लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Karthik 2078 )

१. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
 काठमाडौँ रेजर्स
– उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको ।
– उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ
हात पारेको ।
– प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ।

२. संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा नेपालले कहिलेसम्ममा गैरजलवायु परिवर्तनजन्य कार्य शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
 सन् २०५०
– परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा सन् २०२१ सेप्टेम्बर २८ मा महासभालाई सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गरिएको ।
– त्यस्तै सन् २०२६ सम्ममा अल्पविकसित देशको सूचीभन्दा माथि उठ्ने नेपालको लक्ष्य
रहेको जनाइएको ।

३. संयुक्त राष्ट्रसङ्घद्वारा सन् २०१६–२०३० सम्मका लागि दिगो विकास र समृद्धिका सम्बन्धमा तय गरिएका लक्ष्य कति रहेका छन् ?
 १७
– (त्यस्तै १६९ वटा परिमाणात्मक लक्ष्य र २३२ विश्वव्यापी सूचकाङ्क निर्धारण गरिएको ।)

४. २०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
 सरिता अर्याल (‘मेरो अपहरण’ नामक कृतिका लागि ।)
– उक्त कृतिमार्फत नियात्रा निबन्धका फाँटमा रागात्मक मानवीय अनुभूतिलाई प्रस्तुत गरिएको उत्तम कुँवर स्मारक पुरस्कार गुठीले जनाएको ।
– पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।
– गुठीले वि.सं. २०४४ देखि आख्यानेतर गद्य विधामा रचना गरिएका कृतिहरूलाई पुरस्कारद्वारा सम्मान
गर्दै आएको ।

५. विश्व युवा दक्षता दिवस कहिले मनाइन्छ ?
 जुलाई १५

६. इन्टरनेसनल एजेन्सी फर प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीवी)द्वारा प्रदान गरिएको भिजन एक्सिलेन्स अवार्ड २०२० बाट सम्मानित हुने नेपाली व्यक्तित्व को–को हुनुहुन्छ ?
 डा. सन्दुक रुइत, प्रा.डा. रामप्रसाद पोखरेल र डा. गोपालप्रसाद पोखरेल

७. विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
 अक्टोबर १५
– ‘हाम्रो भविष्य हाम्रै हातमा छ– हामी सबै एकसाथ अगाडि बढौँ’ भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२१ म मनाइएको ।
– नेपालमा यो दिवस सन् २००८ देखि
मनाउन थालिएको ।

८. स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
 सयपत्री

९. सहरलाई कुरूप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?
 वि.सं. २०७६ पुस १०

१०. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?
 नेदरल्यान्डको हेग
– यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
– हाल (सन् २०१८ अप्रिल) यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।

११. असंलग्न आन्दोलन ९ल्ब्ः० मा आबद्ध सार्क राष्ट्र कुन कुन हुन् ?
 सबै आठ राष्ट्र

१२. सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
 ब्राजिल
– ब्राजिलले स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक हात पारेको ।
– सन् २०१६ को रियो ओलम्पिकमा पनि पुरुष फुटबलतर्फको उपाधि ब्राजिलले नै जितेको ।
– टोकियो ओलम्पिकमा महिला फुटबलको उपाधि क्यानडाले जितेको । क्यानडाले फाइनलमा स्विडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै स्वर्ण पदक
हात पारेको ।

१३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
 अप्रिल २९
– यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।
– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।

