्गलोरले सात करोड भा.रु. पुरस्कार प्राप्त गरेको ।
– लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त गरेको ।
– राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै पुरस्कार रकम हात पारेका ।
– फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त गरेका ।
३०. यस वर्षको इच्छुक स्मृति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?
प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी (संयुक्त रूपमा)
– पुरस्कारको राशि रु. एक लाख रहेको ।
– यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८ काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको ।
– जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको ।
– यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान गर्दै आएको ।
१. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा कहिले उद्घाटन गरियो ?
वि.सं. २०७९ जेठ २
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको ।
२५६६औँ बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरिएको उद्घाटन कार्यक्रममा बिहान ६ बजेर ३० मिनेटमा काठमाडौँबाट ७५ यात्रु लिएर आएको नेपाल एयरलायन्सको न्यारो बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको । त्यसपछि बिहान कुवेतबाट १७८ यात्रु लिएर आएको जजिरा एयरलायन्सको न्यारो बडी जहाज ७ बजेर ७ मिनेटमा अवतरण गरेको ।
कुवेतको जजिरा एयरलायन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान गरेको ।
यो विमानस्थल सञ्चालनमा आएपछि मौसम वा अन्य कारणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विमान अवतरण गर्न नसकेको अवस्थामा अन्य देशको विमानस्थलमा जानुपर्ने बाध्यता हटेको ।
विमानस्थल र उडान सुरक्षाका लागि आवश्यक अत्याधुनिक उड्डयन उपकरण आईएलएससहितको यस विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग रहेको ।
यो विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० र त्यस्तै क्षमताका वाइङ बडी अवतरण गर्न सक्ने ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन तथा प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण भएको यस विमानस्थललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७९ वैशाख २१ गते प्रमाणीकरण गरिसकेको ।
यस विमानस्थलको यान्त्रिक परीक्षण वि.सं. २०७८ फागुनमा गरिएको ।
२. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा लुम्बिनी भ्रमण कहिले भएको हो ?
२०७९ जेठ २
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २०७९ जेठ २ मा २५६६औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीको भ्रमण भएको । सो अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका प्रतिनिधिबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको ।
नेपाल र भारतबीच भएका समझदारी
लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)बीच डा. अम्बेडकर चेयर फर बुद्धिस्ट स्टडिज स्थापना गर्ने समझदारी
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एसियाली अध्ययन केन्द्र (सिनास) र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।
काठमाडौँ विश्वविद्यालय र आईसीसीआरबीच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना गर्ने समझदारी ।
केयू र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम)बीच सहकार्य गर्ने समझदारी ।
केयू र आईआईटीएमबीच स्नातकोत्तर तहको संयुक्त शैक्षिक कार्यक्रम चलाउने सहमति ।
अरुण ४ परियोजना विकास र कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच समझदारी ।
३. नेपालमा कोरोनाविरुद्धको पहिलो खोप कसलाई दिइएको हो ?
डा. सागर राजभण्डारी
४. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?
काभ्रेपलाञ्चोक
सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।
सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।
सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान ६३४६ रहेका ।
कफी उत्पादनमा बागमती प्रदेश पहिलो स्थानमा रहेको ।
तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।
५. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर
६. लेप्चा जातिको मुख्य वासस्थान इलाम हो भने गन्धर्व जातिको मुख्य बासस्थान कहाँ हो ?
बाटुलेचौर, कास्की
७. काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो ?
वि.सं. १९५१ (वीरशमशेको पालामा)
८. सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना समन्वय समितिको संयोजक को हुने प्रावधान छ ?
मुख्य सचिव
९. जलवायु परिवर्तनविरुद्ध सन्देश दिने उद्देश्यका साथ सगरमाथाको सफल आरोहण गर्ने गायक को हुन् ?
राजु लामा (२०७९)
६५०० मिटर उचाइको क्याम्प ३ मा उनले साङ्गीतिक प्रस्तुतिसमेत दिएर नयाँ कीर्तिमान कायम गरेका ।
उनी मङ्गोलियन हार्ट ब्यान्डका चर्चित गायक हुन् ।
१०. आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ ‘आठपहरिया सङ्ग्रहालय’ कहाँ निर्माण गर्न थालिएको छ ?
धनकुटा
११. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?
सुवानन्द दास
१२. आन्तरिक राजस्व विभागले केन्द्रीय बिजक प्रणालीको सुरुवात कहिलेदेखि गरेको हो ?
वि.सं. २०७४ मङ्सिर १
१३. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?
वि.सं. २०६४
१४. नेपालकै ठूलो विद्युतीय सब–स्टेसन कहाँ रहेको छ ?
धनुषाको ढल्केबर
चार सय केभीको यो सब–स्टेसन वि.सं. २०७७ माघ १९ मा उद्घाटन गरिएको ।
यो सब–स्टेसन निर्माण सकिएपश्चात् ढल्केबर मुजफ्फरपुर लाइनसहित सञ्चालनमा आएको ।
यो सब–स्टेसनमा ३१५ एमभीए क्षमताका तीनवटा ४००÷२०० केभी रियाक्टर जडान गरिएको ।
चार सय केभी सब–स्टेसनबाट करिब नौ सय मेगावाट विद्युत् चार सय केभी र २२० केभीमा आदानप्रदान गर्न सकिने ।
यो सब–स्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको ।
१५. सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ?
