१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह
– पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।
– अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला राष्ट्रिय भलिबल टोली
‘टिम अफ द इयर २०७६’ घोषित भएका । त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ
‘वर्षको स्पेसल अवार्ड’बाट सम्मानित भएका ।
– पारा क्रिकेट टोलीका कप्तान दिगमसिंह चेम्जोङ ‘पारा एथ्लेटिक अवार्ड’बाट सम्मानित भएका ।
– टेबलटेनिसका पूर्वमहिला खेलाडीद्वय सिजरन शाह र गीता क्षेत्रीलाई ‘पल्सर लाइफ’ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको ।
– पिपुल्स च्वाइस उपाधि भलबलकी कप्तान अरूणा शाहीले जितेकी ।
– गल्फका सुवास श्रेष्ठ उत्कृष्ट युवा खेलाडी घोषित भएका ।
२. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
डोनाल्ड ट्रम्प ।
– सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा खराब दिनका रूपमा लिइएको सो दिन ट्रम्पले आफ्ना समर्थकलाई भड्काएको र हिंसा प्रेरित अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । ट्रम्प समर्थकद्वारा गरिएको हिंसात्मक गतिविधि नियन्त्रण गर्नेक्रममा प्रहरीको कारबाहीमा परी सातजनाको ज्यान गएको थियो ।
३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?
बागलुङ (१३७ किमि) ।
४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?
विसं २०२७ पुस २६ ।
– विसं २०२७ पुस २६ गते कम्पनी ऐन–२०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।
– निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।
५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ?
गरौँ योग डटेर, कोभिड जान्छ हटेर ।
६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
जनवरी २६ ।
७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
सन् २०१६ जुन २३ ।
– अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको ।
यसको मुख्यालय जर्मनीमा रहेको ।
८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ?
सन् २०२१ जनवरी १६ ।
– (विश्वकै ठूलो खोप अभियानका रूपमा लिइएको सो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका । यस कार्यक्रमको उद्देश्य एक अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको ।)
९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?
२५–४० किमि ।
१०. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भाग (अवस्था)मा विभाजन गरेको छ ?
५ (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभ
र सम्भस्त) ।
११. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ?
दुर्लभ जीवजन्तु तथा पशुपक्षीहरूको संरक्षण एवम् सम्बद्र्धन ।
१२. हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?
नेपाली टोली (सन् २०२१ जनवरी १६) ।
– सेभेन समिट ट्रेकिङका छाङदावा शेर्पा नेतृत्वको टोली माउन्ट केटुको चुचुरोमा पुगेको ।
– केटु हिमालको उचाइ ८,६११ मिटर रहेको ।
– केटु हिमाल आरोहणलाई निकै कठिन तथा खतरनाक आरोहणका रूपमा लिने गरिन्छ ।
१३. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?
विसं २०७७ माघ २ ।
– सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले यो एप प्रयोगमा ल्याएको ।
– यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने ।
– त्यस्तै, नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने साथै सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने ।
– हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एप प्रयोग
गर्न सकिने ।
– सो सेवा प्रप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण
उल्लेख गर्नुपर्ने ।
– एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका सेवाहरू थप गर्दै लगिने ।
– नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने जनाइएको ।
– नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट ‘नागरिक एप–बेटा’ डाउनलोड गर्नुपर्ने ।
१४. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?
सन् २०२५ ।
१५. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल
‘पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ?
विसं २०७३ पुस १९ ।
१६. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ?
६४ (६४ औँ जिल्ला ः लमजुङ ।)
– लमजुङमा २०७७ माघ २ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको । अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको ।
– आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिने योजना रहेको ।
१७. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
मालिका गाउँपालिका, गुल्मी ।
– (अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)
१८. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?
विसं २०७५ असोज ५ ।
१९. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ?
९८ (विसं २०७४ वैशाख ८) ।
२०. पृथ्वीले आफ्नो अक्षमा घुुम्ने प्रक्रियालाई के भनिन्छ ?
परिभ्रमण ।
– (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)
२१. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
धुनी ।
२२. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
अवधी ।
२३. व्यापार घाटा भन्नाले के बुझिन्छ ?
निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने ।
२४. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि)ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?
हिमोढ ताल ।
२५. तराई–मधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात
भएको हो ?
आर्थिक वर्ष २०६५/०६६ ।
– हाल (२०७७ पुस) सम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको ।
– आयोजना निर्माण थालनी गर्दा आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिए पनि पछि संशोधन गरेर आव
२०७९÷०८० पु¥याइएको ।
– आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा यसलाई वृद्धि गरेर दुई लेनको बनाइएको । त्यस्तै, पहिले कुल लम्बाइ १७९२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थप हुन गई १८५४ किमि पुग्ने भएको ।
– अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले चिठीपत्र बोकेर एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक
अस्तित्वमा आएको थियो ।
– तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई ‘पदम रोड’ पनि भनिन्छ ।
– भारतको सहयोगमा नेपाल सरकारले यो मार्ग निर्माणकार्य गरिरहेको छ ।
२६. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ?
थारू ।
२७. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ?
५६७ मिटर ।
– २०७७ वैशाखमै निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन २०७७ माघ ३ मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाद्वारा गरिएको । यो मुलुककै लामो सिङ्गल स्थान झोलुङ्गेपुलका रूपमा रहेको ।
– नेपालको सबैभन्दा लामो झोलुङ्गेपुल चाँदनी र दोधारा जोड्ने महाकाली नदीमाथि निर्मित (१४५२.९६ मिटर) पुल हो ।
२८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
महाभारत पर्वत ।
– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)
२९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
मनसुनी वायु ।
३०. मनसुनी वायु कति प्रकारका हुन्छन् ?
दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) ।
३१. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
श्री ५ त्रिभुवन ।
१. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले भएको हो ?
विक्रम संवत् २०७७ पुस ६ ।
– खासगरी क्यान्सर, थाइराइड एवम् हड्डीसम्बन्धी समस्या (दुखाइ) पत्ता लगाउन यो प्रविधि प्रयोग गरिने ।
– यस प्रविधिमार्फत कम स्तरको रेडियो एक्टिभ सामग्री मौखिक एवम् इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी लिन सकिने ।
२. महाकवि देवकोटा सङ्ग्रहालय कहाँ निर्माण गरिने भएको छ ?
मैतिदेवी, काठमाडौँ ।
(नेपाल प्रज्ञाप्रतिष्ठानले सङ्ग्रहालय निर्माणका लागि देवकोटाको घर (जसलाई कविकुञ्ज भनी चिनिन्छ)लाई आफ्नो स्वामित्वमा लिएको ।)
३. दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’को निर्माण कहाँ गरिने भएको छ ?
कमलादी, काठमाडौँ ।
– विसं २०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको ।
– टावरको उचाइ ७८ मिटर रहेको ।
४. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इएर अफ क्रिएटिभ इकानोमी फर सस्टेनेबल डिभेलपमेन्ट’का रूपमा मनाउने निर्णय ग¥यो ?
सन् २०२१ ।
५. अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने महिला
को हुन् ?
क्रिस्टिना कोच (अमेरिकी इन्जिनियर) ।
– उहाँले अन्तरीक्षमा ३२८ दिन बिताउनुभएको ।
– सन् २०१९ मार्च १४ मा अन्तरीक्षतर्फ लाग्नुभएकी उहाँले सन् २०२० फेब्रुअरी ६ मा पृथ्वीमा अवतरण गर्नुभएको ।
– अन्तरीक्षमा सबैभन्दा लामो समय बिताउने व्यक्ति रूसका भलेरी पोल्याकोभ (४३७ दिन) हुनुहुन्छ ।
६. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
१३ ।
७. राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
विसं २०७६ माघ २६ ।
(राष्ट्रिय आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात् यसमा समाहित भएका आयोजनाले मात्र बजेटमा प्रवेश पाउने ।)
८. प्रस्तावित रानीटार विमानस्थल कुन जिल्लामा पर्छ ?
पाँचथर ।
९. एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त हुने मानवधिकारकर्मी को हुन् ?
आभा मुर्तो (फिनल्यान्ड) ।
– जलवायु परिवर्तन एवम् महिला अधिकारका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने मुर्तोलाई फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले एकदिने प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी ।
– महिला अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यसाथ उनलाई सो पदमा नियुक्त गरिएको जनाइएको ।
१०. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गरिएको नास्ट प्रविधि पुरस्कार २०७६ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ?
कुलमान घिसिङ ।
११. हाल कुन देशले कृत्रिम चन्द्रमा निर्माण परियोजना अघि बढाएको छ ?
चीन ।
– सो कृत्रिम चन्द्रमा पृथ्वीभन्दा ५०० किमि टाढा रहने ।
– कृत्रिम चन्द्रमाले १० वर्गकिलोमिटर क्षेत्रफल ओगट्ने ।
– यसअघि यसकिसिमको परियोजना सन् १९९० को दशकमा रूसले अघि बढाउन खोजेको थियो तर सो परियोजना सफल हुन सकेन ।
१२. नाइजेरियामा खेतमा काम गरिरहेका सयभन्दा बढी व्यक्तिको घाँटी रेटी वीभत्स हत्या गर्ने आतङ्ककारी समूह कुन हो ?
आईएसआएस सम्बद्ध बोको हराम ।
– नाइजेरियाको उत्तर–पूर्वी सहर मैदुगुरी नजिकैको गाउँमा सो समूहले निर्दोष नागरिकलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर वीभत्स तवरले हत्या गरेको ।
– सो हत्या सन् २०२० नोभेम्बर २८ मा भएको ।
१३. सिस्टर रोबर्ट केसँग सम्बन्धित छ ?
कोभिड–१९ लगायत सङ्क्रामक रोगका बिरामीको सहयोग
– बागमती प्रदेशको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा निर्मित यो रोबर्ट कोभिड–१९ लगायत रोग सङ्क्रमण भएका एवम् आइसोलेसनमा रहेका बिरामीबाट स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न प्रयोग गर्न सकिने ।
– रिमोट कन्ट्रोलमार्फत बिरामीलाई औषधि, खाना, खाजा पु¥याउन यो रोबर्ट प्रयोग गर्न सकिने ।
१४. भाषा आयोगले राष्ट्रपतिसमक्ष बुझाएको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदनअनुसार थपिएका दुई भाषा कुन–कुन हुन् ?
मारेक याक्खा र नावा शेर्पा ।
– यसअघि आव २०७५÷०७६ को प्रतिवेदनअनुसार थप भएका छ भाषा ः १. राना थारू (कैलाली), नार फु (मनाङ), ३. चुम (स्यार) गोरखा, ४. नुब्री (लार्के) गोरखा, ५. पोइके (डोल्पा) र ६. सेराके (सेके) मुस्ताङ हुन् ।
– २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थप भएका आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको ।
१५. पशुपक्षी एवम् बालीनालीको उत्पादकत्व बढाउने उद्देश्यसाथ व्यावसायिक रूपमा झिँगापालनको सुरुवात कहाँ गरिएको हो ?
चितवन ।
१६. मन्त्रिपरिषद्को २०७४ असोज २५ को निर्णयअनुसार कति स्थानीय तह पिछडिएको क्षेत्रमा समावेश गरिएको हो ?
५७ ।
– पिछडिएको क्षेत्रमा आठ नगरपालिका र ४९ गाउँपालिका परेका ।
– सबैभन्दा बढी स्थानीय तह पिछडिएको क्षेत्रमा परेको जिल्ला बझाङ (६) हो ।
१७. बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका कुन हो ?
भीमेश्वर नगरपालिका, दोलखा ।
१८. युनेस्कोको सहयोगमा वार्के फाउन्डेसनद्वारा प्रदान गरिने ग्लोबल टिचर प्राइज–२०२० बाट सम्मानित व्यक्तित्व को हुन् ?
रणजितसिंह डिस्ले (भारत), पुरस्कार राशि १० लाख अमेरिकी डलर ।
१९. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले विज्ञान पुरस्कार–२०७६ कसलाई प्रदान ग¥यो ?
डा. यादवकुमारदेव भट्टराई (नर्भिक इन्टरनेसनल हस्पिटल) ।
२०. आव २०७५÷७६ को लेखापरीक्षणमा बेरुजु पछ्र्यौटमा सर्वोत्कृष्ट स्थानीय तह कुन बन्यो ?
थाहा नगरपालिका (मकवानपुर) ।
(२.५४ प्रतिशतमात्र बेरुजु कायम गर्न सफल सो नगरपालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट घोषणा गरेको ।)
२१. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक)को स्थापना कहिले भएको हो ?
सन् १९८९ ।
– स्थापनाकालमा १२ देशमात्र रहेको यस सङ्गठनमा हाल २१ सदस्य राष्ट्र छन् ।
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।
२२. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी के बनाइएको छ ?
दोधारा–चाँदनी नगरपालिका ।
२३. बहुमुखी प्रतिभाका धनी एवम् महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म कुन देशमा भएको हो ?
इटाली ।
– उनको जन्म सन् १४५२ अप्रिल १५ मा इटालीमा भएको र निधन सन् १५१९ मे २ मा फ्रान्समा भएको ।
– मोनालिसा, द लास्ट सपर, द भर्चुभियन मेन, लेडी विथ एन इरमाइन उनका विश्वविख्यात चित्र हुन् ।
२४. सरकारले एसएलसी परीक्षा (हाल ः एसईई)मा ग्रेडिङ प्रणाली (प्राविधिकतर्फ) कहिलेदेखि लागू गरेको हो ?
२०७१ सालको एसएलसी परीक्षादेखि ।
(२०७२ सालदेखि साधारणतर्फ पनि ग्रेडिङ प्रणाली लागू गरिने ।)
२५. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
विसं २०७२ मङ्सिर १४ ।
२६. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने जीव कुन हो ?
चिम्पाञ्जी ।
२७. हिन्दमहासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
साइक्लोन ।
(थार तथा गोबी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)
२८. खस आर्य भन्नाले कुन–कुन जाति बुझिन्छ ?