१४. बूढानीलकण्ठ कुन पहाडको फेदमा अवस्थित छ ?
 शिवपुरी

१५. नेपाल आयल निगमले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (ईआरपी) सफ्टवेयर कहिलेदेखि लागू गर्ने गरी निर्णय गरेको हो ?
 वि.सं. २०७८ वैशाख २
– देशभरका सबै डिपोमा ईआरपी लागू गर्न केन्द्रीय कार्यालयबाट उच्च स्तरका कर्मचारीको नेतृत्वमा टिम परिचालन गरिएको ।
– ईआरपी सफ्टवेयर लागू भएपछि इन्धन ढुवानी, वितरण र लेखा प्रणालीलाई सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको ।
– देशभरका डिपोमा रहेको तेलको मौज्दात, बाटोमा ढुवानी हुँदै गरेको तेलको परिमाण, इन्डियन आयल कर्पोरेसन (आईओसी)ले दिएको तेलको परिमाणलगायत सबै तथ्याङ्क सफ्टवेयरमार्फत सजिलै जानकारी
पाउन सकिने ।
– पम्प व्यवसायीले सफ्टवेयरमार्फत नै तेलको माग गर्ने हुँदा कुन ठाउँमा तेल कम वा बढी गएको छ भन्ने सजिलैसँग हेरेर माग र आपूर्तिको तालमेलसमेत मिलाउन सकिने ।
– व्यवसायीले घर बसेरै तेलको डिमान्ड गर्न र पैसा तिर्न सक्ने, त्यस्तै ढुवानी व्यवसायीले पनि घरमै बसेर इन्धन ओसारेबापतको भाडा प्राप्त गर्न सक्ने ।

१६. मेरो कित्ता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
 वि.सं. २०७८ वैशाख २
– (नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्व लगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।)

१७. मानव न्यायशास्त्रका लेखक को हुन् ?
 जयस्थिति मल्ल

१८. सन् २०२१ अक्टोबरमा माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले कुन स्थान हासिल ग-यो ?
 द्वितीय
– हालसम्मका साफ च्याम्पियनसिपमध्ये यस च्याम्पियनसिपमा नेपालले उत्कृष्ट खेल प्रस्तुत गरेको ।
– २०७८ कात्तिक १ को मन्त्रिपरिषद् बैठकले उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई पुरस्कारस्वरूप जनही पाँच लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको । त्यसैगरी नेपाली टोलीका प्रशिक्षकलाई पनि जनही तीन लाख रुपियाँ दिने
निर्णय भएको ।
– मालेको राष्ट्रिय रङ्गशालामा भारतले नेपाललाई ३–० ले पछि पार्दै उपाधि जितेको ।

१९. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?
 वि.सं. २०७७ चैत २५

२०. नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
 लिच्छवि काल

२१. कम्प्युटरमा प्रयोग हुने इन्टलको पूरा रूप के हो ?
 इन्टिगे्रटेड इलेक्ट्रोनिक्स

२२. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?
 ५० एक्यूआईभन्दा तल
– (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्यूआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्यूआई एक सयसम्मको अवस्थालाई
सामान्य मानेको ।)

२३. सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम भएको आसियान राष्ट्र कुन हो ?
 मलेसिया (सन् १९६० जनवरी १)

२४. नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
 ३५५५ व.कि.मि.
– (डोल्पा र मुगु जिल्लामा अवस्थित यस राष्ट्रिय निकुञ्जभित्र फोक्सुन्डो ताल रहेको ।)

२५. दक्षिण अमेरिकामा भूपरिवेष्टित राष्ट्र कति रहेका छन् ?
 दुई (बोलिभिया र पाराग्वे)

२६. मैथिली साहित्यका प्रथम गद्यकार एवं नाटककार कसलाई मानिन्छ ?
 ज्योतिरेश्वर

२७. ‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?
 लिविया

२८. राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७८ वैशाख २
– (नयाँबानेश्वरमा प्रधान कार्यालय रहेको राष्ट्रिय खाद्य बैङ्कको नारा ‘पोसिलो आहारका लागि दिगो
कृषि’ रहेको ।)

२९. संयुक्त अरब इमिरेट्स (यूएई)ले देश विकासका लागि योगदान गर्न सक्ने विदेशी नागरिकलाई नागरिकता दिन सक्ने घोषणा कहिले गरेको हो ?
 सन् २०२१ जनवरी ३०

३०. लोन्ली प्लानेटको स्थापना कहिले भएको हो ?
 सन् १९७२
– पर्यटन क्षेत्रसँग सम्बन्धित यस संस्थाको संस्थापक टोनी ह्विलर र मौरिन ह्विलर रहेका ।
– हरेक वर्ष पर्यटकीय क्षेत्रहरूको सूची प्रकाशन गर्ने यस संस्थाले पर्यटनसम्बन्धी पुस्तकहरू, गाइडबुकहरू तथा श्रव्यदृश्य सामग्रीहरूको उत्पादन तथा बिक्री–वितरण गर्ने । यसको मुख्यालय अस्ट्रेलियाको मेल्वर्न (शाखा कार्यालयहरू ः लन्डन, बेइजिङ र
नयाँदिल्ली)मा रहेको ।

१. विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ?
 चीन
– शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधान सभाबाट पारित (सन् २०२१ अक्टोबर २३ मा) गरिएको ।
– सरकारी निकायद्वारा अभिभावकलाई आफ्ना बालबालिकाका लागि आराम र व्यायाम गर्न यथेष्ट समय रहे, नरहेको सुनिश्चित गर्न र तिनीहरूलाई अनलाइन अध्ययनमा धेरै समय बिताउन नदिन निर्देशन पनि दिइएको ।
– सन् २०२१ अगस्टमा चीनले छ र सात वर्ष उमेरका बालबालिकाको लिखित परीक्षामाथि प्रतिबन्ध लगाएको । गत वर्ष चीन सरकारले बालबालिकाको इन्टरनेट र अन्य लोकप्रिय संस्कृतिप्रतिको लत नियन्त्रणका लागि थुप्रै उपाय अपनाएको ।
– यस कानुनले अभिभावकलाई आफ्ना सन्तानको नैतिकता, बौद्धिक विकास र सामाजिक बानीबेहोरासहित हुर्काउन प्रोत्साहित गर्ने विश्वाससमेत गरिएको ।
– स्थानीय सरकारलाई कानुन कार्यान्वयनको जिम्मेवारी दिइने बताइएको ।

२. सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
 साङ यी हङ (हङकङ), सन् २०२१ मे २३
– उनले २५ घण्टा ५० मिनेटमा सो आरोहण पूरा गरेकी ।
– यसअघि यो कीर्तिमान फुन्जो झ्याङ्जु लामा (३९ घण्टा ६ मिनेट)को नाममा रहेको । उनले सन् २०१९ मे १५ मा सो आरोहण गरेकी ।

३. पशु सुत्केरी भत्ता उपलब्ध गराउने स्थानीय निकाय कुन हो ?
 जलजला गााउँपलिका (पर्वत)
– व्यावसायिक कृषि प्रवद्र्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडाबाच्छा हुकाउने किसानलाई पशु सुत्केरी भत्ता दिन थालिएको । जन्मनासाथ पाडापाडी बध गर्ने प्रचलनको अन्त्य गर्दै पाडाबाच्छा हुर्काउन प्रोत्साहन दिन, साथै नश्लसुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताइएको ।
– कृत्रिम गर्भाधान गरेका गाईभैँसी व्याएपछि तिनीहरूका पाडाबाच्छा हुर्काएमा गाउँपालिकाले एउटा पशुलाई दुई हजार पाँच सय रुपियाँ भत्ता दिने गरेको । पालिकाले विगत तीन वर्ष (२०७६) देखि यो कार्यक्रम लागू गरेको ।

४. एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को उद्घाटन कहिले भयो ?
 सन् २०१६ जनवरी १६
– (विश्व बैङ्क र एसियाली विकास बैङ्कको प्रतिस्पर्धीका रूपमा हेरिएको एआईआईबी चीनको अग्रसरतामा स्थापना भएको नयाँ अन्तर्राष्ट्रिय विकास साझेदार संस्था हो । यो बैङ्क एक खर्ब अमेरिकी डलर पुँजीमा स्थापना गरिएको छ । एसिया र युरोप हुँदै दीर्घकालमा अफ्रिकासम्म जोड्ने लक्ष्यका साथ चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा अघि सारिएको सिल्करोड परियोजनामा लगानी जुटाउन चीनले यो बैङ्कको स्थापना गरेको विश्लेषण पश्चिमा अर्थशास्त्रीहरूले गरिरहेका छन् ।)

५. संयुक्त राष्ट्रसङ्घ (यूएनओ)को प्रमुख प्रशासनिक अङ्ग कुन हो ?
 सचिवालय

६. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?
 सन् १९४९ अप्रिल ४
– यस संस्थामा हाल ३० सदस्य राष्ट्र रहेका ।
– पछिल्लो सदस्य राष्ट्र (३०औँ) उत्तरी म्यासेडोनिया रहेको ।
– स्थापनाकालमा यसका सदस्य राष्ट्रहरूको सङ्ख्या
१२ रहेको ।
– नेटोको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको ।
– यसको प्रथम शिखर सम्मेलन सन् १९५७ मा सिङ्गापुरमा भएको ।