वि.सं. २०७९ जेठ २
सङ्खुवासभास्थित अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले हस्ताक्षर गरेका । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोणबमोजिम सरकारी स्वामित्वका संस्थाको संयुक्त लगानीमा अरुण–४ को निर्माण अगाडि बढाउन लागिएको ।
खङ्खुवासभामा बग्ने अरुण नदीमा पहिचान गरिएको यो आयोजनाको कुल क्षमता ४९०.२ मेगावाट हुने प्रारम्भिक अध्ययनले देखाएको ।
यो नेपाल र भारतका सरकारी निकायको संयुक्त लगानीको पहिलो जलविद्युत् आयोजना हो ।
यसमा प्राधिकरणको ४९ प्रतिशत र सतलजको ५१ प्रतिशत सेयर स्वामित्व रहने तय भएको ।
सतलजले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ भने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने अनुमति पाएको ।
सतलज भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम कम्पनी हो ।
गत चैतमा सम्पन्न प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्रबमोजिम सरकारी स्वामित्वका संस्थाहरूको संयुक्त लगानीमा अरुण–४ जलविद्युत् आयोजना बनाउन लागिएको ।
समझदारीअनुसार अरुण–४ बाट नेपालले २१.९ प्रतिशत विद्युत् निःशुल्क पाउने ।
उत्पादित विद्युत् नेपालमै खपत गर्न सक्ने अवस्था रहेमा विद्युत् प्राधिकरणलाई नै किन्ने अधिकार प्राप्त हुने । नेपालले खपत नगरेमा मात्र भारत अथवा बङ्गलादेशमा निर्यात गरिने ।
आयोजनाबाट उत्पादित विद्युत् बिक्री गर्न र आवश्यक पर्ने ऋण जुटाउन प्रवद्र्धक कम्पनीका तर्फबाट सतलज जलविद्युत् निगमले नै हल गर्ने प्राधिकरणले जनाएको ।
आयोजनाको अहिले जडित क्षमता ४९०.२ मेगावाट पहिचान भए पनि डिजाइन परिवर्तन गर्दा आयोजनाको क्षमता ६९५ मेगावाट पुग्ने प्राधिकरणले जनाएको । यसो हुँदा नेपालले १५२ मेगावाट (२१.९ प्रतिशत)सम्म विद्युत् निःशुल्क पाउन सक्ने ।
विद्युत् विकास विभागले गरेको अध्ययनअनुसार आयोजनाको अनुमनित लागत करिब ७९ अर्ब १२ करोड रुपियाँ रहेको ।
आयोजनाबाट वार्षिक औसत दुई अर्ब १४ करोड युनिट ऊर्जा उत्पादन हुने ।
प्राधिकरणले पाउने ४९ प्रतिशत सेयरमध्ये १० प्रतिशत आयोजना प्रभावित जिल्लावासी र १५ प्रतिशत सर्वसाधारणलाई दिइने ।
त्यस्तै, आयोजनाको लाइसेन्स लिँदा प्राधिकरणले तिरेको करिब ५१ करोड रुपियाँ र योसँगै जोडिएका अन्य खर्च रकम आयोजना निर्माण गर्न खोलिने कम्पनीमा प्राधिकरणको सेयर लगानीमा पुँजीकरण हुने ।
समझदारीअनुसार १० दिनभित्रमा आयोजनाको सम्भयता अध्ययन प्रतिवेदनको पुनरवलोकन र १८ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने ।
सोही समयभित्र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनको अद्यावधिक गर्ने समझदारीपत्रमा उल्लेख छ ।
अरुण–४ को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५ स्थित अरुण नदी र लेकसेवा दोभानभन्दा करिब १३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्ने ।
प्रस्तावित डिजाइनअनुसार बाँध निर्माण गरी अरुण नदीको पानीलाई २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर)मा लगिने ।
डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका–३, सजुवाबेँसीमा रहने भूमिगत विद्युत्गृहमार्फत विद्युत् उत्पादन गरिने ।
विद्युत् उत्पादन गरी निस्किएको पानी ४७३.४ मिटर टेलरेस सुरुङमार्फत पुनः अरुण नदीमा खसालिने ।
आयोजना मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।
१६. प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद् (प्रतिनिधि सभा) पहिलोपल्ट कहिले विघटन गरिएको हो ?
वि.सं. २०७७ पुस ५ (दोस्रो पल्ट ः वि.सं. २०७८ जेठ ८)
१७. सर्वोच्च अदालतद्वारा पहिलो पटक प्रतिनिधि सभा विघटन बदर घोषणा कहिले भएको हो ?
वि.सं. २०७७ फागुन ११
पहिलो पटक विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा)ले वैकल्पिक बहुमतको सरकार दिन नसकेकाले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा नेकपा (एमाले) संसदीय दलको नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका ।
१८. दोस्रो पल्ट विघटित सङ्घीय संसद् (प्रतिनिधि सभा) सर्वोच्च अदालतले कहिले बदर गरेको हो ?
२०७८ असार २८
१९. शेरबहादुर देउवा पाँचौँ पटक कहिले प्रधानमन्त्री नियुक्त भएका हुन् ?
वि.सं. २०७८ असार २९
२०. नेपालको पहिलो पर्यटन गाउँ घोषित ठाउँ कुन हो ?
स्याङ्जाको सिरुबारी
२१. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम (हाल राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण कार्यक्रम)को सुरुवात कहिलेदेखि भएको हो ?
आ.व. २०६६÷६७ (यस कार्यक्रमको दायराभित्र ३७ जिल्ला रहेका ।)
२२. वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यका साथ २०७८ साउन १ देखि कति माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ ?
४० माइक्रोन
२३. समावेशीकरण राष्ट्रिय आयोगको गठन कहिले गरिएको हो ?
वि.सं. २०६५ पुस २९
२४. कुन पर्वलाई विस्का वा विस्पती पर्व पनि भनिन्छ ?
विसु पर्व
२५. प्रसिद्ध धार्मिकस्थल बडीकेदार कहाँ रहेको छ ?
डोटी
२६. मुलुककै जेठो ‘राष्ट्रिय सङ्ग्रहालय’ कहाँ रहेको छ ?
छाउनी, काठमाडौँ
२७. नेपाली वैज्ञानिकहरूको सूची तयार कुन निकायद्वारा गरिएको हो ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)
नास्टद्वारा पहिलो पटक विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि गरेका वैज्ञानिकहरूको सूची तयार पारिएको । हाल यस सूचीमा ८७३ जना नेपाली वैज्ञानिकको नाम समेटिएको । यसलाई ‘हु इज हु’ नामकरण गरिएको ।
विषयगत विज्ञता एवं उनीहरूले गरेका कामको जानकारी दिने उद्देश्यले यो सूची प्रकाशन गरिएको ।
२८. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार आफ्नो उत्पादनको कति प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई ‘निर्यातमूलक उद्योग’ भनिन्छ ?
४० प्रतिशत (ऊर्जामूलक उद्योगबाहेक)
२९. सरकारले किसान वर्गीकरण परिचयपत्र वितरणका लागि पहिलो चरणमा छनोट गरेका (सात प्रदेशका एक÷एक) जिल्ला कुन कुन हुन् ?
झापा (प्रदेश–१), पर्सा (प्रदेश–२), काभ्रे (बागमती), कास्की (गण्डकी), कपिलवस्तु (प्रदेश–५), सुर्खेत (कर्णाली) र कञ्चनपुर (सुदूरपश्चिम)
केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मानी एक घरबाट एक जनालाई परिचयपत्र प्रदान गरिने ।
किसान वर्गीकरण परिचयपत्र वितरण २०७६ साउनदेखि गरिएको ।
३०. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकार समेतलाई के भनिन्छ ?
राज्यशक्ति
३१. कवि शिरोमणि लेखनाथ पौडेल साहित्य पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?
रमेश खकुरेल
३२. चुरे संरक्षण राष्ट्रिय दिवस, २०७८ असार २ को नारा के हो ?
चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
३३. अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी कसलाई दिएको छ ?
नवयुग श्रेष्ठ (वि.सं. २०७९ जेठ १०)
३४. नेपाल सरकारले आ.व. २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा कहिले प्रस्तुत गरेको हो ?
वि.सं. २०७९ जेठ १०
३५. विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा पहिलो जननिर्वाचित सरकारले गठन कहिले भएको थियो ?
वि.सं. २०१६ जेठ १३
३६. शाहवंशीय इतिहासमा सबभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
श्री ५ त्रिभुवन
३७. धीरशमशेरका सत्र भाइ छोरामध्ये कति छोराहरू प्रधानमन्त्री बन्न सफल भएका थिए ?
५
(वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेर)
अन्तर्राष्ट्रिय–सन्दर्भ
३८. जर्मन साम्राज्यका संस्थापक कसलाई मानिन्छ ?
विस्मार्क
३९. कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ?
युनान (ग्रिस)
४०. भिक्टोरिया फल्स कुनकुन देशको सीमामा पर्दछ ?
जिम्बाव्बे र जाम्बिया
४१. अमेरिकी इतिहासमा कार्यवाहक राष्ट्रपति हुने पहिलो महिला को हुन् ?
कमला ह्यारिस
४२. Seven Rila Lakes कहाँ पर्दछ ?
बुल्गेरिया
रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने Seven Rila Lakes सातवटा हिमतालको समूह हो ।
२१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित सात तालहरू :
१) द टियर (सबैभन्दा सानो)
२) द आई
३) द किड्नी
४) द ट्विन (सबैभन्दा ठूलो)
५) द टे«फोइल
६) फिश लेक
७) द लोवर लेक
रमणीय यो ठाउँ पर्यटकका लागि आकर्षक गन्तव्य बनेको ।
४३. क्यासेट टेपका आविष्कारक लाउ ओटेन्सको निधन कहिले भएको हो ?
सन् २०२१ मार्च ६ (जन्म ः जून २१, १९२६ बेलिङवोल्ड, नेदरल्यान्ड)
४४. हाल सबैभन्दा धेरै इन्टरनेट प्रयोग गर्ने मुलुक कुन हो ?
चीन (दोस्रो ः भारत र तेस्रो ः अमेरिका)
४५. ट्रान्स प्यासिफिक पार्टनरसिप (टीपीपी)मा कति सदस्य मुलुक आबद्ध छन् ?
१२
४६. सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
फुमिओ किशिदा
(जापानको १००औँ प्रधानमन्त्रीमा नियुक्त ।)
४७. हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्या –आफ्नै निवासमा) कहिले भएको हो ?
सन् २०२१ जुलाई ७
४८. क्थmदष्यतष्अ ीष्लप भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई बुझिन्छ ?
इन्डो–प्यासिफिक
४९. ग्रेट ग्रिन वाल प्रोजेक्ट कहाँ कहाँ सञ्चालनमा ल्याइएको छ ?
अफ्रिकाको साहेल क्षेत्र
५०. विश्व प्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकुपर्स (पिडब्लुसी)का अनुसार लगानीका लागि आकर्षक गन्तव्यमा पहिलो पाँच स्थानमा परेका मुलुक कुन–कुन हुन् ?
क्रमशः अमेरिका, चीन, जर्मनी, बेलायत र भारत
विविध
५१. लोन्ली प्लानेटले प्रकाशित गरेको सूचीअनुसार सन् २०२२ मा घुम्नका लागि उत्कृष्ट मुलुकमध्ये पहिलो स्थानमा रहेको मुलुक कुन हो ?
कुक आइल्यान्ड
सूची अनुसार सन् २०२२ मा घुम्नै पर्ने १० मुलुकहरू
१. कुक आइल्यान्ड २. नर्वे
३. मौरिसस ४. बेलिज
५. स्लोभेनिया ६. एङगुइला
७. ओमान ८. नेपाल
९. मलावी १०. इजिप्ट
५२. ‘प्यान्डोरा पेपर्स’ केसँग सम्बन्धित छ ?
अवैध रूपमा विदेशमा लगानी गर्ने व्यक्तिहरू
५३. We Think Digital नामक कार्यक्रम कुन संस्थासँग सम्बन्धित छ ?
फेसबुक
५४. गम्भीर बिरामीको उपचारका लागि बनाइएको आईसीयू र एचडीयूको पूरा रूप के हो ?
इन्टेन्सिभ केयर युनिट र हाई डिपेन्डेन्सी युनिट
५५. 2–DG के सँग सम्बन्धित छ ?
कोरोना भाइरस सङ्क्रमितको औषधि
५६. हाल विश्वका कति देशमा बाघ पाइन्छ ?
१३
बाघ पाइने राष्ट्रहरू : नेपाल, भारत, चीन, बङ्गलादेश, भुटान, म्यानमार, थाइल्यान्ड, भियतनाम, लाओस, रुस, मलेसिया, इन्डोनेसिया र कम्बोडिया ।
नेपालमा विभिन्न बाघ गणनामा बाघको सङ्ख्या
सन् १९९५ : ९८
सन् २००० : १०९
सन् २००५ : १२६
सन् २००९ : १२१
सन् २०१३ : १९८
सन् २०१८ :२३५
सन् २०१८ को बाघ गणनाअनुसार सबैभन्दा बढी बाघ पाइने निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज रहेको ।
नेपालमा बाघका लागि अनुकूल वातावरण भएको साथै बाघ संरक्षणको दृष्टिले स्थापना गरिएको निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज हो ।
विश्व बाघ दिवस जुलाई २९ मा मनाइने ।
सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरिएको । टि इन्टु टु यहीसँग सम्बन्धित नारा हो ।
५७. नइ प्रकाशनले नइ देरुनिखपू बाल पुरस्कार, २०७८ कसलाई प्रदान गर्ने घोषणा गरेको हो ?
सुश्री सम्पदा दुलाल
नइ प्रकाशनले १५ वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ निम्नानुसार प्रदान गर्ने भएको ः
नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान गर्ने भएको ।
साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, स्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ रशु पन्त र खेलकुदतर्फ नयना शाक्यलाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान गरिने भएको ।
त्यस्तै, १० वर्षीय सिचु मानन्धर र नासिका ठकुरीलाई नृत्यतर्फको नइ देरुनिखपू कोपिला पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ।
५८. युद्ध साहित्य पुरस्कार, २०७८ कुन कृतिलाई प्रदान गरियो ?
अफगानी रणमैदान
५९. सन् २०२२ मा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन–कोप २७ कहाँ हुने भएको छ ?
इजिप्ट
६०. जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ (सन् २०२१) मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?
सन् २०४५
६१. सामुदायिक विकास तथा विश्व शान्ति पत्रकारिता सातौँ अन्तर्राष्ट्रिय सम्मान २०२० कसलाई प्रदान गरियो ?
नन्दुकुमार देवान (सन् २०२१ डिसेम्बरमा)
६२. दश वर्षको अवधिलाई दशक भनिन्छ भने सय वर्षको अवधिलाई के भनिन्छ ?
शताब्दी
६३. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना कहिले गरिने भएको छ ?
वि.सं. २०७९ असोज २८ – कात्तिक ३ (गण्डकी प्रदेश)
प्रतियोगिताको तयारी अभावका कारण प्रतियोगिता सारिएको राष्ट्रिय खेलकुद परिषद् स्रोतले जनाएको।
यसअघि सरकारले गण्डकी प्रदेशमा २०७९ जेठ २२–२८ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
१. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ ?
असार १५
धानको बहुआयामिक महìवलाई थप उजागर गरी यसको उत्पादन तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१÷६२ मा अन्तर्राष्ट्रिय धान वर्ष मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने घोषणा भई तत्पश्चात् राष्ट्रिय धान दिवस मनाउन थालिएको ।
– नेपाल सरकारले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र उपयोगलाई प्रवद्र्धन गर्न यस वर्षलाई ‘कृषि जैविक विविधता वर्ष’ मनाउने घोषणासमेत गरेको ।
– असार १५ गतेको दिनलाई मानो रोपेर मुरी फलाउने पर्वका रूपमा समेत लिने गरिन्छ । सरकाद्वारा कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको ।
२. सात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ मा कहाँ आयोजना गरियो ?
जर्मनी
– सात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ जुनमा जर्मनीमा सम्पन्न भएको ।
– सम्मेलनमा जी–७ का नेताहरूले विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब डलरको कोष खडा गरेका ।
– विश्वव्यापी अर्थतन्त्रलाई नयाँ आकार दिने लक्ष्यसहित बसेको जी–७ का नेतृत्वको सम्मेलनले विश्वव्यापी पूर्वाधार लगानीमा साझेदारीको नारासहित लगानी प्रस्ताव चीनको बीआरआई परियोजनाको विकल्पका रूपमा ल्याइएको जनाइएको ।
– जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य रहेका ।
– (स्मरण रहोस् : चीनले सयभन्दा बढी देशमा लगानी गर्ने गरी सन् २०१३ देखि बीआरआई योजना कार्यान्वयनमा ल्याएको ।)
३. बूढीगण्डकी जलासययुक्त विद्युत् आयोजना कम्पनी मोडेलमार्फत निर्माण गर्ने निर्णय कहिले भएको हो ?
वि.सं. २०७९ असार १४
– २०७९ असार १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको ।
– यसअघि सो आयोजना चीनको गेजुवा कम्पनीलाई दिइएकोमा उक्त कम्पनीले काम नगरेपछि फिर्ता गरिएको थियो ।
– हालसम्म आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपियाँ बराबरको मुआब्जा वितरण गरिसकिएको छ ।
– अब भने अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र स्थानीयवासीको लगानीको कम्पनी स्थापना भई त्यसैमार्फत आयोजना अगाडि बढाइनेछ ।
– कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपियाँ, अधिकृत पुँजी ६० अर्ब रुपियाँ तथा तत्काल जारी पुँजी २० अर्ब रुपियाँ बराबर हुनेछ ।
– कम्पनीको सञ्चालक समिति सात सदस्यीय हुनेछ; जसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका एक÷एक जना राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था गरिएको छ ।
– संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।
– सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्वेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको थियो ।
– आयोजनाका लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगममार्फत ७० अर्ब रुपियाँभन्दा बढी सङ्कलन गरिएको थियो ।
४. राष्ट्रिय एकता अभियान पार्टीको स्थापना कहिले भएको हो ?
वि.सं. २०७९ असार १४
– नेकपा पार्टी विभाजन भएसँगै तटस्थ भूमिकामा रहेका ७३ वर्षीय वामदेव गौतमले २०७९ असार १४ गते आफ्नो संयोजकत्वमा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका ।
– यसअघि अभियानका रूपमा रहेको राष्ट्रिय एकता अभियानलाई नै पार्टीमा रूपान्तरण गरिएको घोषणा गरेको बताइएको ।
– आफ्नो पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने र पार्टी बहुपदीय प्रणालीमा जाने बताएका ।
– नयाँ पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष, सङ्गठनात्मक कामको मुख्य जिम्मवारी पूरा गर्ने गरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको ।
५. वि.सं. २०७९ मा प्रदान गरिने अदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
चित्तरञ्जन नेपाली (अदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि प्रदान गरिँदै आएको ।)
६. नेपालमा कुपोषणलाई सन् २०२५ सम्म कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
२४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको ।)
७. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘प्रत्यक्ष पहँुच एकाइ’का रूपमा मान्यता दिने संस्था कुन हो ?
हरित जलवायु कोष (जीसीएफ)
८. कुन स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ ?
फक्ताङलुङ गाउँपालिका (ताप्लेजुङ)
– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको ।
– प्राङ्गारिक तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषि ज्ञान केन्द्र स्थापना गर्ने गरी गाउँपालिकाले ‘अलमोस्ट हेवन फाम्र्स’सँग सम्झौता गरेको ।
– परियोजनाको अवधि २०७९ भदौदेखि २०८२ साउनसम्म कायम रहने गरी गाउँपालिका र फाम्र्सबीच सम्झौता भएको ।
९. नेपालको पहिलो खोप सुनिश्चित प्रदेश कुन हो ?
गण्डकी प्रदेश
– (यो प्रदेश २०७५ भदौ १३ मा खोप सुनिश्चित प्रदेश घोषित भएको हो ।)
१०. अर्थमन्त्री जनार्दन शर्माद्वारा २०७९ जेठ १५ मा प्रस्तुत आ.व. २०७९/८० को बजेटको राशि कति रहेको छ ?
रु. १७ खर्ब ९३ अर्ब ८३ करोड
आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सो बजेट प्रस्तुत गरिएको ।
यो बजेट आ.व. २०७८÷७९ को बजेटको तुलनामा एक खर्ब ४६ अर्ब २६ करोड रुपियाँले बढी रहेको । आ.व. २०७८÷७९ मा सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो ।
आ.व. २०७९÷८० मा कुल बजेटमध्ये चालूतर्फ सात खर्ब ५३ अर्ब ४० करोड रुपियाँ (४२ प्रतिशत) विनियोजन गरिएको ।
– पुँजीगततर्फ कुल विनियोजनको तीन खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) बजेट छुट्याइएको ।
– वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत विनियोजन गरिएको ।
– बजेटले सङ्घीयताको मर्मअनुरूप प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको ठोस कार्यान्वयनको पहल लिएको यसका लागि प्रदेश र स्थानीय तहमा गरेर कुल बजेटको २४ प्रतिशत अर्थात् चार खर्ब २९ अर्ब ८३ करोड रुपियाँ विनियोजन गरिएको । यसमध्ये वित्तीय समानकीरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई एक खर्ब २३ करोड रुपियाँ हस्तान्तरण गरिने ।
– त्यस्तै ससर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई एब खर्ब ८३ अर्ब ७२ करोड रुपियाँ बजेट विनियोजन गरिएको ।
– समपूरक अनुदानतर्फ प्रदेशलाई छ अर्ब ३० करोड तथा स्थानीय तहलाई सात अर्ब २७ करोड र विशेष अनुदानतर्फ प्रदेशलाई चार अर्ब ५६ करोड तथा स्थानीय तहलाई नौ अर्ब १४ करोड रुपियाँ बजेट विनियोजन गरिएको ।
– राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा गरी एक खर्ब ६३ अर्ब तीन करोड रुपियाँ बजेट हस्तान्तरण हुने अनुमान रहेको ।
– विनियोजित बजेटका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपियाँ राजस्वमार्फत खर्च बेहोर्ने अनुमान गरेको ।
– यसबाहेक नपुग बजेटका लागि आन्तरिक ऋणमार्फत दुई खर्ब ५६ अर्ब र वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब रुपियाँबाट पूर्ति गरिने । त्यस्तै ५५ अर्ब ४६ करोड रुपियाँ वैदेशिक अनुदानस्वरूप प्राप्त हुने सरकारी अनुमान रहेको ।
– नेपाली उत्पादनको प्रवद्र्धन र कृषि उत्पादकत्व बढाउँदै आधारभूत कृषि उत्पादनको आयात कम्तीमा ३० प्रतिशतले घटाउने सरकारी लक्ष्य रहेको ।
– बढ्दो व्यापार घाटा कम गर्दै आगामी पाँच वर्षभित्र व्यापार सन्तुलनमा ल्याउने पनि बजेटमार्फत सार्वजनिक गरिएको ।
– आगामी आ.व.मा ८ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अनुमान रहेको ।
– मुद्रास्फीति ७ प्रतिशतमा सीमित राखिने ।
– ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्षबाट दुई वर्ष घटाई ६८ वर्ष कायम गरिएको ।
– आयकरको यसअघिको सीमामा बढाइएको; जसअनुसार व्यक्तिगत तर्फ पाँच लाख (यसअघि चार लाख) रुपियाँसम्म आयकर नलाग्ने । त्यस्तै दम्पतीको हकमा छ लाख (यसअघि चार लाख ५० हजार) रुपियाँसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने भएको ।
– बजेटले कोभिड प्रभावित व्यवसायीलाई आ.व. २०७८/७९ को आयमा ३० लाख रुपियाँसम्मको कारोबारमा ७५ प्रतिशत र ३० लाख देखि एक करोड रुपियाँसम्मको कारोबारमा ५० प्रतिशत आयकर छुटको व्यवस्था गरेको ।
– पर्यटन र चलचित्रसँग सम्बन्धित व्यवसायका लागि चालू आवको व्यावसायिक करयोग्य आयमा ५० प्रतिशत छुटको व्यवस्था बजेटले गरेको ।
– कृषि औजार कारखाना नेपालमै खोल्न प्रोत्साहन गर्ने उद्देश्यसहित उद्योग स्थापना भएमा कारोबार भएको मितिले पाँच वर्षसम्म आयकर पूर्ण रूपमा छुट हुने ।
– साउन १ गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको ।
११. नेपालमा पहिलो पटक फरक फरक रक्त समूह भएका व्यक्तिबीच मिर्गाैला प्रत्यारोपण कहिले भएको हो ?
वि.सं. २०७३ चैत २१ (त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज)
१२. नेपालमा पहिलो पटक डीएनए परीक्षण गरिएको वनस्पति कुन हो ?
चिराइतो
१३. कुन ठाउँलाई कछुवा संरक्षण क्षेत्र घोषणा गरिएको छ ?
सुखानी सीमसार क्षेत्र (झापा)
१४. यस वर्ष (२०७९ मा) प्रदान गरिने गोपाल पाँडे असीम पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
रामप्रसाद पन्त (यो पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको ।)
१५. गीत–सङ्गीत क्षेत्रका व्यक्तित्वलाई प्रदान गरिने छिन्नलता गीत पुरस्कार–२०७८ कसलाई प्रदान गर्ने निर्णय भएको छ ?
छिन्नलता गीत पुरस्कार : वसन्त चौधरी, सङ्गीत रचनातर्फ ः आनन्द राई, गायनतर्फ ः पवित्रा सुब्बा र लोकप्रिय युवा प्रतिभातर्फ :गायिका एलिना चौहान
छिन्नलता पुरस्कार : २०७७
गीत रचनातर्फ : आनन्द अधिकारी
सङ्गीत रचनातर्फ :शान्तिराम राई
गायनतर्फ : शम्भु राई
लोकप्रिय युवा प्रतिभा पुरस्कार :मिलन नेवार
छिन्नलता पुरस्कार : २०७६
गीत रचनातर्फ : जसयोञ्जन प्यासी
सङ्गीत रचनातर्फ : हरि लम्साल
लोकप्रिय युवा प्रतिभा पुरस्कार : गायिका अस्मिता अधिकारी
कोरोना कहरका कारण कार्यक्रम गर्ने अवस्था नभएकाले यो वर्ष एक साथ तीन वर्षका लागि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको ।
१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ?
आठ अर्ब
– विश्व जनसङ्ख्या दिवस जुलाई ११ का दिन यूएनएफपीएले सो घोषणा गरेको ।
– अहिले विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी रहेको जनाएको । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्रसङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको ।
– सन् २०२२ को नारा : ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति रहेको ।
– विश्व जनसङ्ख्या कोषले जुलाई ११ मा सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने ।
– कोषका अनुसार विश्वको जनसङ्ख्या सात–आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो । अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को एक अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको ।
– विश्व जनसङ्ख्यामा थपिएको छ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको । यसमा अफ्रिकाको दोस्रो स्थान रहेको ।
– विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्ब जनसङ्ख्या वृद्धिमा १० वटा देशको बढी योगदान रहेको । यो वृद्धिमा भारत, चीन र नाइजेरियाको स्थान क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको कोषले जनाएको ।
– विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४४ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा रहेको । तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको ।
– सन् २०२३ मा जनसङ्ख्यामा भारतले चीनलाई उछिन्ने प्रक्षेपण रहेको ।
– एसिया र अफ्रिकाले नौ अर्ब पुुगुञ्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्ने जुन सन् २०३७ रहने र सोपश्चात् भने वृद्धिदर सामान्य हुने प्रक्षेपण रहेको ।
२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार कस–कसलाई प्रदान गरियो ?
हरिवंश आचार्य, सोमराज अभय, रमेश ढुङ्गेल र हेम पौडेल
– यज्ञश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायतलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको ।
– वेञ्जु शर्मा, राम विनय, पुष्करराज भट्ट, विजय चालिसे र आरडीप्रभास चटौतलाई महाकवि देवकोटा पुरस्कार प्रदान गरिएको ।
– गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अमरराज गिरीलाई प्रदान गरिएको ।
– त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार तथा लालबहादुर विश्वकर्मा र खगेन्द्र सङ्ग्रौलालाई भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गरिएको ।
३. नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले सार्वजनिक गरेको नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२ अनुसार सात प्रदेशमा सबैभन्दा प्रतिस्पर्धी (अब्बल) रहन सफल प्रदेश कुन हो ?
बागमती प्रदेश
– सो संस्थाले वि.सं. २०७९ असार २१ मा सार्वजनिक गरेको नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमतासम्बन्धी प्रतिवेदनअनुसार बागमती प्रदेश सबै सूचकमा अब्बल देखिएको ।
– बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर र पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको ।
– प्रतिवेदनले समेटेको उल्लिखित चारवटा सूचकमा मधेश, प्रदेश १, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।
– त्यस्तै सरकार र संस्थागत व्यवस्था सूचकमा प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र मधेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।
– वित्तीय व्यवसाय र जनशक्ति अवस्थाअन्तर्गत गण्डकी र प्रदेश १ समान तेस्रो स्थानमा रहेका प्रतिवेदनमा यस सूचकमा दोस्रो स्थान उल्लेख नगरिएको । यसै सूचकको चौथोमा लुम्बिनी, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा कर्णाली र सातौँमा मधेश प्रदेश रहेको ।
– जीवनको गुणस्तर तथा पूर्वाधार विकास सूचकमा गण्डकी, प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।
– एसिया कम्पिटेटिभिनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।
४. कुन स्थानीय तहले ‘एक घर, एक बाँदर’ पाल्ने कार्यक्रम ल्याउने भएको छ ?
कालिञ्चोक गाउँपालिका (दोलखा)
– गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आ.व. २०७९/८० को नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गरी पारित गरेको ।
– बाँदर निर्मूल पार्ने अन्य कुनै उपाय नभएपछि पालिकाले बाँदर पाल्ने नीति लिएको जनाइएको ।
५. विश्वकै अग्लो होटल कहाँ रहेको छ ?
साङ्घाई (चीन)
– होटल सन् २०२१ जुन १९ देखि सञ्चालन भएको ।
– ६३२ मिटर अग्लो यस होटलकोे नाम ‘जे’ होटल रहेको ।
६. नेपाल र भारतबीच महाकाली नदीको पानी सामूहिक र बहुउपयोग गर्ने सन्धि भएको साढे दुई दशकपछि नेपालतर्फ कहिलेदेखि आउन थालेको हो ?
वि.सं. २०७९ असार १५
– महाकाली सन्धिमा उल्लेख भएबमोजिम नेपालले यस अघिदेखि नै पाउने भनिएको पानी बल्ल प्राप्त भएको ।
– नेपालतर्फ बनाइनुपर्ने २२ वटा शाखा नहरको निर्माण योजना कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको । महìवपूर्ण आयोजनाका रूपमा राखिएको यो योजना निर्माणमा ढिलाइ नगरी विगतमा सिँचाइ सुविधा नपाउँदा भएको क्षतिलाई कम गर्ने प्रयासमा नेपाल केन्द्रित हुनुपर्ने । २२ वटा शाखा नहरको निर्माणपछि कैलालीको मालाखेती तथा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वाससम्म ५३ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको ।
७. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्या कहिले भएको हो ?
सन् २०२२ जुलाई ८
– राजधानी टोकियोनजिकै नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको र उपचारका क्रममा उहाँको मृत्यु भएको ।
– सन् २००६ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री बन्नुभएका आवेले २०२० मा स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको ।
– उहाँ जापानको अर्थतन्त्रलाई माथि पु-याउने उद्देश्यले ल्याइएको नीति ‘अबेनोमिक्स’का कारण पनि लोकप्रिय बन्नुभएको थियो ।
– नेपाल र जापानबीचको आधुनिक सम्बन्धको बीउ रोप्न सिन्जो आबेको महìवपूर्ण भूमिका रहेको मानिन्छ ।
– नेपालसँग दौत्य सम्बन्ध गाँसेयता आवेकै पहलमा सन् २००० मा तत्कालीन प्रधानमन्त्री यासिरो मोरी नेपाल भ्रमणमा आउनुभएको ।
– आवेको शासनकालमा दुई देशबीचको शैक्षिक सम्बन्ध प्रगाढ बनेको । आवेको शासनकालमा नेपालका हजारौँ विद्यार्थीले जापानमा पढ्ने र काम गर्ने अवसर पाएका ।
– जापानले नेपालको पूर्वाधारका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउने काम उहाँकै पालामा भएको ।
– जापान नेपालको एक महìवपूर्ण व्यापार साझेदार हो । यसको सुरुवात पनि उहाँकै पालामा भएको थियो ।
८. विश्वकै सबैभन्दा अग्लो सगरमाथा शिखर चढ्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन कहिले भएको हो ?
वि.सं. २०७९ असार २३
– उनले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गरेका । त्यो बेला उनको उमेर १७ वर्ष छ महिना १५ दिन रहेको थियो ।
– सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उनको नाम गिनिज बुकमा लेखिएको थियो ।
९. सन् २०२२ को विश्वकप टी–२० क्रिकेट खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
अस्ट्रेलिया (सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म)
– विश्वकप ट्रफी जुलाई ८ मा अस्ट्रेलियाको मेलवर्नमा सार्वजनिक गरिएको ।
– निशान कम्पनीको पहलमा जुलाई ८ मा नै ट्रफीको विश्व भ्रमण सुरु भएको । जुन ट्रफीको विश्व भ्रमण अक्टोबर १३ मा अस्ट्रेलियाको जिलोङमा आएर सकिने ।
– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ट्रफीको भ्रमणअन्तर्गत अगस्ट ३० र ३१ मा काठमाडौँमा प्रदर्शन गरिने जनाएको ।
– ट्रफी भ्रमण चार महादेशमा १३ देशका ३५ स्थानमा पुग्ने । पुरुष टी–२० विश्वकप ट्रफी पहिलो पटक नेपाल आउने । सन् २०१९ मा एकदिवसीय विश्वकपको ट्रफी पनि नेपालमा ल्याइएको थियो ।
१०. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री पदबाट कहिले राजीनामा दिएका हुन् ?
सन् २०२२ जुलाई ७
११. नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार कहिलेदेखि सुरु गरेको हो ?
वि.सं. २०७९ असार २७
१२. अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा कहिले दिनुभएको हो ?
वि.सं. २०७९ असार २२
– आ.व. २०७९/८० को बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि सोको छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन भएपश्चात् उनले संसदीय समितिलाई छानबिनमा सहयोग पु¥याउन भन्दै राजीनामा दिएका ।
– मन्त्रालयमा करको दर हेरफेर गरिएको एवं सोसम्बन्धी सीसी टीभीको फुटेज गायब भएको भन्ने समाचार प्रकाशित भएपछि राजीनामा दिन थप दबाब बढेको थियो ।
१३. निर्माणाधीन पृथ्वीनारायण शाह सङ्ग्रहालय कहाँ रहेको छ ?
नुवाकोट
१४. आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था कहिलेदेखि गरिएको हो ?
वि.सं. २०६३ मङ्सिर १०
– (नेपाली र अङ्ग्रेजी दुवै भाषाबाट नागरिकता प्रदान गर्न सुरु : वि.सं. २०६६ मङ्सिर १)
१५. हराएको वस्तु पाएबापत दिइने पुरस्कारलाई के भनिन्छ ?
पलौनी
१६. मिस इन्डिया–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?
सिनी सेट्टी
– प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्र्ट रनर्स अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप बनेका ।
१७. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसद्वारा महानन्द साहित्य साधक सम्मान–२०२२ बाट कसलाई सम्मानित गरियो ?
कथाकार माया ठकुरी
– शिक्षा एवं साहित्यको क्षेत्रमा योगदान पु¥याएका महानन्द सापकोटाको सम्मान र समकालीन वाङ्मयको सम्मानका निम्ति सन् २०१३ देखि यो पुरस्कार बर्सेनि प्रदान गरिँदै आएको ।
– सम्मान राशि रु. ५० हजार रहेको ।
– सर्वप्रथम यो सम्मान सन् २०१३ मा विप्लव प्रतीकलाई प्रदान गरिएको ।
१८. विश्वकै ठूलो संस्कृत–नेपाली शब्दकोश कसले निर्माण गरेका हुन् ?
स्वामी केशवानन्द गिरी
– यस शब्दकोशमा संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका शब्दको अर्थ अवगत हुने ।
– शब्दकोशमा चार भाषाका गरी चार लाख शब्द समेटिएको ।
– यसको वेबसाइट : ‘पलकधबmष्।अयm’ रहेको ।
१९. साउदी अरबद्वारा कतारमाथि लगाइएको नाकाबन्दी कहिलेदेखि हटाइएको हो ?
सन् २०२१ जनवरी ५
– साउदी अरबमा आयोजित गल्फको अपरेसन काउन्सिल (जीसीसी)को पूर्वसन्ध्यामा सो प्रतिबन्ध हटाइएको ।
– साउदीद्वारा तीन वर्षअगाडि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।