ब्राह्मण, क्षेत्री, ठकुरी, सन्यासी–दसनामी ।
२९. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
स्नातक तह ।
३०. हरित् जलवायु कोष (जीसीएफ)को मुख्यालय कहाँ छ ?
दक्षिण कोरिया ।
– विश्वमा बढ्दो तापमान वृद्धिदरलाई २ डिग्री सेल्सियसभन्दा तल राख्नेगरी विविध कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसाथ यो कोष स्थापना गरिएको ।
– हाल यस कोषमा १० अर्ब अमेरिकी डलर रकम रहेको ।
१. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
डिसेम्बर ९ ।
– यस वर्ष (सन् २०२०) सदाचारका साथ पुनरुत्थान नारासाथ यो दिवस मनाइएको ।
– मानवअधिकारको प्रत्याभूति, दिगो विकास, समृद्धि र शान्तिका लागि भ्रष्टाचार बाधक रहेको तथ्य स्वीकार गर्र्दै यसको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रयास र ऐक्यबद्धताको आवश्यकता बोधको प्रतिफलस्वरूप संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरिएको ।
– सन् २००५ देखि लागू भएको यस महासन्धिमा नेपालले सन् २००३ मा हस्ताक्षर गरी सन् २०११ मा संसद्बाट अनुमोदनसमेत भएको ।
– संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००५ देखि यो दिवस मनाउन थालिएको ।
– नेपालमा यो दिवस सन् २०११ देखि मनाउन सुरु गरिएको थियो ।
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्ध कारबाही गर्न विभिन्न क्षेत्रका विज्ञ, नागरिक समाज, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील अभियन्तालगायतका प्रबुद्ध समूहसँग छलफल गरी नयाँ संस्थागत रणनीतिक योजना (२०७६÷०७७–२०८०÷०८१) तर्जुमा गरी कार्यान्वयनमा ल्याएको । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने दूरदृष्टि बोकेको नयाँ संस्थागत रणनीतिले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुगेको छ ।
२. नेपाल प्रज्ञाप्रतिष्ठानले सन् २०७७ मा नेपाल प्रज्ञालङ्कार पुरस्कार कसलाई प्रदान ग¥यो ?
चिनियाँ प्रोफेसर वाङ हङ वेई ।
– प्रतिष्ठानको ३५औँ प्रज्ञासभाले भाषा, साहित्य एवम् कूटनीतिका क्षेत्रबाट नेपालको विकासमा योगदान पु¥याएबापत हङ वेईलाई सो विशिष्ट पुरस्कारबाट सम्मानित गरेको ।
– यसैगरी, सभाले दुई लाख राशिको नेपाल सामाजिक शास्त्र÷संस्कृति÷दर्शनशास्त्र पुरस्कार प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र र दुई लाख राशिकै नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा.डा. तेजरत्न कंसाकारलाई प्रदान गरेको ।
– त्यस्तै, एक लाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार हरिहर खनाल र रविमान लम्जेल, हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतर्भुजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गरेको ।
– सभाले दुई–दुई लाख राशिको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार आसाम (भारत)का लीलबहादुर क्षेत्री, नेपाल प्रज्ञा अनुवाद पुरस्कार कृष्णप्रकाश श्रेष्ठलाई प्रदान गरेको ।
३. विक्रम संवत् २०७७ माघ १७ मा चौथो संस्करणको पीएम कप क्रिकेटको उपाधि कसले जित्यो ?
त्रिभुवन आर्मी क्लब ।
– (उपविजेता ः नेपाल एपीएफ क्लब) ।
४. ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा सार्वजनिक प्रतिवेदनअनुसार सन् २०२० मा सुशासनको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?
११७औँ ।
– विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इन्साइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट (भीडीईएम) समेत गरी छवटा संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सी इन्टरनेसनलले यो सूची तयार गरेको ।
– यस वर्ष नेपालले ३३ अङ्क प्राप्त गरेको । अघिल्लो वर्ष नेपाल ३४ अङ्कका साथ ११३औँ स्थानमा थियो ।
– ट्रान्सपरेन्सीका अनुसार यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क र न्युजिल्यान्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका । दक्षिणी सुडान र सोमालिया १२ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा सूचीकृत भएका ।
– सुशासनमा दक्षिण एसियाली राष्ट्रहरूको स्थिति छिमेकी मुलुक चीन ४२ अङ्क प्राप्त गरी ७८औँ स्थानमा रहेको । अघिल्लो वर्ष भारत र चीन दुवै ८०औँ स्थानमा रहेका ।
५. आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२० नोभेम्वर ११–१५, हनोई (भियतनाम)
– (यस संस्थाको ३६औँ सम्मेलन पनि हनोइमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)
६. विश्वका उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरूको समूह ब्रिक्सको १२औँ सम्मेलन कहिले सम्पन्न भयो ?
सन् २०२० नोभेम्बर १७, रूस ।
– सम्मेलनको नारा स्थायी संसार, सुरक्ष चासो आदान–प्रदान र अनुसन्धात्मक वृद्धि रहेको । ब्रिक्सको प्रथम सम्मेलन सन् २००९ जुन १६ मा रूसमा सम्पन्न भएको थियो । यो संस्थाको १३औँ सम्मेलन सन् २०२१ मा भारतमा गर्ने तय भएको छ ।
– ब्रिक्सको स्थापना सन् २००६ जुनमा भएको । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच राष्ट्र रहेका छन् ।
७. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रूपमा कहिले बाहिरिएको हो ?
सन् २०२० नोभेम्बर ४ ।
८. विश्वकै सबैभन्दा अग्लो किशोर बनेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल को हुन् ?
रेन केयू (चीन) ।
– उनले आफ्नो १४औँ जन्मदिन गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउँदै मनाए । उनको उचाइ ७ फिट ३.२ इन्च छ ।
९. सन् २०२० मा प्रकाशित प्रतिवेदनअनुसार सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको राष्ट्र कुन हो ?
चीन ।
१०. भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाले प्रयोग गरेको नक्सा कसले निर्माण गरेका थिए ?
मुहम्मद अल–इद्रिस
११. नेपालमा कृषक परिचयपत्र प्रदान गर्ने कार्यको सुरुवात कुन जिल्लाबाट गरिएको हो ?
बागलुङ ।
१२. उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को स्थापना कहिले भएको हो ?
सन् १९४९ अप्रिल ४ ।
१३. नेपालमा सबैभन्दा धेरै वडा भएको स्थानीय तह कुन हो ?
पोखरा महानगरपालिका (३३ वटा) ।
– (काठमाडौँ ः ३२ वडा) ।
१४. मन्त्रिपरिषद्को २०७७ माघ १९ को बैठकले बीमा समितिको अध्यक्षमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ?
सूर्यप्रसाद सिलवाल (पूर्वगृहसचिव) ।
१५. मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ निर्माण गरिएको छ ?
चोभार, काठमाडौँ ।
– एक सय टन तौलको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो प्रस्तर मूर्ति रहेको ।
– ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा उनीसहित आठ कलाकारद्वारा आठ वर्ष लगाई यो मूर्ति तयार गरिएको ।
– यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको । करिब ३७ रोपनी क्षेत्रफलमा आकर्षक पार्कसमेत निर्माण गरिने ।
१६. अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा सहायता प्रदान गर्नेसम्बन्धमा कति बुँदे आधारभूत मार्गदर्शन जारी गरेका छन् ?
१५ बुँदे ।
– विभिन्न चौध अन्तर्राष्ट्रिय विकास साझेदारले नेपालमा जात, धर्म, सम्प्रदाय र राजनीतिक दलका आधारमा नभई, अन्तर्राष्ट्रिय स्वीकृत सिद्धान्तका आधारमा जवाफदेही र निष्पक्ष रूपमा पारदर्शी तथा समावेशी सहयोग गर्ने भन्दै कार्यक्रम सञ्चालनका लागि सन् २०१९ जुनमा १५ बुँदे आधारभूत मार्गदर्शन जारी गरेका ।
– संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, डानिडा प्रोग्राम सपोर्ट युनिट नेपाल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी), नर्वेजियन दूतावास, आईएनजीओ (अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आधारभूत मार्गदर्शन जारी गरेका ।
– कार्यसञ्चालनसम्बन्धी आधारभूत मार्गदर्शन पहिलोपटक सशस्त्र द्वन्द्वका बेला सन् २००२ मा र सोपछि सामान्य परिमार्जनसहित सन् २००७ मा जारी गरिएको ।
१७. नेपालको वर्तमान संविधानअनुसार राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार एवम् अवशिष्ट अधिकारसमेतलाई के भनिन्छ ?
राज्यशक्ति ।
१८. ‘साझा पृथ्वी’ नामक कृतिका लेखक को हुन् ?
मदनकृष्ण श्रेष्ठ (उनको दोस्रो कृति ः महको म)
१९. चीन सरकारले उत्तरी ध्रुवको आसपास एउटा समुद्री मार्ग ‘पोलार सिल्क रोड’ निर्माणको घोषणा कहिले गरेको हो ?
सन् २०१८ जनवरी २६ ।
२०. सार्कद्वारा कुन अवधिलाई अन्तर्राष्ट्रिय सम्पर्क दशकका रूपमा मनाइएको छ ?
सन् २०१०–२०२० ।
२१. क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको जीवनमा आधारित भएर लेखिएको पुस्तक कुन हो ?
गुरिल्ला अफ टाइम ।
२२. नेपाली भाषामा निर्मित पहिलो चलचित्र ‘सत्य हरिश्चन्द्र’ हो भने नेपालमा बनेको पहिलो चलचित्र कुन हो ?
आमा ।
२३. साहित्य लोकहितमा सिर्जित कलापूर्ण विषय एवम् स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो भन्ने साहित्यकार को हुन् ?
घटराज भट्टराई
२४. नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?
विक्रम संवत् २०७७ साउन ३० ।
– अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्रसङ्घ, कूटनीतिक नियोग तथा समग्र अन्तर्राष्ट्रिय जगत्मा पठाउन पनि बाटो खुलेको ।
– विगतमा विभिन्न कारणले छुट्न पुगेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नक्सा २०७७ जेठमा प्रकाशन गरिएको थियो ।
२५. नेपालको प्रदेशसभा कति सदनात्मक हुने व्यवस्था छ ?
एक ।
२६. ‘सेम डे टुरिस्ट’ भन्नाले के बुझिन्छ ?
एक रात वास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक ।
२७. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार आधारभूत शिक्षा भन्नाले के बुझिन्छ ?
कक्षा एकदेखि कक्षा आठसम्मको विद्यालय शिक्षा
२८. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ अनुसार माध्यमिक शिक्षा भन्नाले के बुझिन्छ ?
कक्षा ९ देखि कक्षा १२ सम्म वा सोसरहको शिक्षा ।
– सो ऐनअनुसार ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ भन्नाले चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नुभन्दा अगाडि दिइने एक वर्ष अवधिको बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित बाल विकास तथा शिक्षा हो ।
– त्यस्तै, विशेष शिक्षा भन्नाले दृष्टिविहीन, बहिरा, अटिजम (अपाङ्गता) भएका वा यस्तै प्रकृतिका अवस्थाका बालबालिकालाई छुट्टै समूहमा राखी विशेष प्रकार र निश्चित माध्यमबाट दिइने शिक्षा हो ।
२९. नेपालको पहिलो पूर्वाधार विकास बैङ्कका रूपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको वित्तीय कारोबारको शुभारम्भ कहिले भएको हो ?
विसं २०७५ फागुन २२ ।
– (बैङ्कले विसं २०७५ माघ २८ मा वित्तीय कारोबारको इजाजतप्राप्त गरेको ।)
३०. अरब राष्ट्रहरूबीच आर्थिक राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लिगको स्थापना कहिले भएको हो ?
सन् १९४५ मार्च २२ ।
– (यसको प्रधान कार्यालय इजिप्टको कायरोमा रहेको ।)
१. विक्रम १. केन्द्रीय तथ्याङ्क विभागद्वारा पहिलोपटक गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार मुलुकभर जागिरेका रूपमा कार्यरत कर्मचारीको औसत मासिक तलब कति रहेको छ ?
रु. २०,५४३ ।
– प्रतिवेदनअनुसार देशभर १७ लाख ९ हजार व्यक्ति विभिन्न सङ्घ संस्थामा तलब पाउनेगरी संलग्न रहेका ।
– ठूला संस्थामा कार्यरत कर्मचारीको मासिक तलब औसतमा २६ हजार सात सय रुपियाँ छ भने मध्यम किसिमका संस्थामा कार्यरतको २५ हजार आठ सय रहेको । त्यस्तै, साना प्रकृतिका संस्थामा कार्यरत कर्मचारीले मासिक औसत १६ हजार ७६८ रुपियाँ बुझ्ने गरेको पाइएको । लघु संस्थामा कार्यरत कर्मचारीको मासिक तलब १६ हजार एक सय रुपियाँ रहेको ।
– ठूला संस्था र लघु प्रकृतिका संस्थामा कार्यरत कर्मचारीको मासिक तलब अन्तर नै साढे १० हजार रुपियाँभन्दा बढी देखिएको ।
– संस्थागत रूपमा ठूला संस्थाले वार्षिक १ खर्ब ७५ अर्ब, मध्यमले ३९ अर्ब ५९ करोड, सानाले एक खर्ब १० अर्ब र लघुप्रकृतिका संस्थाले ९६ अर्ब ४५ करोड वार्षिक तलबबापत खर्च गर्ने गरेका ।
– अध्ययनमा विभिन्न २१ वटा क्षेत्रलाई वर्गीकरण गरेर सङ्कलन गरिएको तथ्याङ्कअनुसार दर्ता भएर सञ्चालनमा आएका उद्योगले वार्षिक ४ खर्ब ६ अर्ब रुपियाँ तलब वितरण गर्ने पाइएको ।
– दर्ता नभई सञ्चालनमा रहेका उद्योगले वार्षिक १४ अर्ब ८४ करोड रुपियाँ तलब खर्च गरेको देखिएको ।
– अध्ययनमा समेटिएका कुल कर्मचारीको तलबमा मात्रै वार्षिक चार खर्ब २१ अर्ब ३१ करोड रुपियाँ तलबबापत खर्च भएको ।
– देशैभर गरी प्रतिवेदनले समेटेका २ लाख १९ हजार ३ सय संस्थाले २४ खर्ब ८६ अर्ब ११ करोड आम्दानी गरेका । यसमध्ये तलबसहित त्यस्ता संस्थाको वार्षिक खर्च १७ खर्ब ८३ अर्ब ३५ करोड रुपियाँ रहेको । बाँकी ७ खर्ब २ अर्ब ७५ करोड रुपियाँ नाफा आर्जन भएको । यसरी अध्ययनमा समेटिएका ती संस्थाले आर्जन गरेको कुल आम्दानीमध्ये तलबको हिस्सा निकै कम रहेको ।
कम तलब वितरण हुने जिल्ला
२. जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?
विक्रम संवत् २०७७ असोज ३ ।
३. नेपालको आधुनिक परराष्ट्र नीतिका प्रवर्तक भनी कसलाई चिनिन्छ ?
राजा महेन्द्र ।
४. विदेशी नागरिकका लागि ‘गोल्ड कार्ड भिसा’ योजना सुरुवात गर्ने देश कुन हो ?
युएई ।
५. महिलाले महिलाले बोलेको सुन्ने तर पुरुषले बोलेको नसुन्ने रोगलाई के भनी चिनिन्छ ?
रिभर्स स्लोप हियरिङ लस (चीनमा देखिएको) ।
६. ग्रामी अवार्ड कुन क्षेत्रसँग सम्बन्धित छ ?
सङ्गीत ।
– (यो अवार्ड पहिलोपटक सन् १९५४ मे ४ मा प्रदान गरिएको ।)
७. पोतला दरबार कहाँ रहेको छ ?
ल्हासा, चीन ।
– चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा रहेको यो दरबारको प्रारम्भिक निर्माण सम्राट स्रङचङ गम्पोले सन् ६३७ तिर गरेका । उनी नेपालकी राजकुमारी भृकुटीका पति थिए । यो दरबार कालान्तरमा तिब्बती धर्मगुरु दलाई लामाको नियन्त्रणमा पर्न गयो । पोताला दरबार सन् १९९४ मा विश्व सम्पदा सूचीमा समावेश भएको ।
८. नवकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यसाथ इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी
(आइरेना)को स्थापना कहिले भएको हो ?
सन् २००९ जनवरी २९ ।
– २०७४ असोज २५ को संसद् बैठकले यसबारेको विधानलाई सर्वसम्मत रूपमा अनुमोदन गरेपछि नेपाललाई सो निकायको सदस्य बन्ने बाटो सहज भएको । संसद्बाट अनुमोदन भएको दस्तावेज आइरेना मुख्यालय युएई पठाएपछि नेपाल सो निकायको औपचारिक रूपमा सदस्य बन्ने । सन् २००९ मा जर्मनीको वोनमा सम्पन्न फाउन्डिङ कन्फ्रेन्समा सहभागी नेपालले यसबारेको विधानमा हस्ताक्षर गरेर सदस्य बन्ने प्रतिबद्धता जनाए पनि औपचारिक प्रक्रिया भने अघि बढ्न सकेको थिएन ।
– यससँगै नेपाल दक्षिण एसियाबाट आइरेनाको सदस्य बन्ने कान्छो मुलुक बन्ने ।
– यसअघि नेपालबाहेक सार्कका सबै सदस्य राष्ट्रसहित कुल १ सय ५२ मुलुक सो नियोगको सदस्य बनेका ।
९. ‘बेइजिङ फाइभ’ सम्मेलन केसँग सम्बन्धित छ ?
महिला विकास ।
१०. ‘डाउटर अफ इस्ट’ नामक पुस्तकका सर्जक को हुन् ?
बेनजिर भुट्टो ।
११. कुनै विदेशी नागरिकले नेपालीलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरमा कति वर्षको अन्तर हुनुपर्ने प्रावधान छ ?
३० वर्ष ।
१२. भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि औपचारिक रूपमा कहिलेदेखि खुला भएको हो ?
विसं २०७३ असार १० ।
– (भारतको विशाखापट्टनम बन्दरगाह नेपालका लागि २०७३ असार १० देखि औपचारिक रूपमा खुला गरिएको छ । असार १० मा औपचारिक रूपमा सञ्चालनमा आए पनि यसलाई नियमित गराउन केही समय लाग्ने बताइएको छ । विशाखापट्टनम बन्दरगाह नेपालका लागि दोस्रो भारतीय बन्दरगाह हो । यसअघि कोलकाता–हल्दिया बन्दरगाह नेपालले प्रयोग गर्दै आइरहेको छ । दूरीका हिसाबले कोलकाताभन्दा विशाखापट्टनम टाढा भए पनि दक्षिण भारतमा पर्ने यो बन्दरगाह सुविधाजनक रहेको
व्यवसायीको भनाइ छ ।)
१३. नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटीओ)को सदस्य कहिले बनेको हो ?
सन् २००४ अप्रिल २३ ।
१४. ‘ला मिजरेवल’ नामक वृहत् उपन्यासका लेखक को हुन् ?
फ्रेन्च साहित्यकार भिक्टर ह्युगो ।
१५. विश्वमा सबैभन्दा बढी सङ्ख्यामा चरा पाइने उपत्यका कुन हो ?
अरूण उपत्यका ।
१६. दोस्रो विश्वयुद्धको अन्त्यसँगै विभाजन भएको कुन राष्ट्रसित युद्धको अन्त्यसँगै एकीकरण भएको हो ?
जर्मनी ।
१७. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना कहिले भएको हो ?
विसं २०६८ साउन २० ।
१८. दस हजार किशोरी र महिलालाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यसाथ ‘स्मार्ट छोरी’ अभियानको सुरुवात कहिले गरिएको हो ?
विसं २०७५ फागुन ११ ।
– (स्मार्ट फोन प्रयोग गर्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिला यो अभियानमा सामेल हुन सक्ने ।)
१९. कर्णाली प्रदेशद्वारा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न गरियो ?
विसं २०७५ भदौ ९ ।
– (नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा पहिलोपटक २०७५ साउन १० मा पेपरलेस बैठक सम्पन्न भएको थियो ।)
२०. ‘हिप्पोक्याम्प’ भनेको के हो ?
एक खगोलीय पिण्ड ।
– क्यालिफोर्नियाको एसईटीआई इन्स्टिच्युटद्वारा हालै खोज गरिएको यो खगोलीय पिण्ड वरुण ग्रहको चन्द्रमा भएको दाबी गरिएको ।
– अत्यन्त चिसो पिण्ड ‘हिप्पोक्याम्प’ वरुणकै दोस्रो ठूलो चन्द्रमा प्रोटियसबाट टुक्रिएर बनेको हुन सक्ने खगोलशास्त्रीको अनुमान रहेको ।
– हिप्पोक्याम्प पृथ्वीको चन्द्रमाको तुलनामा एक सय गुना सानो रहेको वैज्ञानिकले जनाएका ।
२१. “जीवन साइकलको सवारीजस्तै हो, जसमा सन्तुलन कायम राख्न निरन्तर चलिरहनु आवश्यक छ” भन्ने भनाइ कसको हो ?
अल्बर्ट आइन्स्टाइन, वैज्ञानिक ।
२२. प्रसिद्ध समाजसेवी तुलसीमेहरद्वारा जनचेतना जगाउने उद्देश्यसाथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?
भीमशमशेर ।
२३. नेपालमै पहिलोपटक वंशाणुगत रोग परीक्षण गर्ने प्रयोगशाला कहाँ स्थापना गरिएको छ ?
वीर आस्पताल ।
– (वीर अस्पतालले स्थापनाको १ सय २७ वर्ष पुगेको उपलक्ष्यमा सो ल्याब सुरु गरेको ।)
२४. आयामेली कवि भनेर तिलविक्रम नेम्वाङ (वैरागी काँइला) लाई चिनिन्छ भने ‘आधुनिक कवि’ भनी कसलाई चिनिन्छ ?
गोपालप्रसाद रिमाल ।
२५. सार्सको पूरा रूप के हो ?
सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ।
– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।
– सन् २००४ पछि सार्सको सङ्क्रमण नदेखिएको ।
२६. भारतको उत्तरप्रदेश राज्यको आगरास्थित प्रसिद्ध ताजमहलको निर्माण कसले गरेका हुन् ?
मुगल शासक शाहजहाँ ।
– मुगल शासक शाहजहाँद्वारा आफ्नो रानी मुमताजको सम्झनामा बनाइएको । यस महलको डिजाइन पर्सियन मुस्लिम वास्तुविद् उस्ताद अहमद लाहौरीले गरेका ।
– यसको निर्माण अवधि सन् १६३२–१६४८ रहेको ।
– विश्वका सात आश्चर्यमध्येमा पर्ने ताजमहल सन् १९८३ मा विश्व सम्पदा सूचीमा समावेश गरिएको ।
– दि जेवेल अफ मुस्लिम आर्ट इन इन्डिया पनि भनिने यस ताजमहलमा बर्सेनि एक करोडभन्दा बढी पर्यटकले भ्रमण गर्ने ।
२७. पेट्रोलियम निकासीकर्ता मुलुकको सङ्गठन (ओपेक)बाट अलग हुने घोषणा गरेको राष्ट्र कुन हो ?
कतार ।