७. अन्तर्राष्ट्रिय श्रम सङ्गठन (इन्टरनेसनल लेबर अर्गनाइजेसन–आईएलओ)ले नोबेल शान्ति पुरस्कार कहिले प्राप्त गरेको थियो ?
 सन् १९६९

८. सरकारी रूपमा वा सङ्घ–संस्थाद्वारा निकालिने सङ्क्षिप्त समाचारपत्रलाई के भनिन्छ ?
 बुलेटिन

९. नन्दभाउजू ताल चितवन जिल्लामा पर्छ भने घोडाघोडी ताल कहाँ पर्छ ?
 कैलाली

१०. गुरुìवाकर्षणसम्बन्धी विश्वव्यापी नियमका प्रणेता
को हुन् ?
 सर आइज्याक न्युटन

११. फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्यहरूको सूची २०२१ अनुसार पहिलो स्थानमा रहन सफल धनाढ्य को हुन् ?
 जेफ बेजोस (अमेरिका)
– सो सूचीअनुसार सर्वाधिक धनाढ्य पाँच व्यक्ति
– सो सूचीअनुसार सबैभन्दा कान्छो धनाढ्य केन डेभिड लेहमान (जर्मनी ः ९२५औँ स्थान) रहेका ।
– सबैभन्दा धनी महिला– फ्रान्कोइस वेटेनर्कोट मेयर्स एन्ड फेमिली (फ्रान्स, १२औँ धनी) ।
– सबैभन्दा ज्येष्ठ धनी ९९ वर्षीय जर्ज जोसेफ (अमेरिका, १५८०औँ स्थान) रहेका ।
– सो सूचीमा नेपालका विनोद चौधरी (२१४१औँ स्थान) रहेका ।

१२. महाभारत पर्वतको सबैभन्दा अग्लो टाकुरा कुन हो ?
 शैलुङ (दोलखा)

१३. नेपालको तराई, भावर, दुन, भित्री मधेस, टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
 उष्ण मनसुनी हावापानी

१४. नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?
 १४५ कि.मि.
– (उत्तर–दक्षिण औसत चौडाइ १९३ कि.मि.)

१५. द्वितीय चरणको रुसी क्रान्तिलाई अर्को के नामले चिनिन्छ ?
 बोल्सेभिक क्रान्ति÷अक्टोबर क्रान्ति

१६. शाक्य वंशको कन्यालाई कुमारी बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
 गुणकामदेव

१७. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
 राजा त्रिभुवन

१८. कुन सभ्यतालाई वैदिक सभ्यता भनेर चिनिन्छ ?
 आर्य सभ्यता

१९. संसारमा सबैभन्दा बढी विस्तार भएको भाषा परिवार
कुन हो ?
 भारोपेली

२०. नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीन कालमा के भनी चिनिन्थ्यो ?
 विदेह

२१. नेपालमा उपलब्ध माटोलाई कति भागमा विभाजन गरिएको छ ?
 पाँच
– (पाँगो माटो, बलौटे–पत्थरिलो माटो, रातो–फुस्रो माटो, तलैया माटो र हिमाली माटो)

२२. नेपालको संविधान (२०७२) अनुसार सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न गठित अन्तरप्रदेश परिषद्को अध्यक्ष को हुने
व्यवस्था छ ?
 प्रधानमन्त्री
– (अध्यक्षसहित चार सदस्यीय अन्तरप्रदेश परिषद्का अन्य सदस्यमा नेपाल सरकारका गृहमन्त्री, अर्थमन्त्री र सम्बन्धित प्रदेशका मुख्यमन्त्री रहने व्यवस्था छ ।)

२३. प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ?
 अङ्ग्रेजी वर्णमालको ‘एस’

२४. तीन आयाम भन्नाले केलाई बुझिन्छ ?
 लम्बाइ, चौडाइ र उचाइ

५. मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
 सन्नति

२६. हालै उड्ने बाइक निर्माण गर्ने राष्ट्र कुन हो ?
 जापान
– जापानस्थित अलि टेक्नोलोजिजले सो बाइक निर्माण गरी सन् २०२१ अक्टोबर २७ देखि बजारमा ल्याएको ।
– छ लाख २८ हजार डलर पर्ने सो होभरबाइक एक सय प्रतिघण्टाको वेगमा ४० मिनेटसम्म उड्न सक्ने ।
– परम्परागत इन्जिन जडित यस बाइकमा ब्याट्रीबाट चल्ने चारवटा मोटर राखिएको ।

२७. विश्व खाद्य दिवस कहिले मनाइन्छ ?
 अक्टोबर १६
– संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा बर्सेनि अक्टोबर १६ का दिन विश्वव्यापी रूपमा यो दिवस मनाउने गरिएको ।
– यस वर्ष (सन् २०२१)मा मनाइएको विश्व खाद्य दिवसको विश्वव्यापी नारा ‘आवर एक्सन्स् आर फ्युचर । बेटर प्रोडक्सन, बेटर न्युट्रिसन, अ बेटर इन्भाइरनमेन्ट एन्ड अ बेटर लाइफ’ रहेको ।
– त्यस्तै ‘हाम्रो पहल ः उत्पादन र पोषणमा वृद्धि ः पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ राष्ट्रिय नारा
तय गरिएको ।

२८. हाल विश्वकै होचो (जीवित) व्यक्ति को हुन् ?
 एडवार्ड निनो हेर्नन्डेज (कोलम्बिया)
– हाल गिनिज बुकमा रेकर्ड भएका जीवित विश्वका होचा व्यक्ति हेर्नन्डेज रहेका ।
– उनको उचाइ ७२.१ सेन्टिमिटर रहेको ।
– हालै सिन्धुली जिल्लाका १७ वर्षीय डोरबहादुर खपाङ्गी विश्वकै सबैभन्दा होचो व्यक्ति भएको दाबी गरिएको ।
– उनको उचाइ ७१ सेन्टिमिटर र तौल १३ केजी रहेको ।
– यसअघि विश्वको होचो व्यक्तिका रूपमा दाङका चन्द्रबहादुर डाँगी र सोभन्दा पहिलो पोखराका खगेन्द्र थापामगरले गिनिज बुकमा रेकर्ड राखिसकेका ।

२९. निरन्तर विद्यार्थी मूल्याङ्कन कस्तो प्रकारको
मूल्याङ्कन हो ?
 निर्माणात्मक मूल्याङ्कन

१. जापानबाट प्रदान गरिएको द अर्डर अफ राइजिङ सन् २०२१ पदक पाउने नेपाली को हुन् ?
 हिमालयशमशेर जबरा

२. हाल नेपालको कुल वैदेशिक ऋण (आ.व. २०७७÷७८ सम्म)मध्ये सबैभन्दा बढी कुन संस्थाको रहेको छ ?
 विश्व बैङ्क (५४ प्रतिशत)
– विश्व बैङ्क ग्रुपअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)को मात्रै ५०.४४ प्रतिशत रहेको ।
– कुल वैदेशिक ऋणमा दोस्रो, तेस्रो र चौथो ऋणदाताका रूपमा क्रमशः एडीबी (३१.३६ प्रतिशत), जापान (४.४१ प्रतिशत) र आईएमएफ (३.५१ प्रतिशत) रहेको ।
– कुल वैदेशिक ऋणमा बहुपक्षीय दातृ निकायको हिस्सा ८७.८८ प्रतिशत रहेको । बाँकी १२.११ प्रतिशत दुईपक्षीय रहेको ।

३. वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित हुने नेपाली को हुन् ?
 अभिषेकविक्रम शाह (चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक)
– (बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्द्वारा हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानका लागि सो सम्मान प्रदान गरिएको ।)

४. जलवायु परिवर्तनसँग सम्बन्धित विश्व सम्मेलन कोप–२६ कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०२१ अक्टोबर ३१–नोभेम्बर १२, ग्लास्गो, स्कटल्यान्ड
– बेलायतको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलनसँगै नोभेम्बर १ र २ मा वल्र्ड लिडर समिट आयोजना गरिएको ।
– कोप शिखर सम्मेलनमा जलवायुसम्बन्धी संयुक्त राष्ट्रसङ्घको फ्रेमवर्क सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रहरूले सहभागिता जनाएका ।
– सन् १९९४ मा भएको सन्धिको नेपाल पनि एक पक्ष राष्ट्रका रूपमा रहेको ।
– जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको २५औँ संस्करण सन् २०१९ मा स्पेनमा सम्पन्न भएको ।

५. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६ मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?
 सन् २०४५

६. सन् २०२१ मा ग्लास्गोमा सम्पन्न जलवायुसम्बन्धी शिखर सम्मेलनमा विश्वका नेताहरूले कहिलेसम्ममा वन फँडानी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ?
 सन् २०३० (सन् २०२१ नोभेम्बर २ मा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको ।)

७. मिस युनिभर्स नेपाल २०२१ को उपाधि जित्ने युवती को हुन् ?
 सुजिता बस्नेत
– उनले १० लाख नगदसहित हीराजडित ताज पहिरिन सफल भएकी ।
– उपाधि विजेता बस्नेतले सन् २०२१ डिसेम्बर १२ मा इजरायलमा हुने मिस युनिभर्समा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने ।
– प्रतियोगितामा निनाकान्ता मण्डल फस्ट रनर्सअप, रक्षा उप्रेती सेकेन्ड रनर्सअप, प्रतीक्षा महरा क्षेत्री थर्ड रनर्सअप र डा. केशु खड्का फोर्थ रनर्सअप घोषित भएका ।

८. जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा भाग लिने सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा कहिले लन्डन प्रस्थान गर्नुभएको थियो ?
 वि.सं. २०७८ कात्तिक १२

९. विश्वका आर्थिक रूपमा सम्पन्न २० ठूला देश सम्मिलित समूह जी–२० को सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
 सन् २०२१ अक्टोबर ३०–३१, रोम, इटाली
– सम्मेलनमा कोभिड–१९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामना गर्नका लागि लाग्ने प्रतिबद्धता व्यक्त गरिएको ।
– जी–२० राष्ट्रहरूले ऊर्जा मूल्यसम्बन्धी मुद्दामा उत्पादक र उपभोक्ता राज्यबीचको घनिष्ठ समन्वयमा सहमति जनाएका ।
– ग्यास र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको भन्दै उत्पादक र उपभोक्ता राज्यबीच समन्वयको आवश्यकतामा
जोड दिइएको ।


१०. नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्ने अनुमति कहिले पाएको हो ?
 वि.सं. २०७८ कात्तिक १५ (सन् २०२१ नोभेम्बर १)
– पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालनमा रहेको २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित कुल ३९ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)लाई बिक्री गर्न
अनुमति दिइएको ।
– विद्युत् निर्यातको सुरुवात थोरै परिमाणबाट भए पनि चाँडै नै माथिल्लो तामाकोसीलगायतका अन्य आयोजनाको विद्युत् पनि भारतीय बजारमा निर्यात हुने विश्वास गरिएको ।
– प्राधिकरणले २०७८ कात्तिक १७ गतेबाट ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात सुरु गरेको ।
– कात्तिक १७ देखि भारत निर्यात गर्न थालिएको विद्युत्को औसत मूल्य प्रतियुनिट नेपाली चार रुपियाँ ३३ पैसा रहेको ।
– प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्ने ।
– नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आईईएक्स)मा विद्युत् खरिद गरी आयात गर्न यसअघि नै अनुमति पाइसकेको । प्राधिकरणले २०७८ वैशाख १७ बाट आवश्यक परेका बेला आईईएक्समार्फत प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्दै आएको ।
– निर्यातको अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको ।
– भारतीय ऊर्जा बजारमा विद्युत् बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको ।

११. नेपालको गर्विलो इतिहास बोकेका हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्गलाई के नामकरण गरिएको छ ?
 एकीकरण पदमार्ग
– (दुई गढीलाई पदमार्गले जोड्ने योजना बनेपश्चात् ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएको ।)

१२. प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को नतिजा कहिले सार्वजनिक गरिएको हो ?
 वि.सं. २०७६ असार १६
– (सो गणनाको प्रारम्भिक प्रतिवेदन वि.सं. २०७५ भदौ २८ मा सार्वजनिक गरिएको थियो ।)

१३. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार गम्भीर कसुर भन्नाले के बुझिन्छ ?
 तीन वर्षभन्दा बढी दस वर्षसम्म कैद सजाय हुने कसुर

१४. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जघन्य कसुर भन्नाले के बुझिन्छ ?
 जन्मकैद वा दस वर्षभन्दा बढी कैद सजाय हुने कसुर

१५. नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
 वेखाराज

१६. शिक्षा ऐन, २०२८ अनुसार सामुदायिक विद्यालय भन्नाले के बुझिन्छ ?
 नेपाल सरकारबाट नियमित रूपमा अनुदान पाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय
– सो ऐनअनुसार संस्थागत विद्यालय भन्नाले नेपाल सरकारबाट नियमित रूपमा अनुदान नपाउने गरी अनुमति वा स्वीकृतिप्राप्त विद्यालय बुझिने ।
– त्यस्तै विद्यालय शिक्षा भन्नाले आधारभूत र माध्यमिक शिक्षालाई बुझिने ।

१७. आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
 स्थानीय तह

१८. नेपालको संविधानअनुसार माध्यमिक तहको विद्यालय व्यवस्थापन गर्ने एकल अधिकार कुन तहलाई दिइएको छ ?
 स्थानीय तह

१९. राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७६ असार १८
– (सो केन्द्रले संवेदनशील सूचना तथा सञ्चार पूर्वाधारमा हुन सक्ने सुरक्षा चुनौती तथा खतरासम्बन्धी सूचना, सरकारी वेबसाइट, वेब एप्लिकेसन तथा वेब सर्भिसेज माथि हुन सक्ने सुरक्षाको अनुगमन गरी पूर्वसूचना दिने काम गर्ने । साथै उक्त केन्द्रको स्थापनाले बढ्दै गइरहेको साइबर जोखिम नियन्त्रण हुने विश्वास गरिएको ।)

२०. सरकारले भानुभक्त प्राणी उद्यानको निर्माण कहाँ गर्न थालेको हो ?
 तनहुँ
– वि.सं. २०७३ फागुन ११ गतेको मन्त्रिपरिषद्को निर्णय र २०७४ वैशाख १८ गते राजपत्रमा प्रकाशित गरी राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाममा भानुभक्त प्राणी उद्यान निर्माण कार्य अघि बढाइएको ।
– व्यास नगरपालिका ११ र १२ तथा भानु नगरपालिकाका ५ र ६ वडालाई समेट्ने गरी उद्यान निर्माण गरिने ।
– उद्यानमा बालबालिकाको मनोरञ्जनात्मक चिल्ड्रेन पार्क, आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने ।
– हात्ती, गैँडा, बाघ, भालु, जिराफजस्ता जनावर देश तथा विदेशबाट ल्याएर सो प्राणी उद्यानमा छोडिने बताइएको ।

२१. उपत्यकाको चौडा सडकमा सवारीसाधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
 लेजर स्पिड गन
– लेजर स्पिड गन राडारभन्दा अत्याधुनिक रहेको बताइएको ।
– लेजर स्पिड गनबाट सवारीसाधनको गति नाप्ने कार्य २०७६ जेठ २० बाट सुरु गरिएको ।

२२. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसद्वारा ‘एक्सन फर पिस किपिङ’को थालनी कहिलेदेखि भएको हो ?
 सन् २०१८ मार्च २८

२३. नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?
 प्रा.डा. भैया खनाल
– खनालले बेलायती पुतलीविज्ञ कलिन पी स्मिथसँगको सहकार्यमा ‘बटरफ्लाइज अफ काठमाडौँ भ्याली’ नामक पुस्तक लेखेका ।
– उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय म्यागेजिन र पत्रपत्रिकामा पुतलीका बारेमा १५० भन्दा बढी लेख तथा अनुसन्धान रिपोर्ट
प्रकाशित गरेका ।
– पुतलीका बारेमा अध्ययन गर्ने सिलसिलामा देशका अधिकांश जिल्ला पुगेका खनाल यो क्षेत्रमा करिब चार दशकदेखि सरिक हुँदै आएका ।

२४. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?
 बडाकाजी
– (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, बहिदार र नौसिन्दा रहेका ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt