लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Baishak 2079 )

१. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?

 अस्ट्रेलिया

– अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको ।

– अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ?

 वि.सं. २०७८ चैत १८–२०

३. २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माण गरी कहिले लोकार्पण गरियो ?

 वि.सं. २०७८ चैत २१

– राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा काष्ठमण्डपको 

उद्घाटन भएको । 

– हाललाई उद्घाटनको दिन मात्र खुला गरिएको काष्ठमण्डप पछि प्रवेश गर्न मिल्ने व्यवस्था मिलाएर केही समयपछि खुला गरिने बताइएको ।

– काष्ठमण्डप परिसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी काष्ठमण्डपको उद्घाटन भएको । 

४. नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा २०७९ मा प्रदान गरिने इन्जा बौद्धिक अनुसन्धानवृत्ति कसलाई दिइयो ?

 कपिल काफ्ले (वरिष्ठ पत्रकार) र देवराज अर्याल (त्रिविका पत्रकारिता विषयका उप–प्राध्यापक) 

– (पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धातालाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इञ्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको ।)

५. वि.सं. २०७९ वैशाख १ का दिन महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालरत्नबाट कसलाई विभूषित गरियो ?

 पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (मरणोपरान्त)

– राजनीतिज्ञ स्व. सुवर्णशमशेर राणालाई मरणोपरान्त र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरवबाट विभूषित गरिएको ।

– राजनीतिज्ञ स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, स्व. दुर्गानन्द झा र स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा राजनीतिज्ञ मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रद्वीपबाट विभूषित गरिएको । 

– राजनीतिज्ञहरू प्रदीप नेपाल र स्व. पोष्टबहादुर बोगटी तथा स्व. मार्सलजुलुम शाक्यलाई सुप्रसिद्ध जनसेवाश्रीबाट विभूषित गरिएको ।

– न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीपबाट विभूषित गरिएको । 

– सरकारले २०७८ साल असोज ३ गते संविधान दिवसको अवसर पारी घोषणा गरेको मानपदवी नयाँ वर्षको अवसर पारी प्रदान गरिएको । 

६. विश्व बैङ्कले सन् २०२२ अप्रिल १३ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर कति हुने जनाएको छ ?

 ३.७ प्रतिशत

– चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर सुस्त तर क्रमिक सुधार हुने विश्व बैङ्कले उल्लेख गरेको । 

– कोरोनाविरुद्धको खोपदर उच्च रहेको र सेवा क्षेत्रको पुनरुत्थानका कारण आर्थिक वृद्धिदरमा सुधार आउने तर रुस–युक्रेन युद्धका कारण बाह्य परिस्थिति प्रतिकूल रहँदा आर्थिक वृद्धिदर सुस्त रहने विश्व बैङ्कले प्रक्षेपण गरेको ।

– सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत हुने अनुमान गरेको । 

७. २०७८ असार÷साउनमा आएको बाढीले क्षति पु-याएको मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकमा पुनः पानी पठाउन कहिलेदेखि थालियो ?

 वि.सं. २०७८ चैत २९

– असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले आयोजनामा क्षति पु¥याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो । 

– क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मत सम्पन्न भई पुनः सञ्चालन गर्न थालिएको । 

८. तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन कहिले सम्पन्न भयो ?

 वि.सं. २०७८ चैत २८–२९

९. सन् २०२२ मा सम्पन्न त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिता उपाधि कसले जित्यो ?

 नेपाल

– यस प्रतियोगितामा नेपाल, मलेसिया र पपुवा न्युगिनी गरी तीन राष्ट्रको सहभागिता रहेको ।

– कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चैत २१ मा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्यक सिरिजको ट्रफी हात पारेको ।

– गत वैशाखमा नेपालले त्रिवि मैदानमै टी–२० उपाधि जितेको थियो । घरेलु मैदानमा नेपालले लगातार दोस्रो पटक टी–२० उपाधि हात पारेको ।

– प्रतियोगितामा तेस्रो टोलीका रूपमा मलेसिया रहेको । लिग चरणमा नेपालले चारै खेलमा जित निकालेर फाइनल स्थान सुरक्षित गरेको थियो । पपुवा न्युगिनी र मलेसियाले समूह चरणमा दुई अङ्क मात्र बटुलेका थिए । रनरेटका आधारमा पपुवा न्युगिनीले उपाधि भिडन्तमा नेपालविरुद्धको भेट पक्का गरेको थियो ।

१०. सार्वजनिक स्थलमा धूमपान प्रतिबन्ध गर्ने विश्वको पहिलो मुलुक कुन हो ?

 भुटान (२२ फेब्रुअरी, २००५)

११. नेपालको ‘वाटर लु’ भनेर कुन पर्व÷घटनालाई चिनिन्छ ?

 अलौ पर्व

१२. नेपालको प्रदेश सभा कति सदनात्मक हुने व्यवस्था छ ?

 एक 

१३. सन् २०२२ अप्रिलमा पाकिस्तानको प्रधानमन्त्रीमा चुनिने राजनीतिज्ञ को हुन् ?

 सहबाज सरिफ

– पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन)का अध्यक्ष सहवाज अप्रिल ११ मा त्यहाँको नयाँ प्रधानमन्त्री चुनिएका ।

– प्रधानमन्त्री इमरान खान अविश्वासको प्रस्तावबाट पदमुक्त भएपछि बसेको पाकिस्तानको संसद् बैठकले सहवाजलाई प्रधानमन्त्री चुनेको । 

– खान अविश्वासको प्रस्तावबाट हट्ने पहिलो पाकिस्तानी प्रधानमन्त्री बनेका ।

– आपूmविरुद्धको अविश्वासको प्रस्ताव रोक्न निवर्तमान प्रधानमन्त्री खानले संसद् भङ्ग गरेका तर सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि अप्रिल ८ मा अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो ।

१४. अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कहिलेदेखि लागू भएको हो ? 

 वि.सं. २०७५ असोज २

१५. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ? 

 कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा

१६. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ? 

 कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।

– सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बालविकास तथा शिक्षा हो । 

– त्यस्तै विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम अपाङ्गता भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो । 

१७. उपरदाङगढी कुन जिल्लामा पर्छ ?

 चितवन

 १८. मानिसको वृद्धावस्थाबारे अध्ययन गर्ने विषयलाई के भनिन्छ ?

 जेरेन्टोलोजी 

१९. नेपाली सुरक्षाकर्मी शान्ति मिसनमा खटिने कार्यको सुरुवात कहिलेबाट भएको हो ?

 सन् १९५८ (लेबनानबाट)

– नेपाली सेनाका पाँच अब्जर्भरबाट सुरु भएको मिसनमा हालसम्म एक लाख ४० हजार २०२ सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिइसकेका । 

– शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिएको ६४ वर्षयता ८५ नेपाली सुरक्षाकर्मीले ज्यान गुमाएका । 

– हालसम्म द्वन्द्वग्रस्त मुलुकका ४३ वटा मिसनमा नेपाली सुरुक्षाकर्मी खटिसकेका ।

– हाल शान्ति स्थापनार्थ विभिन्न ११ वटा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सुरुक्षाकर्मीको सङ्ख्या पाँच हजार ५३६ रहेको । शान्ति स्थापनार्थ सुरक्षाकर्मी सैनिक खटाउने विभिन्न १२० मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको । सुरक्षाकर्मी खटाउने मुलुकमध्ये सबैभन्दा अगाडि बङ्गलादेश रहेको । हाल विभिन्न द्वन्द्वग्रस्त मुलुकमा बङ्गलादेशका छ हजार ४४७ सैनिक परिचालित रहेका । 

– नेपालपछि सबैभन्दा धेरै सनिक खटाउनेमा भारत (५४८१), रुवान्डा (५२६३), इथियोपिया (४८५३) लगायतका देश रहेका । 

२०. विश्व इतिहासमा शान्तिपूर्ण बौद्धिक आन्दोलन, अनुसन्धानात्मक आन्दोलन एवं धर्मनिरपेक्ष आन्दोलनका रूपमा चिनिने पुनर्जागरण आन्दोलन कुन देशबाट सुरु भएको थियो?

 इटाली

२१. नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ ?

 सुवानन्द दास

२२. विश्व स्काउट एसिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिएको ‘मेधावी योगदान पदक’बाट कसलाई सम्मान गरियो ?

 पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली 

– नेपाल स्काउटका पूर्वसंरक्षकसमेत रहनुभएका ओलीलाई ‘मेधावी योगदान पदक’ले सम्मान गरिएको । 

– सन् १९०७ मा बेलायतमा स्थापना भएको स्काउट ४५ वर्षपछि सन् १९५२ मा नेपालमा स्थापना भएको ।

२३. सात पहाडको सहर भनी कुन सहरलाई चिनिन्छ ?

 इटालीको रोम

२४.  स्टाफेफेक्ट भनेको के हो ?

 एन्टिबायोटिकको विकल्पका रूपमा वैज्ञानिकद्वारा विकास गरिएको नयाँ औषधि 

२५. पहिलो विश्वकप फुटबल प्रतियोगिता कुन देशमा भएको थियो ? 

 उरुग्वे

– पहिलो विश्वकप फुटबल प्रतियोगिता सन् १९३० मा भएको । 

– सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको । 

– फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको । 

– सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ४८ हुने ।

२६. EPG को पूरा रूप के हो ? 

 Eminent Person Group

२७. चुरे–तराई–मधेस संरक्षण तथा व्यवस्थापनसम्बन्धी २० वर्षे गुरुयोजना कहिले पारित भएको हो ?

 वि.सं. २०७४ जेठ ४

२८. युरोपेली सङ्घ दिवस कहिले मनाइन्छ ?

 मे ९

२९. विश्वको सबैभन्दा पुरानो अन्न कुनलाई भनिन्छ ?

 भटमास

३०. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई ‘पञ्चशील क्षेत्र’ घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७५ मङ्सिर ५

– (हत्या, हिंसा, चोरी, व्यभिचार र मद्यपान नगरेमा पञ्चशील पालना गरेको मानिने ।)

१. सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरेको छ ?

 पुष्पराम केसी

– वि.सं. २०७८ चैत ३० को मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको ।

– ३० वर्षे सेवा अवधिका कारण केसीले १९ दिनपछि अवकाश पाउनुहुने ।

– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ मा अवकाश पाएपछि महानिरीक्षकको पद खाली भएको थियो । वैशाख २० गते राजु अर्याल सङ्गठनको प्रमुखमा नियुक्त हुने ।

२. युवा महिला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘समिट वुमन अफ दी इयर २०२२’बाट सम्मानित हुने महिला उद्यमी को हुनुहुन्छ ?

 कृतिका लम्साल (स्विट फिक्सकी संस्थापक)

– (उहाँलाई एक लाख रुपियाँ नगद र हीराको लकेट प्रदान गरिएको ।)

३. गीत–सङ्गीत र साहित्य क्षेत्रमा १०८ विश्व रेकर्ड कायम गर्न सफल व्यक्तित्व को हुनुहुन्छ ?

  डा. डीआर उपाध्याय

४. १३२ केभी प्रसारण लाइन क्षमताको सोलु करिडोरको उद्घाटन कहिले भएको हो ?

 वि.सं. २०७८ चैत १९

– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित समारोहमा दुवै देशका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यममार्फत सो करिडोर उद्घाटन गरिएको ।

– २०७८ फागुन महिनामा निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइन उद्घाटनपश्चात् सोलु करिडोरमा निर्माण सम्पन्न भएका र निर्माणका क्रममा रहेका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा 

जोड्न सहज भएको ।

– चैत १९ मा नै प्रधानमन्त्री देउवा र उहाँका भारतीय समकक्षी मोदी नेतृत्वको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार एवं पारस्परिक सहयोग तथा सहकार्य गर्नेसम्बन्धी निम्नानुसार चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको ः

– अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, 

– नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग,

– पेट्रोलियम क्षेत्रमा सहयोग,

– नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदान ।

५. वि.सं. २०७८ मा प्रदान गरिने कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?

 नवराज न्यौपाने 

६. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूचीअनुसार दक्षिण एसियाबाट भारतबाहेक डलर अर्बपतिको सूचीमा पर्न सफल एक मात्र अर्बपति को हुन् ?

 विनोद चौधरी

– दक्षिण एसियाका देशमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपाल मात्र परेका । 

– विश्वभरका धनीहरूका बारेमा सूची प्रकाशित गर्ने फोब्र्सको सूचीमा चौधरी सन् २०१३ देखि निरन्तर रहँदै आएका ।

– सो सूचीअनुसार भारतमा १६६, चीनमा ५३९ अर्बपति रहेका । सूचीको सबैभन्दा माथि रहेको अमेरिकामा अर्बपतिको सङ्ख्या ७३५ रहेको ।

फोब्र्सको सूचीअनुसार विश्वका सर्वाधिक धनी दस व्यक्ति ः

– १. एलन मस्क, अमेरिका

– २. जेफ वेजोस, अमेरिका

– ३. बर्नाड आर्नल्ट, फ्रान्स

– ४. विल गेट्स, अमेरिका

– ५. वारेन बफेट, अमेरिका

– ६. ल्यारी पेज, अमेरिका

– ७. सेर्गेइ ब्रिन, अमेरिका

– ८. ल्यारी एलिसन, अमेरिका

– ९. स्टिभ बलमेर, अमेरिका

– १०. मुकेश अम्बानी, भारत

७. छायाँछवि डी सिने अवार्डअन्तर्गत लाइफटाइम लिजेन्ड्री अवार्ड यस वर्ष (२०७८ मा) कसलाई प्रदान गरियो ?

 अभिनेत्री भुवन चन्द

– नेपालमै निर्मित पहिलो चलचित्र ‘आमा’का प्रथम अभिनेत्री भुवन चन्दलाई सो अवार्ड प्रदान गरिएको ।

– त्यस्तै पुरुषतर्फ अभिनेता तथा पाइलट विजय लामा र महिलातर्फ अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरिएको ।

– २०२२ सालमा निर्मित आमा चलचित्रपछि चन्दले हिजो आज भोलि, दुई थोपा आँसु, कोसेली, सीमारेखा, नेपालीबाबुलगायतका फिल्ममा अभिनय गरेकी ।

– २०४१ सालमा निर्मित चलचित्र आदर्श नारीबाट अभिनय यात्रा सुरु गरेका अभिनेता लामाले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लन्डनलगायत फिल्ममा अभिनय गरेका । 

– अभिनेत्री तथा निर्देशक थापाले २०५३ सालमा फिल्म दाइजोबाट अभिनय यात्रा सुरु गरेकी थिइन् भने धर्मसङ्कट, गोर्खाली, बादलपारि, जीवनसाथी, तकदिर, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाइलगायत दर्जनौँ फिल्ममा अभिनय गरेकी ।

८. नेपालको इतिहासमा कुन घटनालाई बस्नेत पर्व पनि भनिन्छ ? 

 भण्डारखाल पर्व 

९. नेपालको कुन जातिलाई ‘उराव’ भनिन्छ ? 

 किसान 

१०. सार्क राष्ट्रका कुन व्यक्तित्वलाई गुरुदेव भनी चिनिन्छ ? 

 रवीन्द्रनाथ टैंगोर (भारत) 

११. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?

 मेकियाबेली

१२. अन्तर्राष्ट्रिय उडानक्रममा हुने जोखिमबापत विदेशी र नेपाली यात्रुले पाउने बीमालगायतका सुविधा समान हुने गरी मन्ट्रियल महासन्धि कहिलेदेखि लागू भएको हो ?

 वि.सं. २०७५ मङ्सिर २९ (सन् २०१८ डिसेम्बर १५)

१३. नेपाल टेलिभिजनद्वारा साप्ताहिक रूपमा संस्कृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?

 वि.सं. २०७५ असोज ६

१४. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?

 सन् २०१८ मार्च २८

१५. “निर्वाचन परिणामबाट आत्तिने मान्छेले राजनीति गर्न सक्दैन किनकि राजनीति भनेकै हार र जितको खेल हो” भन्ने भनाइ कसको हो ?

 अब्राहम लिङ्कन, अमेरिकी पूर्वराष्ट्रपति

१६. थकाली जातिको बाहुल्य होटल व्यवसायमा रहेको छ भने शेर्पा जातिको बाहुल्य केमा रहेको छ ?

 पर्यटन

१७. नेपालको पहिलो कमलरीमुक्त घोषित जिल्ला कुन हो ?

 दाङ

१८. विसु पर्व कहाँ प्रचलनमा रहेको छ ?

 सुदूरपश्चिम

– नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ विसु पर्वका रूपमा मनाउने चलन रहेको ।

– विशेषगरी सुदूरपश्चिमका अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा एवं बैतडी जिल्लामा यो पर्व 

मनाउने गरिएको ।

– देवर–भाउजू, नन्द–भाउजू र साली–भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाउने चलन रहेको । देवर नहुने, नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली एवं साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा रहेको ।

– विसु पर्वमा घर लिपपोत गर्ने, मिठा–मिठा खानाका परिकार बनाई खाने र विशेषगरी सिस्नु लगाउने प्रचलन रही आएको । 

– शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने, छालासम्बन्धी रोग निर्मूल हुने साथै वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहेको । 

– वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी तथा अनिकालको समय सुरु हुन सक्ने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर यो पर्व मनाउने चलन रहेको । 

– पछिल्लो समय सिस्नो लगाउने चलन विस्तारै कम हुँदै जान थालेको ।

१९. समयको सङ्क्षिप्त इतिहास नामक कृतिका लेखक को हुन् ?

 स्टेफन हकिङ

२०. तीन पटकसम्म मदन पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

 वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी

– उहाँले वि.सं. २०१३ मा हाम्रो लोक संस्कृति कृतिका लागि, वि.सं. २०१७ मा नेपाली राष्ट्रिय मुद्राका लागि र वि.सं. २०२८ मा कर्णाली लोक संस्कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको । 

– वि.सं. १९७७ वैशाख ३० मा ललितपुरको इखुम्बहालमा जन्मनुभएका जोशी वि.सं. २०७८ वैशाख ३० मा १०२वर्षमा प्रवेश गर्नुभएको । 

२१. विश्व हिमोफिलिया दिवस कहिले मनाइन्छ ? 

 अप्रिल ११

२२. अर्थ आवर अभियानको सुरुवात कुन देशबाट भएको हो ? 

 अस्ट्रेलिया (सन् २००७ देखि)

२३. कुर्था–जनकपुर–जयनगरसम्म सञ्चालन हुने रेल सेवाको उद्घाटन कहिले गरिएको हो ?

 वि.संं. २०७८ चैत १९

– धनुषाको कुर्था, जनकपुर हुँदै भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेवाको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा भर्चुअल रूपमा शुभारम्भ गरिएको ।

– नेपालले करिब ८५ करोड रुपियाँमा भारतीय कम्पनीसँग खरिद गरेको दुई सेट रेल २०७७ आश्विन २ गते नेपाल आइपुगेको थियो ।

– नेपालमा राणाकालमा वि.सं. १९९४ मा जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालदेखि प्राविधिक कारणले बन्द भएको थियो ।

२४. नेपालको संविधानअनुसार प्रतिनिधि सभा कति सदस्यीय हुने व्यवस्था छ ? 

 २७५ (प्रत्यक्ष निर्वाचित ः १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ः ११०) 

२५. प्रदेश सभामा कति प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ?

 ६० प्रतिशत (समानुपातिक निर्वाचन प्रणालीबाट ः ४० प्रतिशत) 

२६. कुन जलवायुलाई गर्मी ओसिलो जलवायु -Hot-wet climate_  पनि भनिन्छ ?

 भूमध्यरेखीय जलवायु 

२७. भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

 घाँघरा 

२८. बारुदी सुरुङमुक्त घोषित पहिलो एसियाली राष्ट्र कुन हो ? 

 नेपाल

२९. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ? 

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

३०. Zero COVID पोलिसी कुन देशसँग सम्बन्धित छ ? 

 जापान

राष्ट्रिय–सन्दर्भ

१. नागरिक लगानी कोषको स्थापना कहिले भएको हो ?

 वि.सं. २०४७ चैत ४

 देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत बचत गर्न प्रोत्साहन गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजीबजारमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित यो संस्थाले वि.सं. २०४८ माघ १ गतेदेखि कारोबार सुरु गरेको ।

कोषले सर्वसाधारण, विभिन्न सङ्गठित सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा सङ्गठित सङ्घ–संस्थाबाट समेत विभिन्न कार्यक्रमअन्तर्गत बचत सङ्कलन गरी त्यसरी सङ्कलित बचत रकमलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रबन्ध गर्दै आएको ।

कोषले स्वदेश र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजनासमेत सञ्चालन गर्दै आएको ।

कोषले केन्द्रीय कार्यालय काठमाडौँ एवं शाखा कार्यालय पोखरा, विराटनगर र बुटवलबाट सेवाप्रवाह गरिरहेको । यससँगै कोषले 

सुदूरपश्चिम प्रदेशको अत्तरियामा शाखा सञ्चालनको प्रक्रिया अघि बढाएको ।

कोषले मर्चेन्ट बैङ्कका रूपमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सेयर रजिस्ट्रार, धितोपत्र तथा डिवेन्चरको प्रत्याभूति गर्ने कार्य गरिरहेको साथै दोस्रो बजारतर्फ सेयर तथा डिवेन्चरको खरिद बिक्रीलगायतका पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने जस्ता महìवपूर्ण कार्यसमेत गर्दै आइरहेको ।

कोषलाई सक्षम ट्रस्टी संस्थाका रूपमा स्थापित गराउने, स्वीकृत अवकाश कोष, उपदान तथा पेन्सन कोष एवं बीमा कोषलगायतका कार्यक्रमको दायरा विस्तार गर्नेतर्फ समेत कोष कार्यरत रहेको ।

कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष, उपादान कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, बीमाकोेष योजनाअन्तर्गत निजामती बीमा कोष, शिक्षक बीमा कोष, नार्क बीमा कोष, सैनिक बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, राष्ट्रिय अनुसन्धान बीमा कोष, सरकारी ऋणपत्र, बचत पत्र तथा धितोपत्रमा लगानी जस्ता कार्यक्रम कार्यान्वयनमा रहेका ।

वि.सं. २०७८ पुस मसान्तसम्म कोष रु. एक खर्ब ८४ अर्ब ९० करोड रुपियाँ बराबरको स्रोत परिचालन गर्न सफल भएको । यो अवधिमा कोषले रु. एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको ।

पुँजीगत संरचना

अधिकृत पुँजी : रु. आठ अर्ब

जारी पुँजीः रु. आठ अर्ब

चुक्ता पुँजीः रु. तीन अर्ब २७ करोड

उपर्युक्त अनुसारको पुँजीगत संरचनामा देहायबमोजिमको सेयर स्वामित्व रहेको ः

१. नेपाल सरकार : २३.३४ प्रतिशत

२. नेपाल स्टक एक्सचेन्ज लि : १०.०० प्रतिशत

३. राष्ट्रिय बीमा संस्थान : ३१.५५ प्रतिशत

४. अन्य बैङ्क तथा वित्तीय संस्था : १५.११ प्रतिशत

५. सर्वसाधारण : २०.०० प्रतिशत

२. नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०६९

३. अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 अर्थमन्त्री

४. सरकारद्वारा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई नियुक्त गरियो ?

 महाश्रम शर्मा 

५. राष्ट्रिय शिक्षक सेवा आयोगको स्थापना कहिले भएको हो ?

 वि.सं. २०५५

६. जल तथा ऊर्जा आयोगको अध्यक्ष को हुने प्रावधान छ ?

 ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री

७. जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण गरिने जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ?

 माथिल्लो अरुण जलविद्युत् आयोजना

७. हालै पुनर्निर्माण गरिएको धरहराको उचाइ कति रहेको छ ?

 ९२.२५ मिटर

८. झापाको बिर्तामोडमा प्रदेश गौरव भिलेजको स्थापना कहिले गरिएको हो ?

 वि.सं. २०७७ फागुन १८

९. जात्रा र पर्वको सहर भनी कुन सहरलाई चिनिन्छ ?

 भक्तपुर 

१०. हेरिटेज ट्रेक सम्पदा पदमार्गको लम्बाइ कति रहेको छ ?

 २.२ किलोमिटर

(विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोकादेखि स्वयम्भूसम्म)

११. सुर्खेत–हिल्सा सडकलाई के नामकरण गरिएको छ ?

 प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुत मार्ग

१२. महाकावि लक्ष्मीप्रसाद देवकोटाका एउटै नामका दुई  कृति के के हुन् ?

 पहिलोः वसन्ती (नेपाली झ्याउरे गीतिकाव्य, २००९) र दोस्रो ः वसन्ती 

(लघुकाव्य, २०३९)

१३. नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र कहिले प्राप्त गरेको हो ?

 वि.सं. २०७४ असार २०

१४. ‘नेपाली कलाको रुपरेखा ः प्राचीन र मध्यकालीन’ नामक कृतिका लेखक को हुन् ?

 सत्यमोहन जोशी

१५. देशको जनसङ्ख्याको अनुपातको आधारमा वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नागरिक विदेशिने राष्ट्रमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

 दोस्रो (पहिलो ः लेबनान)

१६. बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वाणिज्य बैङ्कका अध्यक्षले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा के व्यवस्था रहेको छ ?

 गभर्नरसँग लिनुपर्ने 

१७. वैज्ञानिक अनुसन्धानको क्षेत्रमा लाग्दै आएका प्रा.डा. कालुराम खम्बूको नामबाट उनले नै पत्ता लगाएको भ्यागुतोको नाम के राखिएको छ ?

 कालुराम फ्रग

(उनले सर्प र भ्यागुतासम्बन्धी विषयमा विद्यावारिधि गरेका ।)

१८. नेपालमा पहिलो पटक राष्ट्रिय सुरुक्षा नीति कहिले आएको हो ?

 वि.सं. २०७३ वैशाख ३०

१८. नेपालमा विद्युतीय राहदानीको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०७८ मङ्सिर १

पहिलो विद्युतीय राहदानी संस्कृतिविद् सत्यमोहन जोशीले प्राप्त गरेका ।

चिप्स एवं विद्युतीय बारकोडसहितको यो पासपोर्ट बढी सुरक्षित मानिने ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले यसलाई सुरक्षित पासपोर्ट भनी परिभाषित गरेको ।

हालसम्म विश्वका १२० भन्दा बढी मुलुकले ई–पासपोर्ट जारी गरेका ।

नेपालमा जारी ई–पासपोर्टको प्रथम पृष्ठमा सगरमाथाको चित्र अङ्कित रहेको ।

१९. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

 वि.सं. २०७६ जेठ ६

‘डिजिटल पूर्वाधार समृद्धिको आधारः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीका्े खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने ।

२०. नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

 वि.सं. २०७३

नेपालमा वि.सं. २०१५ फागुन ७ मा पहिलो आमनिर्वाचन भएको सम्झनामा हरेक वर्ष फागुन ७ का दिन यो दिवस मनाउन थालिएको ।

२१. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?

 भीमेश्वर न.पा., दोलखा

२२. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?

 स्नातक तह

२३. खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ?

 ब्राह्मण, क्षेत्री, ठकुरी, सन्न्यासी–दशनामी

२४. नेपालसँग हवाई सम्झौता भएको प्रथम राष्ट्र कुन हो ?

 भारत

२५. नेपालसँग हवाईसेवा सम्झौता भएको ४०औँ राष्ट्र कुन हो ?

 अस्ट्रेलिया

२६. नापी विभागद्वारा धरातलीय स्वरूपबारे जानकारी हासिल गर्नका लागि लाइडर सर्भेको सुरुवात कहिले गरिएको हो ?

 वि.सं. २०७८ वैशाख २१

२७. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

 वि.सं. २०७७ फागुन २२  

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभराम्भ गर्दै अभियान थालनी गरिएको । 

सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने विश्वास गरिएको ।

युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।

२८. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवं अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?

 राज्यशक्ति 

२९. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ?

 लैङ्गिक बजेट

नेपालमा आ.व. २०६४÷६५ देखि लैङ्गिक बजेट लागू गरिएको । 

महिला र पुरुषबीच समानता कायम गर्न सहयोग पु¥याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न भिन्न आवश्यकतालाई भिन्न भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँटमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोत साधनको न्यायोचित वितरण गर्नु लैङ्गिक बजेटको उद्देश्य रहेको ।

अन्तर्राष्ट्रिय–सन्दर्भ

३०. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो आसियान राष्ट्र कुन हो ?

 इन्डोनेसिया (जनसङ्ख्याका हिसाबले पनि ठूलो रहेको ।)

क्षेत्रफलका हिसाबले सबैभन्दा सानो आसियान राष्ट्र–सिङ्गापुर 

आसियानको एक मात्र भूपरिवेष्ठित राष्ट्र– लाओस

३१. लागू पदार्थको उत्पादन तथा ओसारपसारको राजधानी मानिने गोल्डन ट्रयाङ्गल कुनकुन देशको सीमामा पर्दछ ?

 थाइल्यान्ड, लाओस र म्यानमार

३२. विश्वमा सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने राष्ट्र कुन हो ?

 चीन

३३. पाँच शक्ति राष्ट्र अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स परमाणु अस्त्र विस्तार अन्त्य गर्ने सम्बन्धमा कहिले सहमत भएका हुन् ?

 सन् २०२२ जनवरी ४

३४. १८ करोड वर्ष पुरानो समुद्री डाइनोसरको कङ्काल कहाँ फेला परेको छ ?

 बेलायत (सन् २०२२ जनवरी १५)

३५. कुन राष्ट्रले सन् २०२१ मा क्तबतभ या झभचनभलअथ यखभच मचगन खष्यभिलअभ घोषणा गरेको हो ?

 इक्वेडर

३६. विश्वकै ठूलो खगोल विज्ञान सङ्ग्रहालय कहाँ रहेको छ ?

 साङ्घाई (चीन)

सङ्ग्रहालयको क्षेत्रफल ३९ हजार वर्गमिटर रहेको । 

तौलविहीनता अनुभव गर्न सकिने यस सङ्ग्रहालयमा ब्रह्माण्डका तारालगायतका पिण्ड एवं गतिविधिको अवलोकन गर्न सकिने ।

यस परियोजनाको डिजाइन थोमस बोङ्गले गरेका ।

यो सङ्ग्रहालय सन् २०२१ जुलाई १८ देखि सर्वसाधारणका लागि खुला गरिएको ।

३७. गोल्डन कार्ड भिसा प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?

 यूएई

३८. बिट क्वाइनलाई वैधता दिने पहिलो मुलुक कुन हो ?

 एलसाल्भाडोर

३९. अस्ट्रेलियाले बेल्ट एन्ड रोड ईनीसीएटीभ परियोजना कहिले रद्द गरेको हो ?

 सन् २०२१ अप्रिल २१ (बीआरआई परियोजना रद्द गर्ने यो पहिलो राष्ट्र हो ।)

४०. संविधान सभाबाट संविधान निर्माण गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

 फ्रान्स (सन् १७९१)

४१. ‘माई प्याड माई राइट’ कार्यक्रमको सुरुवात कसले गरेको हो ?

 त्रिपुरा राज्य (भारत)

४२. एसिया प्रशान्त आर्थिक सहयोग (ब्एभ्ऋ) को स्थापना कहिले भएको हो ?

 सन् १९८९

स्थापना कालमा १२ देश मात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।

यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।

यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

४३. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?

 साइक्लोन 

(थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

४४. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को स्थापना कहिले भएको हो ?

 सन् १९४९ अप्रिल ४

४५. गरिबी तथा अभावबाट बालबालिकाको मुक्तिका लागि स्थापित संस्था Compassion International (CI) को स्थापना कहिले भएको हो ?

 सन् १९५२

(यसको मुख्यालय अमेरिकाको क्लोराडोमा रहेको ।)

४६. इजरायल र यूएईबीच शान्ति सम्झौता कहिले भएको हो ?

 सन् २०२० सेप्टेम्बर १५

४७. विश्व इतिहासमा ‘म्यान अफ ब्लड एन्ड आइरन भनी कसलाई चिनिन्छ ?

 विस्मार्क

४८. रावलपिण्डी रिजोलुसन नामक कार्यक्रम केसँग सम्बन्धित छ ?

 बाल मजदुरी उन्मूलन

४९. ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को सुरुवात कुन देशबाट भएको हो ?

 अमेरिका

यो प्रविधि पहिलो पल्ट सन् १९७३ मा अमेरिकी रक्षा विभागमा प्रयोगमा ल्याइएको । पूर्ण क्षमताका साथ यो सन् १९९५ देखि प्रयोगमा आएको ।

आकाशबाट लिइएको चित्रबाट सम्बन्धित ठाउँको बारेमा जानकारी लिन सकिने यो प्रविधिको विकासमा बाडफोर्ड पार्किन्सन, रोजर एल एस्टोन र इभान ए गेटिङको योगदान रहेको ।

यो स्पेस–बेस्ड स्याटेलाइट नेभिगेसन सिस्टम हो ।

५०. ‘जीवन साइकलको सवारी जस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ ।’ भन्ने भनाइ कसको हो ?

 अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक 

५१. हिंसात्मक प्रदर्शन भएपछि काजखस्तानका राष्ट्रपति कास्यत जोमार्त तोकाएभद्वारा सरकार विघटन गरी सङ्कटकाल लागू कहिले गरियो ?

 सन् २०२२ जनवरी ५

विविध

५२. उद्योग दिवस २०७८ को नारा के रहेको छ ?

 स्वदेशी उद्यम र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान

५३. ‘ग्रिन डिल अफ दी इयर २०२१’ उपाधिबाट सम्मानित हुने नेपाली बैङ्क कुन हो ?

 एनएमबी बैङ्क

५४. वन्यजन्तु एक बासस्थानबाट अर्को बासस्थानमा आवतजावत गर्ने बाटोलाई के भनिन्छ ?

 जैविक मार्ग

५५. भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको सम्मानमा कुन मुलुकले रेलवे सेवाको नामकरण गरेको छ ?

 बेलायत

५६. नयन नाच कुन जातिमा प्रचलनमा रहेको छ ?

 मगर

५७. कोरोना महामारीका बेला नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा अलपत्र परेका पर्यटकलाई उद्धार गरेबापत नेपाल कुन अवार्डबाट सम्मानित भएको हो ?

 बेस्ट रेस्पोन्स टु दी प्यान्डेमिक अवार्ड २०२१ 

चर्चित म्यागजिन (एड्भेन्चर एवं ट्राभलसम्बन्धी) वन्डरलस्टद्वारा सो अवार्ड प्रदान गरिएको ।

नेपालले विभिन्न नौ मुलुकलाई पछाडि पार्दै सो अवार्ड प्राप्त गरेको ।

५८. शरीरमा राता रक्तकोष वा हेमोग्लोबिनको कमी भएमा कुन रोग लाग्दछ ?

 रक्तअल्पता

५९. विश्व खेलकुद महोत्सव ओलम्पिकको आयोजना गर्ने पहिलो एसियाली सहर कुन हो ?

 जापानको टोकियो 

(जापानको टोकियामा सन् १९६४ मा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गरिएको ।)

६०. फोब्र्स अन्डर थर्टी एसिया २०२१ मा पर्न सफल नेपाली प्रतिभा को हुन् ?

 गौरिका सिंह (पौडी खेलाडी)

६१. सूचना तथा सञ्चारको सबैभन्दा पुरानो सेवा कुनलाई मानिन्छ ?

 हुलाक सेवा

६२. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?

 लम्बाइ, चौडाइ र उचाइ

६३. “जोसँग सन्तोषरूपी धन छ उही नै वस्तुतः धनी हो, जसको तृष्णा धेरै छ ऊ धनी भएर पनि परम निर्धनी हो ।” भन्ने विचारक को हुन् ?

 शङ्कराचार्य 

१. सरकारले कहिलेदेखि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ? 

 वि.सं. २०७९ जेठ १ 

– २०७९ वैशाख १३ को मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको । 

– अब बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम हुने । 

– इन्धन खपत घटाउन भन्दै सरकारले साताको दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेको । 

– यो निर्णय हाललाई परीक्षणका रूपमा लागु हुने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख ।

– यसअघि तत्कालीन सरकारले २०५६ सालमा पनि हप्ताको २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त निर्णय एक वर्ष पनि नहुँदै परिवर्तन 

भएको थियो । 

२. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरेको छ ? 

 ५.८४ प्रतिशत

३. लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान कसलाई प्रदान ग-यो ? 

 प्रा.डा. त्रिरत्न मानन्धर 

– साहित्यकला मन्दिरले सरस्वती सम्मान तेजेश्वरबाबु ग्वंग तथा नारायण गोपाल सङ्गीत सम्मान न्हुच्छेबहादुर डङ्गोललाई प्रदान गरेको । 

– पुरस्कारको राशि जनही एक लाख ५१ हजार रहेको । यसै वर्षदेखि बढाइएको पुरस्कार राशि यसअघि ५१ हजार रहेको । 

४. नेपाल प्रहरी महानिरीक्षकमा कसलाई नियुक्त गरियो ? 

 धिरजप्रताप सिंह

– वि.सं. २०७९ वैशाख १९ को मन्त्रिपरिषद्को बैठकले सिंहलाई महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको । 

५. सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा कसलाई नियुक्त गरियो ? 

 राजु अर्याल

(वि.सं. २०७९ वैशाख १९ को मन्त्रिपरिषद् बैठकले अर्याललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको ।)

६. जापान सरकारद्वारा विदेशी नागरिकलाई प्रदान गर्ने विशिष्ट राष्ट्रिय सम्मान ‘द अर्डर अफ द राइजिङ सन’ को उपाधि प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ? 

 केदारभक्त माथेमा

७. भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजद्वारा अप्रेशनल पर्फर्मेन्स टेस्ट प्mलाइट कहिले गरियो ? 

 वि.सं. २०७९ वैशाख १५ 

(नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भरेको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ।)

८.  सरकारले व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कुन अवधिलाई व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाउन थालेको छ ?

 वैशाख १ देखि ७ (वि.सं. २०७८ देखि) 

– नेपाल सरकारले सन् २०२४ सम्म जन्म र मृत्युको दर्तालाई शत प्रतिशत पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

– अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशत मात्र रहेको ।

९.  मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?

 वि.सं. २०७८ वैशाख २

– नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।

१०.  रसुवा जिल्लाको लामटाङ क्षेत्रमा पर्ने ५८९० मिटर अग्लो हिमशिखरलाई के नामकरण गरिएको छ ?

 बेडेन पावेल स्काउट पिक

११.  नेपालमा सवैभन्दा बढी पाटेबाघ (रोयल बङ्गाल टाइगर) पाइने राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज

१२.  नेपालको सवैभन्दा उच्च स्थानबाट बगेको अरुण नदीलाई अर्को के नामले चिनिन्छ ?

 फुङ्चु

१३. सरकारले भुक्तानी सन्तुलन कायम गर्न तथा विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यका साथ कति प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ? 

 १०

– पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेको तथा अमेरिकी डलरको सञ्चितिसमेत घटिरहेको अवस्थामा दुवैको खपत घटाउने रणनीतिअनुसार सरकारले दुई दिन बिदा दिने निर्णय गरेको । 

– सरकारले मुलुकभित्र कम आवश्यक पर्ने, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको । 

– आयातमा बन्देज लगाइएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरू, सबै प्रकारका मदिरा (कच्चा पदार्थबाहेक), हिरा, ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान (एम्बुलेन्स र शव वाहनबाहेक), २५० सीसी माथिका मोटरसाइकल, तास र सबै प्रकारका खेलौना रहेका । 

– ती वस्तु आयातमा २०७९ असार मसान्तसम्मका लागि बन्देज लगाइएको । 

१४.  सरकारी कार्यालयका साइनबोर्डहरू नेपालीमा राख्नुपर्ने व्यवस्था कहिलेदेखि भएको हो ?

 वि.सं. २०१८ जेठ ९

१५.  नेपालमा ओलम्पिक सङग्रहालय कहाँ छ ?

 त्रिपुरेश्वर (काठमाडौँ)

१६. देशभरिका मालपोत कार्यालयमा अनलाइन प्रणाली कहिलेदेखि लागू गरिएको हो ?

 वि.सं. २०७८ असार २३

– ६ वर्ष अघि (२०७२ श्रावण २५) मालपोत कार्यालय कलंकीबाट सुरु भएको भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली असार २३ देखि १२६ वटै मालपोत कार्यालयमा लागू भएको । यसअघि ११८ कार्यालयमा सुरु भइसकेकोमा सो दिन वाँकी ८ कार्यालयमा पनि अनलाइन प्रणाली कार्यान्वयन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको ।

– कागजी प्रक्रियामा चल्दै आएको मालपोत कार्यालय अनलाइन प्रणालीमा गएसँगै मालपोत प्रशाासन डिजिटल युगमा प्रदेश गरेको ।

– यो प्रणाली सुरु भएपछि नै सर्वसाधारणले आप्mनो घरजग्गाको विवरण (क्षेत्रफल, सँधियार रोक्का, राजस्व लगायत) मोबाइल एपमै हेर्न सक्ने ।

– देशभरका मालपोत कार्यालयमा लागू गरिएका अनलाइन सेवा प्रणालीबाट अव यस कार्यालयको सेवा छिटो, छरितो, पारदर्शी र विश्वसनीय हुने ।

१७.  नेपालको कुन हिमाललाई ‘म्याटरहर्न अफ हिमालयज’ उपनामले चिनिन्छ ?

 माछापुच्छे्र 

१८.  दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?

 नेपाल 

१९.  पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हर्दियासम्म रेल सेवा दिन सक्ने सम्बन्धी सम्झौतामा कहिले सहमति भएको हो ?

 वि.सं. २०७८ असार २५

(नेपाल र भारत वीच संशोधित रेल सेवा सम्झौता अनुसार नेपालबाट तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय निजी क्षेत्रको रेल सेवा समेत उपयोग गर्न सकिने भएको । यस अघि निश्चित कम्पनीबाट सञ्चालित रेल सेवा मात्र ढुवानीका लागि प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब भने धेरै विकल्प खुला भएको ।)

२०.  नेपालमा अप्टिकल फाइबर विछ्याउने कार्यको सुरुवात कहिले देखि गरिएको हो ?

 वि.सं. २०७६ जेठ ६

– ‘डिजिटल पूर्वाधार समृद्धिको आधारः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइवर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको ।

– अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने ।

२१.  फाइनान्सियल एक्सन टाक्स फोर्सको पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?

 साउदी अरव 

२२.  ‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 बाग्मती प्रदेश

२३.  अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 अर्थमन्त्री 

२४. गिद्ध प्रजनन केन्द्र कहाँ छ ? 

 चितवनको कसरा

– चितवन (चितवन राष्ट्रिय निकुञ्ज) को कसरामा सन् २००८ मा सो प्रजनन केन्द्र स्थापना गरिएको । 

– सो केन्द्र स्थापना भएको १४ वर्षको अवधिमा जम्मा १८ ओटा बच्चा कोरलेर हुर्किएका । 

– पछिल्लो तीन वर्षमा गिद्धले कुनै पनि चल्ला कोरल्न नसकेको । 

– कृत्रिम रूपमा गरिएको प्रजननभन्दा प्राकृतिकरूपमा प्रभावकारी देखिएपछि प्रकृतिमै संरक्षणमा जोड दिइएको । 

– प्रकृतिमै गिद्ध धेरै हुन थालेको र प्रजनन केन्द्र पनि प्रभावकारी नभएपछि सो केन्द्र बन्द गर्न लागिएको । 

२०७९ साउनसम्ममा त्यहाँका गिद्ध नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुराँमा लगिने र प्रजनन केन्द्र बन्द गरिने जनाइएको । 

२५.  संयुक्त राष्ट्रसङ्घ अन्तर्गत जलवायु परिवर्तन सम्वन्धमा आवश्यक नीति निर्माण एवं वैज्ञानिक तथ्यहरूको विश्लेषण गर्ने उद्देश्यका साथ अन्तरदेशीय निकाय (आइपीसीसी) को गठन कहिले गरिएको हो ?

 सन् १९८८

२६.  संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?

 सन् २०२० अक्टोवर १३

– नेपाल सन् २०२१–२०२३ सम्मको कार्याकालका लागि निर्वाचित भएको ।

– यसअघि नेपाल सन् २०१८–२०२० सम्मको कार्यकालका लागि निर्वाचित भएको ।

– यस परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ राष्ट्र गरी ४७ सदस्य रहने प्रावधान ।

– यस संस्थाको स्थापना सन् २००६ मार्च १५ मा भएको ।

– यसको प्रधान कार्यालय स्वीटजरल्यान्डको जेनेभामा रहेको ।

२७. जलवायु परिवर्तन र विश्वव्यापी द्वन्द्व बढ्दै जाँदा हुने विश्वव्यापी खाद्य सङ्कट रोक्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने स्रोत केलाई मानिएको छ ? 

 बीउ बैंक

– अनुसन्धानकर्ताहरूले विश्वका हरेक पाँचमध्ये दुई खाद्य प्रजाति लोप हुने जोखिममा रहेको जनाएका । 

– हाल पृथ्वीमा कम्तीमा दुई लाख खाद्य प्रजाति रहेका ।

– राम्रो खालका बीउ बैङ्कहरू कृषिमा जलवायु ङ्ंकटको नकारात्मक प्रभाव कम गर्न महत्वपूर्ण हुने । 

– विश्वमा हाल झण्डै एक हजार सात सय बीउ बैङ्क वा जिन बैङ्क रहेका । 

२८.  दार्चुलास्थित त्रिदेशीय सीमा क्षेत्र छाङ्रुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना कहिले गरिएको हो ?

 वि.सं. २०७७ वैशाख ३१

२९. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काइँला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?

 गोपालप्रसाद रिमाल

३०.  नेपालमा औद्योगिक गणनाको थालनी कहिलेदेखि भएको हो ?

 वि.सं. २०२२

१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ?

 बागमती प्रदेश (६.७ प्रतिशत) 

– प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थतन्त्रको आकार (आ.व. २०७८/७९ प्रक्षेपित) 

– चालू आ.व.मा सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमती प्रदेश (६.७ प्रतिशत) को हुने अनुमान रहेको ।

– सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमा दोस्रो स्थानमा गण्डकी प्रदेश (६.१७) रहेको ।

– चालू आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा रु. ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको । यसमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेश (३६.९ प्रतिशत)को रहेको । 

– विभागले चालू आर्थिक वर्षको छदेखि नौ महिनासम्मको तथ्याङ्क तथा सूचना र बाँकी अवधि सामान्य अवस्था रहने अपेक्षा गरी आर्थिक वृद्धिदरको अनुमान गरेको । 

– विश्वमा प्रचलित विधि टप–डाउन एप्रोचमा आधारित भएर प्रादेशिक अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको ।

२. राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा कहिले सार्वजनिक गरेको हो ?

  वि.सं. २०७९ वैशाख २४

– लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको । आकाशे निलो आकृतिले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले ट्र्याक र परेवाको पखेटालाई दर्शाएको । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको ।

– मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको । 

– छनोट भएको लोगो र मस्कट काठमाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको ।

– खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको ।

– खेलकुदको नारा सुयोग्यराज काफ्लेले तयार गर्नुभएको ।

३. हाल नेपालमा वन क्षेत्रले ओगटेको हिस्सा कति रहेको छ ?

 ४४.७४ प्रतिशत

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : कर्णाली 

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश : मधेस प्रदेश 

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : सुदूरपश्चिम प्रदेश

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश :मधेस प्रदेश 

४. नेपाल सरकारले नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२ कसलाई प्रदान ग-यो ?

 पङ्कज जलान 

५. संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई कहिलेसम्ममा अल्पविकसितबाट मध्यम स्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?

 सन् २०२६ 

६. चीनको होङझाउ सहरमा तय गरिएको एसियाली खेलकुद प्रतियोगिता कति औँ संस्करण हो ?

 १९औँ (सन् २०२२ सेप्टेम्बर १०–२५ सम्म सञ्चालन गरिने भएको १९औँ एसियाड स्थगित भएको ।) 

– चिनियाँ ओलम्पिक कमिटी, एसियाडको ओलम्पिक सहर र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)बीच सन् २०२२ मे ६ मा सम्पन्न बैठकले १९औँ एसियाड तत्कालका लागि स्थगित गरेको ।

– बैठकले नयाँ मिति तय नगरेको ।

– विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना सङ्क्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका । चीनले भने एसियाड स्थगित गर्नुका कारण नजनाएको ।

७. ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

 स्यानिटरी प्याडको मूल्य

८. ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 सुदूरपश्चिम प्रदेश 

९. अफगानिस्तानमा ‘मस्को फम्र्याट डायलग’को आयोजना गर्ने राष्ट्र कुन हो ?

 रुस

१०. हालै सगरमाथाको कति उचाइमा स्वचालित मौसम केन्द्र राखिएको छ ?

 ८८३० मिटर

– चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीद्वारा सो केन्द्र स्थापना गरिएको ।

– पृथ्वी शिखर मिसन २०२२ नाम दिइएको सो टोलीमा १४ सदस्य रहेका । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहेका । 

– सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असर मूल्याङ्कन गर्न सघाउ पुग्ने विश्वास गरिएको ।

– यसअघि सन् २०१९ मा त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग एवं अमेरिकास्थित नेसनल जिओग्राफीको संयुक्त पहलमा सगरमाथा क्षेत्र (८४३० मिटर उचाइ)मा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको थियो ।

११. सन् २०२१ अक्टोबरमा सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगिता कुन देशमा आयोजना गरिएको होे ?

 माल्दिभ्स

१२. ‘युद्ध साहित्य पुरस्कार २०७८’ कुन कृतिलाई प्रदान गरियो ?

 अफगानी रणमैदान (लेखक ; केदार सङ्केत)

१३. सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

 वि.सं. २०७८ असार १४

– भक्ति थापा राष्ट्रिय विभूति घोषित भएसँगै नेपालमा घोषणा गरिएका राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।

– यिनले ७३ वर्षको उमेरमा नेपाल–अङ्ग्रेज युद्धमा मलाउँ किल्ला देउथल पोस्टको नेतृत्व गरेका । 

– वि.सं. १७९९ मा लमजुङमा जन्मिएका थापाको निधन वि.सं. १८७२ वैशाख ६ मा देउथलमा भएको ।

१४. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

 मोहन कोइराला

१५. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

 एन्जियोप्लास्टी 

१६. नेपालमा पहिलो विद्युतीय राहदानी प्राप्त गर्ने व्यक्तित्व को हुनुहुन्छ ?

 सत्यमोहन जोशी

७. विश्वको पहिलो कृत्रिम बुद्धिबाट सञ्चालित समाचारवाचक रोबर्ट (आर्टिफिसियल इन्टेलिजेन्स–पावर्ड न्युज एङ्कर) कुन हो ?

 झाङ झोउ (चीन) 

१८. जलविद्युत् उत्पादनका हिसाबले पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?

 गण्डकी प्रदेश 

१९. ‘ग्रेट ग्रिन वाल प्रोजेक्ट’कहाँ कार्यान्वयनमा ल्याइएको छ ?

 अफ्रिकाको साहेल क्षेत्र

२०. कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको ‘सीसीएमसी’को पूरा रूप के हो ?

 कोभिड–१९ को–अर्डिनेसन एन्ड म्यानेजमेन्ट सेन्टर 

२१. किराँत राई समुदायको प्रमुख चाड उधौली र उभौलीमा नाचिने प्रमुख नृत्य कुन हो ?

 साकेला 

२२. राणाकालीन शिक्षा नामक पुस्तकका स्रष्टा को हुन् ?

 प्रकृति अधिकारी

२३. सन् २०२३ मा वान डे इन्टरनेसनल वल्र्ड कप क्रिकेट प्रतियोगिता कहाँ हुने भएको छ ?

 भारत 

४. राष्ट्रिय सूचना आयोगले विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ कसलाई प्रदान ग-यो ?

 दुर्गा आचार्य (पर्वत), कैलाश माझी (सप्तरी), उमिद वागचन्द (कैलाली) र मनोज रौनियार (पर्सा)

– विभागले उत्कृष्ट सूचना अधिकारी पुरस्कार सत्यनारायण हुजदार (उदयपुर), गोकर्णराज वाग्ले (तनहुँ), दुर्गाप्रसाद शर्मा (बागलुङ), निर्मल लामा (सिन्धुली) र राजु अर्याल (हेटौँडा)लाई प्रदान गरेको ।

– उत्कृष्ट कर्मचारी पुरस्कार उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायब सुब्बा हेमन्त रिजाललाई प्रदान गरिएको । 

२५. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

 विराटनगर जुटमिल

२६. राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप–२६’मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?

 सन् २०४५

२७. अर्ना गणना २०२१ अनुसार नेपालमा हाल कति अर्ना रहेका छन् ?

 ४९८

– वि.सं. २०७८ वैशाखमा सार्वजनिक गरिएको अर्ना गणनाको विवरणअनुसार नेपालमा अर्नाको सङ्ख्या ४९८ रहेको ।

– यसअघि सन् २०१४ को गणनामा नेपालमा अर्नाको सङ्ख्या ४४१ रहेको ।

– कोसीटप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध रहेको ।

२८. राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो पटक प्रतिनिधि सभा विघटन कहिले भएको हो ?

 वि.सं. २०७७ पुस ५ 

– (दोस्रो पटक : २०७८ जेठ ८) 

२९. हाइपरइन्फ्लेसन भन्नाले के बुझिन्छ ?

 अत्यधिक मुद्रास्फीति 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt